Comments Add Comment

वीरगञ्ज

List Grid
कोरोना कहरमा चिनिएका डाक्टर

८ कात्तिक, वीरगञ्ज । फेमिली फिजिसियन तथा आकस्मिक रोग विशेषज्ञ उदयनारायण सिंह (३६) अहिले नारायणी अस्पतालमा इमर्जेन्सी विभाग प्रमुख छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका एमडी उनले त्यहाँँ उपप्राध्यापकको जागिर पनि पाएका थिए । तर, मन आफ्नै वीरगञ्जमा तानियो । अनि राजिनामा दिएर नारायणी अस्पतालमा अस्थायी मेडिकल अधिकृत बन्न आए । गृह नगरको […]

चौरसियाको मृत्युको विरोधमा वीरगञ्जमा प्रदर्शन

७ कात्तिक, काठमाडौं । पर्साको विन्दवासिनीमा बिहीबार झडपमा घाइते भएका मुकेश चौरसियाको मृत्युको विरोधमा वीरगञ्जमा प्रदर्शन भएको छ । नेकपाकै दुई समूहबीच बिहीबार विन्दवासिनीमा भएको झडपमा गम्भीर घाइते भएका चौरसियाको शुक्रबार पानीट्यांकीस्थित एलएस न्युरो अस्पतालमा मृत्यु भएको थियो । उनको मृत्युको विरोधमा नेकपाको एक समूह र उनका आफन्तले दोषीलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयबाहिर […]

भारतले एकतर्फी नाका खोलेपछि सीमा क्षेत्रमा समस्या

६ कात्तिक, वीरगञ्ज । नेपालसँगको भारतीय नाका खुलेपछि सीमा क्षेत्रमा आवतजावत बढेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि मार्च २३ तारिखदेखि नै नेपाल र भारत दुबै देशले सीमा नाका बन्द गरेका थिए । तर बिहीबार बिहानै नाका वरपर दुवै देशका सर्वसाधरणको भिड लाग्यो । नेपाली भारत जान खोज्ने र भारतीय पनि नेपाल आउन […]

भिजेको रासायनिक मल वीरगञ्ज सुख्खा बन्दरगाहमा अलपत्र

२९ असोज, वीरगञ्ज । वीरगञ्जको सिर्सिया सुख्खा बन्दरगाहको गोदाममा भिजेको रासायनिक मल अलपत्र अवस्थामा छ । यो मलका कारण रेलबाट अन्य समान झार्न र गाडीमा लोड गर्न पनि समस्या भएको छ । बन्दरगाहामा नभिजेका मल पनि आएको छ । नभिजेको मल भने ट्रकमा लोड गरेर ओसार्ने काम भइरहेको छ । भिजेको कारण मल जाँचपास पनि […]

वीरगञ्जमा जनरल अस्पतालमै कोरोना संक्रमितको शल्यक्रिया

२६ असोज, वीरगञ्ज । कोरोना संक्रमित वीरगञ्ज–५ कि ६३ वर्षीया महिलाको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको छ । नारायणी अस्पताल भर्ना भएकी उनको आइतबार नै शल्यक्रिया गरिएको हो । एक्युट एपेन्डिसाइटिसका कारण बिरामीलाई निकै गाह्रो भएकाले जनरल सेवा दिइरहेको अस्पतालमै कोरोना संक्रमितको शल्यक्रिया गरिएको अस्पतालकी एक नर्सले जानकारी दिइन् । जिन एक्सपर्ट विधिबाट गरिएको कोरोना परीक्षण नतिजा […]

दसैंमा पर्साका शक्ति पीठहरुमा बलि निषेध

२२ असोज, वीरगञ्ज । नजिकिँदै गरेको दसैं–तिहार लगायत चाडपर्वमा भिडभाड हुन नदिन पर्साका विभिन्न शक्ति पीठहरुमा बलि निषेध गरिएको छ । जिल्ला सुरक्षा समितिको बिहिबार बसेको बैठकले चाडपर्वमा कोभिड– १९ को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको हो । विशेषगरी दसैंमा पर्सामा रहेका विभिन्न शक्ति पीठहरुमा दर्शनाथीहरुको भिड लाग्ने गर्दछ भने वीरगञ्जको घण्टाघरदेखि माईस्थानसम्मको […]

डा. गोविन्द केसीको समर्थनमा वीरगञ्जमा प्रदर्शन

२१ असोज, वीरगञ्ज । अनशनरत डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै वीरगञ्जमा प्रदर्शन गरिएको छ । चिकित्सक, अधिकारकर्मी, विभिन्न सामाजिक संघ संस्था र राजनीतिक दलमा आवद्ध व्यक्तिहरुले वीरगञ्जको घण्टाघरमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले डाक्टर केसीका माग पूरा गर, डाक्टर केसीको अनशन माफियालाई टेनसन, लुटतन्त्र बन्द गर लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन […]

जीर्ण सडक मर्मत गर्न माग

२० असोज, वीरगञ्ज । वीरगञ्जको माईस्थान मन्दिरदेखि गीता मन्दिरसम्मको सडकखण्ड जीर्ण छ । सडकमा गरिएको कालोपत्रे उप्किसकेको छ । खाल्डाखुल्डी बनेको छ । जसले गर्दा सवारी साधन सञ्चालन गर्न समस्या भइरहेको छ । वर्षा हुँदा पानी जम्ने र घाम लागेपछि सडकबाट धुलो उडेर समस्या हुने गरेको स्थानीयको गुनासो छ । सोही सडकखण्ड मर्मत गर्न स्थानीयले […]

कोरोना महामारीमा प्रदेश २ को काम अनुगमन गरेर फर्कियो सं‌सदीय उपसमिति

२० असोज, वीरगञ्ज । कोरोना महामारीको समयमा संघ, प्रदेश र स्थानीय सरकारले गरेका कामबारे निरीक्षण र अनुगमनका लागि प्रदेश २ मा पुगेको संसदीय उपसमितिको टोली फर्किएको छ । संघीय संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उक्त उपसमितिले काठमाडौं उपत्यकाको अवस्था बुझेपछि सातवटै प्रदेशको अवस्था बुझ्ने क्रममा प्रदेश २ मा आएको थियो । संयोजक जीवनराम श्रेष्ठ, […]

कोरोना अनुभव : ‘मृत्युको मुखमा पुगेर आएँ’

२० असोज, वीरगञ्ज । अरविन्द सिंह (४३) पेशाले शिक्षक हुन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आवद्ध उनी सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छन् । नियमित शारीरिक व्यायाम गर्ने उनलाई कुनै दीर्घ रोग थिएन । तर साउन तेस्रो साता ज्वरो आउनुका साथै खोकी लाग्यो । वीरगञ्जमा कोरोना संक्रमण समुदाय स्तरमा पुगेका कारण पीसीआर टेष्ट गराए […]

वीरगञ्जमा ६ लाख मूल्यको म्याद नाघेका समान बरामद

१९ असोज, वीरगञ्ज । वीरगञ्जमा प्रहरीले ठूलो परिमाणमा म्याद गुज्रेको खाद्यवस्तु बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका– १० आदर्शनगरस्थित एएसटी प्रालिको तीनवटा गोदाममा भण्डारण गरिराखेको समान म्याद गुज्रेको पाइएको हो । आदर्शनगरमा एएसटी प्रालिको ३ वटा ठूलो परिमाणमा म्याद गुज्रेको सामग्री बरामद भएपछि सिल गरेर आइतबार देखि नै अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय पर्साका […]

कोरोना संक्रमित गर्भवतीको शल्यक्रियामार्फत् छोरा जन्मियो

१४ असोज, वीरगञ्ज । वीरगञ्ज रामगढवाकी–२६ वर्षीया कोरोना संक्रमित गर्भवतीको सफल शल्यक्रिया गरिएको छ । बिहान ६ बजेर ४० मिनेटमा शल्यक्रिया मार्फत बच्चा निकालिएको हो । वीरगञ्ज हेल्थ केयर अस्पतालको प्रसूति विभागको टोलीले बिहान उनको शल्यक्रिया गरेको थियो । शल्यक्रियापछि आमा र छोरा दुवैको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । नारायणी अस्पतालमा मंगलबार रातिदेखि […]

होम आइसोलेसनमा बस्न बाध्य गर्भवतीलाई अस्पताल लगियो

१२ असोज, वीरगञ्ज । नेशनल मेडिकल कलेजले भर्ना गर्न नमानेपछि अक्सिजन लगाएर होम आइसोलेसनमा बस्न बाध्य २६ वर्षीया गर्भवतीलाई आज नारायणी अस्पताल लगिएको छ । कोरोना संक्रमण पुष्टि भएको दुई दिनपछि उनलाई अस्पताल लगिएको हो । कोरोना संक्रमित भएकै कारण नेशनल मेडिकल कलेज कोरोना अस्थायी अस्पतालले भर्ना गर्न नमानेपछि गर्भवती घरमै थिइन् । सोमबार बिहानै […]

संक्रमित गर्भवतीलाई कोरोना अस्पतालले भर्ना लिएन, घरमै अक्सिजनको भर

११ असोज, वीरगञ्ज । वीरगञ्ज रामगढवाकी २६ वर्षीया महिलालाई शनिबार अचानक स्वासप्रश्वासमा समस्या देखियो । हल्का ज्वरो आउनुका साथै खोकी पनि लागिरहेको थियो । आफन्तले तुरन्तै सीता अस्पताल पुर्‍याए । ती महिलाको गर्भको नियमित जाँच गरिरहेको प्रसुति रोग विशेषज्ञ डा‍. निलम चौरसियाले स्वास प्रश्वासको समस्या भएकाले जनरल फिजिसियनलाई देखाउन सल्लाह दिइन् । त्यसपछि उनलाई एडभान्स […]

डा. गोविन्द केसीको समर्थनमा वीरगञ्जमा प्रदर्शन

९ असोज, वीरगञ्ज । डाक्टर गोविन्द केसीको समर्थमान वीरगञ्जका चिकित्सकहरुले शुक्रबार प्रदर्शन गरेका छन् । नेपाल चिकित्सक संघ नारायणी अञ्चल शाखामा आवद्ध चिकित्सकहरुले प्रदर्शन गरेका हुन् । नारायणी अस्पताल नजिकै रहेको संघको कार्यलय अगाडि उनीहरुले केहीबेर प्रदर्शन गरेका थिए । ‘डाक्टर केसीको जायज माग पुरा गर, डाक्टर केसीको जीवन रक्षा गर’ नारा लेखिएको ब्यानरसहित उनीहरुले […]

डाक्टर केसीको पक्षमा वीरगञ्जका चिकित्सक, हातमा कालोपट्टी बाँधेर काम गर्दै

८ असोज, वीरगञ्ज । प्राध्यापक डाक्टर गोविन्द केसीमाथि भएको अभद्र व्यवहारको वीरगञ्जका चिकित्सकहरुले पनि विरोध गरेका छन् । उनीहरुले डा. केसीमाथि भएको अभद्र व्यवहारको विरोध गर्दै आज हातमा कालोपट्टी बाँधेर काम गरेका छन् । जनताको प्रत्यक्ष सरोकारको विषयमा आवाज उठाउनु आम नागरिकको प्रजातान्त्रिक अधिकार भएको मुलुकमा बल प्रयोग गरी अमर्यादित ढंगले अनसनरत डाक्टर केसीमाथि अभद्र […]

रिएजेन्टको अभावले वीरगञ्जमा रोकियो पीसीआर परीक्षण

६ असोज, वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमण भए नभएको जाँच गर्ने पीसीआर परीक्षण रोकिएको छ । नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशालामा रिएजेन्ट किट सकिएकोले पीसीआर परीक्षण रोकिएको हो । नारायणी अस्पतालस्थित प्रयोगशालाका अनुसार अस्पतालले खरिद गरेको रिएजेन्ट किट सकिएको छ । वीरगञ्ज महानगरपालिकाले पठाएको किट काम नलाग्ने भएको छ । त्यसैले गर्दा पीसीआर परीक्षण कार्य नै […]

वीरगञ्जमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु

४ असोज, वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–४ का ७८ वर्षीय र वडा नम्बर-६ का ८८ वर्षीय दुई वृद्धको मृत्यु भएको हो । नेशनल मेडिकल कलेज अस्थायी कोरोना अस्पताल (बाबा होटल आइसोलेसन) मा उपचारका क्रममा ७८ वर्षीय संक्रमितको मृत्यु शनिबार अपरान्ह ४ बजे भएको कोभिड फोकल पर्सन […]

वीरगञ्जमा कोभिड १९ माहामारीमा अग्रपंक्तिमा खटिएका ८ जना सम्मानित

२ असोज, वीरगञ्ज । वीरगञ्जमा कोरोना भाइरस (कोभिड–१९) को महामारीमा अग्रपंक्तिमा खटिएका विभिन्न क्षेत्रका ८ जना व्यक्तिहरु शुक्रबार सम्मानित भएका छन् । आफूलाई जोखिममा पारेर खटिएका एम्बुलेन्स चालक, जेसीबी चालक र सुरक्षाकर्मीलाई सम्मान गरिएको हो । आफ्नो ज्यान नै जोखिममा पारेर खटिएका उनीहरुलाई नगद ३ हजार १ सय रुपैयाँ सहित सम्मान पत्र प्रदान गरिएको हो […]

पर्सामा १५२ जनाको परीक्षण गर्दा ५ जनामा मात्रै कोरोना संक्रमण

३१ भदौ, वीरगञ्ज । पर्सामा बुधबार ५ जनामा मात्र कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका प्रबक्ता बरिष्ठ चर्मरोग विषेशज्ञ डाक्टर अतुलेशकुमार चौरसीयाका अनुसार पर्साका १५२ जनाको परीक्षण गर्दा ५ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको हो । वीरगञ्जको नारायणी अस्पतालस्थित पीसीआर प्रयोशगालामा मंगलबार २ सय ८ जनाको स्वाब नमुनाको परीक्षण गर्दा ५ […]

रवितादेवीको बिलौना : दुई सन्तानलाई कसरी हुर्काउने ?

३१ भदौ, वीरगञ्ज । श्रीमान छैनन्, हातमा सिप पनि छैन, दुई वटा सन्तानलाई कसरी हुर्काउने ? वीरगञ्ज–३१ बेल्वाकी रविता देवीको बिलौना मिश्रित प्रश्न हो यो । गत भदौ २६ गते उनले जीवनमा कल्पनै नगरेको घटना व्यहोर्नु पर्‍यो । गरिबीका कारण श्रीमान सतन माझीले विष सेवन गरेर आत्महत्या गरेपछि रविता देवीको जीवनमा ठूलो बज्रपात आइपर्‍यो । […]