Comments Add Comment

एआईजीको श्रीमती बताउने युवतीको भर पर्दा सेनाका बहालवाला कर्मचारी नै ठगिए

२५ जनाबाट १ करोड १५ लाख असुली

२२ चैत, काठमाडौं । आफूलाई राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत् एआईजीको श्रीमति बताउने युवतीको भर पर्दा नेपाली सेनाका बहालवाला कर्मचारी नै ठगिएका छन् ।

काठमाडौं प्रहरी परिसरले सेनाका कर्मचारीलाई शान्ति सेनामा पठाइदिने भन्दै ठगी गरेको अभियोगमा ३ जनालाई पक्राउ गरेसँगै यो रहस्य सार्वजनिक भएको हो ।

पक्राउ पर्नेमा आफूलाई एआईजीको श्रीमति बनाउने तनहुँको व्यास–११ की ४० वर्षीय यमुना खड्का, सेनाको बहालवाला जर्नेलको पिए भएको बताउने लमजुङको चन्द्राश्वर–४ घर भइ काठमाडौंको तारकेश्वर–११ बस्ने २८ वर्षीय मोहन दुरा र कास्कीको रुपा गाउँपालिका घर भइ हाल काठमाडौंको बनस्थल बस्दै आएका ३९ वर्षीय रमेश कुमाल छन् ।

उनीहरुले राष्ट्रिय अनुसन्धान विभागका सिपाहीका लागि प्रति व्यक्ति दुई लाख रुपैयाँ, सेनाको सेकेण्ड लेफ्टिनेन्टका लागि ७ लाख रुपैयाँ, शान्ति सेनामा पठाउनका लागि दुई लाख तथा पोल्याण्ड लगायतका अन्य देश पठाउनका लागि १ लाख ५० हजार रुपैयाँका दरले रकम असुल्ने गरेका थिए । त्यसरी उनीहरुले सेनाका बहालवाला अधिकारीसहित अन्य २५ युवाबाट असुली गरेको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलका अनुसार उनीहरुले त्यसरी १ करोड १५ लाख रुपैयाँ उठाएका थिए ।

उनीहरुलाई जिल्ला अदालत, काठमाडौंबाट ७ दिनलाई म्याद थप गरी ठगी मुद्दा अन्तरगत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment