Comments Add Comment

लुम्बिनी

List Grid
लुम्बिनीमा नयाँ बजेट : आकार चलाइएन, निर्वाचन क्षेत्रको कार्यक्रम खारेज

२० असोज, बुटवल । लुम्बिनी प्रदेश सरकारले प्रतिस्थापन विधेयकमार्फत ल्याएको आर्थिक वर्ष २०७८/७९ को बजेट यसअघिको बजेटसँग बराबर भए पनि धेरै नयाँ कार्यक्रम थपिएका छन् । नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धन सरकारले ल्याएको बजेटमा यसअघिको एमाले नेतृत्वको सरकारले ल्याएका केही कार्यक्रमलाई भने निरन्तरता दिइएको छ । आर्थिक मामिला […]

लुम्बिनीमा झण्डै ४१ अर्बको बजेट

२० असोज, बुटवल । लुम्बिनी प्रदेश सरकारले प्रतिस्थापन विधेयकमार्फत झण्डै ४१ अर्ब रुपैयाँको बजेट ल्याएको छ । प्रमुख विपक्षी नेकपा एमालेको बहिस्कारका बीच आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले बुधबार प्रदेशसभा बैठकमा ४० अर्व ९५ करोड ९७ लाख रुपैयाँको नयाँ बजेट प्रस्तुत गरका हुन् । चालुखर्च तर्फ १३ अर्ब ६४ करोड ५७ लाख १० […]

लुम्बिनीमा प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याइँदै

१९ असोज, बुटवल । लुम्बिनी प्रदेश सरकारले प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याउने अन्तिम तयारी गरेको छ । लुम्बिनी प्रदेश सभाको बैठक भोलि बुधबार बस्ने कार्यसूचि छ । सरकारका तर्फबाट आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले भोलि बस्ने बैठकमा प्रतिस्थापन विधेयकमार्फत बजेट पेश गर्ने तयारी गरेका छन् । यसअघि एमाले नेता शंकर पोखरेल नेतृत्वको सरकारले […]

लुम्बिनीमा पर्यटक आकर्षित गर्न सस्तो टूर प्याकेज घोषणा

११ असोज, बुटवल । कोरोना महामारीका कारण थला परेको पर्यटनलाई पुनरुत्थान गर्न लुम्बिनीका होटल व्यवसायीले साविकभन्दा आधा सस्तो शुल्कमा टूर प्याकेज घोषणा गरेका छन् । विश्व पर्यटन दिवसको अवसर पारेर लुम्बिनी होटेल संघले असोज १५ गतेदेखि कात्तिक मसान्तसम्म लागू हुने गरी दुई हजार रुपैयाँको दुई दिने प्याकेज घोषणा गरेको हो । लुम्बिनी होटल संघका अध्यक्ष […]

लुम्बिनीको सञ्चार विधेयक सच्याउन प्रेस काउन्सिलको आग्रह

१० असोज, लुम्बिनी । प्रेस काउन्सिल नेपालले लुम्बिनी प्रदेशसभामा दर्ता भएको ‘सञ्चारमाध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सच्याउन आग्रह गरेको छ । काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतसहितको टोलीले आइतबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीलाई भेटी उक्त विधेयकमा प्रस्तावित प्रावधानप्रति असहमति जनाउँदै सच्याउन आग्रह गरेको हो । प्रदेश सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशसभामा दर्ता […]

लुम्बिनीमा जसपाका दुई मन्त्रीको मन्त्रालय तोकियो

२९ भदौ,बुटवल । लुम्बिनीमा सरकार बनेको एक महिनापछि जनता समाजवादी पार्टीका दुईजना विना विभागीय मन्त्रीले मन्त्रालयको जिम्मेवारी पाएका छन् । मन्त्री सुमन शर्मा रायमाझीले कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयको र पुरमती ढेंगाले श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका छन् । सरकारका प्रवक्ता कृष्णध्वज खड्काको सचिवालयले दुई विना विभागीय मन्त्रीलाई मन्त्रालयको कार्यविभाजन […]

लुम्बिनीमा थप ३ मन्त्रालयको जिम्मा मन्त्री चौधरीलाई

२२ भदौ, बुटवल । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसको भागमा परेका थप तीन मन्त्रालयको जिम्मेवारी पर्यटन, ग्रामीण तथा सहरी विकासमन्त्री डिल्ली चौधरीलाई दिइएको छ । गठबन्धनमा रहेका दलहरुबीच भागवण्डा मिलाउन नसक्दा मन्त्रिपरिषद विस्तारमा समय लागेपछि कांग्रेसको भागमा पर्ने तीनवटा मन्त्रालयको जिम्मेवारी मन्त्री चौधरीलाई दिइएको हो । उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय, वन वातावरण तथा भु संरक्षण […]

लुम्बिनीमा २५ अर्ब लगानीका होटल छन् तर पर्यटक छैनन्

२० भदौ, रुपन्देही । भगवान गौतमबुद्धको जन्मस्थल विश्व प्रसिद्ध लुम्बिनी क्षेत्र यतिखेर सुनसान छ । कोरोना महामारीका कारण यहाँको पर्यटन सुस्ताएको हो । त्यसो त महामारीबीच पनि यहाँका पर्यटन व्यवसायीले लगानी गर्नेक्रम रोकेका भने छैनन् । रुपन्देहीका होटलमा मात्र झण्डै रु २५ अर्बको लगानी छ । यहाँ साना ठूला गरी दुई हजार ५०० होटल छन् […]

लुम्बिनीमा एमाले सांसद रमा घर्तीले रोजिन् एकीकृत समाजवादी

१५ भदौ, बुटवल । लुम्बिनी प्रदेशसभाकी एमाले सांसद रमा घर्ती मगरले नेकपा एकीकृत समाजवादी रोजेकी छन् । नेकपा एमाले विभाजन भई माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी दर्ता भएपछि घर्तीले नयाँ पार्टी रोजेकी हुन् । घर्ती समानुपातिकतर्फ पाल्पाबाट निर्वाचित सांसद हुन् । मंगलबार निर्वाचन आयोगको प्रदेश कार्यालय दाङ पुगेर घर्तीले आफूले नेकपा एकीकृत समाजवादी पार्टी […]

लुम्बिनीमा मन्त्रालयको संख्या १३ पुर्‍याइयो

१३ भदौ, बुटवल । लुम्बिनी प्रदेश सरकारले मन्त्रालयको संख्या बढाएर १३ पुर्‍याएको छ । यसअघि शंकर पोखरेल नेतृत्वको सरकारमा मुख्यमन्त्री कार्यालयसहित १० मन्त्रालय रहेकामा आइतबार बसेको मन्त्रिपरिषदले १३ पुर्‍याउने निर्णय गरेको हो । अब लुम्बिनी प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, आर्थिक मामिला तथा सहकारी मन्त्रालय, आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, […]

विपक्षीको अनुपस्थितिमै लुम्बिनीका मुख्यमन्त्रीले लिए विश्वासको मत

७ भदौ, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । सोमबार प्रदेशसभा बैठकमा आफूलाई प्रदेशसभाको विश्वास छ भनी मुख्यमन्त्री केसीले राखेको प्रस्तावको पक्षमा ४२ मत र विपक्षमा शून्य मत पर्‍यो । उपसभामुख कृष्णी थारु तटस्थ बसिन् । सभामुख पूर्णबहादुर घर्तीले मुख्यमन्त्रीले पाएको मत प्रदेशसभाको बहुमत भएकाले विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले […]

लुम्बिनीमा एमालेले भन्यो : सरकार र विश्वासको मत दुबै अवैधानिक

७ भदौ, बुटवल । लुम्बिनी प्रदेश सभाको प्रमुख विपक्षी दल नेकपा एमालेले कुलप्रसाद केसी नेतृत्वको सरकार र सरकारले पाएको विश्वासको मत दुबैलाई अवैधानिक भनेको छ । प्रदेश सभा सचिवालयले २४ घण्टा अगावै कार्यसूची सार्वजनिक गर्नुपर्नेमा त्यसो नगरी एक्कासी मुख्यमन्त्रीले विश्वासको मत लिनु आपत्तिजनक भएको एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले बताए । ‘यो सरकार पनि अवैधानिक […]

लुम्बिनीमा मुख्यमन्त्री केसीले आजै विश्वासको मत लिने

७ भदौ, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सोमबार विश्वासको मत लिने भएका छन् । प्रदेशसभा सचिवालयले सोमबार प्रकाशन गरेको प्रदेशसभा बैठकको कार्यसूचीमा मुख्यमन्त्रीले आजै विश्वासको मत लिने उल्लेख छ । तर लुम्बिनी प्रदेशसभा बैठक प्रमुख विपक्षी दल नेकपा एमालेले लगातार अवरुद्ध गर्दै आएको छ । सोमबार पनि एमालेले प्रदेशसभा अवरुद्ध गरेपछि सभामुख पूर्णबहादुर […]

लुम्बिनीमा सभामुखलाई ठेगान लगाउने एमालेको चेतावनी

६ भदौ, बुटवल । नेकपा एमालेले निष्कासनको कारबाही गरेका दुई सांसदलाई प्रदेशसभा सचिवालयले पदमुक्त नगरेपछि लुम्बिनीमा प्रमुख विपक्षी दल र सभामुखबीच द्वन्द्व बढेको छ । एमालेले निष्कासनको कारबाही गरेका दुई सांसद अजय शाही र विमलाकुमारी खत्री वलीलाई सभामुख पूर्णबहादुर घर्तीले पदमुक्त गर्न नमानेपछि एमालेले सभामुखलाई ठेगान लगाउने चेतावनी दिएको छ । प्रदेशसभा सचिवालयले भने एमालेले […]

लुम्बिनीमा सांसद शाही र वलीलाई पदमुक्त नगरे प्रदेशसभा चल्न नदिने एमालेको चेतावनी

६ भदौ, बुटवल । नेकपा एमालेले लुम्बिनी प्रदेशसभाका सांसदहरु अजय शाही र विमलाकुमारी खत्री वलीलाई पदमुक्त नगरेसम्म संसद चल्न नदिने बताएको छ । एमालेले दलको ह्वीप उल्लंघन गरेको भन्दै शाही र वलीलाई कारबाही गर्न प्रदेशसभा सचिवालयमा पत्र दिएको थियो । तर आइतबार सभामुख पूर्णबहादुर घर्तीले उनीहरुलाई कारबाही गर्न नमिल्ने जवाफ दिएका थिए । त्यसपछि पत्रकार […]

लुम्बिनीका माधव नेपाल पक्षका सांसद ‘पर्ख र हेर’को अवस्थामा

३ भदौ, बुटवल । लुम्बिनी प्रदेशसभामा एमालेका ३७ सांसदमध्ये दुई जना सांसद एक साताअघि माधव नेपाल पक्षमा सार्वजनिक रुपमै खुलेका थिए । साउन ३० गते माधव पक्षीय एमाले रुपन्देहीको जिल्ला भेलामा उपस्थित भएर मन्तव्य राखेका कपिलवस्तुका विष्णु पन्थी र पाल्पाकी रमा घर्ती माधव नेपालले नयाँ दल दर्ता गरेपछि भने पर्ख र हेरको अवस्थामा रहेका छन् […]

लुम्बिनी प्रदेश सभामा एमालेको नाराबाजी र अवरोध

२ भदौ,बुटवल । प्रमुख विपक्षी दल नेकपा एमालेले लुम्बिनी प्रदेश सभा वैठकमा नाराबाजी गर्दै अवरुद्ध गरेको छ । प्रदेश सभा बैठक शुरु भएलगत्तै एमाले सांसद हरि रिजालले सांसद अजय शाही र विमला वलीलाई पदमुक्त नगरेसम्म वैठक चल्न नदिने बताएलगत्तै एमाले सांसदहरु उठेर रोष्टम नजिक पुगेर नाराबाजी गरे । सभामुख पूर्णबहादुर घर्तीले एमालेले दिएको पत्रमा प्रशासनिक […]

संविधान र संघीयता कार्यान्वयन सरकारको दायित्व : मुख्यमन्त्री केसी

१ भदौ, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले संविधानको अक्षरशः पालना र संघीयताको कार्यान्वयन सरकारको मुख्य प्राथमिकता रहेको बताएका छन् । मुख्यमन्त्री भएपछिको पहिलो सार्वजनिक कार्यक्रममा बोल्दै मंगलबार मुख्यमन्त्री केसीले परिवर्तनकारी शक्तिहरुको गठवन्धनबाट बनेकाले संविधान र संघीयता कार्यान्वयन गर्नु प्रदेश सरकारको दायित्व भएको बताए । बुटवल उद्योग वाणिज्य संघको नव उद्यमशाला कार्यक्रमको मंगलबार बुटवलमा […]

मुख्यमन्त्री फेरियो, ‘मुसा प्रवृत्ति’ दोहोरियो

२८ साउन, काठमाडौं । झण्डै चार महिना लामो रस्साकस्सीपछि लुम्बिनी प्रदेशमा नेकपा एमालेबाहेकका दलहरुले सरकार बनाएका छन् । नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको समर्थनमा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले दिएको २२ घण्टामा संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्तिका लागि […]

क्यान्सर र मिर्गौला प्रत्यारोपण गर्ने बिरामीलाई लुम्बिनी सरकारले २ लाख दिने

२८ साउन, बुटवल । कुलप्रसाद केसी नेतृत्वको लुम्बिनी प्रदेश सरकारले क्यान्सर, मिर्गौला प्रत्यारोपण र मुटुको भल्भ फेर्नुपर्ने बिरामीहरुलाई उपचारका लागि दुई लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । नवनियुक्त मुख्यमन्त्री केसीको अध्यक्षतामा बसेको पहिलो मन्त्रिपरिषद् बैठकले क्यान्सर, मिर्गौला प्रत्यारोपण र मुटुको भल्भ फेर्नुपर्ने बिरामीलाई हाल पाइरहेको सुविधाका अतिरिक्त प्रदेश सरकारको तर्फबाट थप […]

लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरुले लिए शपथ

२८ साउन, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी र मन्त्रीहरुले शपथ लिएका छन् । बिहीबार प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री र मन्त्रीहरुलाई शपथ गराएका हुन् । बुधबार मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री चयन प्रक्रिया शुरु गरेका थिए । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय […]