1. ताजा अपडेट
Comments Add Comment
RAZ
२०७५ भदौ ३१ गते ८:३७
KTM xa mero ghar malai ke ko DAR vanera furti lagaune haru lai thikai ho...

उपभोक्ता

List Grid
ट्यांकरको पानी पिउनुहुन्छ ? जान्नुस् अनुगमनमा देखिएका ५ तथ्य

३० भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा खानेपानीको आपूर्ति पर्याप्त छैन । मेलम्चीको पानी आउछ, पानीको दुःख हट्छ भनेको पनि वर्षौ भइसक्यो । अब त यो आयोजना बन्दा पनि माग धान्न नसक्ने सरकारी अधिकारीहरु नै बताउँछन् । मेलम्ची पर्खिरहेका उपत्यकाबासी मध्ये धेरैका घरमा धारको पानी आउँदैन । त्यसैले जार वा ट्यांकरको पानी किनेर खानुको विकल्प छैन […]

साझाको ‘लो फ्लोर बस’ भोलिबाट पाटन अस्पतालदेखि न्युरोसम्म चल्ने

२२ फागुन, काठमाडौं । साझा यातायातले ल्याएको ‘सेमी लो फ्लोर’ बस भोलि बुधबारदेखि लगनखेलस्थित पाटन अस्पतालबाट बाँसबारीको न्युरो अस्पतालसम्म गुड्ने भएको छ । यो बस सेवfको उद्घाटन  काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले गर्ने तय भएको छ । बिरामीहरुलाई लक्षित गरेर यो विशेष बस सेवा सञ्चालन गर्न लागिएको हो । तर,  सर्वसाधाराणले  पनि यसमा सेवा लिन […]

नेशनल ट्रेडिङको खारेजीः भारत रिझाउँदै चीनलाई चक्मा !

१६ माघ, काठमाडौं । सोमबार एक्कासी सरकारी स्वामित्वको नेशनल ट्रेडिङ लिमिटेड खारेजीको निर्णय भयो । यो निर्णय आपूर्ति मन्त्रालय उच्च अधिकारीहरुकै लागिसमेत अप्रत्यासित थियो । किनभने, पब्लिक कम्पनीको खारेजी, त्यो पनि अर्थमन्त्रालयको ठाडो प्रस्तावमा मन्त्रिपरिषद्बाट । तालूक  मन्त्रालय आपूर्तिलाई यसबारे अत्तोपत्तो थिएन । नेशनल ट्रेडिङ पछिल्लो समयमा ‘चीनबाट तेल र ग्यास ल्याउने सरकारी कम्पनी’का रुपमा […]

आयल निगमले सिकेन नाकाबन्दीको पाठ

१६ माघ, काठमाडौं । आर्थिक वर्ष ०६२/६३ मा पेट्रोलको माग ९० हजार किलोलिटर थियो । आव ०७३/७४ मा माग बढेर चार लाख दुई हजार किलोलिटरभन्दा माथि पुगेको छ । पेट्रोलको माग करिब पाँच गुणाले वृद्धि हुँदा भण्डारण क्षमता भने जहाँको त्यहीं छ । अर्थात्, १२ वर्षमा भण्डारण क्षमता एक लिटर पनि बढेन । र, तत्काल […]

बिचौलियाले फेरि बढाए तरकारीको भाउ

३० पुस, काठमाडौं । गत शुक्रवार प्रतिकिलो ८५ रुपैयाँमा पाइएको घिउसिमीलाई शनिबार १०५ रुपैयाँ पर्‍यो । आइतबार त किलोको खुद्रा मूल्य ११५ रुपैयाँ पुगेको छ । जबकि अघिल्लो आइतबारसम्म प्रतिकिलो घिउसिमीको मूल्य ६५ रुपैयाँ मात्र थियो । अर्थात करीव एक साताको अवधिमा घिउसिमीको मूल्य झण्डै ७७ प्रतिशतले बढेको छ । कालिमाटी तरकारी तथा फलफूल विकास […]

खाना पकाउने ग्यासको पाइप र कपडामा पनि गुणस्तर निर्धारण

२८ पुस, काठमाडौं । सरकारले खाना पकाउने एलपी ग्यास सिलिण्डरमा जडान गरिने पाइप र कपडामा गुणस्तर निर्धारण गरेको छ । शुक्रवार बसेको गुणस्तर परिषद्को बैठकले यी दुई वस्तुको गुणस्तर स्वीकृत गरेको गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्ववावु पुडासैनीले जानकारी दिए । उक्त बैठकले टेक्स्टाइलको परिक्षण विधि एनएस/आइएसओ १८३३/२००६ टेक्स्टाइल परिमाणात्मक रसायन विश्लेषण भाग १, २, […]

निर्माणको मुख्य सिजनमै बढाइयो डन्डी र सिमेन्टको मूल्य

२२ पुस, काठमाडौं । भारत र चीन लगायतका मुलुकबाट आउने कच्चा पदार्थ महंगिएको कारण देखाउँदै सिमेन्ट र छडको मूल्यमा भारी वृद्धि गरिएको छ । वीरगञ्ज नाकाबाट क्लिंकर आयात गर्न समस्या भएपछि सिमेन्टमा बोरा ३० देखि सय रुपैयाँभन्दा बढी मूल्य बढाइएको छ भने छड पनि किलोकै ८ देखि १० रुपैयाँ महंगो भएको छ । प्रायः सबै […]

वर्षमा बीस अर्बको फलफूल आयात

  २२ पुस, काठमाडौं । मुलुकमा वार्षिक करिब २० अर्बको फलफूल आयात हुने गरेको छ । नेपाल फलफूल थोक व्यवसायी संघले २६ औँ वार्षिक साधारणसभाको अवसरमा  आयोजित कार्यक्रममा सो जानकारी गराइएको हो । सो अवसरमा नेकपा (एमाले)का नेता राजेन्द्र पाण्डेले नेपाल कृषि प्रधान देश भनिए पनि उत्पादनको उपयुक्त वातावरण नहुँदा मुलुकको अर्थतन्त्र आयातमुखी हुँदै गएकोमा चिन्ता व्यक्त […]

बढाइयो सिमेन्टको मूल्य, कालोबजारीको आशंका

२२ पुस, वीरगञ्ज। सिमेन्टको कच्चा पदार्थका रुपमा रहेको क्लिङकरको आयात प्रभावित भएपछि कालोबजारी गरेर बढी मूल्यमा सिमेन्ट बेच्न थालिएको छ । नेपाल आउने सिमेन्टको कच्चा पदार्थ क्लिङकर भारतको रक्सौलस्थित रेल्वेमाल गोदाममा अनलोड गर्दा त्यस्को धुलोले प्रदूषण भई मानव स्वास्थमा प्रतिकूल असर पर्ने भनी केही दिनदेखि रक्सौलवासीले अवरोध गर्दा क्लिङकर नेपालतर्फ आयात नभएको मौका छोपी यहाँका […]

काठमाडौंः सुखको राजधानी हो कि दुःखको ?

  काठमाडौं । रंगीन राजधानी शहरभित्र असंख्य बासिन्दा छन्, जो श्यामश्वेत जीवन गुजारिरहेका छन् । ‘लुट’ चलचित्रका पात्र ‘हाकु काले’ ले बोल्ने यो डायलग काठमाडौंका निम्न मध्यमवर्गीयको दैनिकीसँग नियमितजसो ठोकिन पुग्छ- ‘काठमाडौं शहर, हेर्दा लाग्छ रहर । गिद्दै-गिद्दको शहर !’ सीमित आयका भरमा सागसब्जी किन्ने, रासनपानी जुटाउने, कोठाभाडा तिर्ने, छोराछोरीको स्कुलको महंगो शुल्क तिर्ने, गाडीभाडा […]

पाँचौं राष्ट्रिय पोल्ट्री दिवसः फस्टाउँदो कुखुराजन्य उत्पादन

१७ पुस, चितवन । केही वर्ष अघिसम्म हप्तामा २ लाख चल्ला विक्री गर्ने व्यवसायीहरुले अहिले २५ लाख चल्ला बिक्री गर्दै आएका छन् । यो तथ्यांकबाट नै थाहा हुन्छ कि नेपालमा पोल्ट्री व्यवसाय पछिल्लो दिनमा फस्टाउँदै गएको छ । पोल्ट्री व्यवसायमा भित्रिएको लगानी र प्रविधिले यसको दायरालाई बढाउँदै लगेको हृयाचरी उद्योग संघ चितवनका अध्यक्ष ज्ञानबहादुर विसुराल […]

दलाल अर्थतन्त्रको सामाजिक आयाम

तरकारी खेतीका लागि ख्याती कमाएको धादिङ जीवनपुरको छत्रेदेउराली क्षेत्रमा तरकारी खेतीले ल्याएको परिवर्तनका सम्बन्धमा मैले केही वर्षअघि अध्ययन गरेको थिएँ । त्यहाँ २०/२५ वर्षदेखि तरकारी खेती गर्ने क्रममा हरेक वर्ष ५ करोड रुपैयाँको हाराहारीमा रकम भित्रिएको देखियो । त्यो ठूलो आम्दानी थियो । तर, तरकारीखेतीबाटै त्यति आम्दानी गर्ने गाउँ कत्तिको समृद्ध छ त ! अहिले […]

भारतले निर्यातमा अंकुश लगाएपछि प्याजको मूल्य छोइनसक्नु

१४ मंसिर, काठमाडौं । गत शुक्रवार कालिमाटी तरकारी तथा फलफूल बजारमा प्रतिकिलो ८५ रुपैयाँमा प्याज खरिद गरेका उपभोक्ताले त्यसको भोलिपल्टै ११५ रुपैयाँ तिरे । त्यसयता मंगलबार फेरि प्याजको भाउ बढेर प्रतिकिलो १२५ रुपैयाँ पुगेको छ । यो कालिमाटी तरकारी बजारभित्रको भाउ हो । बजारमा त अहिले प्याजको भाउ प्रतिकिलो १५० रुपैयाँसम्म पुगेको छ । एक […]

कालीमाटीको प्याज गोदाममा अनुगमन, व्यापारीलाई दुई दिनभित्र बिल पेश गर्न निर्देशन

१४ मंसिर, काठमाडौं । बजारमा प्याजको मूल्य आकाशिएपछि सरकारले बजार अनुगमन सुरु गरेको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले बिहीवार कालीमाटीका प्याज गोदाममा अनुगमन गरेको छ । विभागका महानिर्देशक कुमार दाहालले कालीमाटी र त्यस आसपासका थोक तथा खुद्रा गोदामहहरूमा अनुगमन गरिएको जानकारी दिए । ‘व्यवसायीहरूलाई दुई दिनभित्र आयात र विक्रीको बिजबिजक पेश […]

चुनावका कारण रोकियो नयाँ लाइसेन्सको वितरण

६ मंसिर, काठमाडौं । सरकारले नयाँ सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण र वर्ग थपको प्रक्रिया अनिश्चितकालका लागि स्थगित गरेको छ । यातायात व्यवस्था विभागले नजिकिएको प्रतिनिधि तथा प्रदेशसभाको चुनावका कारण ट्रायल लिएर वितरण गर्नुपर्ने लाइसेन्स रोकेको हो । ट्राफिक प्रहरी र कर्मचारीहरु चुनावका लागि जिल्ला-जिल्लामा खटिएपछि लाइसेन्सको वितरण रोकिएको एकान्तकुनास्थित लाइसेन्स कार्यालयका प्रमुख तेजनारायण यादवले […]

तरकारी बजार बिचौलियाको कब्जामाः ४० पर्ने बन्दामा ६० रुपैयाँ नाफा

५ मंसिर, काठमाडौं । बिचौलियाकै कारण तरकारीको मूल्य अत्यधिक बढेको निश्कर्ष सरकारी अध्ययनले निकालेको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले तयार गरेको तरकारी मूल्य विश्लेषण अनुगमन प्रतिवेदनले किसानले उत्पादन गरेको तरकारी बिचौलियाले एक सय २२ प्रतिशतसम्म नाफा खाएर उपभोक्तालाई बेच्ने गरेको देखाएको हो । तरकारीको मूल्य ह्वात्तै बढेपछि विभागले गत २८ कात्तिकदेखि […]

बजेट नपाएपछि ‘यूएचटी मिल्क’ उत्पादन गर्ने योजना अलपत्र

२ मंसिर, काठमाडौं । युरोपेली स्टान्डर्डको यूएचटी दूध उत्पादन गर्ने दुग्ध विकास संस्थान (डीडीसी) को योजना अलपत्र परेको छ । तीनवर्ष अघिदेखि डीडीसीले यूएचटी उत्पादन गर्ने योजना बनाएपनि बजेट अभावमा प्रक्रिया समेत थाल्न नसकिएको प्रवक्ता इश्वरीप्रसाद अधिकारीले बताए । नेपालमा अझै सहजै स्टेरलाइज्ड दूध उत्पादन हुन सकेको छैन । अल्ट्रा हिट टि्रटेड -युएचटी) अर्थात उच्च […]

तरकारीको मूल्य नियन्त्रणबाहिरः स्याउभन्दा गोलभेंडा महंगो !

२२ कात्तिक, काठमाडौं । काठमाडौंमा तरकारीको मूल्यले नयाँ रेकर्ड राखेको छ । आपूर्ति व्यवस्था सामान्य रहेकै अवस्थामा तरकारीको मूल्य आकासिएको हो । सामान्य अवस्थामा यसरी अधिकाशं तरकारी एकैपटक तरकारी महंगो विन्दुमा पुगेको थिएन । कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिका उपनिर्देशक विनय श्रेष्ठका अनुसार तरकारीको मूल्य उच्च विन्दुमा पुगेर लगातार बढ्दो क्रममा देखिएको पहिलोपटक […]

मुस्ताङमा ४२ करोडको स्याउ बिक्री

१५ कात्तिक, पोखरा । मुस्ताङका कृषकले यस वर्ष ४२ करोडको स्याउ बिक्री गरेका छन् । काठमाडौँं, पोखरा, नारायणघाट, कुस्मा, बागलुङ र म्याग्दीका स्याउ व्यापारीले कृषकको बगैँचामै पुगेर रुखै ठेक्कामा लिई स्याउ खरिद गरेका थिए । थोक व्यापारीले बोटै ठेक्का लिएपछि बजारको मागअनुसार पाकेका दाना टिपी प्याकिङ गरेर बजारमा पठाएर बिक्री गरेका थिए । मुस्ताङमै स्याउको खुद्रा […]

खाना खान होटल रेष्टुराँ जाँदै हुनुहुन्छ ? अब लोगो हेरेर मात्र छिर्नुस्

९ कात्तिक, काठमाडौं । सरकारले होटल तथा रेष्टुराँ क्षेत्रलाई स्वच्छ र गुणस्तर हेरेर बर्गीकरण गर्ने लागेको छ । सर्वसाधारण छिर्ने यस्ता होटल, रेष्टुराँले गुणस्तर र स्वच्छतामा हेलचेक्रयाइँ गर्न थालेपछि त्यसलाई नियमन गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बर्गीकरणको गर्न लागेको हो । विभागले लोगो प्रमाणपत्रका आधारमा यस्ता खाद्य व्यवसायलाई नियमन गर्न लागेको हो । […]

उपभोक्तामाथि खेलवाडः हजारौं फर्ममा अनुगमन, कारवाहीमा आलटाल

३१ असोज, काठमाडौं । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले आर्थिक वर्ष ०७३/७४ मा करीव पाँच हजार व्यापारिक फर्ममा अनुगमन गर्‍याे । सोही वर्ष खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागबाट अनुगमन भएका फर्मको संख्या झण्डै तीन हजार छ । आपूर्ति व्यवस्थापन विभाग अत्यावश्यकीय उपभोग्य वस्तुको अनुगमन गर्ने निकाय हो । खाद्य प्रविधिले खाद्य वस्तु […]