Comments Add Comment

बेनिशा हमाल

List Grid
बेनिशाको फेरिएको गेटअप

नायिका बेनिशा हमाल थोरै चलचित्र तर केही फरक भूमिका गर्ने मुडमा सधै देखिन्छिन् । यसैले उनलाई चलचित्र क्षेत्रमा चल्न नसकेको आरोप पनि लाग्दै आएको छ । हुनत, बक्स अफिसमा उनका चलचित्रले खासै राम्रो कमाई त गरेका छैनन् । तर, उनको भूमिकालाई पनि प्रशंसा गरिएको छ । २० दिनमै छायांकन सकिएको चलचित्र ‘घर’मा पनि उनले आफ्नो […]

हरर कथाको ‘घर’ २० दिनमै सकियो

हरर कथामा निर्माण भएको चलचित्र ‘घर’को छायांकन २० दिनमा नै सकिएको छ । चलचित्रको छायांकन सकिएको र उत्कृष्ट बनाएको दाबी यसकी निर्मात्री शर्मिला पाण्डेले गरेकी छिन् । काठमाण्डौका विभिन्न स्थानमा यो चलचित्रको छायांकन गरिएको छ । चलचित्रलाई अर्पण थापाले निर्देशन गरेका छन् । चलचित्रमा कथा पनि उनकै छ । चलचित्र ‘घर’मा नायक अर्पण थापाको साथमा […]

‘चङ्गाचेट’मा केमियो भूमिका गरेकी बेनिशा ‘घर’मा भित्रिइन्

चलचित्र ‘चङ्गाचेट’मा नायिका बेनिशा हमालले केमियो भूमिकामा काम गरेकी थिइन् । प्रहरी अफिसर्सको प्रेमिकाको भूमिकामा देखिएकी बेनिशालाई निर्देशक दिपेन्द्र के खनालले नयाँ चलचित्रको लागि अनुवन्धित गरेका छन् । दिपेन्द्रले निर्माण गर्न लागेको चलचित्र ‘घर’मा बेनिशा हमाल मुख्य नायिकाको रुपमा अनुवन्धित भएकी हुन् । यो चलचित्रलाई अर्पण थापाले निर्देशन गर्दैछन् । चलचित्रमा नायिका सुरक्षा पन्तले पनि […]

‘टुल्की’ बन्दै बेनिशा

नायिका बेनिशा हमालको गतबर्ष ‘झ्यानाकुटी र ब्लाइन्ड रक्स’ रिलिज भएको थियो । यी दुबै चलचित्र बक्स अफिसमा असफल भएपनि बेनिशाको कामको भने तारिफ भएको थियो । उनै बेनिशाले यसपछि चलचित्रमा संझौता गरेकी थिइनन् । अब भने बेनिशाले एक नयाँ चलचित्रमा संझौता गरेकी छिन् । डेब्यू निर्देशक लक्ष्मण सुनारको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘टुल्की’को शिर्ष […]

बेनिशा र रीमाको लेजबियन सम्बन्धको भिडियोमा डीसलाइक धेरै

केही समय अगाडि चलचित्र ‘सुनगाभा’ बनेको थियो, जसले लेजबियन जोडीको सम्बन्धलाई प्रस्तुत गरेकोे थियो । हलमा असफल भएपनि यो चलचित्रले विभिन्न अन्तरराष्ट्रिय पुरस्कार जितेको थियो । मानिसको सोच परिवर्तन हुँदै गएपछि समाजमा खुल्ला रुपमा देखिन थालेको यस्तो सम्बन्धले पर्दामा पनि स्थान पाइरहेका छन् । यही क्रममा, एउटा म्यूजिक भिडियोमा दुई यूवतीको लेजबियन सम्बन्धलाई प्रस्तुत गरिएको […]

केमियो भूमिकाले वेनिशालाई फाइदा होला ?

२ वटा चलचित्र लगालग असफल भएपछि नायिका बेनिशा हमाललाई नयाँ निर्माताले जोखिम मोल्न चाहेका छैनन् । ‘ब्लाइन्ड रक्स र झ्यानाकुटी’को असफलताले बेनिशाको करिअर नै जोखिम मोडमा पु¥याइदियो । उनै, वेनिशा नयाँ चलचित्रमा देखिएकी छैनन् । उनले नयाँ चलचित्रमा साइन गरेको खबर पनि अहिलेसम्म सुनिएको छैन । सायद, उनको स्टारडममाथि निर्मातालाई विश्वास नभएको हुनसक्छ । उनै, […]

बेनिशाको मुस्कान

नायिका बेनिशा हमाल अहिले नयाँ चलचित्रको काममा व्यस्त छैनन् । बेनिशाको गतबर्ष २ वटा चलचित्र रिलिज भएपनि त्यसले उनलाई खासै फाइदा दिएन । यसैले पनि यो बर्ष उनको हातमा चलचित्र परेको छैन । यसैले उनी फुर्सदिलो देखिएकी छिन् । तर, पनि विभिन्न चलचित्रको प्रिमियरमा भने उनी पुग्ने गर्छिन् । वेनिशाको हातमा चलचित्र नभएपनि उनी पहिरनको […]

वेनिशासँग रोमान्टिक लक्ष्मण श्री

गायक लक्ष्मण श्री मन छुने शब्द छनोट गरेर गीत गाउन खप्पिस छन् । उनै लक्ष्मण श्रीको आवाजमा ‘मनको घाउ निको पार्ने मलम हौ तिमी’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । यो गीत लक्ष्मण श्रीको नयाँ एल्बम ‘रचना’मा समावेश छ । बाग्लुङका सफल व्यवसायी समेत रहेका श्रीको आवाजमा समावेश यो गीतमा मिलन बस्नेतको शब्द र […]

बेनिशा हमाल हट त बनिन्, हिट कहिले बन्ने ?

नायिका बेनिशा हमालका इन्टाग्रामका तस्बिर हेर्ने हो भने उनी बदलिएको वुझ्न धेरै सोच्नै पर्दैन । चलचित्र ‘ब्लाइन्ड रक्स’का लागि शरीर घटाउने क्रममा ‘फिटनेस फ्रिक ‘ बनेकी बेनिशाले त्यसपछि आफूलाई मेन्टेन गर्दै आएकी छिन् । उनको फिगर आकर्षक बनेको छ । आफूलाई निकै केयर गर्न थालेकी बेनिशाले ‘ब्लाइन्ड रक्स’मा गरेको अभिनयको पनि निकै चर्चा भयो । […]

बेष्ट बेनिशा

नायिका बेनिशा हमाल केही दिन अगाडि एक अवार्ड समारोहमा सजिएर पुगिन् । उनी, सजिएर पुग्ने वित्तिकै धेरैले अनुमान लगाइसकेका थिए कि, वेष्ट हिरोइनको अवार्ड उनले नै पाउनेछिन् । अन्त्यमा, उनी नै बेष्ट हिरोइन भइन् । नेपालमा प्राय अवार्ड कार्यक्रममा अवार्ड नपाउने कलाकार पुग्दैनन् । नोमिनेशनमा परेका मध्ये पाउने पक्का भएका मात्र अवार्डमा पुग्छन्, अरुले वास्ता […]

अष्ट्रेलियामा विन्दास बेनिशा

नायिका बेनिशा हमाल चलचित्र क्षेत्रमा प्रवेश गर्दै गर्दा लजालु थिइन् । तर, अहिले उनी चलचित्र क्षेत्रमा भिज्दै गर्दा विन्दास र बोल्ड देखिन थालेकी छिन् । नायिका हमालले अभिनय गरेको चलचित्र ‘ब्लाइन्ड रक्स’ केहि हप्ता अगाडि रिलिज भयो । चलचित्र असफल भएपनि वेनिशाको कामको भने तारिफ भयो । उनै, वेनिशा अहिले अष्ट्रेलिया पुगेकी छिन् । अष्ट्रेलियामा […]

‘जय मायाप्रेम’ सार्वजनिक

एल्बम ‘जय मायाप्रेम’ सार्वजनिक गरिएको छ । अर्जुन रत्न ‘भिकारी’को एकल शब्द, चेतन सापकोटाको एकल संगीत र नारायण धितालको एकल स्वर रहेको एल्बम बजारमा आएको हो । कलाकार निर शाह, नारायण र चेतनका गुरु चन्दन श्रेष्ठको उपस्थितीमा ४ गीत समावेश एल्बम बजारमा ल्याइएको हो । एल्बममा ‘दाउरा उपहार’, ‘जरुवाको पानी साह्रै मिठो’, ‘बिहे गरी लाने […]

‘ब्लाइन्ड रक्स’बाट बेनिशाले पाइन् तारिफ, व्यापार कस्तो रह्यो ?

नायिका बेनिशा हमालका लागि चलचित्र क्षेत्र अपेक्षित बनिरहेको छैन । पछिल्ला केहि चलचित्रले उनको अभिनयलाई निखारेका भने छन् । शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘ब्लाइन्ड रक्स’बाट उनले निकै तारिफ पाइन् । यो चलचित्रमा उनले दृष्टिबिहिन श्रृष्टी केसीको भूमिकामा काम गरेकी छिन् । चलचित्रमा उनले गरेको अभिनयलाई समिक्षकले उत्कृष्ट भनेका छन् । हुनत, यसअगाडि रिलिज भएको चलचित्र […]

‘ब्लाइन्ड रक्स’ बन्ला त बेनिशाको करिअरमा टर्निङ प्वाइन्ट ?

नायिका बेनिशा हमाल नेपाली चलचित्रमा सक्रिय भएको ८ वर्ष भइसक्यो । तर भर्खरै-भर्खरै मात्र उनी मुलधारका अभिनेत्रीको रुपमा गणना हुन थालेकी छिन् । प्रसन्न पौडेल निर्देशित फिल्म ‘स्वर’ मा दुई नायिकाले डेब्यू गरेका थिए, बेनिशा र केकी अधिकारी । उनीहरु असाध्यै मिल्ने साथी पनि हुन् । सांगीतिक जनराको यो फिल्मले व्यवसायिकरुपमा सफलता पाउन सकेन । […]

‘मालती’ बनेपछि वेनिशाको करिअरलाई फाइदा कि घाटा ?

बक्स अफिसमा हिट त छदै छ, कलाकार आफूले काम गरेको चरित्रको सकारात्मक प्रतिक्रिया पनि आओस् भन्ने चाहन्छन् । चलचित्र सफल भएको खण्डमा कलाकारलाई फाइदै फाइदा हुन्छ । तर, कतिपय चलचित्र सफल भएर पनि कलाकारको कामको चर्को आलोचना हुन्छ । चलचित्र ‘स्वर’बाट रजतपटमा भित्रिएकी नायिका बेनिशा हमाललाई करिअरमा सफलता पाउन अझै संघर्ष गरिरहनुपरेको छ । तर, […]

बेनिशालाई ५ आरोपः‘ह्यान्डसम केटाको डेटिङ प्रस्ताव तत्काल स्विकार गर्नुहुन्छ रे हो ?’

चलचित्र ‘किङ’मा नायक निखिल उप्रेतिकी नायिका बनेकि बेनिशा हमाल अहिले सोही चलचित्रको प्रचारमा ब्यस्त छिन् । म्युजिक भिडियो हुँदै चलचित्रमा प्रवेश गरेकि बेनिशाले चलचित्र ‘कालो पोथी’मा अभिनय गरेर प्रशंसा कमाएकी थिइन् । उनै नायिकालाई अनलाइनखबरले लगाएको पाँच आरोपः १. तपाईका साथी साह्रै थोरै छन् रे हो ? घमण्डी हुनुहुन्छ भन्छन् नि ? साथी थोरै भएको […]