Comments Add Comment

एन्फा

List Grid
एन्फालाई सर्वोच्चको कारण देखाउ आदेश

२८ असार, काठमाडौं । सर्वोच्च अदालतले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई अवहेलना सम्बन्धी मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ । अधिवक्ता सुजित केसीले दायर गरेको उक्त मुद्दामा आइतबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले आदेश जारी हुनु नपर्ने आधार र कारणको लिखित जवाफ १५ दिनभित्र पेस गर्न भनेको हो । अधिवक्ता सुजित केसीले एन्फासहित अध्यक्ष […]

युथ लिग आयोजना गर्न एन्फाद्वारा स्कुलहरुसँग अन्तरक्रिया

२५ असार, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) युथ लिग आयोजनाका लागि विभिन्न स्कुलहरुसँग अन्तरक्रिया गरेको छ । युथ लिग आयोजना गर्न एन्फाले बुधबार काठमाडौं उपत्यकाका १३ स्कुललाई बोलाएर अन्तरक्रिया गरेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको उक्त छलफलमा ए डिभिजन लिग क्लबहरुसँग सहकार्य गरेर युथ लिग आयोजना गर्नेबारे छलफल भएको थियो । छलफलमा […]

एन्फा अध्यक्षविरुद्ध अदालतको अवहेलना मुद्धा

२३ असार, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाविरुद्ध अदालतको अवहेलना मुद्धा दर्ता भएको छ । रौतहटको चन्द्रपुर नगरपलिका ६ मा रहेको हातेमालो सामुदायिक वन उपभोक्ता समूहको जग्गामा एन्फाले बनाइरहेको महिला फुटबल एकेडेमीको काम यथास्थितिमा राख्नू भनी सर्वोच्च अदालते २०७६ माघ २२ गते अन्तरिम आदेश दिएको थियो । तर एन्फाले […]

एन्फाले क्लब र जिल्ला संघलाई बाँड्यो राहत

९ असार, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले कोभिड-१९ राहत कार्यक्रमअन्तर्गत जिल्ला फुटबल संघ र क्लबहरुलाई राहत प्रदान गर्न थालेको छ । कोभिड-१९ राहत कोषबाट एन्फाले मंगलबार १२ जिल्ला संघ र १२ क्लबलाई ७५ हजार रुपैयाँका दरले नगद दिएको हो । पहिलो दिन एन्फाले कुल १८ लाख रुपैयाँ बाँडेको जनाएको छ । त्यस्तै […]

फुटबल टिमको प्रशिक्षण जुलाई दोस्रो साताबाट गर्ने तयारी

५ असार, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टिमको प्रशिक्षण जुलाईको दोस्रो साताबाट सुरु गर्ने तयारी गरेको छ । एन्फाले शुक्रबार खेलाडी, प्रशिक्षक, व्यवस्थापक, प्राविधिक निर्देशकसँग घरेलु मैदानमा हुने विश्वकप छनोट खेलको तयारीबारे छलफल गरेको हो । एन्फाले प्रशिक्षणका लागि पहिला सरकारबाट स्वीकृति पाउनुपर्ने र त्यसपछि सबै नियम पालना गरेर प्रशिक्षण […]

तेस्रो पटक मानार्थ अध्यक्ष बनेका घलेलाई एन्फामा स्वागत

५ असार, काठमाडौं । टासी घले तेस्रो पटक मानार्थ अध्यक्ष बनेर अखिल नेपाल फुटबल संघ (एन्फा) भित्रिएका छन् । गत मंगलबार नियुक्त भएका घलेले शुक्रबार एन्फा मानार्थ अध्यक्षको पदभार ग्रहण गरेका छन् । घलेलाई शुक्रबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, उपाध्यक्ष उपेन्द्रमान सिंह, महासचिव इन्द्रमान तुलाधरलगायत अन्य पदाधिकारीले स्वागत गरे । मंगलबार […]

एन्फामा पंकज र दावाको जिम्मेवारी खोसियो

३ असार, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ र सदस्य दावा लामाको जिम्मेवारी खोसेको छ । उनीहरुको स्थानमा मानार्थ उपाध्यक्ष शिक्षित पराजुली,  उपाध्यक्ष वीरबहादुर खड्का र केन्द्रीय सदस्य रत्नकुमार श्रेष्ठलाई जिम्मेवारी दिएको छ । एन्फाले संस्थाको पदपूर्ति समितिमा शिक्षित पराजुली र संघ सदस्य समन्वय समितिमा वीरबहादुर खड्कालाई संयोजक तोकेको […]

भक्तपुर जिल्ला फुटबल संघ खारेज, टासी घले फेरि एन्फाको मानार्थ अध्यक्ष

२ असार, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले जिल्ला फुटबल संघ भक्तपुरको हालको कार्यसमिति प्रतिस्थापन गरी अर्को तदर्थ समिति गठन गरेको छ । हालको समितिले विधान विपरीत गतिविधि गरेको भन्दै मंगलबार बसेको एन्फा कार्यसमितिको बैठकले किशोर हेक्का अध्यक्ष रहेको १३ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको हो । गौतम सुखजुको नेतृत्वको भक्तपुर जिल्ला […]

एन्फाको आपतकालीन बैठक स्थगित

१ असार काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको आपकालीन बैठक स्थगित भएको छ । सोमबार  हुने भनिएको आपतकालीन समितिको बैठक स्थगित भएको एन्फाले जनाएको छ । मानार्थ अध्यक्षयलगायतय विभिन्न ३ एजेन्डामा आजको बैठक बस्ने तय थियो । तर समितिका एक सदस्य रहेका एन्फा उपाध्यक्ष पंकजविक्रम नेम्वाङ स्वास्थ्यका कारण बैठकमा उपस्थित हुन नसकेपछि आपतकालिन बैठक […]

एन्फाविरुद्ध चार जिल्ला अध्यक्षले दिए अख्तियार र लेखा समितिमा उजुरी

३२ जेठ काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) मा आर्थिक अनियमितता भएको भन्दै चार जिल्लाको फुटबल  संघले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा उजुरी दिएका छन् । काठमाडौं,  भक्तपुर, ललितपुर र धादिङ जिल्ला फुटबल संघले संयुक्त रुपमा आइतबार यी दुई निकायमा उजुरी दिएका हुन् । चार जिल्ला फुटबल संघका अध्यक्षले संयुक्त रुपमा विज्ञप्ति […]

एन्फा अध्यक्षलाई संरक्षण गरेको छैन : खेलकुदमन्त्री

२६ जेठ, काठमाडौं । युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्माले आफ्नो जिल्लामा अखिल नेपाल फुटबल संघ एन्फाको धेरै बजेट परेको भनी एक सांसदले लगाएको आरोपको खण्डन गरेका छन् । केही दिन अघि समाजवादी पार्टीका सांसद प्रदीप यादवले एन्फाले खेलकुदमन्त्रीलाई माया गरेर मन्त्रीकै क्षेत्रमा बजेट पारेको र मन्त्रीले एन्फा अध्यक्षलाई संरक्षण दिएको बताएका थिए । सोमबार […]

एन्फा अध्यक्षलाई कारबाहीको माग गर्दै राखेप उपाध्यक्षलाई पत्र

२३ जेठ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्माछिरिङ शेर्पालाई कारबाही गर्न माग गर्दै चार जिल्ला फुटबल संघका अध्‍यक्षले शुक्रबार राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनालाई पत्र बुझाएका छन् । काठमाडौं जिल्ला फुटबल संघका अध्यक्ष विराटजंग शाही, ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापा, भुक्तपुर जिल्ला फुटबल संघका अध्यक्ष गौतम सुजखु र धादिङ जिल्ला […]

एन्फा अध्यक्षलाई निलम्बन गर्न सांसद प्रदीप यादवको माग

२३ जेठ काठमाडौं । समाजवादी पार्टीका नेता प्रदीप यादवले अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पालाई निलम्बन गर्न माग गरेका छन् । प्रतिनिधिसभामा बोल्दै यादवले शेर्पाले मधेशी समुदायलाई होच्याउने किसिमले अभिव्यक्ति दिएको भन्दै शेर्पालाई निलम्बन गर्न माग गरेका हुन् । ‘एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले एउटा अनलाइनमा इन्टर्भू दिँदा भन्नु भएको थियो मधेशलाई राष्ट्रियता आउँदैन […]

एन्फा अध्यक्ष शेर्पाविरुद्ध पूर्वअध्यक्षले दिए फिफामा निवेदन

२२ जेठ, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले मधेसका बालबालिकाबारे दिएको अभिव्यक्तिका विषयमा एन्फाकै पूर्वअध्यक्ष नरेन्द्र श्रेष्ठले विश्व फुटबलको सर्वोच्च निकाय फिफामा निवेदन दिएका छन् । अध्यक्ष शेर्पाले दिएको विवादास्पद अभिव्यक्ति बारे निकास निकाल्न भन्दै श्रेष्ठले सोमबार यसबारे फिफालाई पत्र लेखेको र एएफसीलाई पनि जानकारी गराएको बताए । ‘मैले उजुरी दिएको […]

एन्फा अध्यक्ष शेर्पाले माफी मागे

२१ जेठ, काठमाडौं । तराईबासी जनताको राष्ट्रियतासम्बन्धी भावनालाई लिएर विवादास्पद अभिव्यक्तिलाई दिएका अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले माफी मागेका छन् । एन्फा अध्यक्ष शेर्पाले बुधबार विज्ञप्ति जारी गर्दै राष्ट्रियतामाथि प्रश्न गर्ने आफ्नो मनसाय नभएको बताएका छन् । अन्तर्वार्ताका क्रममा व्यक्त शब्दावलीबाट नेपाली दाजुभाइ दिदी विहिजी एवं त्यस क्षेत्रका नेपालीमा कुनै चोट […]

एन्फाको बजेट ७० करोड, थापाको कारबाही अनुमोदन

२० जेठ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आउँदो आर्थिक वर्षका लागि ७० करोडको बजेट पारित गरेको छ । एन्फाको सोमबार बसेको कार्यसमिति बैठकले २०७७/७८ का लागि फिफा, एएफसी र आन्तरीक स्रोतबाट जुटाउने गरी यो बजेट बनाएको हो । यो बजेट अघिल्लो आर्थिक वर्षभन्दा झण्डै दोब्बर हो । यसअघि ४३ करोडको बजेट थियो । […]

एन्फा अध्यक्षलाई कारवाही माग गर्दै चार जिल्ला अध्यक्षले दिए निवेदन

१९ जेठ काठमाडौं  । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पालाई कारवाहीको माग गर्दै चार जिल्ला फुटबल संघका अध्यक्षले प्रधानमन्त्री र खेलकुदमन्त्रीलाई निवेदन दिएका छन् । एन्फा अध्यक्ष शेर्पाले एक अनलाइन सञ्चारमाध्यमलाई दिएकाे भिडियो अन्तर्वार्तामा नेपालको कानुन,अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा), एसियाली फुटबल महासंघ (एएफसी) र एन्फाको समेत विधान विपरीत अभिव्यक्ति दिएको भन्दै काठमाडौं, […]

निलम्वनविरुद्ध एन्फाका ललितपुर अध्यक्षले दिए उजुरी

१२ जेठ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले निलम्बन गरेका ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापाले निलम्बन विरुद्ध उजुरी (अपिल) गरेका छन् । थापाले राष्ट्रिय खेलकुद परिषद र एन्फाको अपिल कमिटीमा अपिल गरेको बताए । ‘मैले हिजो नै राखेपमा र एन्फा अपिल कमिटीमा अपिल गरेको छु’ थापाले भने, ‘आज ललितपुर जिल्ला फुटबल संघको बैठक बसेर […]

तीन महिनापछि सार्वजनिक तथ्याङ्कमा पनि गल्ती नै गल्ती

११ जेठ, काठमाडौं । नेपाली फुटबलको शीर्ष श्रेणीको लिग ‘शहीद स्मारक ए डिभिजन लिग २०७६’ को प्राविधिक रिपोर्ट समेटिएको ‘टेक्निकल रिपोर्ट एण्ड स्ट्यास्टिक’ नामक पुस्तिका शुक्रबार सार्वजनिक भयो । जसमा गत वर्ष भएका ए डिभिजन लिगका विभिन्न तथ्यांक समेटिएको छ । लिगमा भएका खेल संख्या, गोल संख्या, गोलकर्ता, रातो र पहेँलो कार्डको संख्या, म्यान अफ […]

लिग सकिएको तीन महिनापछि एन्फाले ल्यायो टेक्निकल ह्याण्डबुक

९ जेठ काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग सम्पन्न भएको तीन महिना भन्दा बढी समयपछि लिगको टेक्निकल ह्याण्डबुक सार्वजनिक गरेको छ । अखिल नेपाल फुटबल संघ एन्फाले शुक्रबार राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव रमेशकुमार सिलवालको उपस्थितिमा उक्त ह्याण्डबुक त्रिपुरेश्वरमा सार्वजनिक गरेको हो । राखेप सदस्य सचिव सिलवाल एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा एन्फा उपाध्यक्ष […]

कोरोना प्रभावित फुटबलकर्मीलाई राहत दिन समिति गठन

१७ वैशाख काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले कोरोना भाइरस (कोभिड१९) बाट प्रभावित खेलाडी, प्रशिक्षक, रेफ्री तथा फुटबलकर्मीलाई राहत तथा सहयोग गर्नका लागि एक समिति गठन गरेको छ । बुधबार एन्फा कार्यसमितिको भिडियो कन्फरेन्सबाट भएको बैठकले फुटबलकर्मीलाई राहत तथा सहयोग गर्न केन्द्रीय सदस्य रत्नकुमार श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको हो । समितिमा उत्तमकुमार भण्डारी र रुपेश […]