Comments Add Comment

भिजिट भिसा

List Grid
भिजिट भिसाबारे निर्णय गर्दा मौलिक अधिकार कुण्ठित गरिँदैन : अध्यागमन विभाग

२९ माघ, काठमाडौं । अध्यागमन विभागले महिलाहरु भिजिट भिसामा जाँदा परिवारका सदस्य वा स्थानीय तहको सिफारिस आवश्यक पर्ने गरी निर्णय भइनसकेको बताएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै विभागले आन्तरिक विभिन्न सञ्चार माध्यममा आएका यसबारेका समाचारहरु गम्भिर ध्यानाकर्षण भएको बताएको छ । ‘उक्त विषय समाचारमा आएको जस्तो नभई खाडी र अफिकी मुलुक जस्ता जोखिम […]

महिलालाई भिजिट भिसामा खाडी मुलुक जान वडाको सिफारिस चाहिने !

२८ माघ, काठमाडौं । सरकारले खाडी मुलुकमा पहिलो पटक भिजिट भिसामा जान लागेका ४० वर्षभन्दा कम उमेरका महिलालाई वडा र परिवारको सिफारिस चाहिने व्यवस्था गर्ने तयारी गरेको छ । अध्यागमन विभागले एक पटक पनि विदेश नगएका ४० वर्षभन्दा कम उमेरका युवतीको साथमा परिवारले दिएको अनुमति र आफु बसोबास गरेको स्थानीय वडाको सिफारिस चाहिने व्यवस्थाको प्रस्ताव […]

भिजिट भिसाको सकस : मानव अधिकार हेर्ने कि मानव तस्करी रोक्ने ?

९ माघ, काठमाडौं । भिजिट भिसामा संयुक्त अरब इमिरेट्स (यूएई) लगेर रोजगारी दिलाउने भन्दै सिराहाका ९ युवकलाई अलपत्र पारेपछि गत पुस २० गते वैदेशिक रोजगार विभागले बेबीस्टार इन्टरनेसनल प्रालिमा छापा पार्यो । त्यहाँ कागजात फेला नपरेपछि अनुगमन टोलीले अलपत्र युवालाई राखिएको गौशालाको रोयल सिराहा होटल एण्ड गेष्ट हाउस पुगेर भिजिट भिसा लागेका २ वटा पासपोर्ट […]

भिजिट भिसामा विदेश जान बिमा अनिवार्य गर्ने तयारी

२३ मंसिर, काठमाडौं । सरकारले प्रमुख श्रम गन्तब्य मुलुकमा भिजिट भिसामा जान कडाइ गर्न थालेको छ । अघिल्लो हप्ताबाट विमानस्थलमा भिजिट भिसामा वैदेशिक रोजगरीका लागि हिँडेका शंकास्पद श्रमिकमाथि कडा चेकजाँच सुरु गरिएको अध्यागमन विभागले बताएको छ । भिजिट भिसा लिएर श्रमिकहरु असुरक्षित रुपमा विदेशिन थालेको गुनासो बढेपछि गृह मन्त्रालय र अध्यागमन विभागले भिजिट भिसामा थप […]

रोजगारीका लागि भिजिट भिसाको ‘जुवा’

१२ मंसिर, काठमाडौं । एक वर्षअघि संयुक्त अरब इमिरेट्स (यूएई) गएका ४० युवा अहिले न्याय माग्दै वैदेशिक रोजगार विभाग धाइरहेका छन् । ओशो रिक्रुटमेन्टले ड्राइभिङका लागि भन्दै अढाईदेखि ३ लाख रुपैयाँसम्म असुलेर यूएईमा पुर्‍याएका उनीहरुमध्ये धेरैले कामै पाएनन् । काम पाएकाले पनि भनेअनुसार तलब, कमिसन र वर्किङ आवरसहितका सेवा सुविधा पाएनन् । कोरोना महामारी सुरु […]