Comments Add Comment

सडक

List Grid
त्रुटि सच्याउन विस्तारित चक्रपथको केही भाग भत्काउनुपर्ने

२६ वैशाख, काठमाडौं । कलंकी–सातदोबाटो–कोटेश्वर सडकखण्ड निर्माणका क्रममा सुरक्षाको मामिलामा गम्भीर लापरवाही भएको पुष्टि भएको छ । सडक विभागले बनाएको विज्ञ समूहले यो खण्डलाई सवारी तथा यात्रुको सुरक्षा हुने गरी सुधार गर्नुपर्ने निश्कर्षसहितको रिपोर्ट बुझाएको छ । विज्ञको सुझाव अनुसार सडक विभागले काम थलेमा यो सडकका विभिन्न स्थानमा सुधारका लागि सडकको भागहरु भत्काएरै काम गर्नुपर्ने […]

‘सडकमै विमान ओराल्ने’ कार्यक्रम सुनेर विज्ञ चकित !

२४ वैशाख, काठमाडौं । सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा एउटा रोचक योजना अघि सारेको छ । त्यो योजना हो– राष्ट्रिय राजमार्गका उपयुक्त खण्डहरूलाई आपतकालीन विमान उडान र अवतरण गर्न सक्ने धावनमार्गका रूपमा विस्तार गर्ने । नीति तथा कार्यक्रममा यो विषय आउँदा पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका उच्चअधिकारीहरु नै अचम्ममा परेका छन् । उड्डयन क्षेत्रको […]

गौरीघाट–टुसाल सडक : कालोपत्र भएको एक वर्षमै जीर्ण

६ वैशाख, काठमाडौं । सडक कालोपत्र भएको एक वर्षमै गौरीघाट–टुसाल सडकमा खाल्डाखुल्डी हुन थालेको छ । सडक कालोपत्र गर्दा गुणस्तरीय काम नभएकाले एक वर्षमै जीर्ण भएको स्थानीयवासीको गुनासो छ । तोकिएको समयभन्दा बढी समय लगाएर बनेको सडक निर्माण भएको एक वर्षमै जीर्ण बन्दा हिउँदमा धुलो र वर्षामा हिलोको समस्या रहेको स्थानीय रवि भट्टराई बताउँछन् । […]

एक वर्षमा ७४७ किमी सडक कालोपत्र, ९४ पुल निर्माण

काठमाडौँ, ६ चैत, काठमाडाैं । सरकारले पछिल्लो एक वर्षको अवधिमा सात सय ४७ किलोमिटर सडक कालोपत्र गरेको छ । मन्त्री रघुवीर महासेठले भौतिक योजना तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमा नयाँ र स्तरोन्नति गरेर कालोपत्र सम्पन्न भएको हो । राष्ट्रिय गौरवको आयोजनालाई केन्द्रित गरेर काम अघि बढाइएको मन्त्रालयले जनाएको छ । मध्यपहाडी लोकमार्गमा ७० […]

संसदीय समितिमा ठट्टाः सडकका खाल्डालाई ‘राष्ट्रिय गौरव’ घोषणा गरौं !

२० मंसिर, काठमाडौं । राजधानीका सडकमा परेका खाल्डाखुल्डी नपुरिएको भन्दै सांसदहरुले सरकारमाथि व्यंग्य गरेका छन् । सडकका खाल्डाखुल्डीलाई पनि राष्ट्रिय गौरवको आयोजना घोषणा गर्न सांसदहरुले सरकारलाई भनेको छन् । संघीय संसद अन्तरगत राष्ट्रिय सरोकार समितिका सदस्यहरुले काठमाडौंकै सडकको पनि खाल्डा पुर्ने काममा तत्परता नदेखाएको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराएका हुन् । बिहीबार […]

लोकतन्त्रका निरीह नागरिक, जसलाई सडकमा हिँड्न प्रतिबन्ध छ ! (फोटो फिचर)

१३ मंसिर, काठमाडौं । जरुरी काम लिएर गन्तव्यमा हिँडेका राजधानीबासीले विहीबार सडकमा निकै नै सास्ती व्यहोर्नुपर्‍यो । गाडीमा हिँड्नेले त दुःख पाए नै, पैदलयात्री माथिसमेत कहीबेर हिँडडुलमा प्रतिबन्ध लाग्यो । राजधानीबासीका लागि जबरजस्ती थोपरिएको यो यातना मंसिर १६ गतेसम्म जारी रहने छ । सडकमा हिँड्दा सास्ती व्यहोर्नुपर्ने कारण अरु केही पनि थिएन । कुनै आपतकाल […]

प्रचण्डनिवासमा पाहुना जाँदा राष्ट्रिय बेइज्जत ! पानी रोकियोस्, काठमाडौं पीच !

२० भदौ, काठमाडौं । के तपाईं आफ्नो घरअगाडिको बाटो बनेन भनेर चिन्तित हुनुहुन्छ ? तपाईंकै जस्तो चिन्ता रहेछ पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष प्रचण्डको पनि । यद्यपि, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डलाई भनेका रहेछन्– पानीमात्रै रोकियोस् न, काठमाडौं सप्पै पीच गर्दिने हो ! सत्तारुढ दल नेकपाका अध्यक्ष प्रचण्ड हाल ललितपुरको खुमलटारमा बस्दै आएका छन् । उनी […]

वजेट अभावमा अलपत्र बन्यो घुमाउने–दमौंली जोड्ने बुद्धसिंह मार्ग

१४ भदौ, तनहुँ । केन्द्रीय सरकारले वजेट नदिदा चितवनको घुमाउनेदेखि तनहुँ सदरमुकाम दमौंली जोड्ने बुद्धसिंह मार्गको निर्माण कार्य अलपत्र परेको छ । मुग्लिङ नारायणगढ सडक खण्डको बैकल्पिक मार्गका रुपमा लिइएको यस सडकखण्डको निर्माणका लागि चालु आर्थिक वर्षमा वजेट विनियोजन गरिएको छैन । गत वर्ष भदौमा बहुवर्षीय आयोजना अन्र्तगत साढे २ वर्षभित्र निर्माण गरिसक्ने गरी २५ […]

सडक डिभिजनको लापरबाहीले मन्थलीको सडक अस्तव्यस्त

 ७ साउन, रामेछाप । सडक डिभिजन कार्यालय खसिन्धुलीको लापरबाहीको कारण रामेछापको सदरमुकाम मन्थलीको सडक अस्तव्यस्त भएको छ । सडक विस्तारका क्रममा कार्यालयले बाटो भत्काएर त्यतिकै छाडेपछि सदरमुकाममको सडक धान रोप्न ठिक्क पारेको खेत जस्तै भएको छ । मन्थलीको रणजोर खोला पुलदेखि विपिचोकसम्मको सडक विस्तार गर्ने भन्दै सडक डिभिजन कार्यालयले असारको पहिलो हप्ता सडक भत्काएको थियो […]

गोरखामा वर्षाले टाढियो गाउँ र सदरमुकाम

२० असार, गोरखा । वर्षा लागेसँगै जिल्लाका अधिकांश ग्रामीण सडकमा सवारी संचालन हुन सकेको छैन । सौरपानी, वारपाक, भच्चेक र सिम्जुङ्गमा सवारी ठप्प भएको यातायात व्यवसायी समिति गोरखाले जनाएको छ । ‘भच्चेक रुटमा चैत्र १४ गते देखि नै गाडी चलेको छैन,’ समितिका महासचिव अञ्जन बाबु खत्रीले भने, ‘वारपाकको भने राङरुङ खोला सम्म वल्लतल्ल पुगेको छ […]

सडकको ओटासिलसँगै एकै वर्षमा बग्यो साढे ६ अर्ब

९ वैशाख, काठमाडौं । ओटासिल प्रविधिलाई सहीसँग प्रयोग नगरिँदा एकै वर्षमा करिब साढे ६ अर्ब रुपैयाँ लगानी खेर गएको छ । अहिले पनि सम्झौता भइसकेका सडकमा यो प्रविधिमा सडक कालोपत्रे गर्ने काम भने जारी छ । विश्व बैंकले ग्रामीण सडकका लागि उपयोगी भन्दै ओटासिल प्र्रविधि नेपालमा भित्र्याएको थियो । नेपालको सडकमैत्री नभएको यो प्रविधिमा ठेकेदार […]

लथालिङ्ग सडकः काठमाडौं भन्दा कम छैन विराटनगर

    ७ वैशाख, विराटनगर । प्रदेश १ को अस्थायी राजधानी विराटनगर पुरानो औद्योगिक सहर मध्ये एक हो । तर, सडक, ढल र खानेपानी लगायतका समस्याले आक्रान्त बनेको काठमाडौंलाई नै बिर्साउने सहरका रुपका विराटनगर परिचित बन्न थालेको छ । सहरी विकाससँगसँगै सुरु भएको ढल र सडक निर्माणका योजनाले विराटनगर  लथालिङ्ग बनेको छ । जताततै सडक खनिएको छ […]

दार्चुलाका विभिन्न स्थान सडक सञ्जालसँग जोडिँदै

१० फागुन, दार्चुला । दार्चुलाका विभिन्न स्थानलाई सडक सञ्जालमा जोड्न साविकको जिल्ला विकास समितिको कार्यालयले जिल्लाभरि १८ वटा सडकहरु प्रस्ताव गरेको छ । झण्डै अढाई किलोमिटरदेखि ६२ किलोमिटरसम्म लम्बाई भएका १८ वटा सडक निर्माणको प्रस्ताव गरिएको हो । लाली–खरकडा–सर्माेली सडक, शंकरपुर–हुनैनाथ–डाडाकोट–लाली सडक, ऐरिछाना–रिठाचौपता–सर्मोली सडक, गोकुलेश्वर– रिठाचौपता सडक खण्ड, गोकुलेश्वर–बोहरीगाउँ–पनेबाँज सडक खण्ड साविकको जिल्ला विकास समितिले […]

इटहरी-धरान सडक ६ लेनको बन्दै, बीचमा ३ मिटरको बगैंचा

९ फागुन, इटहरी । विराटनगरको रानीदेखि सुनसरीको धरानसम्मको ६ लेनको सडकको केही खण्डमा काम रोकिए पनि इटहरी-धरान खण्डमा भने काम धमाधम भइरहेको छ । पूर्वको एक्लो महानगर विराटनगरदेखि दुई उपमहानगर इटहरी र धरान जोड्ने २ लेनको ४९ किलोमिटर सडकलाई ६ लेनको बनाउन २०७० साल असारदेखि नै काम सुरु गरिएको थियो । इटहरी- तरहरा सडक खण्ड […]

धरानका नयाँ सडक फूलबारीसहित अपाङ्गतामैत्री

२३ पुस,इटहरी । हृविल चियर प्रयोगकर्ताहरुले अब धरानका नयाँ सडकहरुमा समस्या भोग्नुपर्ने छैन । धरानका मेयर तारा सुब्बाको सक्रियतामा बन्ने हरेक धराने सडकहरु अपाङगतामैत्री हुने इन्जिनियर सुरज श्रेष्ठले बताए । ‘सडक भनेको शारीरिक रुपमा सबल भएकाहरुले मात्रै प्रयोग गर्ने हैन यो शारीरिक रुपमा असहजता भएकाहरुले पनि प्रयोग गर्ने सार्वजनिक सडक हो’, धरान उपमहानगरपालिकाका इन्जिनियर श्रेष्ठले […]

निर्माण कार्य सम्पन्न नहुँदै यसरी भत्कियो तानसेन-तम्घास सडक

७ पुस, पाल्पा । तानसेन-तम्घास सडक खण्डको टक्सार क्षेत्रमा सडक बनेको तीन महिना नबित्दै भत्किन सुरु भएको छ । जवकी सोही योजनाको बसपार्कदेखि क्याम्पस रोडसम्मको काम सुरु नै भएको छैन । यो सडक तानसेन नगरपालिकाकाले एक महिना सडक बन्द गरेर निर्माण गरेको थियो । यसरी आवातजावत बन्द गरेर निर्माण गरेको सडक निर्माणसँगै भत्किए पछि स्थानीय […]

‘रत्नपार्क र टुँडिखेल आसपास तत्कालै नमूना धुलोमुक्त क्षेत्र’

२६ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले रत्नपार्क र टुँडिखेल आसपास नमूना धुलोमुक्त क्षेत्र बनाउने भएको छ । त्यसका लागि सरसफाइ र ममर्तसम्भारको काम सुरु भएको महानगरपालिकाले जनाएको छ । एकै चरणमा सबै क्षेत्रलाई धुलोमुक्त गराउन नसकिने भएकाले सर्वप्रथम काठमाडौंमा मुख्य भागलाई नै धुलोमुक्त बनाएर अभियान सुरु गर्न लागिएको मेयर विद्यासुन्दर शाक्यले बताए । क्रमशः अन्यक्षेत्रलाई […]

मेयर शाक्यले भने-जाम बढेर हैरान भयो, ट्राफिक प्रहरीले टेर्दैन

२६ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले राजधानीको सवारी व्यवस्थापनमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले असहयोग गरेको आरोप लगाएको छ । आइतवार सुन्धारा, जमल, रत्नपार्क लगायतका क्षेत्रको स्थलगत अवलोनपछि मेयर मेयर विद्यासुन्दर शाक्यले ट्राफिक प्रहरीले महानगरको योजनाअनुरुप काम नगरेको आरोप लगाए । ‘मैले सडक छेउमा सार्वजनिक सवारी रोकेर यात्रु कुर्न दिनु हुँदैन भनेको छु । पटक-पटक पिक […]

खाल्डा पुर्ने निर्देशन दिन्छ, बजेट दिँदैन सरकार

१४ भदौ, काठमाडौ । राजधानीका सडकमा बनेका खाल्डाखुल्डी पुर्न वाषिर्क १६ अर्ब रुपैयाँ आवश्यक छ । त्यसका लागि सरकारी बजेट भने हरेक वर्ष तीन अर्ब मात्र छ । प्रधानमन्त्री शेरबहादुर देउवाले खाल्डाखुल्डी पुर्न निर्देशन दिए पनि सरकारले बजेट नदिँदा काम अघि बढेको छैन । सरकारले छुट्याएको त्यही तीन अर्ब बजेट पनि ३४ वटा डिभिजन सडकलाई बाँडिन्छ, […]

बनाउने बित्तिकै किन भत्किन्छन् पक्की सडक ?

१ भदौ, काठमाडौं । रोम साम्राज्यको समयमा इशापूर्व छैठौं शताब्दीतिर निर्माण भएको इटालीको पोम्पे शहरको सडक आजसम्म पनि सद्दे छ । यो शहरमा वर्षेनी २० लाख ५० हजार पर्यटक आउँछन् । यता हाम्रो देशको अवस्था भने अर्कै छ । कीर्तिपुर ल्याबरोटरी स्कुलदेखि कीर्तिपुर प्रवेशद्वारसम्मको सडक पिच गरेको एक साता नबित्दै भत्कियो । यसमा को-को जिम्मेवार […]

काठमाडौंका ठेकेदार भन्छन्- सडक भत्किनुमा सरकार दोषी !

३० साउन, काठमाडौं । सिंहदरबार नजिकै हनुमान स्थानमा सोमबार भीडभाड थियो । नजिकै गएर हेर्दा त्यहाँ धमाधम भोट माग्ने काम भइरहेको पाइयो । कुरा बुझ्दै जाँदा काठमाडौंका निर्माण व्यवसायी अर्थात ठेकेदारहरुले नयाँ नेता छानिरहेका रहेछन् । उपत्यका सडक भत्केर हिलाम्ये भएका बेला यहाँका निर्माण व्यवसायीहरु भने चुनावी प्रतिस्पर्धामा गरिरहेका थिए । निर्माण व्यवसायी संघको नयाँ नेतृत्व […]