
२३ पुस, काठमाडौं । प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका तीन जना नेतालाई काठमाडौंबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा समूहका काठमाडौं सेक्रेटरी विपिन भनिने भिमसेन घिमिरे, जिल्ला सदस्य हरिबहादुर चन्द र वीरेन्द्र शाही छन् ।
प्रहरीको विशेष ब्युरो र महानगरीय प्रहरी कार्यालय, रानीपोखरीको संयुक्त टोलीले मंगलबार साँझ उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका तीन जनाको साथबाट केही महत्वपूर्ण कागजपत्र पनि बरामद भएको भनिएको छ ।
काठमाडौं प्रहरीका डीएसपी प्रमिश विष्टका अनुसार पक्राउ परेका व्यक्तिविरुद्ध अहिले काठमाडौं प्रहरी परिसर, टेकुले अनुसन्धान गरिरहेको छ । पक्राउ परेका तिनै जनाविरुद्ध चन्दा ऐन अन्तरगत म्याद थप गरिएको छ ।
यो पनि पढ्नुस्
सिंहदरबारबाट विप्लवलाई हेर्ने बेग्लाबेग्लै नजर !
चन्दा असुलीमा केन्द्रित, हिंसातर्फ उन्मुख
विप्लव समूह व्यक्तिहत्याको बाटोमा लागेको हो ?
माइलाको गिरफ्तारीले वार्ता बिथोलिँदैन : सरकार
प्रतिक्रिया 4