Comments Add Comment

उद्योग

List Grid
तङि्ग्रन थाले उद्योग, पुरानै क्षमताको उत्पादनमा फर्किन डेढ महिना लाग्ने

३२ जेठ, काठमाडौं । सरकारले लकडाउन खुकुलो बनाएपछि उद्योग व्यवसाय तङि्ग्रन थालेका छन् । झण्डै तीन महिनादेखि बन्द अवस्थामा रहेका उद्योगहरु सरसफाई गरेर सञ्चानलनको तयारी थालिएको निजी क्षेत्रले जनाएको छ । यस्तै लकडाउन अवधिमा सञ्चालनमा रहेका उद्योगहरुको क्षमता पनि वृद्धि भएको छ । लकडाउन अवधिमा औसत ४५ प्रतिशतको हाराहारी क्षमतामा चलेका उद्योगहरुको क्षमता अहिले झण्डै […]

लकडाउनकै बीच १५ उद्योगमा भित्रियो २ अर्ब ७४ करोड लगानी

२३ जेठ, काठमाडौं । पछिल्लो एक महिनाको अवधिमा १५ वटा उद्योगमा दुई अर्ब ७४ करोड ९० लाख रुपैयाँ बराबरको लगानी भित्रिएको छ। ११ वटा विभिन्न उद्योगमा ९२ करोड ७० लाख विदेशी र चार वटा नयाँ उद्योगमा एक अर्ब ८२ करोड २० लाख स्वदेशी लगानी भित्रिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाश दाहालले […]

रुग्ण तथा बन्द उद्योग सञ्चालन गर्न निजी क्षेत्र भित्र्याइने

१५ जेठ, काठमाडौं । सरकारले देशभरका रुग्ण र बन्द उद्योग सञ्चालन गर्न निजी क्षेत्रलाई साझेदारको रुपमा भित्र्याउने भएको छ । आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा‍. युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन् । थप लगानी, नयाँ प्रविधि र व्यावसायिक व्यवस्थापनको माध्यमबाट त्यस्ता उद्योगको पुनरुथान गरिने आर्थिक वर्ष २०७७/७८ को  बजेटमा उल्लेख गरिएको […]

पर्यटनसहित उद्योग प्रतिष्ठानले कर्मचारीलाई तलब भुक्तानी गर्न ५० अर्बको कोष

१५ जेठ, काठमाडौं । सरकारले पर्यटनसहित उद्योग प्रतिष्ठानका कर्मचारीलाई तलब भुक्तानी गर्न ५० अर्बको कोष स्थापना गर्ने भएको छ । बिहीबार संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । सरकारले साना, मझौला उद्योग र पर्यटनलगायत उद्योगीले आफ्ना कर्मचारीलाई तलब भुक्तानी गर्न ऋण लिन सक्नेगरी ५० अर्बको […]

औद्योगिक क्षेत्रको जग्गा सदुपयोग नगर्ने चार दर्जन बढी उद्योग र गोदाम हटाइने

१४ जेठ, काठमाडौं ।  उद्योगमन्त्री लेखराज भट्टले  देशभरको औद्योगिक क्षेत्रभित्र ठाउँमात्रै ओगटेर बसेका उद्योग तथा व्यवसायका गोदाम हटाउन निर्देशन दिएका छन् । बुधबार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड बालाजुको अनुगमन तथा निरीक्षण गर्दै मन्त्री भट्टले यस्तो निर्देशन दिएका हुन् । ‘देशभरका १० वटै औद्योगिक क्षेत्रभित्र रहेका सबै अनुत्पादक व्यवसायका दर्ता तथा ठाउँ मात्रै ओगटेका सो-रुम हटाउनुस्, […]

बारा र पर्साका उद्योगीले मागे राहत प्याकेज

९ जेठ, वीरगञ्ज । बारा र पर्साका उद्योगीले उद्योग, व्यापार क्षेत्रलाई राहत हुने गरी बजेट ल्याउन माग गरेका छन् । कोरोना भाइरसको महामारीका कारण उद्योग, व्यापार र पर्यटन क्षेत्र संकटमा परेको भन्दै उनीहरुले बजेटमा राहत प्याकेज ल्याउनुपर्ने माग गरेका हुन् । वीरगञ्ज उद्योग वाणिज्य संघ, बारा उद्योग वाणिज्य संघ र जितपुर सिमरा उद्योग वाणिज्य संघले […]

स्वास्थ्य–सुरक्षा अवलम्बन नगरे उद्योग सञ्चालन अनुमति रद्द

२९ वैशाख, काभ्रे । न्यूनतम स्वास्थ्य–सुरक्षा मापदण्ड नअपनाइए त्यस्ता उद्योगको सञ्चालन अनुमति तत्काल रद्द गरिने भएको छ । जिल्लास्तरीय संकट व्यवस्थापन केन्द्रले कोरोना भाइरस संक्रमणको उच्च जोखिम बढ्दै गएको भन्दै न्यूनतम स्वास्थ्य–सुरक्षा मापदण्ड नअपनाइएका उद्योगको सञ्चालन अनुमति तत्काल रद्द गरिने भएको हो । यसका लागि केन्द्रले उद्योगहरुमा स्वास्थ्य–सुरक्षा मापदण्ड लागू भए नभएको त्यसको अनुगमन गर्ने […]

कोरोना प्रभावित उद्योगलाई कर, विद्युत र ब्याजदरमा छुटको प्रस्ताव

१८ वैशाख, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा कोरोना प्रभावित उद्योगलाई राहत दिने विषय समेटिने बताएको छ । बैङ्क ब्याजदर र विद्युत महसुलमा सहुलियत र आयकर छुटसम्मको योजना नीति तथा कार्यक्रममा प्रस्ताव गरिएको मन्त्रालयका उपसचिव वीरेन्द्र बस्नेतले जानकारी दिए । अन्तिम छलफल भइरहेको मन्त्रालयको नीति तथा कार्यक्रममा […]

उद्योगका कर्मचारीको चैतकै तलब अन्योलमा, सरकार गुहार्दै उद्योगी

७ वैशाख, काठमाडौं । चैतको दोस्रो सातादेखि जारी लकडाउनका कारण देशका अधिकांश उद्योग–प्रतिष्ठान बन्द छन् । ती उद्योगमा दैनिक ज्यालादारीमा काम गर्नेहरु त बेखर्ची भए नै, नियमित कर्मचारीको पनि मासिक तलब अनिश्चित बनेको छ । उद्योगीहरुले चैत्र महिनाकै तलव दिन आनाकानी गरिरहेका छन् । प्राय: उद्योग–प्रतिष्ठानले महिनाको पहिलो साताभित्र अघिल्लो महिनाको तलब दिने गर्छन् । तर, […]

गाडी एसेम्बल गर्ने उद्योग दर्ताको लहर, एक वर्षमै १२ वटा थपिए

२४ साउन, काठमाडौं । पछिल्लो समय नेपालमा स्वदेशी र विदेशी कम्पनीले गाडी एसेम्बल गर्ने प्लान्ट स्थापना गर्न निकै चासो दिन थालेका छन् । बितेको १ वर्षभित्र मात्रै १२ वटा नयाँ कम्पनी यो क्षेत्रमा थपिएको उद्योग विभाग बताउँछ । यससँगै नेपालमा सवारीको एसेम्बल गर्ने उद्योगको कागजी संख्या २४ पुगेको छ । धेरैले विद्युतीय मोटरसकाइल र स्कुटर […]

दुई खर्ब ८२ अर्बका उद्योग खुल्दै, रोजगारी सिर्जना कति ?

६ साउन, काठमाडौं । आर्थिक वर्ष ०७५/७६ मा ४३६ वटा नयाँ उद्योग दर्ता गरिएका छन् । ती उद्योगमा दुई खर्ब ८२ अर्ब ६७ करोड रुपैयाँभन्दा धेरै लगानीको योजना छ । उद्योग विभागका अनुसार, कृषि तथा वनजन्य, निर्माण, ऊर्जा, सूचना तथा सञ्चार प्रविधि, खनिज, पर्यटनलगायतका क्षेत्रमा नयाँ उद्योग सञ्चालन हुन लागेका छन् । आर्थिक वर्ष ७५/७६ […]

६ महीनामा झण्डै ३ सय उद्योग दर्ता, पर्यटन क्षेत्रका बढी

८ फागुन, काठमाडौं । मुलुकको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको उद्योगको संख्यामा वृद्धि भएको छ । विसं २०७४ मा संघीय तथा प्रदेशसभाको निर्वाचन भएसँगै भएको स्थायी सरकारका कारण पनि गत वर्षको तुलनामा यस वर्ष ठूला, मझौला तथा विदेशी लगानीका साना उद्योगको संख्यामा वृद्धि भएको हो । गत आर्थिक वर्षको ६ महीनामा विदेशी लगानीका २६६ उद्योगले […]

नेपालमा उद्योगको संख्या साढे ३ लाख पुग्यो, २० खर्ब बढी लगानी

९ मंसिर, काठमाडौं । नेपालमा साढे ३ लाख उद्योग दर्ता भएका छन् । उद्योग क्षेत्रमा २० खर्ब ३३ अर्ब लगानी भएको उद्योग विभागले जनाएको छ । विभागका अनुसार कुल तीन लाख ४५ हजार ३९३ उद्योग दर्ता छन् । त्यसमा लगानी भएको २० खर्ब ३३ अर्ब मध्ये ५५ प्रतिशत बढी रकम ऊर्जाजन्य उद्योगमा लगानी रहेको विभागकामहानिर्देशक […]

बन्द भएका सबै उद्योग सञ्चालन हुन्छन्ः प्रचण्ड

२७ विराटनगर,जेठ । पूर्वप्रधानमन्त्री एवंम नेकपाका अध्यक्ष प्रचण्डले बन्द भएका उद्योगहरु सञ्चालन गर्न सरकारले पहल गरिरहेको बताएका छन् । उद्योग संगठन मोरङको स्वर्ण जयन्ती समारोहको इतिहास विमोचन र ४६ औं वाषिर्क साधारणसभालाई आइतबार विराटनगरमा सम्बोधन गर्दै अध्यक्ष पचण्डले विराटनगर जुटमिलसहित बन्दै भएका सबै उद्योगहरु सञ्चालन गर्ने गरी पहल भइरहेको बताएका हुन् । साथै कार्यक्रममा अध्यक्ष […]

७ करोड लगानीमा हेटौंडामा हृयाचरी उद्योग

१० फागुन, हेटौंडा। छिमेकी जिल्लाका युवाहरुको सहकार्यमा मकवानपुरमा ७ करोड रुपैयाँको लगानीमा हृयाचरी उद्योग सञ्चालन भएको छ । मकवानपुरका दुई र छिमेकी बाराका एक युवा व्यवसायीहरुको समूहले हेटौंडा उपमहानगरपालिका १८ हर्नामाडिमा उद्योग सञ्चालन गरेका हुन् । जिल्लामा कुखुरा पालक कृषकको संख्या बढ्दै जाँदा तत्कालै कुखुराको चल्ला सहज रुपमा नपाइने भएकाले उनीहरुले आफ्नै लगानिमा हृयाचरीसहितको पोल्ट्री […]

बिशाल र गोल्छा समूहले साझेदारीमा श्रीराम सुगर मिल्स चलाउने

३० भदौ, काठमाडौं । श्रीराम सुगर मिल्स चलाउन बिशाल समूह र गोल्छा समूहले साझेदारी गरेका छन् ।  कम्पनीमा ५३ प्रतिशत सेयर स्वामित्व रहेको गोल्छाले २३ प्रतिशत सेयर बिशाल समूहलाई बिक्री गरेको छ । नेपालमा बिशाल समूहलाई अग्रवाल समूह भनेर समेत चिनिन्छ । बिशाल समूहका जगदिश प्रसाद अग्रवाल, त्रिलोक चन्द अग्रवाल, तुल्सीराम अग्रवाल र अशोक कुमार […]

अब सरकारको निगरानीमा उद्योग, अवस्था थाहा पाउन ग्रेडिङ गरिने

२९ जेठ, काठमाडौं । सरकारले देशभर दर्ता भई सञ्चालन इजाजत लिएका उद्योगको ‘ग्रेडिङ’ गर्ने भएको छ । उद्योग विभागमा उद्योगहरु दर्ता भए तिनको अवस्था कस्तो छ भन्ने विवरण नभएकाले ग्रेडिङ गर्न लागिएको हो । कुन उद्योग कस्तो अवस्थामा छ, कति बन्द भए, कुन उद्योग नाफामा छ, कुन रुग्ण अवस्थामा पुग्न लागेको छ भन्ने विवरण सरकारी […]

उद्योग चलाउने हो ? त्यसोभए सरकारलाई प्रस्ताव बुझाउनुस्

६ असोज, काठमाडौं । तपाईं कुनै उद्योग धन्दा चलाउने सोचमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने प्रस्ताव तयार पारिहाल्नुहोस् । उद्योग मन्त्रालयले आफ्नो गाउँ, जिल्ला र राष्ट्रिय रुपमा गर्न सकिने सम्भाव्य उद्योगहरु, परम्परागत रुपमा सञ्चालन हुँदै आएका विविध जातजातिका विविध व्यावसायहरुको आधुनिकीकरण सम्वन्धमा सार्वजनिक प्रस्ताव आहृवान गरेको छ । घरेलु तथा साना उद्योग कार्यालय/विकास समितिमा आफूले […]

उद्योग स्थापना गर्न सरकारले अनुदान दिने

२५ साउन, काठमाडौं । सरकारले स्थानीय कच्चा पदार्थ र सीपमा आधारित १५ स्थानमा उद्योग स्थापनाका लागि अनुदान दिने भएको छ । सरकारको ५० प्रतिशत लागत सहभागिता रहने गरी निजी क्षेत्रसँगको सहकार्यमा यस्ता उद्योग स्थापना गर्न लागिएको हो । सरकारको लागत सहभागिता रहने यस्ता उद्योग प्राकृतिक रेशाजन्य, कागज, जडीबुटी तथा मसला, खाद्य तथा पेय पदार्थ, सेरामिक […]

सार्क चेम्बरमा सुरज वैद्यको सय दिन पुरा, के–के भयो उपलब्धी ?

६ साउन, काठमाडौं । नेपालको औद्योगिक घराना वैद्यज अर्गनाइजेसनका अध्यक्ष सुरज वैद्यले सार्क उद्योग वाणिज्य संघको नेतृत्व सम्हालेको सय दिन पुरा भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी वैद्यले सय दिनमा भएका कामहरुको बारेमा जानकारी गराए । सार्क चेम्बरको अध्यक्षको पदभार ग्रहण समारोहमा वैद्यले यस क्षेत्रको आर्थिक विकासका लागि अन्तर क्षेत्रीय लगानी अभिवृद्धि, […]

एफएनसीसीआईले भन्यो– विद्युत महशुल वृद्धिको निर्णय तत्काल फिर्ता लेउ

२ साउन, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआईले विद्युत महशुलमा गरेको वृद्धिको निर्णय तत्काल फिर्ता लिन सरकारलाई गम्भिर आग्रह गरेको छ । विद्युत महशुल निर्धारण आयोजले साउन १ गतेदेखि लागू हुने गरी विद्युत महशुल दरमा वृद्धि गरेको छ । विद्युत महशुलमा गरिएको वृद्धिले उद्योग व्यवसाय थप मारमा पर्ने महासंघको ठहर छ । ‘एकातिर पर्याप्त […]