Comments Add Comment

मकवानपुरमा ३ फरार प्रतिवादी पक्राउ

९ माघ, हेटौंडा । विभिन्न अभियोगमा अदालतबाट कैद सजाय पाएका ३ जना फरार अभियुक्त पक्राउ परेका छन् ।

जिल्ला अदालत मकवानपुरले ५ बर्षअघि लागु औषधसम्बन्धी मुद्धामा ६ बर्ष कैद तथा १० हजार रुपैयाँ जरिवाना तोकेको हेटौंडा उपमहानगरपालिका– १५ का ३३ बर्षका राजकुमार वाइवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका बाइवालाई कैद तथा जरिवाना भुक्तानका लागि जिल्ला अदालत पठाइएको प्रहरीले जनाएको छ ।

त्यस्तै दुई बर्षअघि बहु बिवाह मुद्धामा १ बर्ष कैद र ५ हजार जरिवाना तोकिएका हेटौंडा १५ का ३३ बर्षका हरि गोङ्वालाई पक्राउ गरी कैद भुक्तानका लागि जिल्ला अदालत मकवानपुर पठाएको छ ।

यस्तै दुई बर्षअघि लागु औषध मुद्धामा १ महिना ६ दिन कैद र २ हजार जरिवाना तोकिएका हेटौंडा १४ का २६ बर्षीय बिजय रुम्बालाई पक्राउ गरी कैद भुक्तानका लागि जिल्ला अदालत पेश गरिएको मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए ।

अदालतले खैरो हिरोइन मुद्धा २०७२ माघ २८, बहुबिवाह मुद्धा २०७५ मंसिर १६ गते र लागु औषध गाजाको मुद्धामा २०७५ असार १२ गते कैद तथा जरिवाना फैसला सुनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment