Comments Add Comment

अखिल क्रान्तिकारी

List Grid
क्रान्तिकारीद्वारा हेलम्बुमा १३५ बोरा चामल हस्तान्तरण

५ असार, हेलम्बु । सिन्धुपाल्चोकको बाढी पहिरोबाट प्रभावित क्षेत्र हेलम्बु गाउँपालिकामा माओवादी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी) को केन्द्रीय टोलीले १३५ बोरा चामलसहितका राहत सामग्री हस्तान्तरण गरेको छ। अध्यक्ष रञ्जित तामाङ नेतृत्वमा गएको टोलीले शुक्रबार साँझ हेलम्बु गाउँपालिका वडा नं २ का अध्यक्ष छिरिङ ग्याल्बु लामा र स्थानीय नेता भरत थापासहितको टोलीलाई राहत हस्तान्तरण गरेको हो […]

अखिल क्रान्तिकारीबाट १४ जना निस्कासित, प्रवक्ताको जिम्मा मैनालीलाई

१० वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले नेकपा एमालेमा लागेका १४ जनालाई साधारण सदस्यसमेत नरहने गरी निस्कासित गरेको छ । निस्कासित हुनेहरुमा सचिवद्वय डिबी साउद (अछाम) र गंगा दाहाल (सिन्धुली)लगायत छन् । उनीहरु नेकपाको एकताको भंग भएपछि एमाले निकट अनेरास्ववियुमा लागेका थिए । साउदलाई अनेरास्ववियुमा पनि सचिवकै जिम्मेवारी दिइएको छ । […]

म्यानमार दूतावासमा अखिल क्रान्तिकारीले बुझायो विरोधपत्र

१८ चैत, काठमाडौं । म्यानमारमा लोकतन्त्रको माग गर्दै जारी प्रदर्शनमा भएको सैन्य दमनविरुद्ध नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीले विरोध जनाउँदै म्यानमारको दूतावास अगाडि प्रदर्शन गरेको छ । बुधबार ललितपुरको भैंसेपाटीस्थित म्यानमार दूतावास कार्यालय अगाडि धर्ना र नाराकाजी गर्दै अध्यक्ष रञ्जित तामाङसहितको टोलीले विरोध पत्र बुझाएको हो । दूतावासमा बुझाएको विरोध पत्रमा भनिएको छ, ‘आजको […]

पोखरा विश्वविद्यालयमा तत्काल उपकुलपति नियुक्त गर्न अखिल (क्रान्तिकारी) को माग

१० असोज, काठमाडौं । विप्लवनिकट अखिल (क्रान्तिकारी) को पोखरा विश्वविद्यालय क्षेत्रीय समन्वय समितीले पोखरा विश्वविद्यालयका रिक्त उपकुलपति र रजिस्ट्रार तत्काल नियुक्त गर्न माग गरेको छ । क्रान्तिकारीले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै रिक्त सबै पदहरूमा खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न सरोकारवाला पक्षसँग माग गरेको हो । ‘हाम्रो संगठन तत्काल खुल्ला, स्वच्छ र निष्पक्ष प्रतिस्पर्धाबाट उपकुलपति […]

दुई अखिलले सुरु गरे ‘म बनाउँछु मेरो विद्यालय’ अभियान

१ वैशाख, काठमाडौं । सत्तारूढ नेकपा निकट अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी )ले ‘सार्वजनिक विद्यालय सुधार अभियान -२०७६’ सञ्चालनको घोषणा गरेका छन् । ‘म बनाउँछु मेरो विद्यालय, हामी बनाउँछौं हाम्रो विद्यालय’ भन्ने स्वघोषणा गरेर संगठनको सिंगो पंक्ति सार्वजनिक विद्यालयको सुधार अभियानमा लगाउने निर्णय गरिएको अखिल क्रान्तिकारीका कार्यवाहक अध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए । यो अभियानमा दुवै […]

विद्यार्थी आन्दोलनको जिम्मेवारी बदलियोः क्रान्तिकारी उपाध्यक्ष गौतम

१३ पुस, हेटौंडा । अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष विजय गौतमले विध्यार्थी आन्दोलनको जिम्मेवारी बदलिएको बताएका छन् । अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियु शहीद स्मृति क्याम्पस समितिद्वारा संयुक्त रुपमा सहिद स्मारक हेटौंडामा आयोजित बनभोज कार्यक्रममा सम्बोधन गर्दै उपाध्यक्ष गौतमले भने, ‘हिजो राजनीतिक परिवर्तनको आन्दोलनमा मुख्य भूमिकामा देखिएको विध्यार्थी संगठनले आज शैक्षिक मुद्दाहरु सम्बोधन गराउन श्रेष्ठसावित हुन जरुरी […]

सरकार सफलताको मापन स्ववियु चुनाव: रञ्जित तामाङ

१३ पुस, धनगढी। अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले नेकपा नेतृत्वको वर्तमान सरकार सफल हो कि असफल हो भन्ने कुरा आगामी स्ववियु निर्वाचनको परिणामले देखाउने दाबी गरेका छन् । आगामी स्ववियु निर्वाचन नेकपाका विद्यार्थीका लागि मात्रै नभई सरकारका लागि पनि परीक्षा भएको बताए । स्ववियु निर्वाचन आगामी फागुन १४ गते हुने अध्यक्ष तामाङले जानकारी दिए । […]

हाम्रो पुस्ता नै बन्दुक बोक्ने अन्तिम पुस्ता हो : अध्यक्ष तामाङ

६ मंसिर, झापा । अखिल (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङले अब कुनै पनि नेपालीका छोराछोरीहरुले बन्दुक बोक्नु नपर्ने बताएका छन् । तामाङले आफ्नो पुस्ता नै बन्दुक बोक्ने अन्तिम पुस्ता भएको दाबी गरेका छन् । तामाङले मुलुकमा २४० वर्षदेखि सामन्तवादले जकडिएको सत्ताको तखता पल्टाउन हिजो बन्दुक बोक्न बाध्य भएपनि अब त्यो स्थिति नरहेको बताए । बिहीबार […]

क्रान्तिकारीले रामपुर पुगेर मनायो मित्रमणी दिवस

१८ वैशाख, चितवन । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले चितवनको रामपुर कृषि क्याम्पस पुगेर सहिद मित्रमणी आचार्यको ३३ औं स्मृति दिवस मनाएको छ। रामपुर कृषि क्याम्पस आचार्यले पढेको र स्ववियु सभापति समेत भएको क्याम्पस हो। आज क्रान्तिकारीको केन्द्रीय समितिद्वारा आयोजित स्मृति कार्यक्रममा अध्यक्ष रञ्जित तामाङले रामपुर क्याम्पसमा मित्रमणी स्मृति वाचनालय स्थापना गर्ने घोषणा गरे। आचार्यको […]

अस्थायी शिक्षकको परीक्षा बिथोल्ने क्रान्तिकारीको चेतावनी

१४ चैत, भक्तपुर । सत्तारुढ माओवादी केन्द्र सम्बद्ध अखिल क्रान्तिकारीले आगामी २३ गते निर्धारित शिक्षक सेवा आयोगको परीक्षा स्थगित नगरे बिथोल्ने चेतावनी दिएको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले भने परीक्षा स्थगित नहुने बताइसकेका छन् । र, आन्दोलनरत अस्थायी शिक्षक तथा विद्यार्थीहरुसँग वार्ता गर्न मंगलबार तीन सदस्यीय वार्ता समिति गठन गरेका छन् । वार्ता समिति गठन […]

विश्वविद्यालयका पदाधिकारी खुल्ला प्रतिस्पर्धाबाट छान्नुपर्छः क्रान्तिकारी

१९ माघ, काठमाडौं । अखिल क्रान्तिकारीले विश्वविद्यालयका पदाधिकारी र क्याम्पस प्रमुखहरू खुल्ला प्रतिस्पर्धाबाट छनोट गरिनुपर्ने धारणाा अघि सारेको छ । कुनै दल निकट भएकै आधारमा नियुक्त हुनेहरूबाट विश्वविद्यालयको प्रगति नहुने भएकाले खुला प्रतिस्पर्धाबाट योग्य र सक्षम व्यक्ति चयन हुनुपर्ने क्रान्तिकारीको जोड छ । अमृत साइन्स क्याम्पसमा शुक्रबार आयोजित नवआगन्तुक विद्यार्थीहरूकोे स्वागत कार्यक्रममा अखिल क्रान्तिकारीका अध्यक्ष […]

सिमानामा पुगे अनेरास्ववियु र अखिल क्रान्तिकारी

७ माघ, वीरगञ्ज । सीमा क्षेत्रमा देखिएको समस्याको बारेमा अध्ययन गर्न अनेरास्ववियु र अखिल क्रान्तिकारीको टोली वीरगञ्ज आइपुगेको छ । अनेरास्ववीयुको अध्यक्ष नविना लामा र अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ नेतृत्वको टोली वीरगञ्ज आईपुगेको हो । उनीहरुले वीरगञ्ज महानगरपालिका वडा नं १ को सीमा क्षेत्रको स्थलगत अवलोकन गर्नेछन् । नेपालको सीमा भारततर्फ मिचिएकोबारे जानकारी पाएपछि स्थलगत […]

छपकैया पुग्यो क्रान्तिकारी टोली, अध्यक्ष तामाङ भन्छन्– भारतले नेपाली अस्मिता लुट्यो

६ माघ, वीरगञ्ज । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको केन्द्रीय टोली पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नम्बर १ स्थित छपकैया पुगेर सीमा अतिक्रमण विरुद्ध खबरदारी गरेको छ। छपकैयामा नेपालतर्फको ५० विघाभन्दा बढी भूमी भारतले अतिक्रमण गरी जंगे पिलर सारिएको भनिएको स्थानमा शनिबार अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ नेतृत्वको टोली पुगेको हो। अतिक्रमित क्षेत्रको निरीक्षण पश्चात् […]

क्रान्तिकारीको जिल्ला सम्मेलन फागुनमा, जिसी अध्यक्षबाट बिदा भए

२७ पुस, सुर्खेत । अखिल क्रान्तिकारी सुर्खेतको २२ औं जिल्ला सम्मेलन आगामी फागुन २० गते हुने भएको छ । केन्द्रीय सदस्यमा निर्वाचित महेश जिसीजिल्ला अध्यक्षबाट बिदा भएपछि २२ औं जिल्ला सम्मेलनको मिति तोकिएको हो । सम्मेलनका लागि जगत ढकालको संयोजकत्वमा ७५ सदस्यीय सम्मेलन आयोजक समिति सर्वसम्मत चयन गरिएको छ । जसको सह-संयोजमा जगत बिष्ट र सन्त […]

पुष्पलालको पालाको विद्यार्थी संगठन क्रान्तिकारीमा समाहित

१९ पुस, काठमाडाैं । नेकपा संयुक्तको भातृ संगठन नेपाल राष्ट्रिय विद्यार्थी फेडरेशन माओवादी सम्बद्ध अखिल क्रान्तिकारीमा बिलय भएको छ । नेकपा संयुक्त चुनावअघिनै माओवादीमा मिसिएको थियो । फेडेरेशन नेपाल कम्युनिस्ट पार्टी स्थापनासँगै गठन भएको देशकै पूरानो विद्यार्थी संगठन हो । के हो इतिहास ? २००६ सालमा पुस्पलाल श्रेष्ठको नेतृत्वमा कम्युष्टि पार्टी स्थापना भयो । त्यस लगत्तै […]

रामपुरमा एमाले र माओवादी विद्यार्थीबीच झडप

१९, पुस, चितवन । माउ पार्टी एकताका लागि तयार भएकाबेला चितवनको रामपुरमा एमाले र माओवादीका विद्यार्थी संगठनबीच झडप भएको छ । एमालेको अनेरास्ववियु र माओवादी केन्द्रको अनेरास्ववियू क्रान्तिकारीबीच झडप भएको छ । कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा बीएससी सेकेण्ड सेमेस्टरमा पढ्ने विद्यार्थीको कक्षा मनिटर चयनका विषयमा विवाद भएपछि झडप भएको हो । झडपमा किसन घिमिरे […]

प्रचण्डलाई क्रान्तिकारीको सान्त्वनाः तपाईंका छोराछोरी हामी लाखौं छौं

६ मंसिर, भरतपुर । अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले पुत्रशोकमा रहेका अध्यक्ष प्रचण्डको साथमा लाखौंलाख छोराछोरी रहेको बताएका छन् । अध्यक्ष प्रचण्डको चुनावी अभियानलाई सहयोग पुर्‍याउन चितवन पुगेका तामाङले भने, ‘कमरेड प्रचण्ड तपाईंले एउटा छोरा गुमाउनु भयो, तर यो देशमा हामी तपाईंका लाखौंलाख छोराछोरी छौं ।’ यसअघि तामाङ नेतृत्वको क्रान्तिकारी टोलीले माओवादी अध्यक्ष प्रचण्डलाई भेटेरै […]

क्रान्तिकारीको मागः सबै कलेजमा फ्री वाईफाई, प्रश्नपत्र अंग्रेजी र नेपाली दुवै भाषामा

२६ कात्तिक, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका सबै कलेजमा निःशुल्क वाईफाई सुविधा उपलब्ध गराउन माग गर्दै माओवादी केन्द्र सम्वद्ध अखिल क्रान्तिकारीले उपकुलपति प्रा.डा. तिर्थ खनियाँलाई ज्ञापनपत्र बुझाएको छ । त्रिविका देशभरका कलेजलाई फ्री वाईफाई जोन बनाउनुपर्ने, विश्वविद्यालयको गुणस्तर अभिवृद्धि, शैक्षिक सुधार, छात्रवृत्ति, पूर्वाधार विकास, शुल्क वृद्धि घटाउनुपर्ने लगायतका माग राख्दै क्रान्तिकारी अध्यक्ष रञ्जित तामाङ नेतृत्वको टोलीले […]

क्रान्तिकारीबाट उम्मेदवार सिफारिस (सूचीसहित)

२४ असोज, काठमाडौं । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले बिभिन्न विद्यार्थी नेताहरुलाई आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनाउन सिफारिस गरेको छ । साथै क्रान्तिकारीले युवा उम्मेदवारको प्रतिशत छुट्याउनुपर्ने लगायतका चार बुँदे सुझाव पनि पार्टीलाई दिएको छ । उम्मेदवार सिफारिस लगायतका विषयमा छलफल गर्न मंगलबार विशेष जिल्ला समितिको बैठक बसेको थियो । बैठकले स्थानीय तह […]

झापामा क्रान्तिकारी नेताहरु सम्मानित

१० असोज,दमक। अखिल क्रान्तिकारीको एकताको २१ औं राष्ट्रिय सम्मेनबाट अध्यक्षमा निर्वाचित भएका रञ्जित तामाङ, उपाध्यक्ष सुरेन्द्र बस्नेत लगायतका झापाली विद्यार्थी नेताहरु सम्मानित भएका छन्। तामाङ क्रान्तिकारीको इतिहासमा पहिलोपटक प्रत्यक्ष चुनावबाट निर्वाचित अध्यक्ष हुन्। उनी १ नं. प्रदेशबाट पहिलोपटक क्रान्तिकारीको नेतृत्वमा पुगेका हुन्। आज क्रान्तिकारीको झापा जिल्ला समितिद्वारा दमकमा आयोजित कार्यक्रममा तामाङ सहित झापाकै उपाध्यक्ष सुरेन्द्र […]

कान्तिपुर डेन्टल कलेजमा क्रान्तिकारीको प्यानलै विजयी

४ असोज, काठमाडौं । काठमाडौं विश्वविद्यालय अन्तर्गत कान्तिपुर डेन्टल कलेजको विद्यार्थी कल्याण परिषदको निर्वाचनमा माओवादी केन्द्र सम्वद्ध अखिल क्रान्तिकारीको प्यानलै विजयी भएको छ । बुधबार भएको निर्वाचनबाट परिषदको सभापतिमा अखिल क्रान्तिकारीका प्रकाशकुमार पाण्डेले १५७ मत प्राप्त विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी अशुतोष शुक्लले ८६ मत प्राप्त गरे । उपसभापतिमा राकेशमणि चौधरी, सचिवमा पंकज पाण्डे, […]