Comments Add Comment

अस्ट्रेलिया

List Grid
पार्टनर भिसाका लागि अस्ट्रेलियामा अंग्रेजी भाषा अनिवार्य गर्ने प्रस्ताव

२२ असोज, काठमाडौं । अस्ट्रेलियाले आफ्नो मुलुकका बासिन्दासँग विवाह गरी (पार्टनर भिसामा) आउन चाहने मानिसका लागि अंग्रेजी भाषा परीक्षा अनिवार्य पास गर्नु पर्ने तयारी गरेको छ । यो विवादित नियम संसदबाट पारित भएको अवस्थामा सन् २०२१ को मध्यदेखि अस्ट्रेलियामा पार्टनर भिसामा जान चाहने मानिसहरुले अनिवार्य अंग्रेजी भाषा परीक्षा पास गर्नुपर्ने हुन्छ । अहिले प्रस्ताव गरिएको […]

न्युजिल्याण्डबाट आउनेका लागि सीमा खोल्ने अस्ट्रेलियाले निर्णय

१६ असोज, काठमाडौं । अस्ट्रेलियाले न्युजिल्याण्डबाट आउनेहरुका लागि सीमा नाका खोल्ने भएको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारीपछि अस्ट्रेलियाले पहिलोपटक विदेशीका लागि आफ्नो सीमा खोल्ने निर्णय गरेको हो । अस्ट्रेलियाले न्यु साउथ वेल्स र नर्थन टेरिटोरीमा न्युजिल्याण्डबाट आएका मानिसहरुका लागि १६ अक्टोबरदेखि अनुमति दिने निर्णय गरेको हो । गत मार्चमा कोरोना नियन्त्रणको लागि भन्दै […]

हृदयाघातबाट अस्ट्रेलियाका पूर्व क्रिकेटर डिन जोन्सको निधन

८ असोज, काठमाडौं । अस्ट्रेलियाका पूर्व क्रिकेटर डिन जोन्सको ५९ वर्षको उमेरमा निधन भएको छ । भारतको मुम्बईस्थित एक होटलमा रहेका उनको हृदयाघातबाट बिहीबार निधन भएको हो । उनी भारतीय प्रिमियर लिग (आईपीएल)को कमेन्ट्री टोलीको सदस्यका रुपमा भारत आएका थिए । डिन जोन्सले दक्षिण एसियाको क्रिकेटमा सुधारको लागि महत्वपूर्ण सहयोग पुर्‍याएका थिए । स्टार इन्डियाले […]

अस्ट्रेलियामा नयाँ संक्रमितको संख्या तीन महिनायताकै कम

४ असोज, काठमाडौं । अस्ट्रेलियामा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) का नयाँ संक्रमितको संख्या तीन महिनायताकै कम देखिएको छ । कोरोना भाइरसको संक्रमण घट्दै गएपछि कोरोना नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध पनि खुकुलो पार्ने तयारी भइरहेको छ । पछिलो २४ घण्टामा अस्ट्रेलियामा ३९ नयाँ कोरोना संक्रमित फेला परेका हुन् । नयाँ संक्रमितको यो संख्या जुन […]

अस्ट्रेलियाले सीमा नाका थप खुकुलो बनाउँदै 

२ असोज, काठमाडौं । अस्ट्रेलिया सरकारले आफ्नो मुलुक फर्किन चाहने मानिसहरुका लागि सीमा नाका खुकुलो पार्नसक्ने बताएको छ । शुक्रबार अस्ट्रेलिया सरकारले अब प्रतिसाता ६ हजार नागरिकलाई मुलुक फर्किन दिने तयारी गरिरहेको बताएको हो । अस्ट्रेलियाका राज्यहरुले आफ्नो क्वारेन्टिनको क्षमता बढाएसँगै अक्टोबरमध्यबाट सातामा थप दुई हजार नागरिकहरुलाई मुलुक फर्किन अनुमति दिइने प्रधानमन्त्री स्कट मौरिसनले बताएका […]

अस्ट्रेलियामा माइतीको आँगन !

विगत एक महिनादेखि हरेक दिन मेरो फेसबुक मेमोरीमा अस्ट्रेलियामा नेपाली महिला दिदी बहिनीहरुले अघिल्ला वर्षहरुमा आयोजना गरेका तीजका जमघटका तस्बीर ओहोर-दोहर गर्ने गरेका छन् । तीमध्ये मेरो फेसबुक मेमोरीलाई मस्तिस्कको मेमोरीमा अझ ताजा बनाउने तस्बीरहरु हुन् – नारी निकुन्ज अष्ट्रेलियाले आयोजना गरेका तीजसँग सम्बन्धित कार्यक्रमका तस्बीरहरु । गैरआवासीय नेपाली संघ अन्तर्गत विश्वव्यापीरुपमा महिलाहरुलाई संगठित गर्न […]

आफ्ना नागरिकलाई कोरोना खोप निःशुल्क गर्ने अस्ट्रेलियाको घोषणा

३ भदौ, काठमाडौं । अस्ट्रेलियाले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको परीक्षण सफल भएको खण्डमा आफ्ना सबै नागरिकलाई निःशुल्क उपलब्ध गराउने भएको छ । साथै मुलुकभर यो खोप अनिवार्य पनि गरिनेछ । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मौरिसनले यसका लागि एक्स्ट्राजेनेकासँग सम्झौता भइसकेको बताएका छन् । एक्स्ट्राजेनेकाले अक्सफोर्ड युनिभर्सिटीसँग मिलेर खोप निर्माणको काम गरिरहेको छ । शोधकर्ताहरुले यस […]

विदेशी विद्यार्थी अस्ट्रेलिया आउन पाउने

३२ साउन, सिड्नी । कोरोनाको महामारीका कारण अध्ययन स्थगन गर्न बाध्य भएका विदेशी विद्यार्थीलाई अस्ट्रेलियाले स्वदेश आउन दिने निर्णय गरेको छ । यहाँका ब्यापार मन्त्री साइमन बर्मिङ्ह्मले आइतबार उक्त कुरा बताएको सिड्नी मर्निङ हेराल्डले जनाएको छ । पत्रिकाको अनलाइन संस्करणअनुसार पहिलोपटक साउथ अस्ट्रेलियाको एडिलाइडमा तीनसय विध्यार्थीलाई आउन दिइने छ । एडिलाइड आइपुग्ने सबै बिध्यार्थीलाई सुरूमा क्वारेन्टिनमा […]

विज्ञहरुको चेतावनी – अस्ट्रेलियामा खानेकुराको अभाव हुनसक्छ

२८ साउन, सिड्नी । अष्ट्रेलियाका दुई ठूला सहरहरु मेल्बर्न र सिड्नीमा कोरोना भाइरसको दोश्रो चरणको संक्रमणका कारण खानेकुराको अभाव हुन सक्ने विज्ञहरुले चेतावनी दिएका छन् । भिक्टोरिया राज्यको मेल्बर्नमा गत महिनादेखि कोरोना भाइरसको दोश्रो चरणको संक्रमणमा वृद्धि आएपछि लगाइएको संकटकालपश्चात फास्ट फुड इन्डस्ट्री, मासु संशोधन उद्योग, फलफूल तथा तरकारीको उत्पादन दर घटेपछि खाद्यान्न संकट हुनसक्ने […]

अस्ट्रेलियामा कोरोनाबाट एकैदिन १९ जनाको मृत्यु

२६ साउन, काठमाडौं । अस्ट्रेलियामा कोरोना भाइरस (कोभिड–१९) बाट एकैदिन सबैभन्दा धेरै मानिसको मृत्यु भएको छ । सोमबार दिइएको जानकारी अनुसार अस्ट्रेलियाको भिक्टोरिया राज्यमा पछिल्लो २४ घण्टामा १९ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको हो । कोरोना भाइरसको दोस्रो लहरको सामना गरिरहेको भिक्टोरिया राज्यमा कोरोना नियन्त्रणको लागि कडा लकडाउन गरिएको छ । अस्ट्रेलियामा अहिलेसम्म कोरोना […]

अस्ट्रेलियाको मेलबर्नमा लकडाउनमा थप कडाइ

२२ साउन, काठमाडौं । अस्ट्रेलियाको मेलबर्नमा बिहीबारदेखि पूर्णरुपमा लकडाउन सुरु भएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दो क्रममा देखिएसँगै भिक्टोरिया राज्यले मेलबर्न सहरमा लकडाउनमा थप कडाइ गर्ने निर्णय गरेको हो । बिहीबारदेखि सुरु भएको लकडाउन ६ सातासम्म रहनेछ । बिहीबारदेखि मेलबर्नका अधिकांश पसल र व्यवसायहरु बन्द रहनेछन् । कोरोना भाइरस महामारीको दोस्रो लहर […]

अष्ट्रेलियाको भिक्टोरियामा संकटकाल घोषणा

१८ साउन, काठमाडौं । अस्ट्रेलियाको भिक्टोरिया राज्यमा संकटकाल घोषणा गरिएको छ । साथै लकडाउनको नयाँ नियम लागू गरिएको छ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढेसँगै अष्ट्रेलियाको उक्त राज्यमा संकटकाल घोषणा गरिएको हो । भिक्टोरियाका प्रिमियर ड्यानिअल एन्ड्रयुजले आइतबार साँझको ६ बजेदेखि संकटकाल लागू हुने बताएका छन् । नयाँ नियमपछि भिक्टोरियाको राजधानी मेलबर्नमा रातको समयमा […]

अस्ट्रेलियामा बढ्यो कोरोना संक्रमण, दोस्रो लहर आउने चिन्ता

१५ साउन, काठमाडौं । अस्ट्रेलियामा कोरोना भाइरस (कोभिड–१९) बाट सबैभन्दा प्रभावित भिक्टोरियामा एकैदिन अहिलेसम्मकै सबैभन्दा धेरै नयाँ संक्रमित र मृतक फेला परेका छन् । यससँगै भिक्टोरियाको मेलबर्न र आसपासका क्षेत्रमा लगाइएको लकडाउनले काम नगरेको आशंका बढेको छ । बिहीबार दिइएको जानकारी अनुसार भिक्टोरियामा पछिल्लो २४ घण्टामा १३ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको हो । सो […]

अन्तर्राष्ट्रिय विद्यार्थीहरुका लागि अष्ट्रेलियाको भिसामा परिवर्तन

ताज्मानिया । अष्ट्रेलियाको सरकारले देशभित्र र बाहिर भएका अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई लक्षित गरी भिसासम्बन्धी केही नियमहरुमा परिवर्तन गरेको छ । कोभिड-१९ महामारीका कारण अन्तर्राष्ट्रिय विद्यार्थीहरुको संख्यामा आएको गिरावटले शैक्षिक क्षेत्र धराशायी हुन सक्ने भन्दै अष्ट्रेलियाले भिसासम्बन्धी पाँचवटा नियमहरुमा परिवर्तन गरेको हो । महामारीका कारण धरमराउँदै गएको अष्ट्रेलियाको शैक्षिक क्षेत्रलाई पुनर्जीवन दिन र अस्टेलियालाई अन्तर्राष्ट्रिय विद्यार्थीहरुको प्रमुख […]

अस्ट्रेलियाबाट सस्तोमा उद्धार उडान सुरु

सिड्नी । अस्ट्रेलियाबाट अघिल्लो पटकको तुलनामा सस्तो भाडामा उद्धार उडान सुरु भएको छ । अघिल्ला दुई उडानमा भन्दा मंगलबार नेपाल उडेकाहरु ९ सय अस्ट्रेलियन डलर कममा उड्न पाएका छन् । नेपाली दूतावास अस्ट्रेलियाको पहलमा निर्माण गरिएको विशेष समितिको पहलमा गरिएको उद्धार उडानमा मंगलबार अस्ट्रेलियाका तीन सहरबाट एक सय ४९ जना नेपाल प्रस्थान गरेका छन् । […]

अस्ट्रेलियामा कोरोना संक्रमितको संख्या दश हजार नाघ्यो

सिड्नी । अस्ट्रेलियामा कोरोना भाइरस संक्रमणको संख्या दश हजार नाघेको छ । मंगलबार भिक्टोरियामा २७० र न्यु साउथ वेल्समा ३० जना थपिएपछि अस्ट्रेलियामा कोरोना संक्रमितको संख्या दश हजार ६१ पुगेको हो । भिक्टोरियामा कोरोना भाइरसको दोश्रो तरंग आएपछि मुख्य सहर मेलबर्नलगायतका स्थानमा डेढ महिने लकडाउन जारी भएको एक हप्ता बितेको छ भने भिक्टोरियासँग अरु सबै […]

अस्ट्रेलियाको मेलबर्नमा ६ साता लकडाउनको घोषणा

२३ असार, काठमाडौं । अस्ट्रेलियाको मेलबर्नमा ६ साताका लागि लकडाउनको घोषणा गरिएको छ । भिक्टोरिया राजयका प्रिमियर डेनिअल एन्ड्र्युले मंगलबार कोरोना भाइरसको संक्रमण बढिरहेको भन्दै मेलबर्नमा ६ साता लकडाउन गरिने घोषणा गरेका हुन् । यो लकडाउन बुधबार मध्यरातिदेखि लागू हुनेछ । लकडाउनको क्रममा मानिसहरुलाई खाना किन्न जाने, काममा जाने, स्वास्थ्य सेवा लिने/दिने, व्यायाम गर्ने लगायतका […]

अस्ट्रेलियामा आर्थिक मन्दी सुरु, १९९१ यताकै महामन्दी आउन सक्ने

२१ जेठ, ताज्मानिया । अस्ट्रेलियामा आर्थिक मन्दी सुरु भएको छ । गत वर्षको अन्तमा अष्ट्रेलियाका विभिन्न क्षेत्रमा देखिएको खडेरी, भीषण आगलागी र नयाँ वर्षको सुरु मै देखा परेको कोरोनाका कारण आर्थिक मन्दी सुरु भएको भन्दै सरोकारवालले चिन्ता व्यक्त गरेका छन् । यो वर्ष सुरु भएदेखि मार्च ३१ सम्म अस्ट्रेलियाको कुल गार्हास्थ उत्पादनमा ०.३ प्रतिशतले कमी आएपछि […]

कसरी सम्भव भयो अस्ट्रेलियामा कोरोना नियन्त्रण ?

२० जेठ, तास्मानिया । हाल अष्ट्रेलियामा कोरोना भाइरस (कोभिड-१९)का संक्रमित निको हुने दर उल्लेख्य मात्रामा बढेको छ भने नयाँ संक्रमित देखिने दर पनि घटेको छ । सरकारी तथ्यांकका अनुसार अष्ट्रेलियामा हालसम्म ९२ प्रतिशत कोरोना संक्रमितहरु निको भइसकेका छन् भने बाँकी रहेका बिरामीहरुको स्थिति पनि सामान्य हुँदै गएको छ । अष्ट्रेलियामा कोरोना महामारीको सुरुआतदेखि यो समाचार […]

अष्ट्रेलियामा ९२ प्रतिशत संक्रमित निको भए

१९ जेठ, काठमाडौं । अष्ट्रेलियामा कोरोना भाइरस (कोभिड-१९) का ९२ प्रतिशत संक्रमित निको भएका छन् । अष्ट्रेलियामा समग्र संक्रमितको संख्या सात हजार दुई सयको हाराहारीमा छ । तर, अहिले अस्पतालमा भर्ना भएका निको हुन बाँकी बिरामीको संख्या २१ छ । कोरोना भाइरसको संक्रमणमा कमी आएसँगै अष्ट्रेलियामा कोरोना भाइरस नियन्त्रणको लागि लगाइएको लकडाउन पनि केही खुकुलो […]

अस्ट्रेलियाबाट नेपाल फर्किन चाहनेहरूले आफैं खर्च व्यहोर्नुपर्ने

१६ जेठ, काठमाडौं । अस्ट्रेलियाबाट नेपाल फर्किन चाहनेहरूले हवाई उडान, होटल क्वारेन्टिन खर्च आफैंले व्यहोर्नुपर्ने भएको छ । क्यानबेरास्थित नेपाली दूताबासले समस्यामा रहेकाहरुलाई प्राथमिकताको आधारमा नेपाल फर्काउन लागिएको भन्दै नाम टिपाउन आग्रह गरेको छ । दूतावासकाअनुसार हवाई उडान, होटल क्वारेन्टिन, विमानस्थलदेखि क्वारेन्टिनस्थलसम्म जाने यातायात लगायतका सम्पूर्ण खर्च व्यक्ति स्वयंले ब्यहोर्नु पर्नेछ । साथै नेपाल जानु […]