Comments Add Comment

एनआरएनए

List Grid
यो साता विदेशमा ३ नेपालीको कोरोनाबाट मृत्यु : एनआरएनए

७ असार, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण यो साता विदेशमा रहेका थप तीन जना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । यो साता मृत्यु भएका तीनै जना कतारका हुन् । गत साता कोरोना संक्रमणका कारण एक जना नेपालीको पनि मृत्यु भएको थिएन । तर यो साता थप ३ जना नेपालीको मृत्यु […]

एनआरएन माल्टा कार्यसमितिको राजीनामा स्वीकृत, अनुशासन समितिबाट कारवाही हुने

बार्सिलोना । एनआरएनए माल्टाका पदाधिकारी वा सदस्यहरुबारे कारवाहीको निर्णय अनुशासन समितिले गर्ने भएको छ । शनिबार सम्पन्न संघको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय बैठकले कार्यसमितिको राजीनामा स्वीकृत गर्दै कारबाहीबारे निर्णय गर्न अनुशासन समितिलाई सिफारिस गरेको हो । राष्ट्रिय समन्वय परिषद् माल्टाका पदाधिकारीहरु गैरकानुनी रुपमा श्रमिकहरु ल्याउने कार्यमा कुनै न कुनै रुपमा संलग्नता रहेको प्रतिवेदन छानविन समितिले बुझाएपछि […]

विदेशमा कोरोनाले नेपालीको मृत्यु हुने क्रम रोकियो : एनआरएनए

३२ जेठ, काठमाडौं । कोरोना भाइरस संक्रमणले विदेशमा नेपालीको मृत्यु हुने क्रम रोकिएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । एनआरएनएका अनुसार विगत ८ साता लगातार बिभिन्न देशमा नेपालीहरुले ज्यान गुमाएका थिए । यो साता भने कोरोना भाइरसको संक्रमणबाट कुनै नेपालीले ज्यान गुमाउन परेन । एनआरएनए अन्तरर्गतको स्वास्थ्य समितिका अनुसार विश्वका विभिन्न देशमा कोरोना संक्रमण […]

विदेशमा अलपत्र ५११ नेपालीको उद्धार

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले बिहीबारसम्म विदेशमा अलपत्र परेका ५०० भन्दा बढी नेपालीको उद्धार गरिएको जनाएको छ । गैरआवासीय नेपाली सङ्घका अध्यक्ष कुमार पन्तका अनुसार बिहीबार मात्र कुवेत सरकारको सहयोगमा २९९ नेपाली स्वदेश फर्किएका छन् । अध्यक्ष पन्तका अनुसार कुवेतको घर फिर्ती शिविरमा थप दुई हजार ९९१ जनालाई हरेक दिन दुई उडान गरी […]

माल्टा छानविन समितिले प्रतिवेदन बुझायो

बार्सिलोना । माल्टामा श्रमिक ल्याउन एनआरएनए पदाधिकारीहरु नै संग्लग्न रहे÷नरहेकोबारे छानविन गर्न गठित समितिले आफ्नो प्रतिवेदन बुझाएको छ । एनआरएनए युरोप संयोजक नारायण आचार्यको नेतृत्वमा गठित माल्टा छानबिन समितिले मंगलबार संघको अन्तर्राष्ट्रिय सचिवालयमा प्रतिवेदन पठाएको हो । एनसीसी माल्टाका पदाधिकारी, आईसीसी सदस्य, नागरिक समाजको अगुवाहरु, पीडित, नेपाली राजदूतावास, पत्रकार, एनआरएनए केन्द्रीय पदाधिकारीहरुको छलफल र कुराकानीपछि […]

एनआरएनए माल्टा कार्यसमितिद्वारा सामूहिक राजीनामा

बार्सिलोना । गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टा कार्यसमितिले सामूहिक राजीनामा दिएको छ । माल्टामा श्रमिक ल्याउन बिचौलियाको काममा एनआरएनए माल्टाका पदाधिकारीहरु नै संग्लग्न रहेको समाचार सार्वजनिक भएपछि १९ सदस्यीय कार्यसमितिले राजीनामा दिएको हो । एनआरएनए इतिहासमा नै सम्पूर्ण कार्यसमितिले सामूहिक राजीनामा दिएको सम्भवतः यो पहिलो घटना हो । उनीहरुको राजीनामा पत्रमा आफूहरुमाथि गम्भिर आरोप लागेकाले […]

केरुङमा रोकिएका कच्चा पदार्थ भित्र्याउन पहल गर्न एनआरएनए चीनको माग

२६ जेठ, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) चीनले केरुङमा रोकिएका उद्योग सञ्चालनका लागि आवश्यक सामग्री नेपाल ल्याउन पहल गर्न माग गरेको छ । एनआरएनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टराईलाई सोमबार ज्ञापनपत्र बुझाउँदै यस्तो माग राखेको हो । चीनका विभिन्न शहरबाट खरिद गरेर ल्याइएका उद्योग सञ्चालनका लागि आवश्यक कच्चा पदार्थ, हाइड्रो कम्पनी मेशिन, […]

कोरोनाबाट विश्वभर ११७ नेपालीको मृत्यु : एनआरएनए

११ जेठ, लण्डन । कोरोना भाइरस संक्रमणका कारण विश्वभर १ सय १७ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । यो तथ्यांक शनिबार (२३ मे २०२०) साँझसम्मको हो । एनआरएनएको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार यो साता थप २१ जना नेपालीहरुले कोरोनाका कारण ज्यान गुमाएका छन् । तथ्यांकअनुसार यो साता युएईमा ९, साउदी […]

एनआरएनए माल्टाको छानबिन प्रक्रिया सुरु, सहयोग गर्न अपिल

बार्सिलोना। एनआरएनए युरोप संयोजकको नेतृत्वमा गठित माल्टा छानबिन समितिले सरोकारवालालाई सहयोगको लागि अनुरोध गरेको छ। माल्टामा श्रमिक ल्याउन बिचौलियाको काममा एनआरएनए माल्टाका पदाधिकारीहरु नै संग्लग्न रहेको समाचार बाहिरिएपछि समितिले छानबिनको प्रक्रिया अघि बढाएको छ। ‘माल्टामा नेपाली अलपत्र, एनआरएनएका पदाधिकारी नै एजेन्टको धन्दामा‘ शीर्षकमा अनलाइनखबरले सनसनीपूर्ण खुलासा गरेपछि एनआरएनए केन्द्रले छानबिन समिति गठन गरेको हो । […]

एनआरएनए स्पेनले सुरु गर्‍यो दोस्रो चरणको राहत वितरण

५ जेठ, बार्सीलोना । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) स्पेनले दोस्रो चरणको राहत वितरणलाई तीव्रता दिएको छ । कोरोना भाइरस (कोभिड-१९) का कारण समस्यामा परेका नेपालीहरुलाई लक्षित गरी संघले शुक्रबारदेखि राहत वितरणलाई सुरु गरेको हो। यसअघि संघले पहिलो चरणमा स्पेनका विभिन्न सहरहरुमा गरी २३० जनालाई खाद्यान्न समाग्रीहरु वितरण गरेको थियो। दोस्रो चरणमा पनि […]

एनआरएनले माल्टामा छानबिन गर्दै, मानव तस्करी गर्नेलाई छोड्दैनौं– अध्यक्ष पन्त

बार्सिलोना । गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टा राष्ट्रिय समितिका पदाधिकारीमाथि छानबिन हुने भएको छ । ‘माल्टामा नेपाली अलपत्र, एनआरएनएका पदाधिकारी नै एजेन्टको धन्दामा‘ शीर्षकमा अनलाइनखबरले सनसनीपूर्ण खुलासा गरेपछि एनआरएनए केन्द्रले छानबिन समिति गठन गरेको हो । छानबिन समितिमा एनआरएनए युरोप क्षेत्रीय संयोजक नारायण आचार्य, उपसंयोजकहरू मुक्त बहादुर गुरुङ, कृष्ण तिमिल्सिना, शुक्रराज न्यौपाने र आइसीसी सदस्य […]

मध्यपूर्वका नेपालीलाई तत्काल उद्धार गर्न एनआरएनएको आग्रह

२४ वैशाख, टेक्सस (अमेरिका) । कोभिड-१९ महामारीका कारण मध्यपूर्वका देशमा समस्यामा रहेका नेपालीलाई उद्धार कार्य तत्काल अघि बढाउन गैरआवासीय नेपाली संघले आग्रह गरेको छ । समयसँगै समस्या झन्-झन् बढ्दै जानेतर्फ इङ्गित गर्दै संघको मध्यपूर्व क्षेत्रले प्राथमिकताका आधारमा उद्धार गर्न बढाउन आग्रह गरेको हो । मध्यपूर्वमा देशहरुमा नेपाली श्रमिकहरुको संख्या उल्लेख्य रहेको छ । संघको मध्यपूर्व […]

माल्टामा नेपाली अलपत्र, एनआरएनएका पदाधिकारी नै एजेन्टको धन्दामा 

२१ वैशाख, बार्सिलोना । युरोप र उत्तर अफ्रिकाको बीचको सानो युरोपेली मुलुक छ माल्टा । जहाँ रोजगारीका लागि आएका नेपालीहरु अहिले अलपत्र परेका छन्। म्यानपावर वा व्यक्तिगत स्पोन्सरसिपमा एजेन्टमार्फत १२ लाख रुपैयाँसम्म तिरेर माल्टा आएका नेपालीहरु काम नपाएपछि समस्यामा परेका हुन्। पाँच महिनाअघि माल्टा आइपुगेका गोर्खाका रामप्रसाद बगालेले आफू बिचल्लीमा परेको बताए। अनलाइनखबरसँग कुराकानी गर्दै […]

एनआरएनए विदेशमा रहेका नेपालीको समस्या समाधानमा केन्द्रित हुने

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) विदेशमा रहेका नेपालीको समस्या समाधानमा केन्द्रित हुने भएको छ । अध्यक्ष कुमार पन्तको अध्यक्षतामा आइतबार बसेको पदाधिकारी बैठकले विदेशमा रहेका कोरोना भाइरस संक्रमित नेपालीका लागि आवश्यक सहयोग गर्न आफ्ना गतिविधिलाई तीव्रता दिने निर्णयसमेत गरेको हो । समस्या समाधान गर्न विदेशमा रहेका कोरोना प्रभावित नेपालीबारे जानकारी संकलन गर्न क्षेत्रीय संयोजकहरुलाई […]

एनआरएनए हेल्थ कमिटीको अनुमान- अमेरिकामा ५०० नेपालीमा कोरोना संक्रमण

२३ चैत, वाशिङ्टन डिसी । अमेरिकामा विभिन्न तरिकाले बसोबास गर्दै आएका नेपालीमूलका अमेरिकी तथा नेपालीभाषी पनि कोभिड–१९ को चपेटामा परेका छन् । अहिलेसम्म नेपालीमूलका एक जनाको निधन भएको छ भने करिब ५०० कोरोना भाइरसबाट संक्रमित भएको जनाइएको छ तर यसको स्वतन्त्ररूपमा पुष्टि हुन सकेको छैन । अमेरिकामा रहेका नेपाली कति संक्रमित भएका छन् भन्नेबारे आधिकारिकरूपमा […]

‘एनआरएनएको फाइल विभिन्न मन्त्रालयमा घुमिरहेको छ’

१३ माघ, काठमाडौं । आइतबार मात्र गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर नागरिकता ऐनमा गैरआवासीय नेपालीका सरोकार सम्बोधन गरिदिन आग्रह गरे । संसदमा विचाराधीन नागरिकतासम्बन्धी विधेयकले सम्भवतः गैरआवासीय नेपालीका आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको ब्याख्या गरेर नागरिकताको अधिकार दिँदैछ । अध्यक्ष निर्वाचित भएपछि धेरैजसो समय नेपालमै खर्चिरहेका पन्त पछिल्लो समय […]

गैरआवासीय नेपालीका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपालीका माग सम्बोधनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका एनआरएनएका अध्यक्ष कुमार पन्तसहितको टोलीसँग उनले गैरआवासीय नेपाली समुदायले पछिल्लो समय नेपाल र नेपाल बाहिर गरेका गतिविधिप्रति चासो राख्दै सरकारले आफ्नो तर्फबाट गर्नुपर्ने सहयोग गर्न तयार रहेको बताएका हुन् । भेटका क्रममा एनआरएनए अध्यक्ष […]

एनआरएन अस्ट्रेलियाले गर्‍यो प्रवक्तासहित विभिन्न पदमा नियुक्ति

सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अस्ट्रेलियाले विभिन्न पदमा नियुक्ति गरेको छ । अधिवेशन भएको झन्डै ६ महिनापछि यी नियुक्तिहरु भएका हुन् । आइतबार भएको एनआरएन अस्ट्रेलियाको बैठकले प्रवक्तामा नन्दु गुरुङलाई नियुक्त गरेको छ भने पब्लिक अफिसरमा कोमल पाठकलाई नियुक्त गरेको छ । त्यस्तै कुइन्स ल्याण्डका रदीप थापा, न्यू साउथ वेल्सका […]

एनआरएनएको नयाँ कार्यसमितिमा कोको भए निर्वाचित ?

१ कात्तिक, काठमाडौं । गैरआवसीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलनबाट आगामी २ वर्षे कायकालका लागि नयाँ नेतृत्व चयन भएको छ । शुक्रबार विहान सम्पन्न मतपरिणाम अनुसार अध्यक्षमा कुमार पन्त विजयी भएका छन् । उनले अर्का प्रत्यासी कूल आचार्यलाई १४७ मतान्तरले पराजित गरेका हुन् । पन्तले एक हजार २१७ मत ल्याए भने आचार्यले एक […]

एनआरएनए अध्यक्षमा कुमार पन्त विजयी

१ कात्तिक, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त निर्वाचित भएका छन् । संघको नयाँ कार्यकालका लागि बिहीबार भएको निर्वाचनमा आफ्ना प्रतिस्पर्धी कुल आचार्यलाई परास्त गर्दै पन्त विजयी बनेका हुन् । मतगणना सकिए पनि मतपरिणाम भने औपचारिक रूपमा घोषणा हुन बाँकी छ । गोरखा फुजेलका स्थायीबासिन्दा पन्त सन् सन् १९९९ देखि जर्मनीमा […]

एनआरएनएको औचित्य सकिएकै हो त ?

एनआरएनएको सम्मेलनमा आएका केही अपि्रय समाचारलाई लिएर यस्तो सम्मेलन नेपालमा नगर्ने सुझाव धेरैले दिएको पाइयो । एनआरएनएले हरेक वर्ष ठूला क्षेत्रीय सम्मेलनहरू विभिन्न देशमा गर्दै आएको छ । ग्लोबल सम्मेलन पनि नेपाल बाहिर गर्न नसक्ने या नहुने भन्ने कुरै भएन । नेपालमा भन्दा विदेशमा सम्मेलन गर्दा खर्च सस्तो पनि पर्छ । जस्तो- बेलायतबाट यतिबेला इटाली […]