+
+

यातायात र डीडीसी प्रमुखलाई दुर्व्यवहार गरेको आरोपमा मोहन वैद्यको पार्टीका दुई नेता पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ८ गते २१:१८

८ फागुन, काठमाडौं । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजाल र दुग्ध विकास संस्था (डीडीसी) का महाप्रबन्धक सञ्जीव झालाई दुव्र्यवहार गरेको घटनामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मोहन वैद्य नेतृत्व क्रान्तिकारी कम्युनिस्ट पार्टीको युवा संगठनका केन्द्रीय सदस्य शुकबहादुर परियार र कर्णाली प्रदेश इञ्चार्ज दीपेन्द्र शाही छन् ।

संगठनको कास्की जिल्ला संयोजक समेत रहेका शुकबहादुरलाई पोखराबाट पक्राउ गरेर काठमाडौं ल्याइएको उपत्यका प्रहरी प्रमुख एआईजी दीपक थापाले अनलाइनखबरसँग पुष्टि गरे ।

प्रहरीका अनुसार, शुकबहादुर २९ माघमा भएको यातायात विभागका महानिर्देशक रिजाल र ४ फागुनमा डीडीसीका महाप्रबन्धक झालाई दुर्व्यवहार गरिएको दुवै घटनामा संलग्न छन् । विकल्प उपनाम भएका शाही भने डीडीसीको घटनामा संलग्न रहेको प्रहरीको भनाइ छ ।

उनीहरुले दुई निकायका प्रमुखलाई दुव्र्यवहार गर्नुअघि चन्दा मागेको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् । तर, चन्दा नदिएपछि भ्रष्टाचारको विषय जोडेर मोसो दलेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?