Comments Add Comment

बलात्कार

List Grid
४ वर्षकी बालिका बलात्कारको आरोपमा युवक पक्राउ

३० साउन, गुल्मी । गुल्मीमा ४ बर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पुरुष पक्राउ परेका छन् । जिल्लाको कालीगण्डकी गाउँपालिका–७ भुर्तुङ निवासी ३६ बर्षीय पुरुषले नाबालिकालाई जबरजस्ती करणीको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताए । आरोपित पुरुषलाई शुक्रबार बेलुकी पक्राउ गरी जिल्ला प्रहरी कार्यालय गुल्मीमा ल्याइएको […]

छोरी बलात्कार आरोपमा बुबा र काका पक्राउ

२८ साउन, पर्वत । नाताले आफ्नै छोरीलाई बलात्कार गरेको अभियोगमा पर्वत जिल्ला प्रहरीले पीडितका बुबा र काकालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारीअनुसार आफ्नी छोरीलाई बलात्कार गर्ने ४४ वर्षीया बुबा र आफ्नै ३६ वर्षीय काकालाई प्रहरीले नियन्त्रणमा लिएको हो। सोह्र वर्षकी किशोरी छोरीलाई गत वैशाख २ गते बुबा र साउन २३ […]

पीडितको प्रारम्भिक सूचनामाथि प्रहरीको खेलाँची : कमजोर अनुसन्धानले मर्दैछ न्याय

तीन वर्षमा ७३६ महिला र बालिकाको हत्या भएको छ । यस्ता धेरै घटनामा पीडित पक्ष न्यायका लागि दबाब दिन सडकमा समेत जान थालेका छन् । फौजदारी न्याय प्रणालीमाथि समाज यतिबिघ्न सशंकित हुनुमा खास कारण छन् ।

बलात्कारको आरोपमा सुनसरीबाट प्रहरीका असई पक्राउ

१३ साउन, सुनसरी । युवतीलाई बलात्कार गरेको आरोपमा सुनसरीबाट एक जना पक्राउ परेका छन् । युवतीलाई पटक–पटक बलात्कार गरेको अभियोगमा प्रहरीका असई जितेन्द्रनारायण मण्डल पक्राउ परेका हुन् । २०७७ सालको चैत २८ गते इटहरीको गोरखा डिपार्टमेन्ट स्टोर पछाडिको एक होटलमा लगेर आफूलाई बलात्कार गरेको भन्दै पीडित युवतीले दिएको जाहेरीको आधारमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको […]

जसको कोठामा तीन दिनसम्म किशोरी बलात्कृत भइन्, उसैलाई अदालतले दियो सफाइ

१२ साउन, दार्चुला । जिल्ला अदालत, दार्चुलाले सामूहिक बलात्कारको अभियोगमा दुईमध्ये एक जनालाई सफाइ दिएको छ । जिल्ला न्यायाधीश लोकजंग शाहको इजलासले सोमबार सामूहिक बलात्कारको अभियोगमा शैल्यशिखर–९, गाँजरीका १९ वर्षीया सन्तोष महरलाई दोषी ठहर गरेको छ भने नक्तडका २७ वर्षीय सुरेश विष्टलाई सफाइ दिएको छ । पीडितले प्रहरीलाई घटनाबारे जानकारी दिएर बोलाउँदा विष्ट घटनास्थलमै भेटिएका […]

पर्सामा एक वर्षमा ४२ वटा बलात्कारका घटना

३ साउन, वीरगञ्ज । पर्सामा गत आर्थिक वर्षमा ४२ वटा बलात्कारका घटना भएका छन् । जिल्ला प्रहरी कार्यालय पर्साको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/७८ मा पर्सामा ४२ वटा बलात्कारका घटना भएका हुन् । करणी उद्योग र बाल यौन दुरुपयोगका ७/७ वटा घटना छन् भने अप्राकृतिक मैथुनको एउटा घटनाको पनि मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय […]

बालिका बलात्कारको आरोपमा युवक पक्राउ

३० असार, वीरगञ्ज । पर्सामा बालिका बलात्कारको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । १५ वर्षकी बालिका बलात्कारको आरोपमा बहुदरमाई नगरपालिका–२ पिपराटोल बस्ने २५ वर्षीय धर्मराज साह कानुलाई पक्राउ परेका हुन् । प्रहरीका अनुसार उनले असार १४ गते दिउँसो बालिकालाई विवाह गर्ने र जागिर लगाइदिने प्रलोभन दिएर बलात्कार गरेको बालिकाको अभिभावकको दावी छ । […]

बझाङमा पाँच वर्षीया बालिका बलात्कार गरेको आरोपमा वृद्ध पक्राउ

२९ असार, धनगढी । बझाङमा पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना वृद्ध पक्राउ परेका छन् । जयपृथ्वी नगरपालिका– ७ मा पाँच वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा सोही ठाउँका ६१ वर्षीय जगदिश जोशीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय  बझाङका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) रुपक खड्काले बालिकाका छिमेकीसमेत रहेका जोशीलाई […]

बलात्कार प्रतिकार गर्दा सन्तोषी सुब्बाको हत्या, एक युवक पक्राउ

१० असार, काठमाडौं । विभिन्न पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी महिला सन्तोषी सुब्बाको हत्या अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्ने सिन्धुपाल्चोकको चौतारा साँगाचोक गढी नगरपालिका-१४ घर भई काठमाडौंको दक्षिणकाली बस्ने २९ वर्षीय सुरेश तिमल्सिना हुन् । उनी गाडीको सहचालक रहेको खुलेको छ। हत्या अभियोगमा पक्राउ परेका तिमल्सिनालाई बिहीबार पत्रकार सम्मेलन गरी […]

बलात्कार प्रयासको पोल खुल्ने डरले बालिकाको हत्या

७ असार, सप्तरी । सप्तरीमा चार दिनअघि मृत फेला परेकी बालिकाको जबर्जस्ती करणीको प्रयासपछि हत्या भएको खुलेको छ । असार ४ गते डाक्नेश्वरी नगरपालिका–३ हटैलकी ९ वर्षीया शिवानी यादवको शव स्थानीय शिवनाथ यादवको आँपको बगैंचामा भेटिएको थियो । प्रहरीका अनुसार करणी प्रयासको पोल खुल्ने डरले उनको हत्या भएको हो । हत्या आरोपमा प्रहरीले बालिकाकै गाउँका […]

बालिका बलात्कार आरोपमा युवक पक्राउ

७ असार, काठमाडौं । बालिका बलात्कारको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । धुलिखेल नगरपालिका-८ का २३ वर्षीय जयराम चौलागाई प्रहरीले नियन्त्रणमा लिएको हो । धुलिखेलकै १५ वर्षीय बालिकालाई खाजा खुवाउने निहुमा भक्तपुर हुँदै काठमाडौंको सुन्धार पुर्‍याएर बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जानकारी दिएको छ । यही असार ५ […]

छोरीलाई बलात्कारपछि हत्या गरेको आरोपमा बुवा पक्राउ

३ असार, धनगढी । कैलालीमा छोरीलाई बलात्कारपछि हत्या गरेको आरोपमा बुवा पक्राउ परेका छन् । १० वर्षीया छोरीमाथि बलात्कार गरेर हत्या गरेको आरोपमा जिल्लाको लम्कीचुहा नगरपालिका-८ का ५१ वर्षीय पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए । प्रहरीका अनुसार जेठ २७ गते भैँसी गोठमा झुण्डिएको अवस्थामा बालिकाको शव […]

बालिकालाई बलात्कार गरेको आरोपमा कञ्चनपुरमा एक जना पक्राउ

१ असार, धनगढी । कञ्चनपुरमा ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बालिकामाथि पटक–पटक बलात्कार गरेको आरोपमा कृष्णपुर नगरपालिका–४ गुलरियाका ५३ वर्षीय धनबहादुर गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । गुरुङले बालिकालाई ललाइफकाइ पटक–पटक जबर्जस्ती करणी गर्ने गरेको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब […]

६० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पाल्पाबाट एक जना पक्राउ

३१ जेठ, काठमाडौं । ६० वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा प्रहरीले पाल्पाबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामपुर नगरपालिका–१ मसकोटका ३५ वर्षीय नारायण मल्ल छन् । उनले ती महिलालाई शुक्रबार साँझ जबर्जस्ती करणी गरेको भन्ने खबर प्राप्त भएपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको […]

कञ्चनपुरमा किशोरीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

२८ जेठ, धनगढी । कञ्चनपुरमा १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ । जिल्लाको वेदकोट नगरपालिका-५ मा स्थानीय किशोरीमाथि दुईजना युवकले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको हो । बलात्कार गरेको आरोप लागेका वेदकोट नगरपालिका-६ का अन्दाजी २३ वर्षीय धनबहादुर विकलाई पक्राउ गरिएको कञ्चनपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी […]

सुनसरीमा बलात्कारको अभियोगमा दुईजना पक्राउ

१९ जेठ, विराटनगर । नौ वर्षीया अशक्त बालिकालाई बलात्कार गरेको अभियोगमा सुनसरीको इटहरीबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ । मंगलबार दिउँसो इटहरी उपमहानगरपालिका–३ की शारीरिक र मानसिक रुपमा अशक्त बालिकालाई बलात्कार गरेको अभियोगमा सोही ठाउँका ६७ वर्षीय गाइने भनिने भागीराज दमाई पक्राउ परेका हुन् । फूपुको घरमा बस्दै आएकी ती बालिकालाई जबर्जस्ती करणी गरेको स्थानीयले […]

बालिका बलात्कारको अभियोगमा भक्तपुरबाट एकजना पक्राउ

२ जेठ, काठमाडौं । १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भक्तपुरको चाँगुनारायण नगरपालिका–५ छालिङबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५२ वर्षीय भीमबहादुर बन रहेका छन् । बनले ती बालिकालाई सोही ठाउँको टहरामा बलात्कार गरेको भन्ने खबर प्राप्त भएकाले पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको […]

सुनसरीको भोक्राहा-नरसिंह गाउँपालिकाका अध्यक्षविरुद्ध जबर्जस्ती करणी मुद्दा

९ वैशाख, विराटनगर । सुनसरीको भोक्राहा-नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादवविरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता भएको छ । बुधबार धरानको एक होटलमा १७ वर्षीय किशोरीसँग आपत्तिजनक अवस्थामा भेटिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । यादवविरुद्ध बिहीबार जबर्जस्ती करणी मुद्दा दर्ता भएको हो । जिल्ला अदालत सुनसरीमा पाँच दिनको म्याद थप गरी उनीमाथि अनुसन्धान शुरु गरेको जिल्ला […]

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ

७ वैशाख, वीरगञ्ज । वीरगञ्जमा सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका–२४ का ३६ वर्षीय प्रमोद सर्राफलाई प्रहरीले पक्राउ गरेको हो । उनीविरूद्ध सोमबार छिमेकी बालिकालाई १० रुपैयाँ दिएर ललाइफकाइ बलात्कार गरेको अभियोग लागेको प्रहरीले जनाएको छ । जबर्जस्ती करणी मुद्दामा  पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद अनुमति लिई […]

किशोरीलाई बलात्कार गरेको अभियोगमा एकजना पक्राउ

४ वैशाख, काठमाडौं । १५ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा सप्तरीबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ । कञ्चनरुप नगरपालिका–७ बलुवाका १९ वर्षीय सुनिलकुमार यादवलाई शुक्रबार राति पक्राउ गरेको प्रहरीले जनाएको छ । यादवले किशोरीलाई बलात्कार गरी फरार भएको भन्ने खबर आएपछि इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप […]

बागलुङमा युवती बलात्कार गर्नेलाई ७ वर्ष कैद

२६ चैत, गलकोट । उन्नाइस वर्षीया युवतीलाई बलात्कार गर्ने युवालाई जिल्ला अदालत बागलुङले सात वर्ष कैद सजाय फैसला गरेको छ । बागलुङको ताराखोला गाउँपालिका-२ का २१ वर्षीय रेशम बनलाई जिल्ला न्यायाधीश वासुदेव न्यौपानेको बुधबारको इजालासले बलात्कार कसुर ठहर गर्दै सात वर्ष कैद सजाय फैसला गरेको हो । कैदसँगै वनले पीडित युवतीलाई ८० हजार रकम क्षतिपूर्तिसमेत […]