Comments Add Comment

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

List Grid
शुक्रबार विदेशबाट फर्किए १२४९ नेपाली, १५ उडान-अवतरण

२ साउन, काठमाडौं । विदेशबाट शुक्रबार एकै दिन १२४९ जना नेपाली घर फर्किएका छन् । यस दिन विभिन्न वायुसेवा कम्पनीका १५ उडान/अवतरण भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार हिमालय एयरलाइन्सले दमामबाट १५४ जना नेपालीलाई काठमाडौं अवतरण गराएको छ । नेपाल एयरलाइन्सले समेत दमामबाट १४६ जना नेपालीलाई घर फर्काएको छ । नेपाल एयरलाइन्सले दोहाबाट […]

त्रिभुवन विमानस्थलमा रोबोटको सेवा सुरु

८ फागुन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबारबाट रोबोटको सेवा सुरु भएको छ । यी रोबोटले यात्रुलाई अभिवादन गर्नेछन् । साथै यहाँ सेट गरिएअनुसारका सूचना टच स्क्रिनमार्फत उपलब्ध गराउनेछन् । साथै नेपाली, अंग्रेजी र चिनियाँ भाषामा सूचना प्रवाह गर्न सक्छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बिहीबार त्रिभुवन विमानस्थलमा आयोजित एक कार्यक्रममा रोबोटको […]

वीरेन्द्रकालीन टर्मिनल र विमानस्थलको आगो !

२९ माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले २५ पुसमा एक सूचना निकाल्दै भन्यो, विमानस्थलमा विद्युतीय उपकरणहरुले अत्यधिक विद्युत खपत गरेका कारण अत्यावश्यक उपकरणमा प्रत्यक्ष प्रभाव पर्‍यो । कम्युनिकेशन, नेभिगेसन र सर्भिलेन्सका उपकरणमा असर परेका कारण बढी विद्युत खपत गर्ने हिटर, एयर कन्डिसनिङलगायत उपकरणको अनावश्यक प्रयोग नगरिदिनुहोला । विमानस्थलले सुरक्षा निकाय, त्रिवि अध्यागमन कार्यालय, त्रिवि भन्सार […]

विमानस्थलको आगलागीबारे छानबिन गर्न समिति

२८ माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार रातिको आगलागीबारे छानबिन गर्न संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानबिन समिति गठन गरेको छ । सोमबार बसेको सचिवस्तरको बैठकले मन्त्रालयका सहसचिव सुरेश आचार्यको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिको सदस्यहरुमा मन्त्रालयकै उपसचिव राजन नेपाल, प्रहरी प्रधान कार्यालयका एसपी केदार ढकाल, नेपाल नागरिक […]

त्रिभुवन विमानस्थलको ‘अन्तर्राष्ट्रिय ग्रेडिङ’ हुने, फाइदा के ?

२ पुस, काठमाडौं । त्रिभुवन विमानस्थलले प्रवाह गर्ने सेवाको गुणस्तरसम्बन्धमा अन्तर्राष्ट्रिय संस्था एयरपोर्ट्स काउन्सिल इन्टरनेशनल (एसीआई) वर्ल्डबाट ग्रेडिङ (वर्गीकरण) हुने भएको छ । यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट एसीआईसँग वर्गीकरण प्रक्रियाबारे जानकारी लिने प्रक्रिया पूरा भएको छ । एसीआई वर्ल्डबाट त्रिभुवन विमानस्थलको वर्गीकरणसम्बन्धमा प्रत्युत्तर आइसकेको प्राधिकरण स्रोतले बतायो । यससम्बन्धमा प्राधिकरणले संस्कृति, पर्यटन तथा […]

प्रधानमन्त्री फर्किँदा उड्न ठीक्क परेको जहाज रोकियो, यात्रुको विरोध

१० कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानको बाकुबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिंदा पनि केहीबेर उडान अवतरण बन्द गरिएको छ । प्रधानमन्त्री ओली ७ कात्तिकमा अजरबैजान जाँदा पनि उडान अवतरण बन्द गरिएको थियो । आइतबार बिहान प्रधानमन्त्री ओली काठमाडौं विमानस्थलमा ओर्लिंदा आन्तरिक टर्मिनलका हवाई यात्रुहरुसमेत मर्कामा परे । यात्रुहरु राखेर रनवेतर्फ जाँदै गरेको एक […]

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइतबारदेखि दैनिक ७ घण्टा बन्द हुने

१४ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइतबारदेखि चार महिनासम्म दैनिक सात घण्टा बन्द हुने भएको छ । दोस्रो चरणको जिर्णोद्धार गर्नुपर्ने भएकाले भदौ १५ गतेदेखि पुस १५ गतेसम्म ७ घण्टा विमानस्थल बन्द गर्न लागिएको हो । त्रिभुवन विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले अनलाइनखबरसँग भने, ‘जिर्णोद्धारको दोस्रो चरणको काम गर्नुपर्ने भएकाले सेप्टेम्बर १ देखि डिसेम्बर ३१ […]

त्रिभुवन विमानस्थलमा यात्रुको सुन चोरेको आरोपमा ट्याक्सी चालक पक्राउ

५ चैत, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको साथबाट सुनको गरगहना चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ट्याक्सी चालक सिन्धुली घर भइ भक्तपुरको चाँगुनारायण बस्दै आएका राजन बुढाथोकी छन् । विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक (एसपी) कृष्ण कोइरालाका अनुसार सोमबार राति श्री एयरलाइन्सको विमानमार्फत बिराटनगरबाट काठमाडौं आएका गजेन्द्र शर्माले गरगहना […]

‘विमानस्थलमा सामान जफत गर्ने क्रम जारी छ’

२३ माघ, काठमाडौं । सरकारले पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा यात्रुको समान जाँचमा निकै कडाइ गरेको छ । तोकिएको भन्दा बढी परिमाणमा समान ल्याए जफत गरेर राखिदिने काम भइरहेको छ । विमानस्थल भन्सारका हाकिम यो क्रम अझै जारी रहेको बताउँछन् । राजस्वको लक्ष्य भेट्न मुस्किल भएपछि सरकारले विमानस्थलमा आउने यात्रुलाई तोकिएको भन्दा बढी समान […]

‘विमानस्थलमा सामान जफत गर्ने क्रम जारी छ’

२३ माघ, काठमाडौं । सरकारले पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा यात्रुको समान जाँचमा निकै कडाइ गरेको छ । तोकिएको भन्दा बढी परिमाणमा समान ल्याए जफत गरेर राखिदिने काम भइरहेको छ । विमानस्थल भन्सारका हाकिम यो क्रम अझै जारी रहेको बताउँछन् । राजस्वको लक्ष्य भेट्न मुस्किल भएपछि सरकारले विमानस्थलमा आउने यात्रुलाई तोकिएको भन्दा बढी समान […]

अन्तरदेशीय अपराध रोक्न विमानस्थलमा ‘अप्रेशन मन्डला’

६ बैशाख, काठमाडौं । अन्तरदेशीय अपराधको रोमथाम गर्नलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबारदेखि अप्रेशन मन्डला सुरु गरेको छ । दक्षिण एसिया तथा दक्षिण पूर्वी एसियाका विभिन्न ८ देशहरुमा हराएका तथा चोरी भएका राहदानीहरुको प्रयोगबाट अन्तराष्ट्रिय रुपमा हुने संगठित अपराध, मानव तस्करी तथा आतंककारी रुपमा हुने अपराध रोक्न इन्टरपोल, नेपाल प्रहरी र अध्यागमन विभागको सहभागितामा यो […]

पर्यटनमन्त्रीले भने – त्रिभुवन विमानस्थल २४ सै घण्टा सञ्चालन गर्छु

चैत ११, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले त्रिभुवन विमानस्थललाई २४ सै घण्टा संचालन गराउने घोषणा गरेका छन् । रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा उनले एयर ट्राफिक जाम कम गर्नका लागि विमानस्थलको क्षमता बढाएर सञ्चालन अवधि थपिने बताएका हुन् । ‘सिङ्गल रनवे भए पनि २४ घण्टा सञ्चालन गर्न सकिन्छ । संसारमा प्रयोग […]

विमानस्थलमा घाम ताप्दैछन् चार चिनियाँ जहाज

१ चैत, काठमाडौं । जहाजको काम उड्ने हो । महंगोमा किनिएका जहाजहरु उडेनन् भने त्यसबाट हुने आर्थिक क्षति चौतर्फी हुन्छ । विमान किन्दाको लगानी, ऋणको ब्याज अनि पाइलटलाई खुवाउने तलब सबै विमान उडेपछिमात्रै आर्जन हुन्छ । तर, नेपाल वायु सेवा निगमले भित्र्याएका ४ वटा चिनियाँ जहाज वाई-१२ यतिबेला उडान नै नभरी त्रिभुवन विमानस्थलमै घाम तापेर […]

तीन किलो सुनसहित चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ

१९ मंसिर, काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ किलो सुनसहित एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एअर चाइनाको उडानद्वारा चीनको छिन्दु हुँदै काठमाडौँ आएका चिनियाँ नागरिक कुजिझुवमालाई छन् । उनको साथबाट चार थान सुनको बाला र दुई थान बिस्कुट आकारको सुन गरी तीन किलो सुन बरामद गरिएको प्रहरीले जनाएको छ […]

कता पुग्यो त्रिभुवन विमानस्थलमुनि सुरुङमार्ग बनाउने योजना ?

७ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्षको बजेटमा उल्लेख छ, ‘त्रिभुवन विमानस्थलको स्तरोन्नतीका लागि सूर्यविनायक-कोटेश्वर सडकमा सुरुङमार्ग बनाइने छ ।’ प्राविधिक भाषामा ‘अन्डर पास’ भनिने उक्त योजनाअनुसार काम भए विमानस्थल मुनिबाट सुरुङ मार्ग बन्नेछ । र, जुडिबुटीदेखि कोटेश्वरसम्मको सडकखण्ड बन्द हुनेछ । यद्यपि, यस योजनालाई हालसम्म कुनै पनि सरोकारवाला निकायले अपनत्व लिएका छैनन् । अर्थ […]

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सरसफाइ अभियान सम्पन्न

१६ साउन, काठमाडौं । एक महिनाअघि सुरु भएको त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल सरसफाइ अभियानको सोमबार समापन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए)ले सुरु गरेको उक्त अभियान एक महिनापछि सोमबार सम्पन्न भएको हो । समापन कार्यक्रममा एनआरएनएका बरिष्ठ उपाध्यक्ष भवन भट्ट, सफाइ अभियन्ता खेम शर्माको उपस्थिति रहेको थियो । एनआरएनएले एक महिनासम्म बिमानस्थलको […]

विमानस्थलमा चितुवा खोज्दा स्याल भेटियो

२२ चैत, काठमाडौं । माउन्टेन फ्लाइट र आन्तरिक उडानको अत्यधिक चाप रहने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिहानको समयमा सानो अवरोधले पनि ठूलो प्रभाव पार्छ । सोमबार बुद्ध एयरका पाइलटले जहाज उडाउने क्रममा विमानस्थलमा चितुवा पसेको देखिएको खबर गरेपछि हंगामा सुरु भयो । करिब १५ मिनट (बिहान ८ बजेदेखि सवा ८ बजेसम्म) धावनमार्ग नै बन्द गरी चिनुवा […]

त्रिभुवन विमानस्थलमा अलपत्र सामानले नयाँ टेन्डरमा समस्या

१९ फागुन, काठमाडौं । समयमै निर्माणको काम अघि बढाउन नसकेका कारण ठेक्का रद्द भएको स्पेनिस कम्पनी सान्जोसेले त्रिभुवन विमानस्थलमा आफ्ना सामाग्रीहरु नहटाई अलपत्र अवस्थामा थुपारेको छ । यसरी राखिएका सामानका कारण विमानस्थल विस्तारका लागि पुनः टेन्डर खोल्न समस्या भएको छ । निर्माणका क्रममा रहेका सान्जोसेका केही सामान त्यहीँ नै छन् । ती सामानहरुको भ्यालुएसन के […]

विमान अवतरण गर्दैगर्दा धावनमार्गमा कुकुरको हुल देखिएपछि …

२ माघ, काठमाडौं । आइतबार दिउँसो साढे २ बजे मलेसियाबाट आएको एयर एसियाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्ग नजिकैबाट ओभर सुट गरिएको छ । धावनमार्गमा एकैसाथ तीनवटा कुकुर देखापरेपछि अवतरणका लागि कोटेश्वरबाट आइसकेको विमानलाई ओभरसुट गराइएको हो । एयर ट्राफिक कन्ट्रोलरले अवतरणको अनुमति दिए पनि धावनमार्गको छेउँमै कुकुरहरु देखिएपछि ओभरसुट गराउनु परेको विमानस्थलका प्रवक्ता प्रेमनाथ […]

एयर अरेवियाको बिमानबाट ठूलो परिमाणमा सुन बरामद

२१ पुस, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३४ किलो सुन बरामद गरेको छ । सुनसँगै तीन जना पक्राउ परेका छन् । बुधबार दुवईबाट काठमाडौं आएको एयर अरेवियाको विमानबाट सुन बरामद भएको हो ।   बरामद गरिएको सुनमा १० तोलाको दरमा २८२ पिस सुनका विस्कुट, १९ थान औंठी र २० थान […]

नागरिक उड्डयनका हाकिम भन्छन्- इयुको ब्ल्याक लिष्टबाट हट्ने बेला भएको छैन

४ पुस, काठमाडौं । नेपाली हवाइ सेवा युरोपियन युनियन (इयु)को कालोसूचीबाट यो पटक पनि नहटेपछि सर्वत्र चिन्ता छ । तर, जिम्मेवार सरकारी अधिकारीहरु भने यसलाई बेकारको हल्लाको संज्ञा दिँदै भन्छन्-‘कालोसूचीबाट हट्ने बेला नै भएको छैन । हामीले हटाइदेउ भनेर औपचारिक रुपमा भनेका पनि छैनौ ।’ डेढ हप्ताअघि नयाँ कालोसूची जारी गर्दै इयुले हवाइ सुरक्षाका मामिलामा […]