Comments Add Comment

नेपाल प्रहरी

List Grid
हिरासतमा मृत्यु प्रकरण : रौतहटका एसपी खड्काको जिम्मेवारी खोसियो

१८ भदौ, रौतहट । इलाका प्रहरी कार्यालय, गरुडाको थुनामा रहेका अभियुक्तलाई प्रहरीले यातना दिएको पाइएपछि जिल्ला प्रहरी प्रमुख एसपीको जिम्मेवारी खोसिएको छ । जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रमुख एसपी रविराज खड्कालाई प्रहरी प्रधान कार्यालय, नक्सालमा तानिएको हो । उनको ठाउँमा एसपी सिद्धिविक्रम शाहको काज सरुवा गरिएको छ । गृह मन्त्रालयले गठन गरेको छानविन समितिको प्रारम्भिक […]

रौतहटका पुजारी हत्याको कारण आर्थिक विवाद

१७ भदौ, काठमाडौं । रौतहटको माधवनारायण नगरपालिका-२, खेसरहियास्थित हनुमान मन्दिरका पुजारी राम शाहको आर्थिक विवादका कारण हत्या भएको खुलेको छ । प्रहरीले भारतबाट दुईजना अभियुक्तलाई पक्राउ गरेर नेपाल ल्याएपछि हत्याको कारण खुलेको हो । प्रदेश नं. २ प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहका अनुसार पक्राउ परेका मध्ये रामनरेश पटेलका बुबाले पुजारीसँग ब्याजमा लिएको रकम तिर्ने क्रममा […]

झापामा एक पुरुषको घाँटी काटेर हत्या

१७ भदौ, झापा । शिवसताक्षी नगरपालिकास्थित बजारबाट एक किलोमिटर उत्तर रतुवामाई वृक्षरोपण आयोजनाको जंगलमा एक जना पुरुषको शव भेटिएको छ । घाँटी काटिएको अवस्थामा स्थानीय २८ वर्षीय गोमानसिंह मगरको शव भेटिएको हो । जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख एसपी कृष्णप्रसाद कोइरालाका अनुसार मगरको शवलाई पोष्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको छ । […]

दश वर्ष पुरानो घटनाका ५ फरार प्रतिवादी एकैदिनमा समातिए

१७ भदौ, म्याग्दी । जिल्ला प्रहरी कार्यालय, म्यादीले कर्तव्य ज्यान मुद्दाका पाँच जना फरार प्रतिवादीलाई एकैदिनमा पक्राउ गरेको छ । म्याग्दीको ओखरबोट–३, चिउरीबोटमा १० वर्षअघि २१ वर्षीय नारायण अन्त्यालको हत्या भएको घटनामा संलग्न पाँच जना पक्राउ परेका हुन् । जिल्ला प्रहरी प्रमुख डीएसपी किरण कुँवरका अनुसार पक्राउ पर्नेमा मालिका गाउँपालिकाका बलमान घर्ती, जीवन घर्ती मगर, […]

पोखरामा एकैदिन समातिए २८ जना फरार अभियुक्त

१७ भदौ, काठमाडौं । जिल्ला प्रहरी कार्यालय, पोखराले एकैदिन २८ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । दण्डहिनताविरुद्धको अभियान अनुसार कास्की जिल्ला अदालत तथा जिल्ला प्रशासन कार्यालयले दोषी ठहर्‍याएका व्यक्तिलाई पक्राउ गरिएको हो । कास्की प्रहरी प्रमुख एसपी जीवनकुमार श्रेष्ठले अनलाइनखबरलाई बताए अनुसार जिल्लाका विभिन्न क्षेत्रमा लुकिछिपी बसेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय र मातहतका युनिटबाट […]

पेस्तोल देखाएर रकम असुल्ने गिरोहका ५ जना पक्राउ

१७ भदौ, विराटनगर । पेस्तोल देखाएर रकम असुल गर्ने गिरोहका ५ जना मोरङमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत घर भई विराटनगर जलजला मोडमा रहेको चाइना बजारमा काम गर्ने २७ वर्षका राजु साह, कटहरी गाउँपालिका–२, आदर्शनगरका २६ वर्षीय किसन साह र २८ वर्षीय रविन शर्मा, २७ वर्षीय अभिषेक राय र सप्तरी बोदेबर्साइन–८ का नन्दकिशोर […]

छोरीलाई बलात्कार गरेको अभियोगमा १ जना पक्राउ

१७ भदौ, काठमाडौं । सात वर्षीय छोरीलाई बलात्कार गरेको अभियोगमा बाबु पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४० वर्षीय व्यक्ति छन् । महानगरीय प्रहरी वृत्त, बानेश्वरले मंगलबार साँझ उनलाई पक्राउ गरेको हो । पीडितको परिचय खुल्ने भएकाले पक्राउ पर्ने व्यक्तिको नाम खुलाइएको छैन । बानेश्वरका डीएसपी दक्षकुमार बस्नेतका अनुसार आमाले जबरजस्तीकरणी सम्बन्धी कसूरमा किटानी जाहेरी […]

कास्कीका २० प्रहरीसहित गण्डकीमा थपिए ३६ जना कोरोना संक्रमित

१७ भदौ, काठमाडौं । गण्डकी प्रदेशमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मीसहित ३६ जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन् । पोखरास्थित क्षयरोग उपचार केन्द्र, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, चितवनको भरतपुर अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परीक्षणबाट ३६ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ३ महिलासहित २३ जना कास्कीका रहेका छन् भने ४ महिलासहित ७ जना […]

प्रहरीका कारण उजाडिएको एउटा परिवार

१६ भदौ, रौतहट । रौतहटको मध्य बजार गरुडा नगरपालिका–८ जिगंडिया टोलका पनिलाल राम र उनको सालो नन्दलालको घरबीचको दूरी २० मिटर पनि छैन । पनिलालका छोरा विजय र नन्दलालका छोरा निरञ्जन दाजुभाइजस्तै थिए । दुबैको दोस्ती जमेको थियो । तर ३२ गते विहान हत्या गरिएको अवस्थामा निरञ्जनको शव भेटियो । परिवारका सदस्यहरुले बताएअनुसार उनी राजाराम […]

हिरासतमा यातना दिएको देखिएपछि ३ प्रहरी निलम्बित

१६ भदौ, काठमाडौं । रौतहटको इलाका प्रहरी कार्यालय गरुडाको थुनामा रहँदा मृत्यु भएका अभियुक्तलाई हिरासतमा यातना दिएको पाइएपछि तीन जना प्रहरी कर्मचारी निलम्बनमा परेका छन् । प्रारम्भिक छानविनका क्रममा मृत्यु भएका अभियुक्त विजय महरालाई यातना दिएको पाइएपछि रौतहटको गरुडास्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नविनकुमार सिंह, हवल्दार मुन्नाकुमार सिंह र फिरोज मिया निलम्बनमा परेका हुन् […]

इलाका प्रहरी कार्यालय बुटवलका थप ११ जनामा कोरोना

१६ भदौ, बुटवल । बुटवलको इलाका प्रहरी कार्यालयमा कार्यरत थप ११ जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रहरी जवानदेखि जुनियर अधिकृतसम्मका २४ जनाको पीसीआर परीक्षण गर्दा ११ जनाको रिपोर्ट पोजेटिभ आएको हो । ५ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । योसंगै ईलाका प्रहरी कार्यालय बुटवलमा संक्रमित प्रहरीको संख्या १५ पुगेको छ […]

रौतहटका पुजारी हत्याको आरोपमा दुई जना पक्राउ

१५ भदौ, काठमाडौं । रौतहटको माधवनारायण नगरपालिका–२, खेसरहियास्थित हनुमान मन्दिरका पुजारी हत्या प्रकरणमा संलग्न भएको अभियोगमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा देवाही गोनाही नगरपालिकाका  रामनरेश पटेल र बालकुमार पटेल छन् । भारतीय प्रहरीको सहयोगमा बिहारबाट उनीहरुलाई पक्राउ गरेर प्रहरीले रौतहट ल्याएको हो । हाल पक्राउ परेको दुवै जनाले अभियोग भने स्वीकारिसकेका छैनन् […]

कोरोनामुक्त युवकद्वारा एम्बुलेन्स तोडफोड

१५ भदौ, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका विरामीले प्रहरीको एम्बुलेन्स नै तोडफोड गरेका छन् । साथै, विना आधार अपहरण जस्तो गम्भीर आरोप लगाउँदै सुरक्षाकर्मीलाई दुर्व्यहार गरेका छन् । घटनापछि प्रहरी चौकी, सल्लाघारीले भक्तपुरको कमलविनायक बस्ने २४ वर्षीय युवकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बलका अनुसार कोरोना भाइरसको संक्रमण पुष्टि भएका उनी ७ […]

नेपाल प्रहरीका ७२ डीएसपीको सरुवा (सूची)

१५ भदौ, काठमाडौं । नेपाल प्रहरीका ७२ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयको मानव स्रोत एवं प्रशासन विभागले प्रहरी महानिरीक्षकको निर्णय अनुसार डीएसपीहरुको सरुवा गरेको हो । जसअनुसार केही जिल्लाका प्रहरी कार्यालयका डीएसपी पनि फेरिएका छन् भने उपत्यकाभित्र महानगरीय प्रहरी वृत्त, कालिमाटीका प्रमुख पनि फेरिएका छन् । प्रहरी […]

हिरासतमा मृत्यु प्रकरण : गरुडामा नयाँ डीएसपी पठाइए

१४ भदौ, काठमाडौं । ज्यान मुद्दाका अभियुक्तको थुनामा रहेका बेला मृत्यु भएको प्रकरणमा इलाका प्रहरी कार्यालय, गरुडाका इञ्चार्जको जिम्मेवारी खोसिएको छ । हाल गरुडाका नेतृत्व गरिरहेका प्रहरी नायब उपरीक्षक (डीएसपी) ज्ञानकुमार महतोलाई २ नं. प्रदेश प्रहरी कार्यालय तानेर उनको ठाउँमा नयाँ डीएसपी पठाइएको हो । महतोलाई शनिबार प्रदेश प्रहरी कार्यालय तानिएको थियो भने उनको ठाउँमा […]

सक्किगोनी टिमले सोह्रखुट्टे प्रहरीलाई दियो स्वास्थ्य सामग्री

सरकारले कोरोनाका कारण लकडाउन गरेयता चर्चित हास्य टेलिश्रृंखला ‘सक्किगोनी’ को प्रसारण बन्द छ । टेलिश्रृंखलामा व्यस्त कलाकारहरु अहिले फुर्सदिला बनेका छन् । फुर्सदको सदुपयोग गर्दै यसका केही कलाकारहरु सामाजिक कार्यमा पनि जुटिरहेका छन् । यसैक्रममा सक्किगोनी टिम र चक्रपथ सरसफाइ महाअभियानका संयोजक लोकबहादुर टन्डनको तर्फबाट सोह्रखुट्टे प्रहरीलाई सहयोगस्वरुप विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । […]

महानगरीय प्रहरी कार्यालयका थप १३ जनामा कोरोना पुष्टि

१४ भदौ, काठमाडौं । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो । प्रहरी उच्च स्रोतका अनुसार योसँगै रानीपोखरीमा संक्रमित हुने प्रहरीको संख्या २८ पुगेको छ । संक्रमण बढेसँगै प्रहरीले न्यून जनशक्तिबाट काम गरिरहेको छ । योसँगै हाल उपत्यकामा […]

मोरङको बेलबारीमा दुई समूहबीचको झडपमा एक जनाको मृत्यु

१२ भदौ, विराटनगर । मोरङको बेलबारीमा दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । बेलबारी नगरपालिका– ५ कसेनीस्थित लोहन्द्र पुलमा शुक्रबार दिउँसो एक जनाको मृत्यु भएको हो । झडपमा चार जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार स्थानीय ४० वर्षका चन्द्रकुमार राईको मृत्यु भएको […]

मृत्युअघि विजयले भनेका थिए : प्रहरीले बाँसको भाटा र पाइपले हिर्कायो

१२ भदौ, जनकपुरधाम । हत्या आरोपमा पक्राउ परेका रौतहटको गरुडा नगरपालिका–८ जिगडियाका १९ बर्षीय विजय महराको उपचारका क्रममा मृत्यु भयो । हिरासतमा रहेको मिर्गौला रोगी भएको र उपचारका लागि वीरगञ्जस्थित नेशनल मेडिकल कलेज लैजाने क्रममा मृत्यु भएको रौतहट प्रहरीले बताएको छ । उनको शरीरभरि कुटपिटको निलडाम भेटिएको छ । मृत्यु हुनुभन्दा अगाडि विजय स्वयंमले हिरासतमा […]

पुजारी हत्याको घटनामा गृहको सर्कुलरमाथि ११ संघ-संस्थाको आपत्ति

१२ भदौ, काठमाडौं । रौतहटस्थित एक मन्दिरका पुजारीको हत्यालाई लिएर विभिन्न ११ वटा धार्मिक संघ-संस्थाले साझा विज्ञप्ति जारी गरी विरोध जनाएका छन् । साथै, सो घटनाका सन्दर्भमा गृह मन्त्रालयले मातहतका निकायमा जारी गरेको परिपत्रमाथि पनि उनीहरुले आपत्ति जनाएका छन् । गत भदौ ३ गते रौतहटको माधवनारायण नगरपालिका-२ स्थित हनुमान मन्दिरका पुजारी श्रीराम साहको अज्ञात समूहले […]

हिरासतमा राखिएका युवकको मृत्युबारे मानव अधिकार आयोगद्वारा अनुसन्धान सुरु

१२ भदौ, काठमाडौं । रौतहटमा हिरासतमा राखिएका विजयराम चमारको मृत्युको घटनाको राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान सुरु गरेको छ । उनलाई प्रहरी हिरासतमा रहँदा यातना दिइएको भनिएको विषयमा आयोगको प्रदेश नं. २ कार्यालय जनकपुरले अनुसन्धान शुरू गरेको आयोगका प्रवक्ता वेद भट्टराईले जानकारी दिए । आयोगले चमारको स्वास्थ्य परीक्षण प्रतिवेदनको प्रतिलिपी तथा पोष्टमार्टम प्रतिवेदनको प्रतिलिपी शीघ्र […]