Comments Add Comment

पाल्पा

List Grid
पाल्पामा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु

२४ चैत, पाल्पा। पाल्पाको तानसेन नगरपालिका–७ काजीपौवास्थितभित्री कच्ची सडकखण्डमा कुखुरा बोक्ने पिकअप जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गए राति करिब साढे १२ बजे लु२च ६३२ नंको पिकअप जीप कुखरा ल्याउँदै गर्दा अचानक सडकदेखि करिब २० मिटर तल खसेर चालक बगनासकाली गाउँपालिका–४ का २० वर्षीय विजय खाम्चा र रिब्दीकोट–४ का २७ वर्षीय […]

पाल्पामा थप एकजना कोरोना संक्रमितको मृत्यु

५ मंसिर,बुटवल । पाल्पामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । रामपुर नगरपालिका-५ की ५४ वर्षीया महिलाको लुम्बिनी मेडिकल कलेज प्रभास तानसेनमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो । मधुमेह र उच्च रक्तचापकी बिरामी महिला स्वास्थ्यमा समस्या आएपछि कात्तिक १९ गते अस्पताल भर्ना भएकी थिइन् । उनको कात्तिक २० गते कोरोना परीक्षण रिपोर्ट पोजेटिभ […]

तिहारमा भएन पाल्पाली ढाका टोपी र झिनियाँको ब्यापार

३० कात्तिक, रामपुर । नेपाली हिन्दूहरुको ठूलो पर्व तिहार अर्थात् भाइटीकाको चहलपहल नहुँदा यस वर्ष गाउँघर प्रायः सुनसान जस्तै देखिन्छन् । यस पटक कोरोना भाइरसको सङ्क्रमणले गर्दा पनि गाउँघरमा तिहारको रौनक छाउन सकेको छैन । त्यसैले यो वर्ष बाहिरबाट भाइटीका लगाउन गाउँ भित्रिनेको सङ्ख्या पनि घटेको रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले बताइन् । अघिल्ला […]

रुपन्देही र पाल्पाका थप २ जना कोरोना संक्रमितको मृत्यु

१२ कात्तिक, बुटवल । रुपन्देही र पाल्पाका थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका-१४ की ७१ वर्षीया महिलाको बुधबार बिहान साढे ११ बजे र पाल्पाको तानसेन नगरपालिका-२ का ६० वर्षीय पुरुषको मंगलबार राति १० बजे मृत्यु भएको हो । ७१ वर्षीया महिला असोज ६ गते कोरोना संक्रमण पुष्टि भएपछि बुटवल धागो […]

रुपन्देही र पाल्पाका २ जना कोरोना संक्रमितको मृत्यु

१२ कात्तिक, बुटवल । रुपन्देही र पाल्पाका थप एक–एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ का ७४ वर्षीय पुरुष र पाल्पाको पूर्वखोला गाउँपालिका–३ की ६९ वर्षीया महिलाको लुम्बिनी मेडिकल कलेज तानसेन पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो । दुवै जनाको सोमबार राति मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले […]

पाल्पामा कोरोना संक्रमित पुरुषको मृत्यु

८ कात्तिक, बुटवल । पाल्पामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । तानसेन नगरपालिका–१ गैरागाउँका ५६ वर्षीय पुरुषको मिसन अस्पताल तानसेनमा उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको हो । असोज ३० गते कोरोना संक्रमण पुष्टि भएका ती पुरुष ढाड दुख्ने समस्या भएपछि मिसन अस्पताल भर्ना भएका स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए […]

निस्दी गाउँपालिकामा अत्यावश्यकबाहेकका सेवा बन्द, रामपुर अस्पतालका २८ स्वास्थ्यकर्मी संक्रमित

२४ असोज, तानसेन । पाल्पाको निस्दी गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि गाउँपालिकाको अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ । गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र कर्मचारीमा संक्रमण पुष्टि भएलगत्तै यही असोज २३ गते राति १२ बजेदेखि अगामी कात्तिक १ गते राति १२ बजेसम्मका लागि गाउँपालिका सिल पनि गरिएको हो । गाउँपालिकाले […]

पाल्पाको रिब्दीकोटमा गोठ भत्किँदा एकजनाको मृत्यु

१२ असोज, बुटवल । पाल्पाको रिब्दीकोटमा गोठ भत्किँदा एकजनाको मृत्यु भएको छ । रिब्दीकोट गाउँपालिकाको वडा नंं. ७ डबकामा सोमबार दिउँसो गोठ भत्किँदा गोठ मालिक स्थानीय ५५ वर्षका हरि लम्तरीको घटनास्थलमै मृत्यु भएको हो । गोठ भत्किँदा ४८ वर्षका अम्बरबहादुर पेग्नी गम्भीर घाइते भएका इलाका प्रहरी कार्यालय मुझुङले जनाएको छ । घटनामा एउटा भैंसी, पाडो […]

पाल्पाको पहिरोमा बेपत्ता पाँचै जनाको शव भेटियो

१० असोज, तानसेन । पाल्पाको रम्भा गाउँपालिका–२ बेलौजामा बिहीबार बिहान पहिरोले घर पुरिँदा बेपत्ता भएका पाँच जनाको शव भेटिएको छ । गएराति थप दुई जनाको शव भेटिएको हो । शुक्रबार दिउँसो तीन जनाको शव भेटिएको थियो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन गिरीका अनुसार गएराति घरमूली ६० वर्षीय हुमबहादुर गाहा र उनकी श्रीमती ५० […]

पाल्पामा पहिरो, पाँच जना बेपत्ता

८ असोज, काठमाडौं । पाल्पाको रम्भा गाउँपालिकामा पहिरो जाँदा पाँच जना बेपत्ता भएका छन् । रम्भा गाउँपालिका वडा नम्बर २ का होमबहादुर गाहाको घर गएराति पहिरोले पुरिएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी सन्तोष कुमार भट्टराईले अनलाइनखबरसँग भने, ‘होमबहादुर गाहाको घरमा पाँच जना पुरिएको खबर आएको छ । अरु विवरण आएको छैन । म […]

पाल्पामा कोरोना संक्रमित ३० वर्षीया महिलाको मृत्यु

१३ भदौ, बुटवल । लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । पाल्पको तानसेन नगरपालिका–८ मदनपोखराकी ३० वर्षीया महिलाको मृत्यु भएको हो । भदौ ५ गते स्वास्थ्यमा समस्या भएपछि मेडिकल कलेज गएकी उनमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा भदौ ७ गते कोरोना पुष्टि भएको थियो । कोरोना देखिएपछि […]

पाल्पामा पीसीआर मेसिन जडान गर्न १ करोड निकासा   

८ भदौ, रामपुर । पाल्पामा कोरोना भाइरस संक्रमण परीक्षण गर्ने पीसीआर मेसिन जडानका लागि एक करोड रुपैयाँ निकासा भएको छ । जिल्ला अस्पताल पाल्पामा मेसिन खरिदका लागि संघीय सरकारले रकम पठाएको हो । कोरोना सङ्क्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोष सञ्चालक समितिको यही भदौ २ गते बसेको १० औँ बैठकबाट एक करोड रुपैयाँ निकासा भएको […]

पाल्पामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

२८ साउन, बुटवल । पाल्पाको निस्दी गाउँपालिकामा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा निस्दी–५ डब्बुडाँडाका ६३ वर्षीय ठाकुर प्रसाद थाल र निस्दी–४ काफलडाँडाकी बिष्णु माया सारूकी ३ महिनाको छोरी सिमोबन कालुङ रहेका छन् । निस्दी– ५ पटाकसरस्थित कच्ची सडक खण्डमा मोटेखर्कबाट पटाकसरतर्फ जाँदै गरेको लु १ ज २८८७ नम्बरको जिप सोमबार […]

पितृभोजको खीर खाँदा २८ जना बिरामी

१३ साउन, बुटवल । पाल्पाको रामपुरमा काजकिरिया सकिने दिन पकाएको पितृ भोजको खीर खाँदा २८ जना बिरामी परेका छन् । रामपुर नगरपालिका–७ मोहतीमा पाउडर दूधमा पकाएको खीर खाँदा २८ जना बिरामी परेका हुन् । बिरामीमध्ये १३ जनाको अवस्था गम्भीर रहेको र उनीहरुलई थप उपचारका लागि लुम्बिनी मेडिकल कलेजमा पठाइएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तीर्थ ढुंगानाले […]

पाल्पामा थपिए ७७ जना कोरोना संक्रमित

१२ असार, बुटवल । पाल्पामा थप ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवमा भएको पीसीआर परीक्षणमा रामपुर नगरपालिकाका ७५ जना र तानसेन नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै पाल्पामा कोरोना संक्रमितको संख्या ४ सय ४६ पुगेको छ । शुक्रबार थपिएका संक्रमित मध्ये ७२ जना पुरुष र ५ […]

पाल्पामा परीक्षण बढेसँगै संक्रमितको संख्यामा वृद्धि

११ असार, काठमाडौं । बिहीबार एकैदिन १२१ जनाको रिपोर्ट पोजेटिभ आएसँगै पाल्पाको सबै स्थानीय तहमा कोरोना भाइरसको संक्रमण देखिएको छ । १० वटै स्थानीय तहमा कोरोना संक्रमित फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाका कोभिड १९ का फोकल पर्सन श्रीकृष्ण भट्टराईले जानकारी दिए । उनले भने, ‘यसअघि तानसेन नगरपालिकामा संक्रमित भेटिएको थिएन । बिहीबार तीन जनामा […]

पाल्पामा थप ३१ जनामा कोरोना, संक्रमितको संख्या ३७२ पुग्यो

११ असार, बुटवल । पाल्पामा बिहीबार थप ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा ३१ जना संक्रमित थपिएका हुन् । यसअघि भरतपुर अस्पताल चितवनको प्रयोगशालामा गरिएको परीक्षणमा पाल्पाको निस्दी गाउँपालिकाका ९३ जनामा कोरोना पुष्टि भएको थियो । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा भएको पीसीआर परीक्षणमा तानसेन नगरपालिकाको बतासेस्थित साइन्स […]

पाल्पामा एकैदिन ९३ जनामा कोरोना पुष्टि

११ असार, बुटवल । पाल्पा जिल्लाका थप ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवनस्थित भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा पाल्पाका ९३ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । योसँगै पाल्पामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ सय ३९ पुगेको छ । भरतपुर अस्पतालले बिहीबार बिहान जारी गरेको सूचनामा असार १० गते […]

पाल्पामा पहिरो : मृत्यु हुनेको संख्या तीन पुग्यो

८ असार, बुटवल । पाल्पाको तानसेन नगरपालिका–११ सम्मोबारीमा पहिरोले दुई वटा गाडी बगाउँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ । पाल्पाबाट गुल्मीतर्फ जाँदै गरेका एउटा मिनी ट्रक र पानी बोक्ने ट्यांकर पहिरोले बगाउँदा तीन जना पुरुषको मृत्यु भएको हो । तीनजना मध्ये दुईजनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रदेश ५ ट्राफिक प्रहरी […]

पाल्पामा एकैदिन थपिए ८२ जना कोरोना संक्रमित

८ असार, बुटवल । पाल्पामा एकैदिन ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको पूर्वखोला गाउँपालिकाको क्वारेन्टिनमा रहेका ८० जनामा र माथागढी गाउँपालिकाका २ जनामा कोरोना संक्रमण देखिएको हो । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा सोमबार ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालका निमित्त प्रमुख विश्वराज […]

पाल्पाको आइसोलेसनमा एक जनाको मृत्यु, रिपोर्ट आउन बाँकी

२६ जेठ, बुटवल । पाल्पाको तानसेन प्रभासस्थित लुम्बिनी मेडिकल कलेजको आइसोलेसनमा उपचाररत एक जनाको मृत्यु भएकोे छ । गुल्मीको मालिका गाउँपालिका ३ का ६७ वर्षीय पुरुषको उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. शाक्यले जानकारी दिए । श्वास फेर्न गाह्रो हुने, ज्वरो आउने जस्ता समस्या देखिएपछि आइतबार अस्पताल आएका उनको आइसोलेशन कक्षमा […]