+
+

काठमाडौं उपत्यकामा मोटरसाइकल चोरी गरेको आरोपमा दुईजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १९ गते १४:२९

१९ वैशाख, काठमाडौं। काठमाडौं उपत्यकामा मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-३ धार्पा घर भई हाल ललितपुरको भैंसेपाटी बस्‍ने २५ वर्षीय विजय भन्‍ने लोकबहादुर पाख्रिन र काभ्रेको तिमाल गाउँपालिका-७ धुल्खु घर भई हाल बौद्ध नयाँबस्‍ती  बस्‍ने २८ वर्षीय हेमा भन्‍ने सुजन तामाङ रहेका छन् ।

उपत्यकाका विभिन्‍न स्थानबाट मोटरसाइकलहरू चोरी हुने गरेको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । अपराध अनुसन्धान कार्यालयका अनुसार विजय भन्‍ने लोकबहादुर पाख्रिनलाई भैंसेपाटीबाट पक्राउ गरी सोधपुछ गर्दै जाँदा सुजन तामाङ पक्राउ परेका हुन् ।

पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त चापागाउँ पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?