Comments Add Comment

बारा

List Grid
बाराको बरियारपुर बजारमा आगलागी

११ असोज, वीरगञ्ज । बाराको महागढीमाई नगरपालिका–१ बरियारपुर बजारमा आगलागी हुँदा २ लाख ४० हजार मूल्य बराबरको क्षति भएको छ । सोमबार बिहान १ः२० बजे उपेन्द्र कुमार गुप्ताको टायलले छाएको घरमा बिजुलीको तार सर्ट भई आगलागी भएको थियो । आगलागीबाट उपेन्द्र सहित तीन जनाको पसलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक […]

बारामा करेन्ट लागेर एक जनाको मृत्यु

७ असोज, वीरगञ्ज । बारामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जितपुरसिमरा उपमहानगरपालिका-७ लक्ष्मी टोलका ३४ वर्षीय सर्फुदीन अन्सारीको आज बिहान करेन्ट लागेर मृत्यु भएको हो । करेन्ट लागेर घाइते भएका अन्सारीलाई उपचारका लागि वीरगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय जितपुरले जनाएको छ । प्रहरीका अनुसार आफ्नै बनाउदै गरेको घरमा […]

बाराको बसतपुर सुरक्षित खानेपानीयुक्त समुदाय घोषित

२ असोज, वीरगञ्ज । बाराको बसतपुर सुरक्षित खानेपानीयुक्त समुदाय बनेको छ । बसतपुर गाउँमा सुरक्षित खानेपानीको योजना सञ्चालनमा आउनुको साथै घर घरमा धारा र शौचालय बनाई प्रयोगमा ल्याइएको छ । शनिबार प्रदेश नं २ का खानेपानी तथा उर्जा विकास मन्त्री ओम प्रकाश शर्माले बसतपुरलाई सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरे । प्रदेश २ मा यसअघि सिराहाको […]

नक्कली नोट कारोबारमा संलग्न रहेको आरोपमा बाराबाट पाँचजना पक्राउ

२७ भदौ, वीरगञ्ज । बाराबाट प्रहरीले जाली नोटको कारोबारमा संलग्न रहेको आरोपमा पाँचजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट गुजरा नगरपालिका-३ बलुवा टोल बस्ने २४ बर्षीय सुनिल कुमार राम, ३६ वर्षीय रबिन्द्र कुमार चौधरी, बारा करैयामाई गाउँपालिका-५ का ३६ वर्षीय विशेश्वरप्रसाद चौधरी, बारा कलैया उपमहानगरपालिका-९ रामपुर टोल बस्ने २४ बर्षीय सागर शुक्ला र कलैया […]

बाराको आधाभार जंगलमा ट्रकको ठक्करबाट एक हात्ती घाइते

२९ साउन, वीरगञ्ज । बारामा कन्टेनर बोकेको ट्रकको ठक्करबाट पर्सा राष्ट्रिय निकुञ्जको एउटा हात्ती घाइते भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका-२१ आधाभार जंगलमा बिहीबार राति ८:५० बजे मेनकाकलीलाई ट्रकले ठक्कर दिएको हो । मेनकाकली ६५ वर्षकी भइसकेकी छिन् । ना ५ ख ३५५७ नम्बरको ट्रकको ठक्करबाट हात्तीको माहुते ३२ वर्षीय पवन सिंह पनि घाइते भएका छन् […]

बारामा शंकास्पद अवस्थामा महिलाको शव भेटियो

१३ साउन, वीरगञ्ज । बारामा शंकास्पद अवस्थामा एक महिलाको शव भेटिएको छ । पचरौता नगरपालिका–३ रामनगर स्थित खेतमा महिलाको शव भेटिएको हो । अन्दाजी ४०–४२ वर्षीया मृतक महिलाको पहिचान खुल्न सकेको छैन । बाटोको छेउमै तलपट्टी खेतमा उत्तानो परेको अवस्थामा महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए […]

हात्तीको दाह्रासहित अमलेखगञ्‍जबाट तीनजना पक्राउ

१२ साउन, बारा । प्रहरीले हात्तीको दाह्रासहित जितपुर सिमरा उपमहानगरपालिका-२१ स्थित अमलेखगञ्‍ज बजारबाट तीनजनालाई पक्राउ गरेको छ । हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको ना.५० प १२२७ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय अमलेखगञ्‍जबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बोराभित्र लुकाई ल्याएको उक्त दाह्रा फेला पारी मोटरसाइकल चालक तामाङ लगायत तीनजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा निजगढ […]

बारामा ६२ बोरा भुटेको चना प्रहरीद्वारा बरामद

२५ असार, वीरगञ्ज । बारा प्रहरीले ६२ बोरा भुटेको चना बरामद गरेको छ । प्रहरीले विश्रामपुर गाउँपालिका– ३ बाट ६२ बोरा भुटेको चना बरामद गरेको हो । बरामद गरिएको १ हजार ५ सय ५० किलो भुटेको चनाको बजार मुल्य १ लाख १६ हजार २ सय ५० रुपैयाँ अनुमान गरिएको छ । बिहीबार राति ११:५० बजे […]

बंगुरको खोरमा आगलागी हुँदा १ लाखको क्षति

२३ असार, वीरगञ्ज । बाराको कोल्हबी नगरपालिकामा बंगुरको खोरमा आगलागी हुँदा १ लाख मुल्य बराबरको क्षति भएको छ । कोल्हबी नगरपालिका–४ बस्ने महेन्द्र शंकर चौधरीको बंगुर खोरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक (डिएसपी) गौतम मिश्रले जानकारी दिए । आगलागीमा परी १ सय २० किलोका ३ वटा बंगुर जलेर घाईते भएका छन् […]

बारामा सर्पको टोकाइबाट एक युवकको मृत्यु

१६ असार, वीरगञ्ज । बाराको निजगढमा सर्पले टोकेर एक युवकको मृत्यु भएको छ । मकवानपुरको हेटौंडा उपमहनगरपालिका–१५ भोर्ले बस्ने २० वर्षीय सरोज बम्जनको मृत्यु भएको हो । उनी निजगढ नगरपालिका– १३ डमरपुर स्थित मामा घरमा बस्दै आएका थिए । बुधबार बिहान ३ बजे सर्पले उनको कानमा टोकेको थियो । सर्पको टोकाइबाट घाइते भएका उनलाई प्राथमिक […]

बारामा चट्याङ लागेर एकजनाको मृत्यु, दुइ घाइते

९ असार, वीरगञ्ज । बारामा चट्याङ् लागेर एकजनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ । मृत्यु हुनेमा बाराको जीतपुर सिमरा उपमहानगरपालिका–२० बस्ने २८ वर्षीय विजय प्रसाद यादव रहेका छन् । चट्याङ लागेर गम्भिर घाईते भएका यादवलाई उपचारका लागि जिल्ला अस्पताल कलैयातर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला […]

जापानमा बारा समाज गठन, जिल्लामा आउने समस्यमा सहयोग गर्ने

१ असार, काठमाडौं । बारा जिल्लामा स्थायी घर भइ हाल विभिन्‍न पेशा तथा कामको सिलसिलामा जापान आएर बसोबास गर्दै आएकाहरुले बारा समाज जापान गठन गरेका छन् । अनिल गिरीको अध्‍यक्षतामा १३ सदस्यीय कार्यसमितिको गठन गरिएको हो । यस्तै बारा समाजको उपाध्यक्षमा बैकुण्ठ गौतम, सचिवमा प्रवेश पोख्रेल, सह-सचिवमा सुजता थापा, कोषाध्यक्षमा मनोज अधिकारी, सह- कोषाध्यक्षमा ममता […]

घर डुबेपछि स्कुलको शौचालयमा बास

१६ जेठ, वीरगञ्ज । बाराको करैयामाई गाउँपालिका– ८ इटहर टोलमा एक दलित परिवार विद्यालयको शौचालयमा बस्न बाध्य भएका छन् । विसुन भनिने स्थानीय विष्णु मल्लिक, उनकी आमा र छोरी गरी ३ जना स्थानीय विद्यालयको शौचालयमा बसिरहेका छन् । दुई दिनदेखि परेको पानीका कारण उनको फुसको घर डुबानमा परेको छ । घरमा भएको अन्नसमेत भिजेका कारण […]

गाँजा तस्करीमा तेल ट्यांकरको प्रयोग, दुईजना पक्राउ

१२ जेठ, वीरगञ्ज । बारा प्रहरीले तेल ट्याङ्करमा लुकाएर भारततर्फ लैजान लागेको अवैध लागु औषध २ सय १८ किलो गाँजासहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले महोत्तरीको बर्दिबास नगरपालिका-८ बस्ने ३३ वर्षीय घनश्याम गिरी र चितवनको खैरहनी-२ बस्ने २३ वर्षीय रामकुमार दवाडीलाई पक्राउ गरेको हो । उनीहरु ना ४ ख २९७९ नम्बरको ट्याङ्करको चालक र […]

बारामा जन्ती बोकेको बस दुर्घटना हुँदा १९ जना घाइते

१० जेठ, वीरगञ्ज । बारामा जन्ती बोकेको बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जना गम्भीर र ७ जना मध्यम घाइते छन् । उनीहरु लाई उपचारका लागि वीरगञ्ज ल्याइएको छ । ८ जना सामान्य घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल कलैया पठाइएको प्रहरीले जनाएको छ । सोमबार बिहान ०९:५० बजे जितपुरसिमरा उपमहानगरपालिका-१६ […]

बारामा बालक हत्याको आरोपमा एक जना पक्राउ

९ जेठ, वीरगञ्ज । बाराको कलैयामा दुई बालकको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले कलैया उपमहानगरपालिका–७ रंगपुर टोलका २५ वर्षीय फरमुल्लाह अन्सारीले बालकद्वयको हत्या गरेको दावी गरेको छ । ४ जेठमा स्थानीय गफार अन्सारीका दुईवटा छोरा उसमान अन्सारी र अमान अन्सारीको हत्या भएको थियो । उनीहरुको शव कलैया–११ रंगपुरस्थित […]

बारामा करेन्ट लागेर एकजनाको मृत्यु

२३ वैशाख, वीरगञ्ज । बाराको कलैयामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका-६ पर्सा टोल बस्ने २० वर्षीया रोशना खातुनको मृत्यु भएको हो । प्रहरीका अनुसार घरको कल धारामा जडान गरिएको मोटर चलाउने क्रममा तार सर्ट भई करेन्ट लागेर उनी घाइते भएकी थिइन । कलैया अस्पतालमा उपचारको क्रममा उनको बिहीबार दिउँसो १:२५ बजे […]

बारामा वैशाख २३ गतेदेखि अनिश्चितकालका लागि निषेधाज्ञा

२१ वैशाख, वीरगञ्ज । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बारामा अनिश्चितका लागि निषेधाज्ञा लगाइएको छ । वैशाख २३ गते विहान ६ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा लगाइएको बाराका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिएका छन् । निषेधाज्ञाको आदेशमा अति आवश्यक काममा बाहेक घर बाहिर ननिस्कने, खाद्यान्न, सागसब्जी, माछामासु, औषधी उपकरण बिक्री […]

बाराका कोरोना संक्रमित पुरुषको वीरगञ्जमा मृत्यु

२१ वैशाख, वीरगञ्ज । बाराका कोरोना संक्रमित पुरुषको वीरगञ्जमा उपचारका क्रममा मृत्यु भएको छ । नेशनल मेडिकल कलेजले बाबा होटलमा सञ्चालन गरेको कोरोना अस्पतालमा फेटा गाउँपालिका–२ बिनौली बस्ने ३५ वर्षीय पुरुषको मंगलबार दिउँसो २ बजे मृत्यु भएको हो । योसँगै नयाँ भेरियन्टको कोरोना संक्रमणबाट बारामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । स्वास्थ्यमा समस्या आएपछि […]

चितवन र बाराका कोरोना संक्रमितको भरतपुर अस्पतालमा मृत्यु

२१ वैशाख, चितवन । चितवनको भरतपुर अस्पतालमा उपचाररत चितवन र बाराका कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालले दिएको जानकारी अनुसार मृत्यु हुनेमा माडी नगरपालिकाका वृद्ध र बाराको जीतपुर सिमरा उपमहानगरपालिकाका पुरुष रहेका छन् । माडी नगरपालिका–३ का ६९ वर्षीय वृद्धको उपचारका क्रममा सोमबार राति १२:४५ बजे मृत्यु भएको हो । निमोनिया र श्वासप्रश्वासमा समस्या […]

बाराका कोरोना संक्रमितको वीरगञ्जमा मृत्यु

१० बैशाख, वीरगञ्‍ज । वीरगञ्जमा बाराका एक कोरोना संक्रमितको मृत्यु भएको छ । बाराको जीतपुसिमरा उपमहानगरपालिका-७ बस्ने ४० वर्षीय पुरूषको मृत्यु भएको हो । नारायणी अस्पताल स्थित आइसोलेसन वार्डमा उपचारको क्रममा अपरान्ह साँढे ४ बजे उनको मृत्यु भएको कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिए । स्वास प्रस्वासमा देखिएको समस्या जटिल भएपछि उनलाई भेन्टिलेटरमा […]