Comments Add Comment

प्युठान

List Grid
खलातीले धानेको दिलबहादुरको जीवन

१५ असार, प्युठान । प्युठानको नौबहिनी गाउँपालिका ५ डाम्रीका दिलबहादुर सुनार आरनमा हसिया तताउँदै छन् । खलाती चलाएर उनलाई सघाइरहेकी छन् श्रीमती सौरी सुनारले । खलाती चलाएर आरनमा घरेलु औजार बनाउने दिलबहादुरको पुर्ख्यौली पेशा हो । केटाकेटी उमेरदेखि बाउबाजेलाई सघाउँदै आएको यो पेशा अहिले पेट पाल्ने र परिवारको खर्च धान्ने आधार बनेको छ । श्रीमतीले […]

स्वर्गद्वारी नगरपालिकामा अनिश्चितकालीन विद्यालय बन्द

९ वैशाख, प्युठान । प्युठानको स्वर्गद्वारी नगरपालिकाले कोभिड संक्रमणको दोश्रो लहर बढिरहेको भन्दै विद्यालयहरु अनिश्चितकालका लागि बन्द गरेको छ । व्यापारिक क्षेत्र र वित्तीय संस्थाहरु एक साता तथा स्वास्थ्य संस्थामा अत्यावश्यक बाहेकका सेवा विहीबार र शुक्रबार (वैशाख ९ र १० गते) दुई दिन बन्द गरिएको छ । बुधवार बसेको स्थानीय कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले […]

प्यूठानमा भएको जिप दुर्घटनामा मृतक संख्या ५ पुग्यो

१ वैशाख, गुल्मी । प्युठानको स्वर्गद्वारी नजिकै भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ५ पुगेको छ । नयाँ वर्ष मनाउनका लागि जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत कर्मचारीलाई लिएर स्वर्गद्वारी जाँदै गरेको लु १ ज १६५५ नम्बरको जीप प्युठानको स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा दुर्घटना भएको हो । दुर्घटनामा परी मृत्यु हुनेहरुमा जीप चालक गुल्मीको मुसिकोट नगरपालिका–३ […]

प्युठानमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

१ वैशाख, प्युठान । गुल्मीबाट प्युठानको स्वर्गद्वारी दर्शनका लागि जाँदै गरेकाहरु सवार जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । लु१ज १६५५ नं.को जिप बुधबार बिहान प्युठानको रुमाले भन्ने स्थान नजिकै दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी इन्सपेक्टर देवीप्रसाद गैरेले जानकारी दिए । मृतकको सनाखत भइसकेको छैन […]

आगलागीमा परी प्युठानमा दुई बालबालिकाको मृत्यु

२५ चैत, काठमाडौं । प्युठानको गौमुखी गाउँपालिका–३ रजवारामा एक गोठमा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको छ । बुधबार बिहान ९ बजेतिर स्थानीय रमेश रानाको गोठमा आगलागी हुँदा उनका सात वर्षीय छोरा हिमाल राना र तीन वर्षीय छोरी चन्द्रकला रानाको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरीले जानकारी दिए । घरमा अभिभावक नभएको बेला आगलागी भएको […]

प्रधानमन्त्रीविरुद्ध अश्लील नारा लगाएको आरोपमा कांग्रेस कार्यकर्ता पक्राउ

४ फागुन, काठमाडौं । प्युठानमा सरकारविरुद्ध भएको प्रदर्शनमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अश्लील गालीगलौज गरेको भन्दै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका नेता पुनराम खत्री र कार्यकर्ता सागर जिएम छन् । जिल्ला प्रहरी कार्यालय, प्युठानका प्रमुख डीएसपी सुनिल मल्लका अनुसार दुई जनाले अश्लील नारा लगाएको […]

नेकपा एकताका लागि दबाव दिन प्युठानमा १०१ सदस्यीय कमिटी गठन

१२ माघ, प्युठान । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई पुनः एकता गराउने भन्दै उपाध्यक्ष वामदेव गौतमले पार्टी एकता राष्ट्रिय अभियान सञ्चालन गर्ने चर्चा चलिरहेका बेला प्युठानमा कमिटी नै गठन भएको छ । पार्टी एकताका लागि दबाव सिर्जना गर्न भन्दै १०१ सदस्यीय कमिटी गठन गरिएको हो । एकता पक्षधरका अगुवा कार्यकर्ताको भेलाले टिकाबहादुर गुरुङको संयोजकत्वमा कमिटी गठन […]

बाँदरलाई हानेको गोली काकालाई लागेपछि…

११ कात्तिक, प्युठान । प्युठानमा बाँदर धपाउन खोज्दा हानेको बन्दुकको गोली लाग्दा एक वृद्धको मृत्यु भएको छ । घटनामा नौवहिनी गाउँपालिका ५, डामकोट बस्ने ७१ वर्षीय वृद्ध दलबहादुर सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ । सोही ठाउँका ३४ वर्षीय हेमलाल सुनारले सोमबार बिहान बारीमा बाँदर भगाउने क्रममा चलाएको बन्दुकले नातामा काका पर्ने दलबहादुरलाई लागेको थियो […]

प्युठानमा बस दुर्घटना हुँदा चालकको मृत्यु, ३ जना घाइते

४ कात्तिक, दाङ । प्युठानको माण्डवी गाउँपालिका–२ गोलबाङमा यात्रु बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । तीन जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार ना ४ ख ५५६१ नम्बरको बस सडकबाट करिब एक सय मिटर तल खस्दा दाङ घर भएका बस चालक ४० वर्षीय तारा रानाको मृत्यु भएको छ । यसैगरी प्युठानको माण्डवी […]

अत्याधिक रक्तस्रावका कारण सुत्केरीको मृत्यु   

५ असोज, झिमरुक । अत्याधिक रक्तस्रावका कारण प्युठान अस्पताल बिजुवारमा एक सुत्केरीको मृत्यु भएको छ । सुनिलस्मृति गाउँपालिका– २ रोल्पा निवासी २५ वर्षीया नेत्री सिंहको सुत्केरी भएपछि मृत्यु भएको प्युठान अस्पतालले जनाएको छ । सोमबार बिहान २ बजे छोरा जन्माएपछि रक्तस्रावका कारण बिहान ७ बजे सिंहको मृत्यु भएको अस्पतालका नर्सिङ इञ्चार्ज नेहा थापाले जानकारी दिइन् […]

प्युठानका संक्रमितको बुटवलमा मृत्यु

१८ भदौ, बुटवल । प्युठानका कोरोना संक्रमित एक पुरुषको बुटवलमा मृत्यु भएको छ । प्युठानको स्वर्गद्वारी नगरपालिका वडा नं. ७ का ५८ वर्षीय पुरुषको बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा गएराति मृत्यु भएको हो । कलेजो र फोक्सोमा निमोनियाको समस्या रहेका ती पुरुष उपचारका लागि भदौ १० गते मुटु अस्पतालमा भर्ना भएका थिए । उनको भदौ […]

दाङमा मृत्यु भएका प्युठानका पुरुषको रिपोर्ट नेगेटिभ

७ भदौ, काठमाडौं । दाङमा मृत्यु भएका प्युठानका एक पुरुषको कोरोना संक्रमण परीक्षण रिपोर्ट नेगेटिभ देखिएको छ । रिपोर्ट नेगेटिभ आएसँगै उनको आइतबार नै  प्यूठानमा अन्त्येष्टि गरिएको छ । दाङ सदरमुकाम घोराहीस्थित एक होटल (चिया–नास्ता पसल)मा काम गर्ने प्यूठानको ऐरावती गाउँपालिका–५ गोटिवाङ निवासी ४० वर्षीय विनोद भण्डारीको शनिबार अपराह्न राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको […]

बँदेल मार्न थापेको विद्युतीय धरापमा परेर एक महिलाको मृत्यु

२ भदौ, बुटवल । प्युठानमा बँदेल मार्न थापेको विधुतीय धरापमा परेर एक महिलाको मृत्यु भएको छ । ऐरावती गाउँपालिका–२ उखारीमा बंदेल मार्ने उद्देश्यले थापेको विद्युतीय धरापमा पर्न जाँदा ६० वर्षीया पीमा थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । घर नजिकै रहेको आफ्नै बारीमा थापेको विद्युतीय धरापमा पर्न जाँदा करेन्ट लागेर उनको मृत्यु भएको प्रदेश प्रदेश […]

प्युठानमा १४ सैनिकसहित २३ जनामा कोरोना संक्रमण

२६ साउन, काठमाडौं । प्युठानमा नेपाली सेनामा कार्यरत १४ जनासहित थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीका अनुसार सोमबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा प्युठानमा थप २३ जनामा संक्रमण पुष्टि भएको हो । उनका अनुसार ईन्द्रध्वज गण प्युठानमा कार्यरत १४ जना, स्वर्गद्वारी नगरपालिकाका ६ जना, […]

प्युठानमा ६ दिनमा गाउँलेले टिपे ३६ क्वीन्टल सलह

८ साउन, काठमाडौं । प्युठानको नौबहिनी गाउँपालिकाको स्याउलीवाङका वासिन्दाले ६ दिनमा ३६ क्वीन्टल सलह टिपेर वडा कार्यालयमा बुझाएका छन् । असार १५ गतेदेखि गाउँको कोठीभीरमा आएर बसेको सलहको ठूलो झुण्डबाट सुलह संकलन गरेर गाउँलेले वडा कार्यालयमा बुझाएका हुन् । साउन २ गते गाउँपालिकाले सलह टिपेर ल्याएमा प्रतिकिलो ५० रुपैयाँ दिने निर्णय गरेपछि गाउँले सलह जम्मा […]

प्युठानमा ट्याक्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु

४ साउन, दाङ । प्युठानमा ट्याक्टर दुर्घटना हुँदा सात जनाको मुत्यु भएको छ । स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा गएराति लु २ च ४२३४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा रोल्पा रुन्टीगढी गाउँपालिका ५ का २१ वर्षीय सागर बस्नेत, २४ वर्षीय रिमबहादुर बस्नेत, २५ वर्षीय कबिराम बस्नेत, १९ वर्षीय विरेन्द्र बाठामगर, […]

प्युठानमा सलह, टिन र थाल ठटाएर भगाइँदै

३० असार, प्युठान । यहाँका गाउँगाउँमा फेरि सलह भित्रिएको छ । सोमबार बिहानदेखि जिल्लाका प्रायः सबैजसो क्षेत्रमा फैलिएको सलह मकैबालीमा छिरेपछि किसानले टिन र थाल ठटाउँदै सलह भगाउन थालेका छन् । किसानले धुवाँ बाल्ने, टिन, थाल, जर्किनलगायतका स्थानीय सामग्री ठटाउँदै सलह भगाउन खोज्दा पनि नभागेपछि किसान थप चिन्तित बनेका छन् । लाखौँको सङ्ख्यामा भएकाले भगाउन […]

प्युठानमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु

२० असार, प्युठान । प्युठानमा टिपर दुर्घटना हुँदा आज दुई जनाको मृत्यु भएको छ । सरुमारानी गाउँपालिका वडा नं ६ मोतीपुरमा नौबहिनी गाउँपालिका वडा नं. ८ लुफ्लुङबाट दाङको कालाकाटेतर्फ चुनढुङ्गा लिएर जाँदै गरेको ना ७ ख ८९३८ नं. को टिपर दुर्घटना हुँदा वडा नं. ६ का टिपर चालक ३० वर्षीय रोशन थापा र सहचालक ३५ […]

प्युठानमा थपिए १० जना कोरोना संक्रमित

१० असार, काठमाडौं । प्युठानमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पछिल्लो परीक्षणमा प्युठानमा बुधबार १० जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा माण्डवी गाउँपालिकाका ६ जना, मल्लरानी गाउँपालिकाका ३ जना र झिम्रुक गाउँपालिकाका एक जना छन् । प्युठानको माण्डवी गाउँपालिकाबाट संकलन गरिएको १३ जनाको […]

प्युठानमा क्वारेन्टिनबाट घर गएका तीन जनामा कोरोना

९ असार, काठमाडौं । प्युठानमा थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ अनुसार मंगलबार प्युठानमा ५० जनामा संक्रमण पुष्टि भएको हो । जिल्ला जनस्वास्थ्य कार्यालय प्युठानका सूचना अधिकारी पुष्कल श्रेष्ठका अनुसार मन्त्रालयले सार्वजनिक गरेको ५० जनाको तथ्यांक मध्ये ४५ जनाको सूचि सोमबारकै हो । उनले भने, […]

प्युठानमा थपिए १८ जना कोरोना संक्रमित

३ असार, बुटवल । प्युठानमा थप १८ जनामा कोराना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोशाला काठमाडौंमा गरिएको परीक्षणमा २२ देखि ४४ वर्षका १८ जना पुरुषमा कोरोना संक्रमण देखिएको हो । यससँगै प्युठानमा कोरोना संक्रमितको संख्या ७३ पुगेको छ । संक्रमितमध्ये नौबहिनी गाउँपालिकाका ३ जना, प्युठान नगरपालिकाका ४ जना, माण्डवी गाउँपालिका ९ जना र […]