Comments Add Comment

प्रधानन्यायाधीश

List Grid
जोशीलाई प्रधानन्यायाधीशको सुझाव-राजीनामा दिएर निकास दिनुस्

१८ पुस, काठमाडौं । सर्वोच्च अदालतका नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले वरिष्ठ न्यायाधीश दीपकराज जोशीलाई राजीनामा दिन सुझाव दिएका छन् । प्रधानन्यायाधीशमा संसदीय समितिबाट अस्वीकृत भएपनि जोशीले अदालत जान छाडेका छैनन् । सलाई सुनुवाई समितिका सदस्यहरुले सर्वोच्चले संसदको अपमान भनेका थिए । जवाफमा जबराले संसदको सम्मान गर्ने बचन भन्दै जोशीलाई पेशी नदिने संकेत गरेका थिए । […]

दुई तिहाइको तरबार झुण्ड्याएर चोलेन्द्रको अनुमोदन

१७ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बहुमत रहेको संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा चोलेन्द्रशमशेर जबरालाई अनुमोदन गर्दैगर्दा दुई तिहाईको ‘त्रास’ देखाइदिएको छ । यो त्यही सुनुवाई समिति हो, जसले प्रधानन्यायाधीशमा दीपकराज जोशीलाई बहुमतका आधारमा अस्वीकृत गरेको थियो । त्यही कारण ओमप्रकाश मिश्रले आकस्मिक रुपमा प्रधानन्यायाधीश भए । छोटो कार्यकालमा पनि विवादित भएर […]

घाँटीमा दुई तिहाइको तरबार झुण्ड्याएर चोलेन्द्रको अनुमोदन

१७ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बहुमत रहेको संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा चोलेन्द्रशमशेर जबरालाई अनुमोदन गर्दैगर्दा दुई तिहाईको ‘त्रास’ देखाइदिएको छ । यो त्यही सुनुवाई समिति हो, जसले प्रधानन्यायाधीशमा दीपकराज जोशीलाई बहुमतका आधारमा अस्वीकृत गरेको थियो । त्यही कारण ओमप्रकाश मिश्रले आकस्मिक रुपमा प्रधानन्यायाधीश भए । छोटो कार्यकालमा पनि विवादित भएर […]

चोलेन्द्र प्रधानन्यायाधीश बन्ने बाटो खुल्यो, सुनुवाई समितिबाट अनुमोदन

१७ पुस, काठमाडौं । प्रधानन्यायाधीशमा प्रस्तावित चोलेन्द्र शमसेर जबराको नाम संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेको छ । यससँगै उनलाई प्रधानन्यायाधीश बन्ने बाटो खुलेको छ । संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । चोलेन्द्र चार वर्षसम्म प्रधानन्यायाधीश पदमा रहने छन् । यसअघि आजै संसदीय सुनुवाई विशेष समितिले जबराविरुद्ध प्राप्त […]

कर्मचारी आन्दोलनले प्रधानन्यायाधीशको सुनुवाई प्रभावित

१५ पुस, काठमाडौं । कर्मचारीहरुको आन्दोलनका कारण संसदीय सुनुवाई विशेष समितिमा प्रस्तावित प्रधानन्यायाधीश चोलेन्ऽसमशेर जबराको सुनुवाई प्रभावित भएको छ । सुनुवाई समितिले आइतबार प्रस्तावित प्रधानन्यायाधीशलाई दिउँसो २ बजे बोलाइएको थियो । बैठकको सुरुमा जबराले १५ बुँदे आफ्नो कार्ययोजना पेश गरे । लगतै सांसदहरुले प्रश्नहरु राख्ने क्रम सुरु भयो । अपराहृनको ४ बज्नै लाग्दा सभापति लक्ष्मणलाल […]

आज पनि हुन सकेन प्रधानन्यायाधीश सिफारिस, देउवा अनुपस्थित

२६ मंसिर,काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवम् कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी नभएपछि संवैधानिक परिषदले आज पनि प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न सकेन । प्रधानन्यायाधीश सिफारिस आजै गर्ने भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार निवासमा बिहान परिषद बैठक बोलाएका थिए । तर, प्रमुख प्रतिपक्ष दलको नेता नै सहभागी नभएपछि बिहीबार बिहान ९ बजे बैठक बस्ने […]

संवैधानिक परिषद् बैठकमा देउवा नजाने, प्रधानन्यायाधीश सिफारिस थप अन्योलमा

२६ मंसिर,काठमाडौं । नयाँ प्रधानन्यायाधीश सिफारिस गर्न बोलाइएको संवैधानिक परिषद् बैठकमा प्रमुख विपक्षी दलका नेता शेरवहादुर देउवा नजाने भएका छन् । मंगलवार दुईपटक स्थगित भएको बैठक पुस ५ गते बस्ने भनिए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले आजै टुंगो लगाउने गरी बिहान बोलाएका थिए । तर, राति ९ बजेमात्र त्यसबारे जानकारी आएकाले देउवा बैठकमा जान नभ्याउने […]

संवैधानिक परिषद सोमबार बस्दै, चोलेन्द्र शमसेर बन्लान् त नयाँ प्रधानन्यायाधीश ?

१६ मंसिर, काठमाडौं । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले अवकाश पाउनुभन्दा ठीक एक महिनाअघि नै नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस हुने भएको छ । त्यसका लागि सोमवार संवैधानिक परिषद बैठक बस्दैछ । मिश्रले उमेरका कारण पुस १७ गते अवकाश पाउँदैछन् । संविधानअनुसार प्रधानन्यायाधीश पद रिक्त हुनु एक महिनाअघि संवैधानिक परिषदले नयाँ व्यक्तिको सिफारिस गर्न लागेको हो । संवैधानिक […]

न्यायपरिषदले पठायो प्रधानन्यायाधीशका दाबेदारको नाम, दीपक जोशी कैफियतमा

११ मंसिर, काठमाडौं । न्यायपरिषद सचिवालयले भावी प्रधानन्यायाधीशका लागि योग्यता पुगेका दुई न्यायाधीशको व्यक्तिगत विवरणसहितको रेकर्ड संवैधानिक परिषदमा पठाएको छ । सचिवालयले सर्वोच्च अदालतको स्थायी न्यायाधीश भएर ३ वर्ष काम गरेका दीपकराज जोशी र चोलेन्द्र शमसेर जबराको विवरण संवैधानिक परिषदमा पठाएको हो । मिश्रले उमेर हदका कारण पुस १७ गतेबाट अवकाश पाउँँदैछन् । संविधानअनुसार संवैधानिक अंगका […]

‘प्रेसले विचाराधीन मुद्दामा लेखिदिँदा न्यायमा क्षति पुग्यो’

२३ असोज, काठमाडौं । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले विचाराधीन मुद्दामा सञ्चार माध्यमहरुले समाचार लेख्दा न्यायमा नै असर परेको बताएका छन् । मंगलबार संवैधानिक तथा न्यायिक पत्रकार मञ्चले दशैं, तिहार र छठ पर्वको अवसरमा आयोजित गरेको चियापान कार्यक्रममा उनले विचाराधीन मुद्दामा समाचार लेखिदिँदा अदालत, मानव अधिकार र न्यायलाईसमेत क्षति भएको बताएका हुन् । ‘सबैभन्दा पहिले चेतनशील हुनुपर्ने […]

प्रेसले विचाराधीन मुद्दामा लेखिदिँदा न्यायमा क्षति पुगेको छ : प्रधानन्यायाधीश

२३ असोज, काठमाडौं । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले विचाराधीन मुद्दामा सञ्चार माध्यमहरुले समाचार लेख्दा न्यायमा नै असर परेको बताएका छन् । मंगलबार संवैधानिक तथा न्यायिक पत्रकार मञ्चले दशैं, तिहार र छठ पर्वको अवसरमा आयोजित गरेको चियापान कार्यक्रममा उनले विचाराधीन मुद्दामा समाचार लेखिदिँदा अदालत, मानव अधिकार र न्यायलाईसमेत क्षति भएको बताएका हुन् । ‘सबैभन्दा पहिले चेतनशील हुनुपर्ने […]

प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्र सिफारिस

७ भदौ, काठमाडौं । संवैधानिक परिषदले प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम सिफारिस गरेको छ । बिहीबार बसेको बैठकले सर्वोच्चका हालका कायम मुकायम प्रधानन्यायाधीश मिश्रको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो । यसअघि परिषदले प्रधानन्यायाधीशमा तीन जना न्यायाधीशको नाम सिफारिस गर्दा मिश्र दोस्रो नम्बरमा थिए । पहिलो नम्बरमा सिफारिस भएका दीपकराज जोशीको नाम संसदीय समितिबाट अस्वीकृत भएपछि […]

संवैधानिक परिषद बैठक: प्रधानन्यायाधीशमा मिश्र कि राणा ?

७ भदौ, काठमाडौं । प्रधानन्यायाधीश सिफारिसका लागि आज संवैधानिक परिषदको बैठक बस्दैछ । प्रधानन्यायाधीश नियुक्तिका लागि यसअघि परिषदले वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीको नाम सिफारिस गरेको थियो । तर सर्वोच्चको इतिहासमै परिषदले सिफारिस गरेको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत भयाे । जोशी अस्वीकृत भएसँगै प्रधानन्यायाधीश नियुक्तिका लागि पुनः परिषदले अर्को नाम सिफारिस गर्न लागेको हो । […]

दीपकराज जोशी फेरि सर्वोच्चमा फर्किने चर्चा

६ भदौ, काठमाडौ । संसदबाट प्रधानन्यायाधीश पदमा अस्वीकृत भएपछि राष्ट्रपतिलाई भेटेर १५ दिनको घरविदामा बसेका तत्कालीन कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले सोमबार ६ दिनको भैपरी विदा थपेका छन् । जोशीले १३ दिनको भैपरि विदा पाइनेमा राष्ट्रपति कार्यालयमा ६ दिनको विदा थप मागेर अहिले पनि कामु प्रधानन्यायाधीश आफैं रहेको सन्देश दिएका छन् । उनले ६ दिनको थप […]

नयाँ प्रधानन्यायाधीशको नाम छिट्टै सिफारिस हुन्छः प्रचण्ड

२२ साउन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले न्यायालयको नेतृत्व खाली नहुने बताएका छन् । मंगलबार वीरगञ्जमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले केहि दिनमै नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस हुने बताए । ‘भोलि वा पर्सी परिषदबाट सिफारिस हुन्छ’ उनले भने । साथै रिक्त रहेका अन्य संवैधानिक पदहरुमा पदपूर्ति र संवैधानिक आयोगहरु […]

प्रधानन्यायाधीश प्रकरणमा राजनीतिकरणः कांग्रेस बोक्ने, कम्युनिस्ट फाल्ने !

१६ साउन, काठमाडौं । कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीशमा अनुमोदन गर्ने कि नगर्ने भन्ने प्रश्नमा राजनीतिकरण सुरु भएको छ । संसदीय निर्णयको पर्खाइमा रहेको यो विषयलाई सत्तापक्ष र प्रतिपक्षले दुबैले राजनीतिकरण गरेका छन् । सत्तारुढ नेकपाका नेताहरु जोशीको नाम अनुमोदन नगर्ने अडानमा छन् । तर, सुरुमा मौन रहेका कांग्रेसका नेताहरु विस्तारै जोशीको पक्षमा खुलेर उभिन […]

जोशीलाई प्रधानन्यायाधीश नबनाउँदा आइपर्ने जोखिम

समाचार टिप्पणी १५ साउन, काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीशमा अनुमोदन गने/नगर्नेबारे सोमबार संसदीय विशेष सुनुवाई समिति बैठकले निर्णय लिन सकेन । यसबारे बुधबार निर्णय गरिने बताइएको छ । यद्यपि सत्तापक्ष र प्रतिपक्षका सांसदहरुवीच मत मिलिरहेको छैन । कायममुकायम प्रधानन्यायाधीश जोशीलाई संसदीय सुनुवाई समितिले प्रधानन्यायाधीशमा अनुमोदन गरेन वा गर्‍यो भने यसबाट नेपालको न्यायालय क्षेत्रमा […]

जोशीलाई रोक्ने नेकपाको तयारी, कांग्रेसको चेतावनीले बैठक सर्‍यो

१४ साउन, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले बहिस्कारको चेतावनी दिएपछि संसदीय सुनुवाई विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीशबारे सोमबार कुनै निर्णय गर्न सकेन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदहरु सोमबार दीपकराज जोशीलाई प्रधानन्यायाधीश सिफारिस नगर्ने निर्णयमा पुगेका थिए । त्यसको सुइँको पाएपछि सुनुवाइ समितिमा रहेका कांग्रेस सांसदहरुले बैठक बहिस्कारको चेतावनी दिए । ‘पार्टीको धारणा बनेको […]

कामु प्रधानन्यायाधीश जोशीलाई राजीनामा दिन सत्तापक्षको सन्देश

१३ साउन, काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीमाथि शुक्रबार भएको संसदीय सुनुवाइको निर्णय आउन बाँकी नै रहेका बेला सत्तापक्षले राजीनामा गरेर सम्मानजनक निकास दिन सन्देश पठाएको छ । शैक्षिक योग्यताको प्रमाणपत्रमा विवादमा परेपछि संसदीय सुनुवाईकै क्रममा रहेका जोशीलाई संसदबाट अस्वीकृत हुनुभन्दा राजीनामा गर्न सुझाव दिइएको सरकारी उच्चस्तरीय स्रोतले जनाएको छ । सत्तारुढ नेकपा र संघीय […]