+
+

अश्लील शीर्षक राखेर सामग्री प्रसारण गरेको आरोपमा युट्युबर पक्राउ

नेपाल प्रहरीले युटुब च्यानलमा अश्लील सामग्री प्रसारण गरेको आरोपमा एकजना युटुबरलाई पक्राउ गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २१ गते १८:५२

२१ असार, काठमाडौं । नेपाल प्रहरीले युटुब च्यानलमा अश्लील सामग्री प्रसारण गरेको आरोपमा एकजना युटुबरलाई पक्राउ गरेको छ ।

प्रहरीको साइबर ब्यूरो भोटाहिटीले ‘फोर रियल टिभी’ नामक युटुब च्यानल सञ्चालन गरी उक्त च्यानलमार्फत अश्लील शीर्षक राखी समाजमा अश्लीलता फैलाउने काममा संलग्न रहेको आरोपमा नुवाकोटको बेलकोटगढी नगरपालिका घर भई काठमाडौँको बौद्ध बस्ने २२ वर्षीय प्रवेश लामालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले पक्राउ लामाले अश्लील सामग्री युट्युबलगायत सामाजिक सञ्जालमा प्रसारण गरी विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर गरेकाले पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेका लामालाई जिल्ला अदालत काठमाडौँबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता अर्यालले बताए ।

हेर्नुस् विज्ञप्ति

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?