Comments Add Comment

धनुषा

List Grid
धनुषा र सर्लाहीका प्रहरी प्रमुख काठमाडौं तानिए

७ कात्तिक, जनकपुरधाम । प्रदेश २ का दुई जिल्ला (धनुषा र सर्लाही) का प्रहरी प्रमुख (एसपी) को काज सरुवा भएको छ । धनुषाका एसपी प्रकाश रानाभाटलाई प्रहरी प्रधान कार्यालयमा र सर्लाहीका एसपी सन्तोष सिंह राठौरलाई प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ । धनुषामा रानाभाटको ठाउँमा एसपी बसन्त रजौरे र सर्लाहीमा […]

धनुषामा धर्नामा बसेका जनमत पार्टीका कार्यकर्ता पक्राउ

४ कात्तिक, जनकपुरधाम । नेपाल खानेपानी तथा ढल निकास कार्यालयका निमित्त प्रमुखलाई कपडा च्यातेर जनकपुरधाममा घुमाएपछि पक्राउ परेका आफ्ना कार्यकर्ताको रिहाइको माग गर्दै जनमत पार्टीका नेता/कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय, धनुषा अगाडि धर्ना दिएका छन् । धर्नामा बसेका सो पार्टीका कार्यकर्तालाई पनि प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय अगाडि धर्नामा बस्नेक्रममा ३० जना कार्यकर्ता […]

धनुषामा पाँच दिनदेखि हराइरहेका व्यक्ति मृत फेला

२५ असोज, जनकपुरधाम । धनुषामा पाँच दिनदेखि हराइरहेका एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । कमला नगरपालिका वडा नम्बर ३ निवासी नागेश्वर साह गाउँकै नहर नजिकको कल्भर्टमा मृत फेला परेको प्रहरीले जनाएको छ । गत बिहीबार साँझदेखि हराइरहेका ५५ वर्षीय साह मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय खजुरीका प्रहरी निरीक्षक रबीन मैनालीले जानकारी […]

धनुषामा एकै परिवारका ३ जनाको शव भेटियो

२३ असोज, जनकपुरधाम । धनुषाको नगराइन नगरपालिकामा एकै परिवारका तीन जनाकाे शव फेला परेकाे छ । नगरपालिकाकाे वडा नम्बर ७ फुलगामा टाेलकी २४ वर्षीया गुडिया साह, उनका ५ बर्षीय छोरा अभिषेक र ३ बर्षीय आदित्य साहकाे शव घरभित्रै फेला परेकाे धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार गुडियाले दुबै छाेरा […]

धनुषामा मोटरसाइकल दुर्घटनामा ३ जनाको मृत्यु

१३ असोज, जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–१८ औरहीबाट जनकपुर बजारतर्फ आइरहेको ज न प १९८२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा त्यसमा सवार सबै ३ जनाको मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार मृत्य हुने जनकपुरधाम उपमहानगरपालिका–११ […]

मानसिक स्वास्थ्य कमजोर रहेकी गर्भवतीको उद्धार

१२ असोज, वीरगञ्ज । मानव सेवा आश्रम वीरगञ्ज शाखाले मानसिक स्वास्थ्य कमजोर भएकी एक गर्भवतीको उद्धार गरेको छ । धनुषाको धनुषाधाम नगरपालिका–९ धारापानीबाट उनको उद्धार गरिएको हो । लेखेर रिना देवी नाम बताउने उनको मानसिक स्वास्थ्य अवस्था कमजोर छ । अन्य मानिसलाई देख्ने बित्तिकै गाली गर्ने र एक्लै पनि कराइरहने समस्या उनमा छ । सामाजिक […]

आरकेष्ट्रा नचाएको आरोपमा धनुषाबाट पाँचजना पक्राउ

४ असोज, धनुषा । प्रहरीले आरकेष्ट्रामार्फत अश्लील भोजपुरी गीतमा नचाएको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा विदेह नगरपालिका-७ का २३ वर्षीय श्‍याम पासवान (उद्घोषक), भारत उत्तरप्रदेश महराजगञ्‍ज इटहर्वा बस्‍ने २१ वर्षीय अनुशव मिश्र, भारत बिहार बेतिया अमोलिया सिङगरीका २५ वर्षीय सुनील पासवान र अमोलिया सिङगरीकी २१ वर्षीया रिनादेवी पासवान रहेकी छिन् […]

पोखरीमा आमा–छोराको शव फेला

४ असोज, जनकपुरधाम । धनुषामा पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा आमा–छोराको शव फेला परेको छ । जिल्लाको धनुषाधाम नगरपालिका वडा नम्बर २ धर्मपुर निवासी अशोकी सिंहकी २८ वर्षीया पत्नी अर्चना सिंह र चार वर्षीय छोरा कुश कुमार सिंह घर नजिकैको पोखरीमा मृत फेला परेको धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए । यस […]

धनुषामा निजी मेडिकलमा कोरोना खोप भेटिएको विषयमा विभागले अनुसन्धान गर्ने

१ असोज, जनकपुरधाम । धनुषाको शहीदनगर नगरपालिकास्थित एक निजी मेडिकलमा बिक्रीका लागि कोरोनाविरुद्धको खोप राखिएको विषयमा औषधि व्यवस्था विभागले अनुसन्धान गर्ने भएको छ । सर्वसाधारणलाई निःशुल्क वितरण गर्नका लागि आएको ४ थान भेरोसेल, १ थान जोन्सन एण्ड जोन्सन तथा १ थान अस्ट्राजेनेकाको खोप शहीदनगर नगरपालिका–३ यदुकोहास्थित श्रीराम हेल्थ केयरमा फेला परेको थियो । खोप फेला […]

अनुमतिविना सरकारी रकमबाट मेयरको विदेश भ्रमण

२४ भदौ, जनकपुरधाम । धनुषाको एक स्थानीय तहका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले सरकारको अनुमतिविनै सरकारी कोषबाटै विदेश भ्रमण गरेको पाइएको छ । शहीदनगर नगरपालिका प्रमुख उदयकुमार बरबरिया यादव र तत्कालिन प्रमुख प्रशासकीय अधिकृत नन्दकुमार झाले सरकारी कोषको रकमबाट अनुमति विना एक साता दुबई भ्रमण गरेका छन् । यादव र झा २०७६ साल मंसिर ११ […]

बुवा र श्रीमतीको हत्या गरेर शव खाल्डोमा गाड्ने युवक पक्राउ

८ भदौ, जनकपुरधाम । धनुषामा केही दिनअघि वैदेशिक रोजगारीबाट फर्केका एक व्यक्ति आफ्नै बुवा र श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । मिथिला बिहारी नगरपालिका वडा नम्बर ५ ललिया निवासी भागेश्वर मण्डलले ५५ वर्षीय बुवा रामवृक्ष र २४ वर्षीया श्रीमती अमिरकादेवीको हत्या गरेको आरोप छ । दुवै जनाको हत्या गरी शव छिमेकी रामकिसुन मण्डलको […]

बिचौलिया काम गरेको आरोपमा जनकपुरबाट तीन जना पक्राउ

१ भदौ, जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय, धनुषा अगाडि बिचौलियाको काम गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । बिचौलियाको काम गरेको आरोपमा जनकपुरधाम उपमहानगरपालिका–१ का ३५ वर्षीय विजय मण्डल, वडा नम्बर ४ का ३६ वर्षीय गुड्डु पूर्वे र वडा नम्बर १० का ५० वर्षीय विजयकुमार साहलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । उनीहरुले […]

धनुषामा करेन्ट लागेर दुई जनाको मृत्यु

२७ साउन, जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाकै लक्ष्मिनियाँ गाउँपालिका वडा नम्बर ३ बस्ने ५४ वर्षीय विन्दा दास र ५० वर्षीय मनिराम यादव छन् । क्षिरेश्वरनाथ नगरपालिका ३ पर्सा मंगलबार साँझ ६ बजेतिर करेन्ट लाग्दा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । क्षिरेश्वरनाथ नगरपालिका ३ […]

एसिड बेच्नेलाई सजाय नगरेकामा पीडितको आपत्ति

२६ साउन, जनकपुरधाम । आफ्नै श्रीमानबाट एसिड आक्रमणमा परेकी जनकपुरधामकी आरती साह एसिड बेच्नेलाई अदालतले सफाइ दिएपछि आक्रोशित बनेकी छन् । जिल्ला अदालत धनुषाले उनीमाथि एसिड खन्याउने उनकै श्रीमान सञ्जीव साहलाई दोषी ठहर गरेको छ भने एसिड बेच्ने नागेन्द्र साहलाई सफाइ दिएको छ । सोमबार न्यायाधीश कृष्णमुरारी शिवाकोटीको इजलासले सञ्जीबलाई दोषी ठहर र एसिड बेच्ने […]

श्रीमतीमाथि एसिड प्रहार गर्ने व्यक्ति अदालतबाट दोषी ठहर

२५ साउन, जनकपुरधाम । धनुषामा श्रीमतीमाथि एसिड प्रहार गर्ने एक व्यक्तिलाई अदालतले दोषी ठहर गरेको छ । अदालतका न्यायाधीश कृष्णमुरारी शिवाकोटीको एकल इजलासले २४ वर्षीय संजीव साहलाई दोषी ठहर गरेको अदालतका सूचना अधिकारी गंगाकुमार मिश्रले जानकारी दिए । उनका अनुसार संजीवलाई एसिड बेच्ने नागेन्द्र साहलाई भने सफाइ दिइएको छ । आरतीमाथि एसिड प्रहार गरेकै दिन […]

धनुषामा पिकअप गाडी खोलामा खस्दा चालकको मृत्यु, ५ जना घाइते

१५ साउन, जनकपुरधाम । धनुषाको लक्ष्मीनियाँ गाउँपालिकास्थित जनकपुरधाम–ढल्केबर सडक खण्डमा शुक्रबार बिहान पिकअप गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । गाउँपालिकाको वडा नम्बर ४ सपहीमा बनाइएको डाइभर्सनमा प्रदेश २ को ००३५ नम्बरको पिकअप दुर्घटना भएको प्रहरीले जनाएको छ । पुल बनाउनका निम्ति बनाइएको डाइभर्सनतिर नमोडिई खोलामा खस्दा […]

धनुषामा दुई सातामा दुईजना युवकको हत्या

१४ साउन, जनकपुरधाम । धनुषाको शहीदनगर नगरपालिकामा दुई साताभित्र दुईजना युवक मारिएका छन् । एक जनाको हत्याका कारण बाहिर नआउँदै अर्का युवकको हत्या भएको छ । पछिल्लो पटक नगरपालिकाको वडा नम्बर ३ गोठकुहाका एक युवकको हत्या भएको छ । २१ बर्षीय गोबिन्द यादवलाई उनकै साथीहरुले हत्या गरेका छन् । टाउको, छातीसहित शरीरका बिभिन्न ठाउँमा चोट […]

श्राद्धको भोज खान गएका युवक भारतमा मृत भेटिएपछि परिवार शोकमा

८ साउन, जनकपुरधाम । श्राद्धको भोज खान भारत गएका छोरा मृत अवस्थामा भेटिएपछि धनुषाको शहीदनगर नगरपालिका–९ को एक परिवार शोकमा डुबेको छ । २७ असारको रातिदेखि बेपत्ता भएका २३ वर्षीय दीपेश रजकको परिवार शोकमा डुबेको हो । साथीसँगै भोज खान भारत गएका उनी एक्कासी सम्पर्कविहीन भएपछि चौतर्फी खोजतलास गरिएको थियो । खोजी गर्ने क्रममा दीपेशको […]

रेल छोपेको त्रिपाल फाटिसक्यो, कहिले चल्ने टुंगो छैन

४ साउन, जनकपुरधाम । धनुषाको इनर्वास्थित रेल्वे स्टेसनमा पार्किङ गरिएको नेपाली रेल छोपिएका त्रिपाल फाट्न थालेको छ । रेल ढाकेर राखिएको त्रिपाल फाटेर धेरै ठाउँमा रेल देखिन थालेको छ । गत वर्ष असोजमा नेपाल ल्याइएको रेल त्रिपालले छोपेर राखिएको थियो । त्रिपाल फाट्दा बर्षाको पानीले भिजेर रेलका केही भागमा खिया लाग्ने खतरा बढेको स्थानीय बताउँछन् […]

कमला नदीको टापुमा फसेका तीनजनाको सकुशल उद्धार

१७ असार, काठमाडौं । धनुषाको गणेशमान नगरपालिका–८ स्थित कमला नदीको बीच टापुमा फसेका तीनजनाको सशस्त्र प्रहरीको टोलीले सकुशल उद्वार गरेको छ । रघुनाथपुरस्थित बेस क्याम्पका सशस्त्र प्रहरी निरीक्षक रवि थापाको कमाण्डमा खटिएको टोलीले लभटोली बस्ने स्थानीय ४६ वर्षीय गणपति यादव, ४० वर्षीया सीतादेवी यादव र २७ वर्षीय संजय अधिकारीको बिहीबार बिहान उद्धार गरिएको हो । […]

धनुषामा बुबाको हत्या आरोपमा छोरा पक्राउ

११ असार, जनकपुरधाम । धनुषामा बुवाको हत्‍या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । मसला कुट्ने खलले प्रहार गरी बुवाको हत्या गरेको इलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक सुरेश ठाकुरले जानकारी दिए । जिल्लाको धनुषाधाम नगरपालिका-१ काशीपुर बस्ने बिसो यादवको बिहीबार राति उनकै छोरा श्रीकिसुनले हत्‍या गरेका हुन् । उनका अनुसार श्रीकिसुनले पछिल्लो समय बुवासँग […]