Comments Add Comment

बाढीपीडित

List Grid
सप्तरीका बाढीपीडित ९० परिवारलाई राहत वितरण

२९ भदौ, सप्तरी । सप्तरीका अति विपन्न ९० परिवार बाढीपीडितलाई राहत वितरण गरिएको छ । बाढीबाट प्रभावित भएका हनुमाननगर कंकालिनी नगरपालिका तथा तिलाठी कोइलाडी गाउँपालिकाका पीडितलाई त्रिपाल, स्वास्थ्य सामाग्री र खाद्यान्न वितरण गरिएको हो । भोर संस्थाको पहल तथा काठमाडौंमा रहेको टेवा संस्थाको सहयोगमा हनुमाननगर कंकालिनीका ३० जना र तिलाठी कोइलाडी गाउँपालिकाका ६० परिवारलाई मंगलबार […]

मनाङका बाढीपीडितलाई राहत वितरण

१८ साउन, मनाङ । पूर्वमन्त्री एवं नेपाली कांग्रेस मनाङका सभापति टेकबहादुर गुरुङ, सांसद कर्म घले र प्रदेशसभा सदस्य चिन्ताबहादुर घलेले मनाङका बाढीपीडितलाई ३० लाख रुपैयाँ बराबरको राहत उपलब्ध गराएका छन् । मनाङका प्रत्येक घरलाई दाल, चामल, तेल, नुनलगायतका खाद्य सामग्री उनीहरुले राहतस्वरुप उपलब्ध गराएका हुन् । मनाङका चारवटै गाउँपालिकाका लागि उनीहरुले राहत वितरण गरेका छन् […]

मेलम्चीका बाढीपीडित फेरि विस्थापित

१७ साउन, सिन्धुपाल्चोक । भ्रेमाथाङमा गत असार १मा बाढीसँगै आएको पहिरोले क्षति पुर्‍याएको ४७ दिनपछि मेलम्ची खोलामा फेरि बाढी आएर २० घर र करोडौं मूल्यका खेत बगाएको छ । बिस्तारै सामान्य स्थितिमा आउन लागेका हेलम्बु र मेलम्चीका बाढीपीडित फेरि विस्थापित भएका छन् । हेलम्बु-१ का आशा लामाले भने, ‘बस्ने ठाउँ नभएर होस्टेलमा बसेका थियौँ यहाँ […]

हेलम्बुमा बाढीपीडित सरोकार समिति गठन

१७ साउन, सिन्धुपाल्चोक । स्थानीय, प्रदेश र केन्द्र सरकारले बेवास्ता गरेको भन्दै हेलम्बुका बाढी प्रभावितले संघर्ष समिति गठन गरेका छन् । उनीहरुले शनिबार भरत थापको अध्यक्षतामा ३५ सदस्यीय हेलम्बु–मेलम्चीखोला बाढीपीडित सरोकार समिति गठन गरेका हुन् । गठित समितिमा मिङ्मार शेर्पा उपाध्यक्ष, अर्जुन भण्डारी सचिव रहेका छन् । बाढी गएको ४५ दिन भइसक्दा पनि स्थानीय, प्रदेश […]

मेलम्चीवासी भन्छन्, ‘चिउरा, चामल होइन घर बनाउने सहयोग चाहियो’

३१ असार, सिन्धुपाल्चोक । ‘एक बोरा चिउरा वा चामलले मात्रै हामीलाई केही राहत हुदैन’, मेलम्ची-११ का बाढीपीडित तासी लामा भने, ‘हामीलाई आफ्नै ठाउँमा पहिले जसरी बस्न दीर्घकालीन बसोबासको व्यवस्था सरकारले गर्नुपर्छ ।’ यही असार १ गते आएको बाढीका कारण हेलम्बु बसपार्कमा रहेको उनको २४ सटरको पसल र घर पूरै बगरमा परिणत गरिदिएको छ । लामालगायत […]

सुर्खेतका बाढीपीडितका शिविर खाली गराउन प्रशासनको निर्देशन

२८ फागुन, सुर्खेत । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक जग्गामा आश्रय लिइरहेका बाढीपीडितलाई शिविर खाली गराउन निर्देशन दिएको छ । सार्वजनिक जग्गा अतिक्रमण हटाउने अभियानअन्तर्गत प्रशासनले वीरेन्द्रनगरस्थित महिला प्रशिक्षण केन्द्रमा बस्दै आएका १५ घरधुरी बाढीपीडितलाई उक्त स्थान छाड्न निर्देशन दिएको हो । विसं २०७१ मा इत्राम, नेवारेखोलाको बाढीबाट विस्थापित बनेका यहाँ बस्दै आएका थिए । सहायक […]

केरलाका बाढीपीडितलाई एनआरएनएको सहयोग

नाइजेरिया / गैरआवासीय नेपाली संघ, नाइजेरियाले छिमेकी राष्ट्र भारतको केरला राज्यमा हालै आएको बाढी पीडितलाई सहयोग गरेको छ । लेगोसस्थित केरला समाजलाई मुख्यमन्त्री राहत कोष, केरलामा जम्मा हुने गरी नाइजेरियन दुई लाख पचास हजार (रू. ७५ हजार) रकम आज लेगोसमा एक बिशेष कार्यक्रम बीच हस्तान्तरण गरेको हो । संघका नाइजेरिया अध्यक्ष जनक बिष्टले, एनआरएनएका अन्तर्रास्ट्रिय […]

बाढीपीडित ६ सय परिवारलाई जस्तापाता वितरण

रौतहट, २४ वैशाख । रौतहटमा बाढी पीडित ६ सय परिवारलाई सोमबार जस्तापाता वितरण गरिएको छ । गौर नगरपालिका, परोहा नगरपालिका तथा यमुनामाई गाँउपालिका का ६ सय घरधुरीलाई कतार च्यारिटिको सहयोगमा ग्रामीण विकास केन्द्र नेपाल (आरडिसी) ले जस्तापाता वितरण गरेको हो । बाढी पछिको पुनर्स्थापना कार्यक्रम अन्तर्गत रौतहटका दुई नगरपालिका र एक गाउँपालिकाका परिवारलाई राहत प्रदान […]

कानून बनेपछि बाढीपीडितका समस्या समाधानः मन्त्री केसी

१६ चैत,सुर्खेत । कर्णालीकी भूमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीले कानून बनेपछि बाढीपीडितहरुका समस्या समाधान हुने बताएकी छन् । ‘रारा कर्णाली पर्यटन महोत्सवको पूर्वतयारीका लागि शुक्रबार मुगु जानेक्रममा गिरिघाटस्थित बाढीपीडित शिवरमा पुगेकी उनले कानून नबन्दा समस्या भएको बताएकी हुन् । ‘बाढीपीडितका समस्याप्रति सरकार गम्भीर छ, तर कानूनको अभावमा अहिलेनै समस्या समाधान गर्न सकिएको […]

बाढीपीडितको राहतका लागि एक अर्ब विनियोजन

२५ पुस, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गत साउनमा तराईका जिल्लामा गएको बाढीका कारण क्षति व्यहोरेका पीडितलाई घर मर्मत र तत्काल चिसोबाट जोगाउन न्यानो लुगा खरिद गरी बितरण गर्न गृह मन्त्रालयलाई एक अर्ब चार करोड ६ लाख ५० हजार रुपैयाँको अख्तियारी दिएको छ । राहत बितरणका लागि अर्थमन्त्रालयबाट उक्त रकमको  निकासा प्राप्त भएपछि सोको अख्तियारी गृह […]

बाढीपीडित उम्मेदवार भन्छन्- प्रहरीले धम्क्याउँदैछ, हामी कहाँ जाने ?

२ असोज, सप्तरी । जिल्लाको तिरहुत गाउँपालिका २ मैनाकडेरी निवासी टुराई राम यसअघिको निर्वाचनमा धोती कुर्तामा सजिएर श्रीमतीलाई पनि सँगै लिई मत खसाल्न गएका थिए । उनी यस पटक न्यास्रो मुद्रामा मतदान गर्ने निर्णयमा पुगे । सोही ठाउँकी बृद्वा जलसीदेवी रामको अवस्था पनि टुराईभन्दा फरक रहेन । उनी पनि निराश भएरै मत हाल्ने अवस्थामा पुगिन् […]

नेपालका बाढीपीडितलाई डीएफआईडीले सहयोग बढाउने

१४ भदौ, काठमाडौं । बेलायतले नेपालमा बाढी तथा डुबानले अत्यधिक प्रभावित समुदायहरुमा आफ्नो सहयोग बढाउने भएको छ । डिपार्टमेन्ट फर इन्टरनेसनल डेभलपमेन्ट (डीएफआईडी) ले बुधबार यसको घोषणा गरेको हो । डीएफआईडीले स्वच्छ पिउने पानी उपलब्ध गराउनुका साथै सरसफाई, खाद्यान्न र औषधोपचारमा पनि सहयोग गर्ने छ। नेपालमा बाढीले १७ लाख मानिसहरु प्रभावित बनेका छन् । डीएफआईडीले […]

दर खाने रकम कटाएर पीकेका छात्राले बाँडे बाढीपीडितलाई राहत

१० भदौ, काठमाडौं । पद्मकन्या बहुमुखी क्याम्पसका विद्यार्थी र कर्मचारीहरुले बाढीपीडितहरुलाई राहत वितरण गरेका छन् । विद्यार्थी, प्राध्यापक, कर्मचारीहरुबाट नेपाली महिलाहरुको महान पर्व तीजको दर खान संकलन गरिएको रकम बाढी पीडितलाई वितरण गरिएको नेविसंघकी सहमहामन्त्री साधना घिमिरेले जानकारी दिइन् । घिमिरे नेतृत्वको टोलीले सप्तरीको सिसवा, रौतहटको पर्रोहा लगायतका स्थानका बाढीपीडितहरुलाई राहत खाद्यान्न, लत्ताकपडा र नगद […]

एनआरएनको राहत वितरण सम्पन्न, चार हजार परिवार लाभान्वित

९ भदौ, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन)ले चार दिनको अवधिमा सप्तरीका चार हजार बाढीपीडित परिवारलाई राहत वितरण गरेको छ । गत मंगलबारबाट सुरु भएको राहत वितरण कार्य शुक्रबार सम्पन्न भएको छ । राहत वितरणको अन्तिम दिन शुक्रबार कोहिलारी, बसाईन र कोमध्यपुराका एक हजार पाँच सय परिवारलाई राहत बाँडिएको छ । यसअघि एनआरएन टोलीले तिलाठी, […]

तिलाठीः गाउँका ‘ठालू’ले राहत रोके, पीडितहरु झन पीडामा

४ भदौ, सप्तरी । नेपालका आधा दर्जन गाउँ डुवानमा पार्ने गरी भारतीय पक्षले दशगज्जामा बाँध बनाएपछि १४ साउन ०७३ मा सप्तरीको तिलाठीबासी प्रतिवादमा उत्रिए । दशगज्जामा घन्टौं झडप भयो । यो घटनाले सिंगो देशको ध्यान तान्यो । तर, तिलाठीको नियति फेरिएको छैन । यो वर्ष पनि तिलाठी डुवानमा परेको छ । साउन अन्तिम साता भिषण […]

सप्तरीका बाढीपीडितलाई बिराटनगरको सहयोग

३२ साउन, बिराटनगर । सप्तरीका बाढीपीडित एवं डुवानमा परेका पीडितहरुलाई मोरङबाट राहत पठाइएको छ । सप्तरीमा ठूला उद्योग धन्दाहरु नभएकाले मोरङ प्रशासनको पहलमा बिराटनगरका उद्योग धन्दामा प्रशोधित खाद्यान्न र खानेपानीसमेत पठाइएको हो । सप्तरीका बाढी पीडितहरुलाई वितरण गर्नका लागि नेपाली सेनाको हेलिकोप्टर मार्फत राहत पठाइएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले अनलाइनखाबरलाई जानकारी दिए […]

सप्तरीका बाढीपीडितको बिजोग, न बास, न गाँस

३२ साउन, काठमाडौं । सप्तरीमा बाढीले उठिबास लगाएको तीन हजार परिवारको बेहाल भएको छ । डुबानले भेट्न नसकेका विभिन्न ठाउँमा पाल टाँगेर बसेका उनीहरू न्यूनतम आधारभूत सुविधाबाट समेत वञ्चित छन् । बिहीबारदेखि पाँच दिनसम्मको अविरल वर्षाले विस्थापितहरू खाना, स्वच्छ पानी, औषधोपचार र उचित बसोबासबाट वञ्चित भएका छन् । बाढीले सप्तरीमा तीन हजार परिवारलाई पूर्णरूपमा विस्थापित […]

बाढी प्रभावित क्षेत्रमा यसरी भइरहेको छ काम, हेर्नुस् गृहमन्त्रालयको विवरण

३१ साउन, काठमाडौं । बाढी प्रभावित क्षेत्रमा अहिले खोज, उद्धार र राहतको काम जारी छ । पीडितलाई सुरक्षित स्थानमा सार्ने, खाने बस्ने व्यवस्था मिलाउने, औषधि उपचार गर्ने लगायतको काममा २६ हजार ७ सय जनशक्ति परिचालित छन् । केही जिल्लाहरुमा काठमाडौंबाट र केही जिल्लामा छिमेकी जिल्लाबाट पनि सुरक्षाकर्मीहरुले राहत पुर्‍याइरहेका छन् । राहत वितरण र उद्धारको […]

बिराटनगर विमानस्थलको धुलाइ जारी (७ तस्वीर)

३१ साउन, बिराटनगर । बाढीका कारण जलमग्न बनेको बिराटनगर विमानस्थलको धावनमार्ग सुरक्षाकर्मीहरुले दमकलको सहाराले पखाल्न थालेका छन् । धावनमार्गको हिलो पन्छाउन सुरक्षाकर्मीले बेल्चा लगायतका सामाग्री प्रयोग गरेका छन् । मंगलबारदेखि हेलीकोप्टर अवतरण गराउने गरी काम थालिएको र केहीदिनभित्रै विमान सुचारु हुने नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरुले जानकारी दिएका छन् । विमानस्थलभित्र पसेको बाढीको लेदो पखाल्ने काम सोमबारदेखि […]

बाढीपीडितका लागि त्रिपाल टाँग्ने ठाउँ समेत छैनः गृहमन्त्री

३१ साउन, काठमाडौं । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले कतिपय स्थानमा बाढी प्रभावितहरुका लागि त्रिपाल राख्ने ठाउँ समेत नरहेको बताएका छन् । देशका विभिन्न स्थानमा बाढी पहिरोबाट भएको धनजनको क्षति र राहत तथा उद्दारमा सरकारले गरेको कामकारबाहीबारे संसदलाई जानकारी दिँदै गृहमन्त्री शर्माले अहिलेसम्म १११ जनाको मृत्यु भएको र ३५ जना हराइरहेको बताए । सरकारले एकद्दार प्रणाली […]

रौतहटमा बाढीबाट मृत्यु हुने १६ पुगे

  ३१ साउन, रौतहट । जिल्लामा बाढीका कारण मृत्यु हुनेको संख्या १६ पुगेको छ । मंगलबार बिहान मात्र पुरेनवा र सवगढहामा दुई जनाको शव फेला परेको छ । अन्य तीन जना हराइरहेका छन् । जिल्लाको ९० प्रतिशत भूभाग डुबानमा परेको सरकारी निकायहरुको भनाइ छ । पाँच सयभन्दा बढी घर भत्किएका छन् भने करौडौंको बालीनालीमा नोक्सान […]