Comments Add Comment

जाजरकोट

List Grid
तस्कारको निसानामा रेडपाण्डा

५ असोज, जाजरकोट । रातो हाब्रे (रेडपाण्डा) लगायत अन्य जनावरको दैनिक चोरी निकासी हुने दर बढेको पाइएको छ । प्रहरीद्वारा हप्तैपिच्छे बरामद गरिने तथ्याङ्क उकालो लाग्दा सो तथ्य पुष्टि भएको हो । विश्वमा लोपोन्मुख जनावरका रूपमा रहेको रेडपाण्डा जाजरकोटको बारेकोट, नलगाड र डोल्पाको मुड्केचुला गाउँपालिकामा पाइन्छ । संरक्षणका लागि सरोकारवालाको निगरानी कम हुँदा तस्कारले रेडपाण्डालगायत […]

जाजरकोटमा देउता नुहाउन चाँदे हिमाल गएका एक जनाको मृत्यु

१ असोज, सुर्खेत । जाजरकोटको चाँदे हिमालमा देउता नुहाउन गएका एक जनाको मृत्यु भएको छ । जुनीचाँदे गाउँपालिका–१, काप्राका ५९ वर्षीय अविमान रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी मधुकुमार थापाले जानकारी दिए । चाँदे हिमालको चौरीपाटनमा रहेको नदाई डावमा नारायण देउता नुहाउन जाने क्रममा लगातारको वर्षासँगै आएको हावाहुरीमा परेर रावको निधन भएको हो […]

जाजरकोटमा देखिए दादुराका बिरामी

२६ भदौ, जाजरकोट । नेपालले सन् २०१९ भित्र उन्मूलन गर्ने लक्ष्य लिए पनि २०२१ मा आएर यहाँ दादुराका बिरामी फेला परेका छन् । भेरी नगरपालिका-१ रावतगाउँमा गत साउन ८ गते मिल्दोजुल्दो लक्षण भएका बिरामी देखिएपछि जाँच गर्दा दादुराका बिरामी फेला परेका थिए । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को सहयोगमा भेरी-१ रावतगाउँमा १८ बालबालिकाको नमूना सङ्कलन गरी […]

हरेक गाउँटोलमा जन्मिनुपर्ने रमा दिदीको कथा

घाट बजारबाट उकालो लागेका हामी साउखोली पुग्दा साँझ छिप्पिन थालिसकेको थियो । लेकको रमाइलो दृश्य भर्खरै शुरू भएको छ । वरिपरिको जङ्गल र जङ्गलको बीच भागमा फराकिला र सुन्दर घाँसे मैदान छन् । घाम पश्चिमतिर पुगेको छ । बाटो नजिकै गोठमा भर्खरैका साना पाडापाडी, बाच्छाबाच्छी चर्न गएका आफ्ना आमालाई बोलाउँदै छन् । एकान्त वनमा पनि […]

मकैको घोगामा दाना नलाग्दा जाजरकोटका किसान चिन्तित

२७ साउन, जाजरकोट । मकैको घोगामा दाना नलागेपछि जाजरकोटको भेरी नगरपालिका–२ का किसान मर्कामा परेका छन् । भेरी नगरपालिका–२ को बाहुनथाना, रिसाङ, पोख्रा, पुरानो रिसाङ, दारा र तातोपानीलगायत क्षेत्रमा लगाइएको मकैमा दाना लागेको छैन । दाना नलाग्दा २० लाख रुपैयाँभन्दा बढी नोक्सान भएको किसानको गुनासो छ । ‘बोटमा रहरलाग्दो मकैको घोगा भयो, तर घोगामा एउटा […]

*डोल्पा सदरमुकाम बाहिरका सबै खाद्य डिपो रित्तै

२६ साउन, जाजरकोट । कर्णाली प्रदेशले उपलब्ध गराएको कामका लागि खाद्यान्न कार्यक्रमको चामल डोल्पाका चार स्थानीय तहमध्ये केही स्थानमा अझैसम्म पुग्न सकेको छैन । अन्य स्थानमा भने तोकिएको कोटामध्ये आधामात्र पुगेको छ । आव २०७७÷७८ मा विकास निर्माणका काम गरेबापत गरिब तथा दलित समुदायलाई वितरण गर्नुपर्ने चामल जगदुल्ला गाउँपालिकामा अहिलेसम्म नपुगेको जनाइएको छ । उक्त […]

दाम्लोले बाँधेर युवालाई कुटपिट गर्ने जाजरकोटका वडाध्यक्ष पक्राउ

२१ साउन, सुर्खेत । दाम्लाले बाँधेर युवालाई कुटपिट गर्ने जाजरकोटको जुनिचाँदे गापा- २ का वडाध्यक्ष रामबहादुर नेपाली पक्राउ परेका छन् । साउन १५ गते स्थानीय सर्पे दमाइलाई डोरीले बाँधेर कुटपिट गरेका उनलाई बिहीबार जाजरकोट प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय पञ्चालाको टोलीले उनलाई घरबाटै नियन्त्रणमा लिएर सदरमुकाम खलंगा झिकाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका […]

बैंकको लापरबाहीले जाजरकोटका ९२० बालबालिका पोषण भत्ताबाट वञ्चित

२० साउन, सुर्खेत । बैंक र नगरपालिकाको लापरबाहीका कारण जाजरकोटको भेरी नगरपालिकाका ९२० बालबालिका पोषण भत्ता पाउनबाट बञ्चित भएका छन् । एनआईसी बैंक जाजरकोट शाखा र नगरपालिकाको लापरबाहीका कारण नगरभित्रका ४ वडाका ९२० बालबालिकाले आर्थिक वर्ष २०७७÷७८ को पोषण भत्ताको रकम नपाएका हुन् । नगरको वडा नम्बर ४ का १३९, वडा नम्बर ८ का २६३, […]

जाजरकोटमा वडाध्यक्षले दाम्लोले बाँधेर युवालाई कुटे, प्रहरीको रोहबरमा मिलापत्र

२० साउन, सुर्खेत । जाजरकोटका एक वडा अध्यक्षले स्थानीय युवालाई बाँधेर निर्घात कुटपिट गरेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । युवालाई कुट्ने व्यक्ति जुनीचाँदे गाउँपालिका-२, का वडाध्यक्ष रामबहादुर नेपाली भएको खुलेको छ । सामाजिक सुरक्षा भत्ता बाँड्ने क्रममा होहल्ला गरेको भन्दै वडाध्यक्ष नेपालीसहित केही व्यक्तिले सोही ठाउँका सर्ते नेपाली (नवीन परियार) लाई कुटपिट […]

भिरबाट लडेर वडासदस्यको मृत्यु

९ असार, सुर्खेत । जाजरकोटको भेरी नगरपालिका–२ का वडा सदस्य सुशीला नेपालीको भिरबाट लडेर मृत्यु भएको छ । उपचारका लागि अस्पताल लैजाँदै गर्दा गएराति उनको मृत्यु भएको नगरपालिकाका प्रवक्ता पार्वती विकले जानकारी दिइन् । भेरी–२ डिंगास्थित घरबाट बाहुनथानास्थित वडास्तरीय योजना तर्जुमा बैठकमा सहभागी हुन जाँदै गर्दा नेपाली लडेर घाइते भएकी थिइन् ।

जाजरकोटमा हावाहुरी, पशुचौपाया छाड्न गएका ७ जना तीन दिनदेखि बेपत्ता

३ असार, सुर्खेत । जाजरकोटको कुशे पाटनमा हावाहुरी चल्दा ७ जना बेपत्ता भएका छन् । ६ दर्जनभन्दा बढी पशुचौपाया हावाहुरीका कारण मरेको आशंका गरिएको छ । कुशे गाउँपालिका वडा नम्बर ८ र ९ का सात जना स्थानीय गाई, भैसी र बाख्रालगायत पशुचौपाया पाटन छाड्न गएका बेला पाटनको जलजलाबाट बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख […]

कोरोनाबाट जाजरकोटका पूर्वसांसद न्यौपानेको निधन

१३ जेठ, सुर्खेत । कोरोना भाइरसको संक्रमणबाट जाजरकोटका पूर्व सांसद रत्नप्रसाद न्यौपानेको निधन भएको छ । उपचारका क्रममा काठमाडौँस्थित सशस्त्र प्रहरी अस्पतालमा बुधबार राति निधन भएको उनका छोरा मदनरत्न न्यौपानेले पुष्टि गरे । ‘शुरुमा वैशाख २३ गते बुवालाई कोरोना संक्रमण देखिएको थियो, तर पछि फोक्सोमा निमोनिया भएर गम्भीर समस्या भएपछि काठमाडौँमा उपचार भइरहेको थियो । […]

गाउँभरिका बिरामीमा कोरोनाको लक्षण, धामी र जडीबुटीकै भर

७ जेठ, जाजरकोट । गाउँभरि घरैपिच्छे बिरामी हुँदा सर्वसाधारण हैरान भएका छन् । जिल्लाका सबै पालिकामा यस्तो समस्या देखिएको छ । कुशे गाउँपालिका अधिकांश गाउँमा ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्नेलगायत लक्षण देखिएको छ । गाउँमा सबै बिरामी हुँदा हैरान भएको र आफूलाई समेत सन्चो नभएको रातो नेपालीले बताए । “ गाउँमा कसैको परीक्षण भएको […]

डोल्पामा छैन आयोडिनयुक्त नुन, चार डिपो रित्तै

२९ वैशाख, जाजरकोट । सरकारले अनुदानस्वरूप दिएको आयोडिनयुक्त नुन डोल्पाका छ स्थानीय तहका सर्वसाधारणले खान पाएका छैनन् । आयोडिनयुक्त नुनको ठाउँमा ढिके नुन नै प्रयोग गर्न बाध्य भएको यहाँका सर्वसाधारणले जानकारी दिएका छन् । जिल्लाका मुड्केचुला गाउँपालिकाको सर्मी, जगदुल्ला गाउँपालिकाको काइगाउँ, त्रिपुरासुन्दरी गाउँपालिकाको लिकु र उपल्लो डोल्पाका स्थानीय तहका लागि तिन्जेमा आयोडिनयुक्त नुनको डिपो रहेको […]

जाजरकोटमा यातायात मजदुरबीचको झडपमा १ जनाको मृत्यु

२० चैत, सुर्खेत । जाजरकोटमा यातायात मजदुरबीचको झडपमा एक युवकको मृत्यु भएको छ । बारेकोट गाउँपालिका–२, लिम्सामा यातायात मजदुरको दुई समूहबीच झडप हुँदा नलगाड नगरपालिका–४, का ३५ वर्षीय नरेश रावलको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव बारेकोटकै देउलस्थित खोलामा शुक्रबार दिउँसो फेला परेको जाजरकोटका डीएसपी मधु थापाले जानकारी दिए । प्रहरीका अनुसार जाजरकोट–डोल्पा […]

जाजरकोटमा माटोको ढिस्कोमा पुरिएर एकजनाको मृत्यु

२८ माघ, जाजरकोट । जाजरकोटको शिवालय गाउँपालिकामा एक महिलाको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको छ । शिवालय गाउँपालिका-९ की ४६ वर्षीया विर्मी बुढाको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको हो । छेडा-कचाली सडकखण्डमा तारजालीको पर्खाल लगाउन जग खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिएर बुढाको ज्यान गएको जाजरकोटका प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले जानकारी दिए ।

जाजरकोटका ६ स्थानीय तह सञ्चार सेवाबाट वञ्चित

२६ माघ, जाजकोट । सल्लाभीरमा रहेको रिपिटर टावरमा चट्याङले क्षति पुर्‍याएपछि जाजरकोट ६ वटा स्थानीय तहमा सञ्चार सेवा विच्छेद भएको छ । जिल्लाका छेडागाड, नलगाड, बारेकोट, जुनिचाँदे, कुशे र शिवालय गाउँपालिकामा रहेका आमनागरिक चार दिनदेखि सञ्चार सेवाबाट वञ्चित भएका हुन् । एकैपटक जिल्लाका पाँच ठाउँमा रहेका टेलिफोन टावरमा सल्लाभीरबाट सिग्नल प्रसारण नहुँदा सञ्चार सेवा विच्छेद […]

नलगाड नगरपालिकाका सबै वडामा स्वास्थ्य संस्था

१८ कात्तिक, जाजरकोट । नलगाड नगरपालिकाले सबै नागरिकको पहुँचमा स्वस्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सबै वडामा स्वस्थ्य संस्था निर्माण गरेको छ । नगरपालिकाको वडा नं २, ३, ७, ११, १२ र १३ मा पहिले नै स्वास्थ्य संस्था थिए । ती वडाहरूको भूगोल ठूलो भएकाले नयाँ एक थप गरी स्वास्थ्य संस्था थपिएको नगरप्रमुख टेकबहादुर रावलले जानकारी […]

होम आइसोलेसनमा बसेकी महिलाको मृत्यु

१२ असोज, काठमाडौं । कोरोना संक्रमण भएपछि होम आइसोलेसनमा बसेकी जाजरकोटकी एक महिलाको मृत्यु भएको छ ।जुनीचाँदे गाउँपालिका-५ गर्खाकोटकी ७६ वर्षीय महिलाको स्वास्थ्यमा समस्या देखिएपछि नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहोलपुर लैजाने क्रममा सोमबार मृत्यु भएको हो । कोरोना संक्रमण भएको आशंकामा असोज ५ गते शिक्षण अस्पतालमै पीसीआर जाँच गराउँदा ६ गते कोरोना संक्रमण पुष्टि […]

२५ वर्षदेखि तुइनकै सहारामा नदी वारपार

९ असोज, जाजरकोट । २०७२ सालमा प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले दुई वर्षभित्र देशलाई तुइनमुक्त गर्ने घोषणा गरे । असोज महिनामा मन्त्रिपरिषदबाटै तुइनमुक्त गर्ने पहिलो निर्णय गराए । तर, प्रधानमन्त्रीको घोषणा र सरकारको उक्त निर्णय भएको ५ वर्ष पुगिसक्दा पनि जाजरकोटका नागरिकहरु तुइनबाटै नदी वारपार गर्न बाध्य छन् । जाजरकोटको शिवालय गाउँपालिका र छेडागाड नगरपालिकाका […]

 कहिले निको होला बारेकोटको घाउ ?

१६ भदौ, जाजरकोट । चौतर्फी हिमालको पर्खाल ! तलसम्म परेका साना फाँट र फाँटको किनारमा हिउँ पग्लिएर बगेको नलगाड नदी । साँच्चिकै सुन्दर ठाउँ हो बारेकोट ! पूर्वमा डोल्पा, उत्तरमा जुम्ला र पश्चिममा रुकुम पश्चिम रहेको बारेकोट जैविक विविधता र कैयौँ औषधीय मूल्य भएका जडीबुटीको पनि भण्डार नै हो । तर जाजरकोट जिल्लाको बारेकोटको यो […]