Comments Add Comment

विमानस्थल

List Grid
प्रतिकुल मौसमका कारण हवाई उडान प्रभावित

२ कात्तिक, काठमाडौं । निरन्तर वर्षाका कारण आन्तरिक विमानस्थलहरुमा मौसम बिग्रिएपछि हवाई उडान प्रभावित भएको छ । विमानस्थल कार्यालयका अनुसार मंगलबार बिहानका लागि निर्धारित लुक्लाका अधिकांश उडान रद्द भएका छन् । विराटनगर र जनकपुर विमानस्थल भर्खरै खुलेका छन् । झापाको भद्रपुर विमानस्थल र पोखरा विमानस्थल भर्खरै खुलेसँगै उडान शुरु भएको छ । उचाई चलचित्रको सुटिङमा […]

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८९९.५ ग्राम सुन बरामद

१२ असोज, काठमाडौं। प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८९९.५ ग्राम सुन बरामद गरेको छ । प्रहरीले एकैदिन फरक- फरक समयमा उक्त सुन बरामद गरेको हो । प्रहरीका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ एरियाबाट दुई जनालाई पक्राउ गरी उनीहरुको साथबाट १४९.५ ग्राम सुन बरामद गरेको हो । पक्राउ पर्नेहरुमा भक्तपुर दुवाकोट बस्ने सिन्धुपाल्चोक चौतारा […]

अफगानिस्तानको काबुलस्थित विमानस्थलमा अमेरिकी सेनाले चलायो गोली

३२ साउन, काठमाडौं । अफगानिस्तानको काबुलस्थित विमनस्थलमा अमेरिकी सेनाले गोली चलाएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीका अनुसार सोमबार विमानस्थलमा मुलुक छाड्नेको ठूलो भीड देखिएको अवस्थामा अमेरिकी सेनाले गोली चलाएको हो । तालिबानले पुनः अफगानिस्तानलाई आफ्नो कब्जामा लिएसँगै अफगानिस्तानबाट मानिसहरु बाहिरिन विमानस्थल पुगेका छन् । अत्यधिक भीडको कारण अहिले काबुलको अन्तर्राष्ट्रिय विमानस्थल अस्तव्यस्त देखिएको छ […]

‘विमानस्थल हाताभित्र आफन्तको बिदाइ कार्यक्रम नगरौं’

२९ साउन, काठमाडौं । कोरोना भाइरसको महामारी पुनः फैलिरहेको भन्दै त्रिभुवन विमानस्थल प्रशासनले विमानस्थल क्षेत्रभित्र यात्रामा निस्कने आफन्तको बिदाई कार्यक्रम नगर्न आग्रह गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै त्रिभुवन विमानस्थल कार्यालयले विमानस्थलमा भिडभाड कम गर्न बिदाई कार्यक्रम नगर्न नभएको हो । अत्यावश्यक अवस्थामा बाहेक विमानस्थल प्रवेश नगरी सहयोग गर्न समेत कार्यालयले आग्रह गरेको […]

तिब्बतमा चीनले बनायो अहिलेसम्मकै ठूलो विमानस्थल टर्मिनल

२६ साउन, काठमाडौं । दक्षिण एसियाली मुलुकहरुसँग कनेक्टिभिटी बढाउने उद्देश्यले चीनले ल्हासामा रहेको गोगंगर विमानस्थलमा अहिलेसम्मकै सबैभन्दा ठूलो टर्मिनल शनिबारबाट संचालनमा ल्याएको छ । सो एयरपोर्टमा निर्माण गरिएको टर्मिनल-३ लाई तिब्बतकै सबैभन्दा ठूलो टर्मिनलको रुपमा लिइएको छ । चीनको सरकार संचारमाध्यम ग्लोवल टाइम्सका अनुसार तिब्बत र दक्षिण एसियाली मुुलुकहरुको बीचमा कनेक्टिभिटी स्थापनाको लागि सो टर्मिनलले […]

मनपरेका व्यक्तिको नाममा विमानस्थलको नामाकरण

अर्थमन्त्री विष्णु पौडेलले आव २०७८/७९ को बजेट वक्तव्यमा ताप्लेजुङको ऐतिहासिक सुकेटार विमानस्थलको नाम रवीन्द्र अधिकारी विमानस्थल र प्रस्तावित चुहानडाँडा विमानस्थलको नाम आङछिरिङ विमानस्थल नामकरण गर्ने योजना सार्वजनिक गरेपछि विवाद र बहस भइरहेको छ । राजनीति र सामाजिक जीवनमा खासै परीक्षण भइनसकेका र दिवंगत हुनुअघि विवादमा परेका मन्त्री र अर्का विवादास्पद व्यापारीका नाममा यी विमानस्थलहरूको नामकरण […]

विमानस्थलको नामकरण : अन्तर्राष्ट्रिय अभ्यास के छ ? नेपालमा के गरियो ?

आ.व. २०७८-७९ को बजेट वक्तव्यको बुँदा नं. ३५६ मा ताप्लेजुङको सुकेटार विमानस्थलको नाम रवीन्द्र अधिकारी विमानस्थल तथा तेह्रथुमको चुहानडाँडा विमानस्थललाई आङछिरिङ्ग शेर्पा विमानस्थल नामकरण गरिने उल्लेख छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट वाचन गरेपछि ताप्लेजुङको सुकेटार विमानस्थलको नाम परिवर्तनलाई लिएर बहस शुरू भएको छ । बजेट वक्तव्यलगत्तै ताप्लेजुङवासीले विरोध जनाएका छन् । संघीय संसदमा प्रतिनिधित्व […]

विमानस्थलमा सीसीएमसीको अनुगमन, मापदण्ड पालना नगरे उडान रोक्ने चेतावनी

१६ वैशाख, काठमाडौं । सरकारले सार्वजनिक यातायात बन्द गरेपनि हवाई यातायात सेवा बन्द गरेको छैन । विमानस्थलमा यात्रु व्यवस्थापनबारे बिहीबार ‘कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर’ (सीसीएमसी)का अधिकारीले त्रिभुवन विमानस्थलको स्थलगत अनुगमन गरेको छ । अनुगमनपछि तोकिएका सुरक्षा मापदण्ड अनिवार्य पालना गर्न सचेत गराइएको नेपाल सरकारका सचिव तथा सीसीएमसी सचिवालयका संयोजक डा. खगराज बरालले जानकारी दिए ।‘हाम्रो […]

निषेधाज्ञामा विमानस्थल आवतजावत गर्न साझा बसको सुविधा

१५ वैशाख, काठमाडौं । निषेधाज्ञाको समयमा हवाई यात्रा गर्ने यात्रुका लागि साझा बस चल्ने भएको छ । वायुसेवा कम्पनी र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच मंगलबार भएको छलफलपछि प्राधिकरणले यस्तो व्यवस्था मिलाउने निर्णय गरेको हो । सरकारले बिहीबार बिहानबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा घोषणा गरेको छ । यसबीचमा आन्तरिक तथा बाहृय दुबै उडान भने बन्द हुने छैन […]

सूरिया ल्‍याबको पीसीआर रिपोर्ट बोकेका १२२ यात्रुलाई विमानस्थलबाट फर्काइयो

८ वैशाख, काठमाडौं। सिनामंगलको सूरिया ल्याबबाट पीसीआर रिपोर्ट लिएर विमानस्थल पुगेका १२२ जनालाई फर्काइएको छ। विभिन्‍न देशमा जानका लागि सूरिया ल्‍याबबाट पीसीआर रिपोर्ट लिएर पुगेका यात्रुहरुलाई एयरलाइन्सले विमानस्थलबाट फर्काएकाे हाे । विमानस्थल सुरक्षा कार्यालयका प्रमुख राजेशनाथ बास्तोलाले अनलाइनखबरसँग भने, ‘हिजो सूरिया ल्याबमा छापा मारेर नक्कली पीसीआर रिपोर्ट बनाएको खुलेपछि एयरलाइन्सले त्यो ल्याबमा परीक्षण गराएका यात्रुहरुलाई […]

‘सकेसम्म आफन्तलाई बिदाइ गर्न विमानस्थल नआउनू’

७ वैशाख, काठमाडौं । त्रिभुवन विमानस्थल कार्यालयले विमानस्थल क्षेत्रमा विदेश जाने आफन्तको बिदाइ कार्यक्रम निरुत्साहित गरेको भन्दै अत्यावश्यक नपरेसम्म विमानस्थल क्षेत्रमा प्रवेश नगर्न आग्रह गरेको छ । कोरोना भाइरसको महामारी बढ्दै गएको सन्दर्भमा विमानस्थल कार्यालयले मंगलबार एक सूचना प्रकाशित गर्दै यस्तो आग्रह गरेको हो । कार्यालयले भनेको छ, ‘विमानस्थल हाताभित्र बिदाइ कार्यक्रमलाई निरुत्साहित गरिएकाले अत्यावश्यक […]

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान सामान्य

१९ चैत, काठमाडौँ । प्रतिकूल मौसमका कारण विगत छ दिनदेखि उडान प्रभावित भएको मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान सामान्य रहेको छ । मौसम खराबीले भिजिबिलिटी कम हुँदा आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएकामा आजदेखि नियमित रुपमै उडान सञ्चालन भएको विमानस्थलले जनाएको छ । वायुमण्डलमा देखिएको धुलो र धुवाँका साथै नेपाल तथा भारतका […]

४३ विमानस्थल घाटामा, दर्जनभन्दा बढी गौचरण बने

२७ फागुन, काठमाडौं । काठमाडौंको त्रिभुवन विमानस्थलसहित देशभर निर्माण सम्पन्न भएका विमानस्थलको संख्या ५३ छ । यसमध्ये १० वटा विमानस्थल मात्र नाफामा सञ्चालन भएको नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांकले देखाएको छ । प्राधिकरणले निकालेको आर्थिक वर्ष २०७२/७३ यताको पाँच वर्षको औसतः आम्दानी तथा खर्च विवरण अनुसार त्रिभुवन विमानस्थल, हिमाली भेगका दुई र तराईका सात विमानस्थलमात्र […]

लहडमा विमानस्थल निर्माण :  देशभर १९ विमानस्थल बन्द

२२ पुस, काठमाडौं । विगतमा सञ्चालनमा आएका र कतिपय निर्माण नै नसकिएका गरी देशभर १९ वटा आन्तरिक विमानस्थल बन्द भएका छन् । सडक यातायात पुगेपछि हवाई यात्रुको अभाव हुँदा, वैकल्पिक व्यवसायिक योजना नहुँदा र नेताको लहडमा खोलिएका विमानस्थलहरु बन्द भएका हुन् । आवश्यक अध्ययन नगरी नेताहरुको दबाबमा विमानस्थलहरु बन्दा ठूलो लगानी खेर गएको नेपाल नागरिक […]

मौसम बिग्रिएपछि तराईका तीन विमानस्थलमा उडान हुन सकेन

२१ पुस, काठमाडौं । बाक्लो हुस्सु र तुवाँलोको असर हवाई उडानमा समेत परेको छ । सोमबार विहान पनि सबैजसो विमानस्थलमा उडान प्रभावित भएको थियो । मंगलबार विहान साढे १० बजेसम्म तराईका तीन वटा विमानस्थल अझै सञ्चालनमा आउन सकेका छैनन् । त्रिभुवन विमानस्थल कार्यालयका कार्यबाहक महाप्रवन्धक देवचन्द्रलाल कर्णका अनुसार विराटनगर, जनकपुर र भैरहवा विमानस्थलमा न्यून भिजिविलिटीका […]

पहुँचका भरमा अनावश्यक विमानस्थल बने : मन्त्री ढकाल

१६ पुस, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले राजनीतिक पहुँचका भरमा अनावश्यक ठाउँमा पनि विमानस्थल निर्माण भएको बताएका छन् । बिहीबार नेपाल नागरिक उड्डयन प्राधिकरणको २२ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री ढकालले राजनीतिक पहुँचका आधारमा निर्माण भएका कतिपय विमानस्थल अहिले सञ्चालन हुन नसकेको पनि बताए । देशभर ५५ वटा एयरपोर्ट […]

नेपालमा यसकारण आवश्यक छ छुट्टै हवाई सुरक्षा बल

संस्कृत, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विमानस्थल सुरक्षाका लागि छुट्टै सुरक्षा बल गठन गर्न सम्बन्धित पक्षसँग समन्वय भइरहेको विषय सार्वजनिक गर्नुभएको छ । यो कार्यान्वयन गर्ने तहमै अगाडि बढेको हो भने सह्रानीय पहल हो । विगतमा पनि यस्तो पहल नभएको होइन । तर, यसलाई गम्भीर रुपले लिएर अगाडि बढाउन नेतृत्वले जोडबल गर्न नसक्दा मूर्त […]

पर्यटनमन्त्रीको प्रस्ताव : ‘विमानस्थल सुरक्षा प्रहरी’ बनाऔं

२ मंसिर, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विमानस्थल सुरक्षाका लागि छुट्टै सुरक्षा युनिट गठन गर्नुपर्ने बताएका छन् । ‘विमानस्थल सुरक्षा प्रहरी’ नाम दिइएको छुट्टै सुरक्षा युनिट गठनका लागि आफूले सुरक्षा अंगहरु र सम्बन्धित मन्त्रालयसँग छलफल थालेको समते उनले बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माण भएको सुरक्षा गार्ड भवनको उद्घाटन गर्दै मन्त्री […]

दुबई जान लागेका चार चिनियाँ नागरिक विमानस्थलबाट फर्काइए

२८ कात्तिक, काठमाडौं । दुबई जान लागेका चार जना चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएका छन् । नियमित चेकजाँचका क्रममा ठूलो परिणाममा नेपाली सीम कार्ड भेटिएपछि उनीहरुलाई फर्काइएको हो । विमानस्थल सुरक्षा स्रोतका अनुसार ई ४८९८२२६२, ईएफ ६०९७७१५ र ईडी ८३३२९१७ नम्बरको राहदानी बाहक क्रमशः लिओ विझी, लिओ जिङसियाङ र डुपेई विमानस्थलबाट प्रहरी नियन्त्रणमा पुगेका […]

हिमाली र पहाडी विमानस्थलबाट आन्तरिक उडान खोल्ने तयारी

९ भदौ, काठमाडौं । नजिकिएको चाडबाडलाई मध्यनजर गर्दै सरकारले आन्तरिक उडान सुरु गर्ने तयारी थालेको छ । यद्यपी पहिलो चरणमा आन्तरिक उडान भने काठमाडौंबाट हिमाली र पहाडी भेगका विमानस्थलमा मात्र हुने भएको छ । सो प्रयोजनका लागि निजी क्षेत्रका वायुसेवा कम्पनीसँग छलफल थालिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी दिए । चाडबाड आएका […]

भारतले थप ६ वटा विमानस्थलको व्यवस्थापन निजी क्षेत्रलाई सुम्पियो

नयाँ दिल्ली । भारत सरकारले सरकारले चलाइरहेका विभिन्न ६ वटा विमानस्थलको संचालन तथा व्यवस्थापन निजी क्षेत्रलाई सुम्पिएको छ । बुधबार बसेको क्वाविनेट बैठकले ६ वटा विमानस्थलाई निजीकरण गर्ने निर्णय गरेको भारतीय संचारमाध्यमले जनाएका छन् । भारतेल अमृतसर, इन्दोर, राँची, त्रिची, भूवनेश्वर र राइपुर विमानस्थललाई निजीकरण गरिदिएको हो । भारतले यसअघि नै १२ वटा विमानस्थल निजी […]