+
+

बुवाआमाको हत्या आरोपमा छोरा पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २३ गते १२:०६

२३ वैशाख, ताप्लेजुङ। प्रहरीले बुवाआमाको हत्या गरेको अभियोगमा छोरालाई पक्राउ गरेको छ ।

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ गोटी थाङ्गा बस्ने २५ वर्षीय आइतराज लिम्बुलाई खुकुरीसहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

उनले ७० वर्षीय बुवा बीर्ख बहादुर लिम्बु र ७२ वर्षीया आमा थिपरानी लिम्बुको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीमाथि प्रहरी चौकी लेलेपबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तप्लेजुङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?