Comments Add Comment

उपसभामुख

List Grid
एमसीसीमा नेकपाको निर्णय कुर्दै सभामुख

३ चैत, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) तत्काल संसदको एजेण्डा नबन्ने संकेत गरेका छन् । एमसीसी सम्झौता असार २०७७ सम्म संसदबाट अनुमोदन गरिसक्नुपर्छ । तर यसबारे सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मै विवाद छ । वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा कार्यदलले एमसीसी सम्झौता संशोधन भएपछि संसदबाट अनुमोदन गर्न सकिने प्रारम्भिक प्रतिवेदन […]

उपसभामुखबारे छिट्टै निर्णय हुन्छ : प्रधानमन्त्री

१२ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुखबारे छिट्टै निर्णय हुने बताएका छन् । प्रतिनिधिसभाको सभामुखमा आइतबार सांसद अग्नि सापकोटा निर्विरोध निर्वाचित भएका छन् । तर उपसभामुखको पद भने खाली छ । सभामुख निर्वाचित भइसकेपछि उपसभामुखबारे अब के हुन्छ ? भन्ने पत्रकारको प्रश्नमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले भने, […]

राजपासँग उपसभामुखमा भिड्नेबारे कांग्रेसमा अन्योल

७ माघ, काठमाडौं । सभामुख र उपसभामुखबारे छलफल गर्न मंगलबार बिहान सिंहदरबारमा कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बसेको थियो । बैठकमा केही नेताले सभामुखमा उम्मेदवारी दिनुपर्ने बताएका थिए । जवाफमा संसदीय दलका नेता एवं पार्टी सभापति शेरबहादुर देउवाले सभामुखमा उम्मेदवारी दिँदा कांग्रेसले उपसभामुख पाउने सम्भावना सकिने बताएका थिए । अन्ततः सभापति देउवाको भनाइमा सहमत भएपछि […]

उपसभामुख तुम्बाहाङफेले दिइन् राजीनामा

६ माघ, काठमाडौं । उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले राजीनामा दिएकी छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुखमा अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको भोलिपल्ट संसद बैठक राखेर तुम्बाहाङ्फले राजीनामा दिने घोषणा गरेकी हुन् । ‘प्रतिनिधिसभामा बहुमत प्राप्त दलले प्रतिनिधिसभामा नेतृत्वको दावा गरेको अवस्थामा सहजीकरणका लागि मैले मार्गप्रशस्त गर्ने निष्कर्षमा पुगेको व्यहोरा सम्मानित सदन समक्ष […]

राष्ट्रिय जनमोर्चाले उपसभामुखमा दाबी नगर्ने

६ माघ, काठमाडौं । प्रतिनिभिसभामा एक सीटको प्रतिनिधित्व गर्दै आएको राष्ट्रिय जनमोर्चा (राजमो) ले उपसभामुखमा दाबी नगर्ने स्पष्ट पारेको छ । यसअघि राजमो सांसद दुर्गा पोखरेलको नाम सत्तापक्षबाट उपसभामुखका रुपमा चर्चामा आएको थियो । सभामुख, उपसभामुख वा संसदीय समितिका सभापति जस्ता पदहरुमा नजाने राजमोको नीति नरहेको तर, एकजना मात्रै सांसद भएकाले यी पदहरुमा व्यवहारिक रुपमा […]

शिवमायाले सुनाइन् अनुभव–पितृसत्ता राजसत्ताभन्दा बलियो रैछ

६ माघ, काठमाडौं । निवर्तमान उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले राजसत्ताभन्दा पितृसत्ता बलियो रहेको अनुभव आफूले गरेको बताएकी छन् । उनले राजसत्ता भनेर राजसंस्था लाई इंकित गरेकी हुन । ‘राजसंस्था सबै मिलेर सहजै फाल्यौं । तर, पितृसत्ताको सोचलाई परिवर्तन गर्न अझै धेरै मेहनत गर्नुपर्ने रहेछ,’ उपसभामुख पदबाट राजीनामा दिएपछि पत्रकार सम्मेलन गर्दै डा. तुम्बाहाङफेले भनिन् । […]

सभामुखको निर्वाचन १२ माघमा

६ माघ, काठमाडौं । प्रतिनिधिसभाका सभामुख चयनका लागि १२ गते निर्वाचन हुने भएको छ । सोमबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा सभामुखको भूमिकामा रहेका जेष्ठ सदस्य महन्थ ठाकुरले १२ गते सभामुखको निर्वाचन तोकेका हुन् । लगतै संसद सचिवालयले सभामुख निर्वाचनको तालिका सार्वजनिक गरेको छ । सभामुखको उम्मेदवारी दर्ताको समय भने भोलि मंगलबार ७ विहान ११ बजेदेखि […]

डा. शिवमायाको प्रतिक्रिया : मैले बाजी मारें

६ माघ, काठमाडौं । उपसभामुख पदबाट राजीनामा दिएकी डा. शिवमाया तुम्बाहाङफेले आफूले बाजी मारेको प्रतिक्रिया दिएकी थिइन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुखमा अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको भोलिपल्ट संसद बैठक राखेर तुम्बाहङ्फले राजीनामा दिने घोषणा गरेकी हुन् । लगतै प्रतिनिधिसभाम सचिवालयमा राजीनामा पत्र बुझाइन् । त्यसपछि आयोजित पत्रकार सम्मेलनमा डा. तुम्बाहाङ्फेले एउटै […]

‘आफ्नो धरातल बिर्सन हुन्न, मैले मार्गप्रशस्त गरें’

माननीय सदस्यहरु, एउटा अप्रत्यासित र अस्वाभाविक पपिरस्थितिका कारण विगत केही समयदेखि प्रतिनिधिसभाको सभामुख पद रिक्त रहँदै आएको व्यहोरा यहाँहरुलाई अवगत नै छ । सार्वभौम संसदको महत्वपूर्ण अंग प्रतिनिधिसभा लामो समयसम्म सभामुखविहीन हुँदा उत्पन्न भएको जटिलता र यसले सिर्जना गरेका समस्याका बारेमा पनि हामी सबै जानकार नै छौं । यस्तो स्थिति अब कायम रहनुहुँदैन, यसले छिटै […]

नेकपालाई कांग्रेसको प्रस्ताव : उपसभामुखमा हामीलाई समर्थन होस्

६ माघ, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले उपसभामुख आफ्नो दललाई दिन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई आग्रह गरेको छ । यसो भएमा कांग्रेसले सभामुखमा नेकपाका उम्मेदवारलाई समर्थन गर्नेछ । नेकपाले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । सभामुख र उपसभामुख फरक फरक दल र लिंगको हुनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसैले सभामुखकेा […]

प्रधानमन्त्रीसँग शिवमायाको गुनासो : मेरो गल्ती के हो ?

५ माघ, काठमाडौं । नेकपाको सचिवालय बैठकले अग्निप्रसाद सापकोटालाई सभामुखको उम्मेदवार बनाइरहँदा आइतबार नै उपसभामुख शिवमाया तुम्बाहाङफे प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगिन् । भेटमा प्रधानमन्त्रीले भूमिका बाँध्दै पार्टी एकीकरणको मनोविज्ञान र शक्तिसन्तुलनलाई ध्यान दिएर अग्नि सापकोटालाई सभामुख बनाउन लागिएको जानकारी उपभामुखलाई गराए । यसअघि तुम्बाहाङ्फेले नेकपा सचिवालयको निर्णय नमान्ने र उपसभामुखमाथि दलको ह्वीप […]

उपसभामुख तुम्बाहाम्फेको राजीनामा नदिने अडानप्रति अधिकारकर्मीको समर्थन

२८ पुस, काठमाडौं । महिला अधिकारकर्मीहरूले प्रतिनिधि सभाकी उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेको अडानले सबैको शीर उच्च बनाएको निष्कर्ष निकालेको छ । अधिकारकर्मीहरूको सोमबार राजधानीमा सम्पन्न भेलाले उपसभामुखबाट राजिनामा नदिने तुम्बाहाम्फेको अडानको समर्थन गरेको हो । महिला आन्दोलनमा संलग्न ७० भन्दा बढीको सहभागिता रहेको बताइएको भेलाले सभामुखका लागि तुम्बाहाम्फे नै योग्य रहेको समेत दाबी गरेको छ […]

उपसभामुखलाई महाअभियोग लगाउने त ?

६ मंसिर, काठमाडौं । सत्तारुढ नेकपाको प्रवास कमिटी इञ्चार्ज तथा महिलाको मुद्दामा पार्टीभित्र फरक मत राख्दै आएकी नेकपा नेतृ विन्दा पाण्डेले उपसभामुख डा. शिवमाया तुम्वाहाम्फेको बचाऊ गरेकी छिन् । पार्टीले सभामुख बनाउने निर्णय गरेपछि तुम्बाहाम्फेले पदबाट राजीनामा दिने पाण्डे बताउँछिन् । मन्त्री बन्न उपसभामुखबाट राजीनामा दिन प्रधानमन्त्रीकोले गरेको आग्रह अश्वीकार गरेकी तुम्बाहम्फेको पक्षमा पाण्डेसहित नेकपाका […]

उपसभामुखमा पुष्पा भुसालले दिइन् उम्मेदवारी

१ चैत, काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले उपसभामुखमा उम्मेदवारी लिएको छ । कांग्रेस सांसद पुष्पा भुसालले उम्मेदवार दर्ता गराएकी हुन् । अर्घाखाँचीकी भुसाल समानुपातिक सांसद हुन् । २०३६ सालमा नेवि संघबाट राजनीति सुरु गरेकी उनी पहिलो संविधानसभामा पनि सांसद थिइन् । उपसभामुखको उम्मेदवारी दर्ताका लागि दिउँसो २ बजेसम्मको समय तोकिएको छ । वाम […]

उपसभामुखमा कांग्रेस उम्मेदवार पुष्पा भुसाल !

१ चैत, काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले उपसभामुखमा उम्मेदवारी दिने भएको छ । उसले पुष्पा भुसाललाई उम्मेदवार बनाउने तयारी गरेको छ । अर्घाखाँचीकी भुसाल समानुपातिक सांसद हुन् । २०३६ सालमा नेवि संघबाट राजनीति सुरु गरेकी उनी पहिलो संविधानसभामा पनि सांसद थिइन् । उपसभामुखको उम्मेदवारी दर्ताका लागि दिउँसो २ बजेसम्मको समय तोकिएको छ । […]

उपसभामुख छाड भन्नेलाई ओलीको जवाफः गोरु भन्दा गाढा अगाडि हुनसक्दैन

२७ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वाम गठबन्धनले उपसभामुख नछाड्ने संकेत गरेका छन् । प्रतिनिधिसभाका सभामुख र उपसभामुख फरक पार्टी र लिंगबाट हुनु पर्ने संवैधानिक व्यवस्था छ । माओवादीका कृष्णबहादुर महरा सभामुख भइसकेका छन् । अब उपसभामुख गठबन्धन बाहिरबाट हुनु पर्ने मत वाम गठबन्धनमा पनि छ भने कांग्रेसले पनि त्यही भनेको छ । […]

प्रदेश ४ को उपसभामुखमा एमालेकी सिर्जना शर्मा विजयी

६ फागुन, पोखरा । नेकपा एमालेकी सांसद सिर्जना शर्मा प्रदेश नम्बर ४ को उपसभामुख बनेकी छन् । आइतबार नदीपुरस्थित प्रदेशसभा बैठकमा भएको मतदानमा सिर्जनाले ३८ मत ल्याएर उपसभामुखमा निर्वाचित भएकी हुन् । शर्मा एमाले प्रदेश कमिटीको सदस्य तथा अखिल नेपाल महिला संघको केन्द्रीय सचिव हुन् । शर्मा राष्ट्रपतिका प्रेस सल्लाहकार पाका पत्रकार माधव शर्माकी पत्नी […]

प्रदेश ४ : आज उपसभामुखको निर्वाचन, एमालेकी सिर्जना र कांग्रेसकी मनकुमारीको मनोनयन

६ फागुन, पोखरा । उपसभामुख चयनका लागि प्रदेशसभा ४ को बैठक आइतबार दिउँसो १ बजे बस्दैछ ।  प्रदेशसभा उपसभामुखमा एमाले सांसद सिर्जना शर्माले बिहान ९ बजे मनोनयन दर्ता गराएकी छन् । एमाले सांसद मायानाथ अधिकारीको प्रस्ताव र माओवादी प्रदेश ४ का प्रमुख सचेतक गायत्री गुरुङको समर्थनमा शर्माले उपसभामुखमा मनोनयन दर्ता गराएकी हुन् । सभामुखमा माओवादी […]

प्रदेश ५ः उपसभामुखको मनोनयन आज

५ फागुन, बुटवल । प्रदेश ५ मा उपसभामुखको उम्मेदबारी दर्ता आज हुँदैछ । भोलि हुने उपसभामुख निर्वाचनका लागि आज बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ । उम्मेदवारी प्रदेशसभा भवनमा मनोनयन हुदैछ । संसदको दोस्रो बैठकले उपसभामुखको निर्वाचनका लागि फागुन ६ गते तेस्रो बैठक बोलाएको थियो । उपसभामुखमा एमालेका तर्फबाट महिला सांसदले उम्मेद्वारी […]

प्रदेश ३ को उपसभामुखमा राधिका तामाङ निर्विरोध

२८ माघ, हेटौंडा । प्रदेश ३ को उपसभामुखमा माओवादी केन्द्रकी राधिका तामाङ निर्विरोध निर्वाचित भएकी छन् । तामाङले वाम गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकी हुन् । उनको प्रस्तावकमा एमाले संसदीय दलका नेता डोरमणि पौडेल र समर्थकमा माओवादीकी उपनेता कुमारी मोक्तान छिन् । अरु उम्मेदवारी नपरेपछि उनी निर्विरोध बनेकी हुन् । कांग्रेसले उपसभामुख आफूले पाउनु पर्ने दाबी […]