बुधबार, ११ फागुन, २०७३
OnlineKhabar.com

खेलकुद

पाथीभरा राष्ट्रिय भलिबलको उपाधि पुलिसलाई

७ फागुन ताप्लेजुङ । दोस्रो राष्ट्रिय पाथीभरा भलिबल प्रतियोगिताको उपाधि नेपाल पूलिस क्लबले जितेको छ । राउण्ड रोविनको आधारमा खेलाइएको प्रतियोगितामा नेपाल पूलिसले ११ अंकका साथ उपाधि चुमेको हो । त्यस्तै १० अंक सहित त्रिभुवन आर्मी क्लबले उपविजेतामा चित्त बुझाएको छ । शनिबार भएको निकै प्रतिस्पर्धात्मक अन्तिम खेलमा १९-२५, १५-२५, २५-२०, २५-२२ र १५-११...

विश्व क्रिकेट लिगः हङकङ डच टोलीसँग फेरि हार्‍यो

७ फागुन काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेदरल्याण्डले हङकङलाई १३ रनले हराएको छ । लगातार दुई जितसँगै डच टोली १० खेलबाट १६ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । ११ अंक जोडेको हङकङ तेस्रो स्थानमा छ । नेपाल ८ खेलबाट ६ अंकसहित छैटौं स्थानमा छ । नेदरल्याण्डले प्रस्तुत गरेको ३१५ रनको...

च्याम्पियन्स लिगको आश मारिसकेका छैनौं: स्वरेज

७ फागुन, काठमाडौं । बार्सिलोनाका स्ट्राइकर लुइस स्वरेजले च्याम्पियन्स लिगको क्वार्टरफाइनल पुग्ने आश अझै नमारेको बताएका छन् । स्पेनिस च्याम्पियन बार्सिलोनाले अन्तिम १६ को पहिलो लेगमा पेरिस सेन्ट जर्मेनसँग ४-० को लज्जास्पद हार व्यहोरेको छ । दोस्रो लेगमा मार्च ४ मा घरेलु मैदान नाउ क्याम्पमा खेल्दैछ । र, च्याम्पियन्स लिगको नक आउट चरणमा अहिलेसम्म...

पाथीभरा भलिबलमा आर्मी र पुलिसको सहज जित

६ फागुन, ताप्लेजुङ । ताप्लेजुङमा जारी पाथिभरा पुरुष भलिबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा त्रिभुवन आर्मी क्लव र नेपाल पुलिस क्लब विजयी भएका छन् । सदरमुकाम स्थित भानु जन माविको खेल मैदानमा भएको पहिलो खेलमा आर्मीले सशस्त्र प्रहरीको एपिएफ क्लवलाई ३-० को सोझो सेटमा पराजित गर्‍यो । एपिएफबिरुद्ध आर्मीले २६-२४, २५-१९ र २५-१७ को...

जोकोको हृयाट्रिकमा रोमाको जित

६ फागुन, काठमाडौं । इडेन जोकोको हृयाटि्रकको मदतमा रोमाले युरोपा लिगमा भिल्लारियलमाथि शानदार जित हात पारेको छ । बिहीबार राति भएको अन्तिम ३२ को पहिलो लेगमा रोमाले भिल्लारियललाई ४-० गोल अन्तरले हराएको हो । म्यानचेष्टर सिटीका पूर्व स्ट्राइकर जोकोले अन्तिम २५ मिनेटमा तीन गोल गरे । र युरोपियन लिगमा यो सिजन आफ्नो गोलसंख्या ८...

युरोपा लिगमा टोटनहृयामको अप्रत्यासित हार

६ फागुन, काठमाडौं । युरोपा लिग फुटबलमा टोटनहृयामले अप्रत्यासित हार व्यहोरेको छ । बिहीबार राति भएको अन्तिम ३२ को पहिलो लेगमा केएए जेन्टले टोटनहृयामलाई १-० गोल अन्तरले हराएको हो । घरेलु मैदानमा भएको खेलमा जेन्टका लागि पेर्बेटले निर्णायक गोल गरे । उनले ५९ औं मिनेटमा गोल गरेका हुन् । बेल्जियमको लिगमा आठौं स्थानमा रहेको...

इब्राहिमोभिचको हृयाट्रिकसँगै म्यानचेष्टर युनाइटेडको सहज जित

६ फागुन, काठमाडौं । जाल्टन इब्राहिमोभिचको हृयाट्रिकको मदतमा म्यानचेष्टर युनाइटेडले युरोपा लिगको अन्तिम ३२ मा सेन्ट इटियेनमाथि सहज जित हात पारेको छ । बिहीबार राति भएको पहिलो लेगमा म्यानचेष्टर युनाइटेडले सेन्ट इटियेनमाथि ३-० को जित हात पारेको हो । घरेलु मैदान ओल्ड ट्रार्फडमा भएको खेलमा जाल्टन नायक बने । उनले १५ औं मिनेटमा गोल...

मिरा राईलाई नगद ३० लाखसहित सम्मान गर्ने सरकारी तयारी

५ फागुन, काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले विश्व अल्ट्रा धाविका मिरा राईलाई नगद तीस लाख नगदसहित सम्मान गर्ने प्रस्ताव अघि सारेको छ । साथै राईलाई प्रशिक्षण दिने प्रशिक्षक धुर्व विक्रम मल्ललाई पनि नगद तीन लाख सहित सम्मान गर्ने मन्त्रालयले योजना बनाएको छ । खेलकुद मन्त्रालय स्रोतले भन्यो, हामीले सम्मान गर्ने सोच बनाएका छौं...

पाथिभरा भलिबलमा आर्मी र एपिएफ बिजयी

५ फागुन, ताप्लेजुङ । ताप्लेजुङमा जारी पाथिभरा पुरुष भलिबल प्रतियोगिताको तेस्रो दिन विहीबार त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लवले आ-आफ्नो खेलमा जित हासिल गरेका छन् । सदरमुकाम स्थित नेपाली सेनाको खेल मैदानमा आज भएको पहिलो खेलमा आर्मीले पूर्वाञ्चललाई २५-१५, २५-२३ र २५-१८ को सोझो सेटमा पराजित गरेको हो । त्यस्तै आजैको दोस्रो...

११औं पोखरा म्याराथन शनिबार हुने 

५ फागुन, पोखरा । पर्यटकीय शहर पोखरामा आगामी शनिबार सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथन हुने भएको छ । भुतपूर्व खेलाडी मञ्च पोखराको आयोजनामा ११औं संस्करणको म्याराथन प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको विहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष खड्गबहादुर रानाभाटले जानकारी दिए । शुक्रबार साँझसम्म नाम दर्ता गर्न सकिने म्याराथनमा...

पाथीभरा भलिबलमा पूर्वाञ्चलसँग त्रिभुवन आर्मी भीड्दै

५ फागुन, ताप्लेजुङ । ताप्लेजुङमा जारी पाथिभरा पुरुष भलिबल प्रतियोगितामा आज पूर्वाञ्चल र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ । त्यस्तै दोस्रो खेलमा मध्यमाञ्चल र सशस्त्र प्रहरीको टीम मैदानमा उत्रने छन् । खेल बिहान ११ बजेपछि सदरमुकामस्थित नेपाली सेनाको खेल मैदानमा हुनेछ । बुधकार भएको खेलमा नेपाल पुलिस क्लब र पूर्वाञ्चल विजयी भएका छन् ।...

कासिमेरोको गोलसँगै रियल मड्रिड विजयी

५ फागुन, काठमाडौं । च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा साविकको विजेता रियल मड्रिडले नापोलीलाई हराएको छ । बुधबार राति भएको खेलमा एक गोलले पछि परेको अवस्था उल्टाउादै रियल मड्रिडले इटालिनय क्लब नापोलीलाई ३-१ ले हराएको हो । रियलको घरेलु मैदानमा भएको खेलमा नापोलीले आठौं मिनेटमा नै इन्सिगेनको गोलबाट अग्रता लिएको थियो ।...