Comments Add Comment

राष्ट्रियसभा

List Grid
लोकसेवा विधेयक राष्ट्रियसभाबाट पारित

२८ भदौ, काठमाडौं । राष्ट्रियसभाले लोकसेवा आयोगसम्बन्धी विधेयक पारित गरेको छ । सोमबार बसेको राष्ट्रिय सभाको बैठकले बहुमतका आधारमा यो विधेयक पारित गरेको हो । (सदन नै चल्न नदिने भनेको प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरु सुरु देखि नै उभिएर विरोध जनाइरहेका थिए । विधेयक पारितका लागि निर्णयार्थ पेश गर्दा पनि उनीहरु उभि नै रहेका थिए […]

राजनीतिक दल सम्बन्धी अध्यादेश राष्ट्रियसभामा पेश

२५ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधकै बीच राष्ट्रियसभामा राजनीतिक दल सम्बन्धी अध्यादेश पेश भएको छ । गृहमन्त्री बालकृष्ण खाँणले अध्यादेश पेश गरेका छन् । बैठक सुरु भएलगत्तै एमाले सांसदहरु यथास्थानमा उठेर विरोध जनाएका थिए । गृहमन्त्री खाँणले अध्यादेश पेश गरिसकेपछि उनीहरु आ–आफ्नो आसनमा बसेका छन् । त्यसपछि राष्ट्रियसभाले महेन्द्र शेरचन र […]

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक एकै समयमा, दुवै सदनमा अध्यादेशहरू पेश हुँदै

२५ भदौ काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो एक बजेका लागि तय गरिएको छ । संघीय संसदको दुवै सदनका बैठकमा विभिन्न अध्यादेशहरु पेश गर्ने सम्भावित कार्यसूची छ । प्रतिनिधिसभाको बैठकमा शपथसम्बन्धी अध्यादेश २०७८, रेल्वे अध्यादेश २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरीवेक्षण […]

राष्ट्रिय गौरवका आयोजनाको हरेक ६ महिनामा अनुगमन गर्न सुझाव

१३ भदौ, काठमाडौं । राष्ट्रियसभाका सांसदहरुले राष्ट्रिय गौरवका आयोजनाहरुको हरेक ६ महिनामा अनुगमन तथा मूल्यांकन गर्ने व्यवस्था गर्न सुझाव दिएका छन् । राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको आइतबारको बैठकमा बोल्दै समितिका सभापति परशुराम मेघी गुरुङ र सदस्य जितेन्द्रनारायण देवले अनुगमन तथा मूल्यांकनको काम समयमा हुन नसक्दा आयोजनाहरुको कार्य प्रगति लाथालिंग अवस्था रहेको उल्लेख गरे । […]

ओलीमाथि एमाले र कांग्रेस सांसदको जुहारी

२६ साउन, काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेका सांसद खिमलाल भट्टराईले आफ्नो पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीलाई ‘राजनेता’ भनेपछि राष्ट्रियसभामा मंगलबार जुहारी नै चल्यो । विशेष समयमा बोल्दै उनले सत्तारुढ दलको तिखो आलोचना गर्दै राजनीति ओलीकै वरिपरि घुमिरहेको टिप्पणी गरेका थिए । तर नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले भट्टराईको अभिव्यक्तिको खण्डन गरे र […]

विद्युत उत्पादनमा स्थानीय तह र प्रदेशलाई सीमा, सांसदले भने- सच्याउँछौं

२४ साउन, काठमाडौं । विद्युत उत्पादनमा स्थानीय तह र प्रदेश सरकारको सीमा तोकिएर आएको ‘विद्युत विधेयक २०७७’ माथि राष्ट्रियसभामा छलफल शुरु भएको छ । आइतबार ‘विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव’माथिको छलफलमा भाग लिँदै सांसदहरुले विधेयकले स्थानीय तह र प्रदेश सरकारले कति मेगावाटसम्म विद्युत उत्पादन गर्न पाउने भनी संघीय सरकारले कानून बनाएर तोक्ने अधिकार राख्छ कि […]

राष्ट्रियसभाबाट दुई विधेयक पारित

२० साउन, काठमाडौं । राष्ट्रियसभाबाट दुईवटा विधेयक पारित भएको छ । बुधबार बसेको राष्ट्रियसभाको बैठकले तथ्याङ्क विधेयक सर्वसम्मतले र योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक बहुमतले पारित गरेको हो । योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक पारित गर्न हुन्न भनी स्वतन्त्र सांसद खिमलाल देवकोटाले मत राखेका छन् । विधेयक पारित अघि देवकोटाले आफ्नो धारणा राख्दै नेपालमा विश्वविद्यालय धेरै भएको, […]

निर्वाचनसम्बन्धी कानून संशोधन गरी समावेशी बनाउन सांसदको सुझाव

१४ साउन, काठमाडौं । सांसदहरुले निर्वाचनसम्बन्धी कानून संशोधन गरी समावेशी बनाउन सुझाव दिएका छन् । राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा सांसद र अधिकारकर्मीले समयाअनुकूल निर्वाचन ऐन संशोधन गरी समावेशी बनाउनुपर्ने सुझाव दिएका छन् । सांसद विन्दा पाण्डेले कानून संशोधन गरी ३० प्रतिशतको सट्टा ५० प्रतिशत महिला उम्मेदवार हुने व्यवस्था गर्नुपर्नेमा जोड दिए […]

सांसद बिडारीको आक्रोश : परमादेशकै कारण सुविधा खाइरहेका सांसदले परमादेशकै विरोध गर्ने ?

१३ साउन, काठमाडौं । राष्ट्रियसभाका सांसद रामनारायण बिडारीले अहिलेको सरकार परमादेशबाट बनेको भनी नेकपा एमालेका सांसदले गरेको टिप्पणीप्रति आपत्ति जनाएका छन् । बुधबार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै उनले परमादेशका कारण संसद ब्युँतिएर तलब भत्ता खान पाएका सांसदहरुले परमादेशकै विरोध गर्नु उचित नहुने बताए । ‘परमादेशे सांसदहरु, परमादेशका कारण अधिकार र सुविधा ग्वाम–ग्वाम लिएर खाइरहेका […]

देउवा प्रतिनिधिसभाको विश्वास पाएका प्रधानमन्त्री : रमेशजंग रायमाझी

७ साउन, काठमाडौं । राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीले प्रधानमन्त्री शेरबहादुर देउवा जनादेशकै प्रधानमन्त्री भएको बताएका छन् । राष्ट्रियसभाको बिहीबारको बैठकमा बोल्दै रायमाझीले प्रधानमन्त्री देउवा प्रतिनिधिसभाको विश्वास पाएका प्रधानमन्त्री भएको बताएका हुन् । १४६ जना सांसदले समर्थनमा हस्ताक्षर गरेर अदालतमा गएपछि सर्वोच्चले प्रधानमन्त्री बनाउने परमादेश जारी गरेको उल्लेख गर्दै उनले पुनर्स्थापित प्रतिनिधिसभाका १६५ जना सदस्यले विश्वासको […]

बाँदरे जुलुसबाट कोरोनाको रोपाइँ गरिंदैछ : सांसद बिडारी

७ साउन, काठमाडौं । राष्ट्रियसभाका सांसद रामनारायण बिडारीले विपक्षी नेकपा एमालेले कोरोना फैलाउन लागेको आरोप लगाएका छन् । बिहीबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले सडक प्रदर्शनमार्फत एमालेले कोरोना फैलाउन खोजेको आरोप लगाएका हुन्  । ‘अहिले पनि बाँदरे जुलुस, विभिन्न जुलुस गर्दै कोरोनाको रोपाइँ गर्दैछ, उसलाई मज्जा छ,’ उनले भने । सरकारविरुद्ध केही दिनयता नेकपा एमालेको युवा […]

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वान

३१ असार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक साउन ३ गते दिउँसो ४ बजेका लागि बोलाएकी छन् । बिहीबार मन्त्रिपरिषद बैठकले सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा संघीय संसदको दुबै सदनको अधिवेशन आह्वान गरेकी हुन् । गत जेठ ७ गते मध्यरातमा सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् […]

प्रधानमन्त्री ओलीका कारण राज्यका संयन्त्रले दुःख पाए : बिडारी

२८ असार, काठमाडौं । राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण राज्यका सबै संयन्त्रले दुःख पाएको आरोप लगाएका छन् । प्रधानमन्त्री ओलीलाई असहज हुँदा कोरोना संक्रमण बढ्ने र लकडाउन हुने तर सहज हुँदा कोरोना नलाग्ने जस्तो गरिने गरेको उनको भनाइ छ । सोमबार राष्ट्रियसभाको बैठकमा बोल्दै सांसद बिडारीले भने, ‘कोरोना रोग प्रधानमन्त्रीको प्रेमिकाजस्तो […]

सरकारले अध्यादेशको माध्यमले तानाशाही शासन चलाउँदैछ : अनिता देवकोटा

२७ असार, काठमाडौं । राष्ट्रियसभा सदस्य अनिता देवकोटाले सरकारले अध्यादेशमार्फत तानाशाही शासन चलाएको आरोप लगाएकी छन् । सरकारले नागरिकको हित विपरीत केवल आफ्नो अभिष्ट पूरा गर्न मात्रै राज्य सञ्चालन गरिरहेको उनको आरोप छ । आइतबार राष्ट्रियसभाको बैठकमा बोल्दै नेपाली कांग्रेसकी सांसद देवकोटाले आफैं कानून बनाउने, कार्यान्वयन गर्ने र कानूनको व्याख्या गरेर सरकारले निरंकुशता प्रस्तुत गरेको […]

कोमल वलीको अभिव्यक्तिबारे प्रधानमन्त्री बोल्नुपर्छ : मुकुन्द न्यौपाने

२२ असार, काठमाडौं । राष्ट्रियसभा सदस्य कोमल वलीको अभिव्यक्ति विवादित बनेको छ । राष्ट्रियसभा बैठकमा पाएको दश मिनेटको समयमा वलीले ‘बाँदरको जमात र अमृतपानको सपना’ शीर्षकको कविता सुनाएकी थिइन् । नेताहरुले बाँदर चरित्र देखाएको पृष्ठभूमि बताउँदै वलीले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह र विपक्षीय गठबन्धनप्रति कटाक्ष गरेकी थिइन् । उनको यो अभिव्यक्तिको चर्को […]

प्रतिनिधिसभा विघटनको विरोधमा राष्ट्रियसभा सदस्यले देखाए कालो क्याप

२१ असार, काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझी सोमबार राष्ट्रियसभामा बेग्लै गेटअपमा देखिए । उनले कालो सर्ट, कालै कोट र कालो क्याप लगाएका थिए । अरु बेला प्रायः ढाका टोपी लगाउँथे । उनी त प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान मिचेका विरोधमा यो गेटअफमा आएका रहेछन् । राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्ने क्रममा उनले प्रतिनिधिसभा […]

प्रतिगमनको छिटा सदनमा देखिन थाल्यो : श्रेष्ठ

२१ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रकाशले प्रतिगमनको छिटा राष्ट्रियसभामा पनि देखिएको टिप्पणी गरेका छन् । सोमबार बसेको राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्दै उनले राष्ट्रियसभाका अध्यक्षको भूमिकाप्रति असन्तुष्टि जनाए । उनले राष्ट्रियसभाको अधिवेशनलाई छिटो अन्त्य गर्नेतिर सोच्न नहुने बतँए । साथै सदनलाई संविधान रक्षा गर्ने थलो बनाउनुपर्ने भन्दै श्रेष्ठले अघि भने, ‘सम्माननीय […]

राजनीतिक समस्यालाई अदालत लगियो : नेता प्याकुरेल

१७ असार, काठमाडौं । नेकपा (एमाले)का राष्ट्रियसभा सदस्य सुमनराज प्याकुरेलले राजनीतिक विवादको समाधान अदालतबाट खोज्न नहुने बताएका छन् । बिहीबार राष्ट्रियसभाको आठौं अधिवेशनको पहिलो बैठकमा बोल्दै प्याकुरेलले शक्ति पृथकीकरणको सिद्धान्तलाई नबुझेर राजनीतिक विवादलाई अदालतमा लगिएको भन्दै त्यसलाई राजनीतिक रुपमै समाधान गर्नुपर्ने धारणा राखेका हुन् । राजनीतिक समस्या समाधानको थलो न्यायपालिका नहुने उनको भनाइ छ । […]

राष्ट्रियसभामा राष्ट्रपतिले सम्बोधन गर्ने

१६ असार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा बैठकमा सम्बोधन गर्ने भएकी छन् । नेकपा एमाले राष्ट्रियसभा प्रमुख सचेतक खिमलाल भट्टराईका अनुसार राष्ट्रपतिले सम्बोधन गर्ने मिति भने तय भएको छैन । ‘असारको २० वा २१ गते हुन सक्छ’ उनले भने । बिहीबारको कार्यव्यवस्था परामर्श समितिको बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रपतिले सम्बोधन गर्ने भनी सरकारबाट […]

राष्ट्रियसभा सदस्य पाण्डेले लिए शपथ

२६ जेठ, काठमाडौं । राष्ट्रियसभा सदस्य दृगनारायण पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले पाण्डेलाई शपथ दिलाएका हुन् । लुम्बिनी प्रदेशतर्फ रिक्त राष्ट्रियसभा सदस्यका लागि यही जेठ १७ गते भएको उपचुनावमा नेपाली कांग्रेसका पाण्डे निर्वाचित भएका थिए । उनले सत्तारुढ एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरेका थिए ।

लुम्बिनीमा चार मन्त्रीले पनि पाए राष्ट्रियसभा उपनिर्वाचनमा मताधिकार

१६ जेठ, बुटवल । सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा राष्ट्रिय सभा निर्वाचनको मतदानको केही घण्टाअघि जसपाबाट मन्त्री बनेका ४ जनालाई निर्वाचन आयोगले मताधिकार दिएको छ । जनता समाजवादी पार्टी (जसपा) ले कारवाही गरेपछि पदमुक्त भएका विजयबहादुर यादव, सन्तोषकुमार पाण्डेय, कल्पना पाण्डेय लम्साल र सुमन शर्मा रायमाझीलाई मतदान शुरू हुनु १६ घण्टाअघि आइतबार साँझ ५ […]