Comments Add Comment

प्रकाशमान सिंह

List Grid
प्रकाशमान भन्छन्- जामसमेत खुलाउन नसक्ने सरकारबाट के आशा गर्नु ?

११ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नौबिसे-नागढुंगाको सवारी जाम पनि खुलाउन नसकेको भनेर सरकारको आलोचना गरेका छन् । जाममा परेर विरामीको मृत्यु हुँदासम्म पनि दुई तिहाइ बहुमतको सरकारले सहजरुपमा यात्रा गर्ने वातावरण बनाउन नसकेको भन्दै नेता सिंहले आलोचना गरे । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर १ ले शनिबार बिहान आयोजना गरेको चियापान […]

सरकारकै कारण भ्रष्टाचार बढ्यो : प्रकाशमान सिंह

१० भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारकै कारण देशमा भ्रष्टाचार बढेको आरोप लगाएका छन् । सरकारको अलोकप्रिय कदमकै कारण यसले नागरिकको भरोसा गुमाउँदै गएको दाबी पनि उनले गरे । ‘भ्रष्टाचार नियन्त्रण हुन दिन्नौं भनेर सरकारले भने पनि सरकारकै कारण दिनदिनै ठुल्ठूला भ्रष्टाचारका घटना बाहिर आइरहेका छन्’, नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी […]

कांग्रेसको जागरण अभियान प्रभावकारी भएन : प्रकाशमान

२० जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीले सञ्चालन गरेको राष्ट्रिय जागरण अभियान प्रभावकारी हुन नसकेको बताएका छन् । संघीयतासहितको संविधान जारी गरेको कांग्रेसकै संगठनलाई संविधान अनुरुपको संरचनामा लैजान नसक्नुले हाल सञ्चालन गरिएको जागरण अभियान प्रभावकारी हुन नसकेको उनको भनाइ छ । सोमबार बिहान ठमेलस्थित आफ्नै निवासमा कांग्रेसका जिल्ला समन्वय समितिका सभापति तथा […]

प्रधानमन्त्रीले संसदको मर्यादा नराख्नु लज्जास्पद : प्रकाशमान

२८ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको मर्यादासमेत ख्याल गर्न नसक्नु लज्जास्पद भएको बताएका छन् । सांसदहरुसँगको प्रश्नोत्तरका क्रममा व्यक्त भएका अमर्यादित शव्द रेकर्डबाट हटाउन सभामुखले दिएको निर्देशको प्रसंगमा उनले सो धारणा राखेका हुन् । काठमाडौं क्षेत्र नम्बर १ मा आज आयोजित चियापान तथा भेटघाट कार्यक्रममा बोल्दै पूर्वउपप्रधानमन्त्री […]

बालुवाटार जग्गा प्रकरणमा शेरबहादुर देउवा दोषी भए पनि कारबाही हुनुपर्छ : प्रकाशमान

१७ वैशाख, संखुवासभा । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बालुवाटार जग्गा प्रकरणमा कांग्रेसकै नेता दोषि भए पनि कारबाही हुनुपर्ने बताएका छन् । प्रेस युनियन संखुवासभाले मंगलबार आयोजना गरेको पत्रकार भेटघाटमा उनलाई बालुवाटारको सरकारी जग्गा कब्जा र खरिदबिक्री प्रकरणमा कांग्रेस सभापति शेरबहादुर देउवासमेत मुछिएको प्रसंगबारे प्रश्न सोधिएको थियो । त्यसको जवाफमा सिंहले भने, ‘कांग्रेसका नेता होउन् […]

मनमुटाव छाडेर एकढिक्का बनौं : प्रकाशमान

१५ वैशाख, संखुवासभा । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मनमुटाव छाडेर एकढिक्का हुन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । भेदभावपूर्ण व्यवहारले नेता-कार्यकर्तामा ऊर्जा भर्न नसकिएको स्वीकार गर्दै उनले अब पार्टीमा आन्तरिक एकता सुदृढ गरेर अगाडि बढ्नुको विकल्प नभएको बताए । संखुवासभा क्षेत्रनम्बर २ ले आइतबार सदरमुकाम चैनपुरमा आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै नेता सिंहले संगठन […]

बजेट खर्च गर्न नसक्ने सरकारले विदेशी लगानीको कुरा गर्नु हास्यास्पद : प्रकाशमान

१६ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले विकास बजेटसमेत खर्च गर्न नसकेको वर्तमान सरकारले लगानी सम्मेलनमा ठूलठूला कुरा गर्नु हास्यास्पद भएको टिप्पणी गरेका छन् । विदेशी लगानी नेपालमा भित्राउने कुरा सकारात्मक भए पनि त्यसका लागि वातावरण बनाउन सरकारले नसकेको उनले बताए । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता सिंहले भने, […]

सरकारको भ्रष्टाचारका पोल खुल्दैछन् : प्रकाशमान

८ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारबाट भएका भ्रष्टाचारको पोल खुल्दै जाने बताएका छन् । सरकारका कारण जनताको चित्त बुझाउन जनप्रतिनिधिहरुलाई गाह्रो भएको गुनासो पनि उनले गरे । शुक्रबार चाबहिलमा आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य सिंहले भने, ‘केपी ओलीजी के भन्नुहुन्छ भने म पनि भ्रष्टाचार गर्दिनँ, अरुलाई पनि गर्न दिन्नँ । तर, मेलम्चीको […]

अरु दललाई अन्धकारमा राखेर सीके राउतसँग अपारदर्शी सम्झौता : प्रकाशमान

२५ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पृथकतावादी आन्दोलनमा लागेका सिके राउतसँग सरकारले अपारदर्शी रूपमा सम्झौता गरेको आरोप लगाएका छन् । तर, उनले नेपाली कांग्रेसको नेतृत्वमा जारी भएको संविधानलाई राउतले स्वीकार गरेकोमा खुसी व्यक्त गरे । शनिबार काठमाडौं नेशनल स्कुलले आयोजना गरेको एक कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता सिंहले प्रमुख राजनीतिक दल र […]

नेविसंघको अहिलेको नेतृत्वबाट नयाँ आश गर्न सकिँदैन: प्रकाशमान

२७ पुस, धनगढी । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेविसंघको अहिलेको नेतृत्वबाट नयाँ आश गर्न नसकिने बताएका छन् । समय हुँदा काम नगर्नेहरुबाट नयाँ आश गर्न नसकिने बताउँदै उनले फेरि अहिलेको कार्यसमितिको म्याद थप्न नहुने बताए । प्रेस युनियन कैलालीले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका नेता सिंहले अब स्ववियु चुनावसमेत गर्न सक्ने […]

सरकारले कुटनीतिक मर्यादा बिर्सियोः प्रकाशमान सिंह

२५ मंसिर, रामेछाप । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले कुटनीतिक मर्यादा पनि भुलेको आरोप लगाएका छन् । विदादास्पद संस्थाको कार्यक्रममा सरकार नै आयोजकका रुपमा प्रस्तुत हुनु मुलुकका लागि लज्जास्पद भएको भन्दै उनले सुरक्षा र कुटनीतिक मर्यादा भुलेर एनजीओ/आईएनजीओको पछि लाग्नु दुखद भएको बताए । रामेछापको मन्थलीमा प्रेस युनियनले आयोजना गरेका पत्रकार सम्मेलनमा बोल्दै नेता […]

सरकार पूर्णरुपमा असफल भएर आत्तिएको छ: प्रकाशमान सिंह

२१ मंसिर, काठमाडाैं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओली पूर्णरुपमा असफल भइसकेको बताएका छन् । काठमाडौं क्षेत्र नं. ८ का क्षेत्रीय सभापति स्व.जुद्धरत्न बज्राचार्यको समृतिमा आयोजित कार्यक्रममा बोल्दै नेता सिंहले प्रधानमन्त्री ओलीले काम गर्न नसकेर आत्तिएको टिप्पणी समेत गरे । केही दिनअघि मात्रै प्रधानमन्त्रीले बुद्धिजीवीहरुप्रति गरेको टिप्पणीले सरकार असफल भएको प्रमाणित भएको […]

प्रकाशमानको गुनासो : देउवाले कांग्रेसलाई विधान विपरीत चलाए

५ मंसिर, बुटवल । नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाले पार्टीलाई विधान विपरीत चलाएको आरोप लगाएका छन् । विधानमा दुई जना उपसभापति राख्ने ब्यवस्था नै नभएको भन्दै उनले भने, ‘नेतृत्वले विधान विपरीत बहुमतको आडमा मनपरी गरेको छ, यसलाई सच्याएर अगाडि बढ्नुपर्छ ।’ बुधबार रुपन्देहीमा आयोजित पत्रकार भेटघाटमा पूर्वमहामन्त्रीसमेत रहेका नेता सिंहले शेरबहादुर देउवा […]

सरकार संघीयता संस्थागत गर्न चाहँदैनः प्रकाशमान

४ मंसिर, प्यूठान । सरकार संघीयता संस्थागत गर्ने पक्षमा नरहेको कांग्रेस नेता प्रकाशमान सिंहले आरोप लगाएका छन् । सरकारका गतिविधिले दुईतिहाइको सरकार हुँदा पनि संघीयतालई संस्थागत गर्ने पक्ष नदेखिएको उनले बताएका हुन् । मंगलबार प्यूठानको बाग्दुलामा प्रेस युनियनले गरेको पत्रकार भेटघाटमा बोल्दै उनले भने, ‘संविधानको संस्थागत गर्न सरकारको ध्यान पुगेको छैन ।’ संविधानमा उल्लेखित अधिकारहरु […]

विधान संशोधन नेताको व्यवस्थापन गर्न मात्र नहोस्: प्रकाशमान

१० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले कुनै नेतालाई पद दिन र व्यवस्थापन गर्ने गरी पार्टीको विधान संशोधन गर्न नहुने बताएका छन् । पार्टीलाई समयअनुसार चलायमान बनाउन विधान संशोधन हुनुपर्ने उनको जोड छ । काठमाडौंको टोखा नगरपालिकाका पार्टीका विभिन्न वडासमितिले शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सिंहले भने, ‘नेताका आसेपासेलाई कहीँकतै राख्न विधान […]

वर्तमान सरकारबाट जनता छटपटाए : प्रकाशमान

१६ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले स्थीरता र शान्ति सुव्यवस्था दिन नसकेको बताएका छन् । कम्युनिष्टलाई सरकार चलाउने जनमत दिएका जनताले पश्चाताप मानिरहेको दाबी पनि उनले गरे । क्षेत्र नम्बर १ काठमाडौंको १० नम्बर इकाईद्वारा आयोजित चियापान तथा भेटघाट कार्यक्रममा नेता सिंहले भने, ‘जनतालाई स्थीरता दिन्छु भन्ने सरकारको स्थीरता यही […]

वर्तमान सरकारबाट जनता छटपटाएः प्रकाशमान

१६ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले स्थीरता र शान्ति सुव्यवस्था दिन नसकेको बताएका छन् । कम्युनिष्टलाई सरकार चलाउने जनमत दिएका जनताले पश्चाताप मानिरहेको दाबी पनि उनले गरे । क्षेत्र नम्बर १ काठमाडौंको १० नम्बर इकाईद्वारा आयोजित चियापान तथा भेटघाट कार्यक्रममा नेता सिंहले भने, ‘जनतालाई स्थीरता दिन्छु भन्ने सरकारको स्थीरता यही […]

सरकारलाई स्वार्थी समूहले चलाइरहेको छः प्रकाशमान

२ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारलाई गिरोह र स्वार्थी समूहले चलाइरहेको टिप्पणी गरेका छन् । यो सरकारले जनताको पक्षमा एउटा पनि राम्रो काम नगरेको उनले आरोप लगाए । गणेशमान सिंहको २१ औं स्मृति दिवसको अवसरमा मंगलबार शोभागवतीमा आयोजित कार्यक्रममा पत्रकारहरुसँग कुरा गर्दै नेता सिंहले भने, ‘आफ्नो गिरोहभित्रका केही सीमित व्यक्तिहरुको […]

सरकारले यस्तो काम गरोस् कि विरोध गर्नै नपरोस्ः प्रकाशमान

२४ भदौ, जाजरकोट । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाली कांग्रेस पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताएका छन् । नेता सिंहले प्रेसप्रति गरिने विभेद र नियन्त्रणविरुद्ध कांग्रेस कडारुपमा प्रस्तुत हुने चेतावनी दिए । प्रेस युनियन जाजरकोटको पाँचौ जिल्ला अधिवेशन आइतबार उदघाटन गर्दै नेता सिंहले कांग्रेस श्रमजीवी पत्रकारहरुको भावनासँग सहमत रहेको बताए । उनले पत्रकारहरुलाई निडर […]

सरकारले जनतालाई छुने काम गर्न सकेन : कांग्रेस नेता सिंह

१० भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकार पूर्णत असफल भएको दावी गरेका छन् । कांग्रेस नेता सिंहले जनतालाई छुने खालको कुनै पनि उल्लेखनीय कदम चाल्न नसकेको उल्लेख गर्दै वर्तमान सरकार पूर्णत असफल भएको प्रतिक्रिया दिएका हुन् । आइतबार मंगलादेवी सिंहको २२ को स्मृति दिवसको अवसर पारेर काठमाडौंको शोभाभगवतीमा […]

ओलीलाई प्रकाशमानको प्रश्न- पानीजहाजका कुरा गर्ने, सडकका खाल्डा नपुर्ने ?

१० भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकार पूर्णरुपमा असफल भएको दाबी गरेका छन् । पानीजहाज चलाउने सपना देखाउनेले सडकका खाल्डाखुल्डीसमेत पुर्न नसकेको भन्दै उनले सरकारको आलोचना पनि गरे । मंगलादेवी सिंहको २२ औं स्मृति दिवसको अवसरमा आइतबार बिहान काठमाडौंको शोभा भगवतीमा नेपाल महिला संघ काठमाडौं जिल्ला समितिले आयोजना गरेको कार्यक्रममा नेता […]