+
+

यूएईमा नेपाली महिलासँग प्रेम, बोल्न छाडेपछि ब्ल्याकमेल गर्दा पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २८ गते १२:०१

२८ मंसिर, काठमाडौं । भारतको उत्तर प्रदेशका ३१ वर्षीय मोहम सालिम र काठमाडौंकी कविता (नाम परिवर्तन) यूएईमा एउटै कम्पनीमा काम गर्थे ।

सँगै काम गर्दा भएको चिनजान झाँगिदै गर्दा उनीहरुबीच शारीरिक सम्बन्ध पनि भयो । त्यतिबेला सलिमले कवितासँगको अन्तरंग तस्वीर पनि खिचेका थिए । तर, कविता त्यसबारे जानकार थिइनन् ।

नेपाल फर्किएपछि उनी सालिमसँग टाढा हुन थालिन् । ‘तर उनलाई चाहिँ कविता टाढा भएको मन परेन, उनले बोल्न छाडेपछि पहिले खिचेको अन्तरंग तस्वीर देखाएर ब्ल्याकमेल गर्न थाले’ काठमाडौं प्रहरी परिसर, टेकुका एक अनुसन्धान अधिकृत भन्छन्, ‘आफन्तलाई पठाइदिने भन्दै धम्की आउन थालेपछि हामी कहाँ उजुरी पर्‍यो ।’

सालिमले उनलाई भेट्ने प्रस्ताव गरिरहेका थिए । त्यहीबेला प्रहरीसँगको सहयोग लिन पुगिसकेकी कविताले उनलाई नेपाल बोलाइन् । त्यसपछि कवितालाई भेट्ने भन्दै काठमाडौंको एक होटलमा आएका सालिम त्यहीँबाट पक्राउ परे ।

अहिले उनीविरुद्ध विद्युतीय अपराध ऐन, २०६३ अनुसार ५ दिन म्याद थप गरेर काठमाडौं प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?