Comments Add Comment

स्याङ्जा

List Grid
स्याङ्जाको सेतीवेणी बजार डुबानमा, ८ घरमा क्षति

२ असार, स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका वडा नं. ५ को सेतिवेणी बजार जलमग्न भएको छ । मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण कालीगण्डकीमा पानीको बहाब बढेपछि सेतीवेणी बजार डुवानमा परेको हाे । जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका प्रमुख एसपी होविन्द्र बोगटीका अनुसार डुबानबाट ८ घर पूर्णरुपमा क्षति भएका छन् । मानवीय क्षति भएको छैन । […]

आइसोलेशन शय्या तयार पार्दै स्याङ्जाका पालिकाहरु

२२ वैशाख, स्याङ्जा । नयाँ भेरियन्ट कोभिड-१९ को सङ्क्रमण दर ह्वात्तै बढेपछि स्याङ्जाका पालिकाहरुले आइसोलेशन शय्या निर्माणको तयारीलाई तीव्रता दिएका छन् । देशका विभिन्न ठाउँमा अक्सिजनको अभावका कारण सङ्क्रमितहरुको ज्यान गइरहेका बेला यहाँका पालिकाहरुले अक्सिजनसहितको शय्या निर्माणको कार्यलाई तीव्रता दिएका हुन् । स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाले मङ्गलबारबाट अक्सिजनसहितको छ शय्या सञ्चालनमा […]

स्याङ्जामा डढेलोमा जलेर वृद्धाको मृत्यु

१३ वैशाख, काठमाडौं । स्याङ्जामा वनमा लागेको डढेलोमा जलेर एक वृद्धाको मृत्यु भएको छ । आइतबार दिउँसो २ बजेतिर आँधीखोला गाउँपालिका-१ अर्घौंदीकी ७२ वर्षकी टीकाकुमारी तिवारीको डढेलोमा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अर्यालले जानकारी दिए । अर्घौदीमा ब्रतबन्धको निम्तो मानेर घर फर्किने क्रममा रातो पहिरो पाखामा लागेको डढेलकोको मुस्लोमा […]

घाइते सहचालक नदीमा फालेको आरोपमा चालक पक्राउ

१६ चैत, काठमाडौं । स्याङ्जामा ट्याक्टरबाट खसेर घाइते भएका सहचालकलाई कालीगण्डकी नदीमा फालेको आरोपमा चालक पक्राउ परेका छन् । बालुवा लिएर फर्किँदा चैत ५ गते सहचालक गणेश गाहालाई गल्याङ नगरपालिकाको साँखरबाट कालीगण्डकीमा जिउँदै फालेको अभियोगमा लु अ अ फ १०१२ नम्बरको ट्याक्टरका चालक अमित परियार पक्राउ परेका हुन् । श्रीमती र छोरीसहित भारततर्फ भाग्न लागेको […]

घाइते सहचालकलाई नदीमा बगाएको आरोपमा १ जना पक्राउ

१० चैत, काठमाडौं । स्याङ्जामा ट्याक्टरबाट खसेर घाइते भएका आफ्नै साथीलाई नदीमा बगाएको आरोपमा एक ट्याक्टरका सहचालक पक्राउ परेका छन् । प्रहरीका अनुसार गल्याङ नगरपालिका-९ पारीचौरमा ढुंगा बोकेर आएको लु अ फ १०२० (अस्थायी) नम्बरको ट्याक्टरका सहचालक गल्याङ नगरपालिका–८ का १९ वर्षका गणेश गाहा घाइते भएका थिए । उनलाई सोही ट्याक्टरका चालक र अर्का सहचालकले […]

विपद् व्यवस्थापनका लागि वालिङमा ‘विपद् पोर्टल’

१ चैत, काठमाडौं । स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले विपद् व्यवस्थापनमा जोड दिँदै ‘विपद् पोर्टल’ सञ्चालनमा ल्याएको छ । विपद्सम्बन्धी सूचना तथा तथ्याङ्क सङ्कलन गर्ने, प्रविष्टि गर्ने र प्रतिवेदनमा संलग्न जनशक्तिलाई पोर्टल प्रयोग गर्न सहजीकरण गर्ने उद्देश्यले ‘विपद् पोर्टल’ सञ्चालनमा ल्याइएको वालिङ नगरपालिकाका सूचना प्रविधि शाखा प्रमुख इन्जिनियर प्रकाश अर्यालले बताए […]

स्याङ्जाका ४९ होमस्टे गाउँ पाहुना राख्न तयार

२५ माघ, पोखरा । २०५४ सालमा स्याङ्जाको सिरुबारीमा तत्कालीन सांसद क्याप्टेन रुद्रमान गुरुङले सामुदायिक घरबास (होमस्टे) को अवधारणा ल्याए । होमस्टे सञ्चालन गर्नेका लागि सिरुबारी एउटा पाठशाला बन्यो । त्यसपछि होमस्टे अवधारणा गाउँहरुमा पनि फैलिँदै गयो ।स्याङ्जाकै अन्य गाउँहरुमा पनि होमस्टे लहरै चल्यो । सिरुबारीजस्तै स्याङ्जाकै वालिङ नगरपालिका–४ मा सुन्तलाबारी सामुदायिक होमस्टे सञ्चालनमा आयो । […]

स्याङ्जाका कोरोना संक्रमितको बुटवलमा मृत्यु

८ पुस, बुटवल । स्याङ्जाका एक जना कोरोना संक्रमितको उपचारका क्रममा बुटवलमा मृत्यु भएको छ । स्याङ्जाको कालिगण्डकी गाउँपालिका–४ का ७२ वर्षीय पुरुषको मंगलबार राति मृत्यु भएको हो । मंसिर २६ गते कोरोना संक्रमण पुष्टि भएका ती पुरुष पुस ४ गते कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा भर्ना भएकामा मंगलबार राति १२ बजेर ५ मिनेटमा मृत्यु […]

स्याङ्जाका कोरोना संक्रमित पुरुषको मृत्यु

३ कात्तिक, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण बुधबार पोखरामा एक पुरुषको मृत्यु भएको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–१३ का ४६ वर्षका उनको कात्तिक ३ गते विहान १ बजेतिर मृत्यु भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए । ती युवकमा कात्तिक २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो […]

स्याङ्जामा एकै दिन १११ जना पक्राउ

२० कात्तिक, स्याङ्जा । एकैदिन १११ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । यही कात्तिक १९ गते जिल्ला प्रहरी कार्यालय स्याङ्जा तथा मातहतका युनिटबाट खटिएको टोलीले ९७ जना पुरुष र १४ जना महिला गरी १११ जनालाई पक्रेर जिल्ला अदालतमा उपस्थित गराएको एसपी होविन्द्र बोगटीले जानकारी दिए । २०५९ सालदेखि कर्तव्य […]

गाउँपालिकामा पहिलोपटक मजदूर सञ्चय कोष स्थापना

१६ कात्तिक, स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिकाले गाउँपालिका भित्र काम गर्ने मजदुरका लागि मजदुर सञ्चय कोष स्थापना गरेको छ । यस्तो पहल सम्भवतः स्थानीय तहस्तरमा मुलुकमै पहिलो हो । गाउँपालिकाले सञ्चय कोषमा सूचीकृत हुनसमेत मजदुरलाई आग्रह गरेको छ । दुःख गरेर अरुको लागि खट्ने मजदुरहरुलाई अप्ठेरो परेका बेला कतैबाट पनि सहयोग नपाउने अवस्था आउने भएकोले […]

स्याङ्जामा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु   

२३ असोज, वालिङ । स्याङ्जाको भीरकोटमा शुक्रबार अपराह्न बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार वालिङबाट हेलुतर्फ जाँदै गरेको पायोनियर हायर एजुकेसन ऐकेडेमीको ग १ क ४३७० नम्बरको बसले विपरीत दिशाबाट आएको ग १३ प २८१४ नम्बरको मोटरसाइकललाई भीरकोट–१ दार्सिङस्थित सिद्धार्थ […]

सडकले निम्त्याएको विपद्, सरकारी बेवास्ताको शिकार

८ असोज, पोखरा । गएको वर्ष स्याङ्जाको वालिङ नगरपालिका–१४ पुग्दा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍मा अर्यालको टोलीलाई गाउँलेले बाटो छेके । सडक विभागका उच्च अधिकारीसहित सडक अवलोकन गर्न पुगेकी अर्याललाई वालिङको तमादी गाउँका स्थानीयले बाटो छेकेर भने, ‘यो सडकले बस्ती नै जोखिममा पर्‍यो । वाल लगाइदिनुस्, पानी तर्काउने व्यवस्था मिलाइदिनुस् ।’ यो […]

स्याङ्जामा पहिरो : ५ जनाको शव भेटियो

८ असोज, वालिङ । पहिरोमा पुरिएर स्याङ्जाको वालिङमा पाँच जनाको मृत्यु भएको छ । चार जना अझै बेपत्ता छन् । आज बिहान ६ बजे वालिङ १४ तमादीस्थित माया नेपालीको घरमाथिबाट खसेको पहिरोमा पुरिएका पाँच जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । प्रवक्ता अधिकारीका अनुसार पहिरोमा […]

स्याङ्जामा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु, ८ जना बेपत्ता

८ असोज, स्याङ्जा । स्याङ्जाका दुई स्थानमा पहिरो जाँदा दुई जनाको मृत्यु भएको छ भने ८ जना बेपत्ता भएका छन् । एक जनालाई जीवितै उद्धार गरिएको छ । स्याङ्जाको वालिङ नगरपालिका–१४ तमादीमा पहिरो जाँदा माया परियारको घरमा रहेका १० जना पुरिएका थिए । तीमध्ये एक जनाको मृत्यु भएको छ भने आठ जना सम्पर्कविहीन छन् । […]

पुराना फाइल पल्टाउँदै स्याङ्जा प्रहरी : १७ वर्षको हुँदा अपराध, ६२ वर्षमा पक्राउ

५ असोज, स्याङ्जा । स्याङ्जाको हरिनास गाउँपालिका–१ का ६२ वर्षीय लालबहादुर लाम्जालीले किशोरावस्थामा भएको एउटा घटनाको सजाय यो उमेरमा भोग्नु पर्ला भनेर सोचेकै थिएनन् । त्यसैले अपराध गरेको ४५ वर्षपछि आँगनमा प्रहरी टोली आइपुग्दा लाम्जालीले अन्य कुनै कारणले आएका होलान् भन्ने कल्पेका थिए । तर, जब प्रहरीले २०३२ सालमा भएको एउटा डाँका चोरी सम्बन्धी घटनाबारे […]

स्याङ्जामा प्रहरीको नजर अवैध हतियारतिर, १० दिनमा ६ बन्दुक बरामद

२९ भदौ, स्याङ्जा । बाँदरलाई भनेर हान्दा मान्छेलाई गोली लागेको घटना सार्वजनिक भएपछि स्याङ्जामा प्रहरीले अवैध हातहतियारविरुद्ध अपरेशन थालेको छ । जिल्लाको अर्जुनचपारी गाउँपालिका–१, मझपाटामा ६३ वर्षीय इन्द्रबहादुर क्षेत्रीले पड्काएको बन्दुकको गोली लागेर बाटो हिँड्ने व्यक्ति गम्भीर घाइते भएका थिए । त्यसयता प्रहरीले जिल्लामा ठूलो संख्यामा अवैध हतियार हुनसक्ने आशंकामा विशेष अपरेशन चलाउन थालिएको हो […]

स्याङ्जाका कोरोना संक्रमितको पोखरामा मृत्यु

२७ भदौ, पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं. १ निवासी ८५ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो । आइसियूमा उपचाररत उनको आज बिहान ६ः३२ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए । यही […]

निषेधाज्ञाको समयमा होटलमा गएर जुवा ! व्यवसायी र नेता पक्राउ

१९ भदौ, स्याङ्जा । कोरोना भाइरसको महामारीका कारण प्रशासनले सर्वसाधारणलाई भेला, जम्मा हुन र भिडभाड गर्न निषेध गरेको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञाको आदेशका कारण सामान्य नागरिक घरमै छन् । तर, स्याङ्याजाका केही व्यवसायी, नेता र बैंकमा काम गर्ने कर्मचारी भने निषेधाज्ञाको समयमा पनि होटलमा भेला भएर जुवा खेलिरहेको अवस्थामा बिहीबार पक्राउ […]

स्याङ्जामा एम्बुलेन्स दुर्घटना हुँदा २ जनाको मृत्यु, २ घाइते

१४ भदौ, काठमाडौं । स्याङ्जामा एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । बा २ झ ४०११ नम्बरको एम्बुलेन्स आइतबार बिहान सवा ४ बजे वालिङ नगरपालिका–५ माझकोट भन्ने स्थानमा दुर्घटना भएको हो । दुर्घटनामा चापाकोट- ९ का ३५ वर्षीय भानुभक्त गैरे र २२ वर्षीय श्याम पँगेनीको मृत्यु […]

स्याङ्जामा लापरवाही : थुनावालाई परीक्षण नगरी छोड्दा स्थानीयमा संक्रमण

२० साउन, पोखरा । स्याङ्जाको पुतलीबजार नगरपालिकामा साउन ४ गते तास खेलिरहेका ६ जनालाई प्रहरीले पक्राउ गर्‍यो । उनीहरुलाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान बढाउँदै थियो । यहीबीचमा केही प्रहरीमा रुघाखोकी जस्तो लक्षण देखिए । कोरोनाको आशंकामा स्वाब परीक्षण गर्दा साउन ६ गते ३ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भयो । प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएपछि […]