Comments Add Comment

नेपाल प्रहरी

List Grid
‘स्लिपर सेल’ को शैलीमा नेपाली बैंकमा लुट

८ असोज, काठमाडौं । चिनियाँ नागरिकको समूहले नेपाली बैंकको एटीएम ह्याक गरेर करिब दुई करोड रुपैयाँ लुटेको एक महिना बित्न नपाउँदै पुनः उस्तै प्रकृतिको घटना दोहोरिएको छ । यसले नेपाली बैंकिङ क्षेत्रको फितलो साइबर सुरक्षा प्रणालीलाई उदांगो पारेको छ । काठमाडौं प्रहरी परिसर, टेकुले १६ भदौमा ६ जना चिनियाँ नागरिकलाई पक्राउ गरेर चोरिएको रकम बरामद […]

जेल सुधारगृह कि अपराधको शिक्षालय ?

४ असोज, काठमाडौं । नेपाल प्रहरीको लागूऔषध नियन्त्रणमा ब्युरो (एनसीबी) ले बिहीबार औषधिजन्य लागूऔषध कारोबार गरेको आरोपमा पक्राउ परेका चारजनालाई सार्वजनिक गर्‍यो । पक्राउ परेका चारैजना विभिन्न मुद्दामा जेल बसेर छुटेका व्यक्ति थिए । ब्युरोका एसएसपी वसन्त लामाका अनुसार उतिमलाल शाह कर्तव्य ज्यान मुद्दामा २ वर्ष ९ महिना जेल सजाय भोगेर निस्किएका हुन् भने अशोक […]

ललितपुर प्रहरी प्रमुखले भने – एक रुपैयाँ पनि खाएको भेटिए बर्दी फुकाल्छु

२ असोज, काठमाडौं । प्रहरीका विभिन्न इकाइमा नेतृत्व परिवर्तन भएसँगै पत्रकार बोलाएर योजना सार्वजनिक गर्ने चलन नौलो होइन । ललितपुर प्रहरी प्रमुख भएर आएको एक सातापछि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) टेकप्रसाद राईले पनि बिहीबार पत्रकार बोलाएर योजना सार्वजनिक गरे । ललितपुरका विभिन्न क्षेत्रमा रहेको ढुंगा खानी प्रहरीकै संरक्षणमा निर्बाधरुपमा चलिरहेकादेखि समाचार लेख्दा सञ्चारकर्मीलाई धम्क्याइएकोसम्मका विषय […]

रुपन्देहीमा गोली चलाउने सीसीटीभीमा देखिए, समाउन सकिएन

२ असोज, काठमाडौं । रुपन्देहीको रोहिणी गाउँपालिका–५ मा आइतबार महेन्द्र कुर्मीलाई गोली हानी हत्या गरिएको घटनाको अनुसन्धान पेचिलो बन्दै गएको छ । घटनाको गम्भीरतालाई हेरेर प्रहरीले काठमाडौंबाट केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीलाई पनि बोलाएको छ । जिल्ला प्रहरी कार्यालय, रुपन्देही स्रोतका अनुसार प्राविधिक सहयोगका लागि ब्युरोबाट एउटा अनुसन्धान टोली लगिएको हो । स्रोतले भन्यो, […]

प्रदेश सरकारले किनेका प्रहरीका ९ वटा गाडी चौरीमा थन्किए

२ असोज, कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले नेपाल प्रहरीका लागि खरिद गरेको ९ वटा पिकअप गाडी वितरण हुन सकेको छैन । पर्याप्त गाडी नहुँदा र भएका गाडीसमेत थोत्रा भएका कारण प्रहरीलाई नियमित कामकाजमा समस्या भइरहेको बेला प्रदेश सरकारले किनेका गाडी भने बेकामे भएका छन् । प्रदेश सरकारले ९ वटै जिल्लाका जिल्ला प्रहरी कार्यालयको लागि गत […]

ललितपुर प्रहरी प्रमुखले भने – एक रुपैयाँ पनि खाएको भेटिए बर्दी फुकाल्छु

२ असोज, काठमाडौं । प्रहरीका विभिन्न इकाइमा नेतृत्व परिवर्तन भएसँगै पत्रकार बोलाएर योजना सार्वजनिक गर्ने चलन नौलो होइन । ललितपुर प्रहरी प्रमुख भएर आएको एक सातापछि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) टेकप्रसाद राईले पनि बिहीबार पत्रकार बोलाएर योजना सार्वजनिक गरे । ललितपुरका विभिन्न क्षेत्रमा रहेको ढुंगा खानी प्रहरीकै संरक्षणमा निर्बाधरुपमा चलिरहेकादेखि समाचार लेख्दा सञ्चारकर्मीलाई धम्क्याइएकोसम्मका विषय […]

गृहमन्त्रीका भाइ नरेशलाई १ लाख रूपैयाँ धरौटीमा छाड्न आदेश

३१ भदौ, काठमाडौं । अपराधिक लाभ (एक्सटर्सन) र संगठित अपराध सम्बन्धी कसूरका आरोपित गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का भाइ नरेशलाई थुनामुक्त गर्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत, काठमाडाैंका न्यायाधीश मेदनीप्रसाद पौडेलको इजलासले उनलाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले थापालाई छाड्न आदेश दिएको पुष्टि गरे । […]

गृहमन्त्रीका भाइ नरेशलाई १ लाख रूपैयाँ धरौटीमा छाड्न आदेश

३१ भदौ, काठमाडौं । अपराधिक लाभ (एक्सटर्सन) र संगठित अपराध सम्बन्धी कसूरका आरोपित गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का भाइ नरेशलाई थुनामुक्त गर्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत, काठमाडाैंका न्यायाधीश मेदनीप्रसाद पौडेलको इजलासले उनलाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले थापालाई छाड्न आदेश दिएको पुष्टि गरे । […]

काठमाडौंमा प्रहरी चौकी इन्चार्ज घुससहित पक्राउ

१ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिँदालिँदै काठमाडौंमा एक प्रहरी चौकीका इन्चार्जलाई पक्राउ गरेको छ । अख्तियारको केन्द्रीय कार्यालय टंगालको टोलीले महानगरीय प्रहरी प्रभाग थलीका इन्चार्ज प्रहरी नायब निरीक्षक (सई) विपिनचन्द्र पन्तलाई ५ हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ गरेको हो । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले पन्त पक्राउ परेको पुष्टि गरेका छन् । […]

कपनमा आफ्नै डेरामा महिला मृत भेटिइन्

१ असोज, काठमाडौं । काठमाडौंको कपनमा एक महिला आफ्नै डेरामा मृत अवस्थामा भेटिएकी छन् । कपनको तेन्जिङ चोकमा किराना र खाजा पसल सञ्चालन गर्ने अन्दाजी ५५/५६ वर्षकी कमला केसी नामकी महिला मृत अवस्थामा भेटिएकी महानगरीय प्रहरी वृत्त वौद्धका डीएसपी रमेशबहादुर सिंहले जानकारी दिए । प्रहरीका अनुसार उनको मृत्युको कारण खुलेको छैन । श्रीमानसँग सम्बन्धविच्छेद गरेकी […]

युवतीलाई दुर्व्यवहार गरेको आरोप लागेका पूर्वसभासद ५ हजार धरौटीमा छुटे

१ असोज, ललितपुर । सार्वजनिक यातायातमा कलेज पढ्ने युवतीलाई दुर्व्यवहार गरेको आरोप लागेका पूर्वसभासद योगेन्द्र घिसिङ थुनामुक्त भएका छन् । जिल्ला प्रशासन कार्यालय, ललितपुरले घिसिङलाई ५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि उनलाई थुनामुक्त गरिएको हो । ललितपुरका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले घिसिङलाई धरौटीमा राखेर मुद्दा प्रक्रिया अघि बढाउन मंगलबार बाटो खुला गरिदिएका हुन् […]

विप्लवका तीन नेतालाई ६ दिन थुनामा राख्न अनुमति

३१ भदौ, काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित विप्लव समूहका तीन जना नेतालाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत, झापाले समूहका टीका पोखरेल, प्रविण मिश्र र अनुल सारु मगरलाई थुनामा राखेर अनुसन्धान गर्न मंगलबार अनुमति दिएको हो । प्रहरीका अनुसार पोखरेल समूहका झापा जिल्ला जनसरकार प्रमुख, मिश्र सेक्रेटरी […]

गृहमन्त्रीका भाइ नरेशको थुनछेक बहस सकिएन, अझै अस्पतालमै बस्ने

३१ भदौ, काठमाडौं । अपराधिक लाभ (एक्सटर्सन) र संगठित अपराध सम्बन्धी कसूरका आरोपित गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का भाइ नरेशसहित ९ जना अभियुक्तको थुनछेक बहस मंगलबार सकिएन । जिल्ला अदालत, काठमाडौंका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठका अनुसार अभियुक्ततर्फबाट बहस गर्ने वकिलको संख्या धेरै भएपछि बहस नसकिएको हो । उनले अनलाइनखबरसँग भने, ‘अब भोलि सकिएला ।’ बहसपछि थापासहितका […]

सहकारीको सेफ चोरेको आरोपमा दाजुभाइ पक्राउ

३१ भदौ, काठमाडौं । प्रहरीले सहकारीबाट सेफ नै चोरेर लगेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापका सुनिल थापा मगर र दानबहादुर थापा मगर छन् । उनीहरुलाई महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले सोमबार पक्राउ गरेको हो । पक्राउ परेका दुई जना दाजुभाइ हुन् । महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार उपत्यकका […]

झापामा रहेको विप्लवको गोप्य कार्यालयमा प्रहरी छापा

३१ भदौ, काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित विप्लव समूहको झापा जिल्ला कार्यालयमा प्रहरीले छापा मारेको छ । बिर्तामोड नगरपालिका–४, नेपाल विद्युत् प्राधिकरणको कार्यालय पछाडि राखिएको समूहको गोप्य कार्यालयमा छापा मारेर महत्वपूर्ण दस्तावेजसँगै हतियार पनि बरामद गरिएको हो । सोमबार दिनभर १ नम्बर प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, झापा र इलाका प्रहरी कार्यालय, अनारमनीले […]

बालिका बलात्कारको आरोपमा बसका सहचालक पक्राउ

३० भदौ, काठमाडौं । काठमाडौंको तारकेश्वर–१०, मनमैंजुमा ११ वर्षीया बालिकामाथि जबरजस्तीकरणी भएको छ । प्रहरीले घटनामा संलग्न भएको आरोपमा भोजपुर हचुवागढी गाउँपालिका–३ का ३६ वर्षीय एल्जित राई लाई पक्राउ गरेको छ । उनलाई महानगरीय प्रहरी वृत्त, बालाजुले सोमबार विहान पक्राउ गरेको हो । राई बा ४ ख ८२ नम्बरको बसका सह–चालक पनि हुन् । गाडीमा […]

ज्ञानेन्द्र शाही थुनामुक्त, प्रहरी भन्छ– सुध्रिने मौका दियौं

३० भदौ, काठमाडौं । आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता बताउने ज्ञानेन्द्र शाहीलाई प्रहरीले थुनामुक्त गरेको छ । नेपालगञ्ज विमानस्थलमा पर्यटनमन्त्री योगेश भट्टराईमाथि भएको दुव्र्यवहारको विषयमा स्पष्टिकरण दिन शाहीले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा घम्साघम्सी भएपछि उनलाई नियन्त्रणमा लिइएको थियो । ललितपुर प्रहरी परिसरका एसपी दुर्गा सिंहले शाहीलाई हिरासतबाट मुक्त गरिएको बताइन् । उनले अनलाइनखबरसँग भनिन्, ‘आइन्दा अभद्र […]

मलेसियाबाट फर्केर बनाएको संसार गोलीले उडायो

२९ भदौ, काठमाडौं । रुपन्देहीको ओमसतिया गाउँपालिका– ५ का महेन्द्र कुर्मी गाउँमै खेती किसानी गर्थें । वैदेशिक रोजगारीका लागि दुईपटक मलेसिया पुगेर पछिल्लो समय आर्थिक अवस्था बलियो बनाउँदै लगेका थिए। परदेशमा कमाएर जोगाएको रकमले के गर्ने ? उनी कुनै उत्पादक क्षेत्रमा लगानी गर्न चाहन्थे । तर, उपयुक्त ठाउँ भेटेका थिएनन् । गाउँमा छरछिमेक ऋण खोजी […]

रुपन्देहीमा गोली हानेर एक व्यक्तिको हत्या, ५ लाख लुटपाट

२९ भदौ , बुटवल । रुपन्देहीमा लुटेरा समूहले एक व्यक्तिको गोली हानी हत्या गरेको छ । बैंकबाट रकम लिएर फर्किँदै गरेका ओमसतिया गाउँपालिका-५ का महेन्द्र कुर्मीको रोहणी गाउँपालिका-३ मा हत्या भएको हो । बैंकबाट पैसा निकालेर घरतर्फ आउँदै गरेका कुर्मीलाई पच्छाउँदै आएको समूहले गोली हानेर ५ लाख रुपैयाँ लुटेको जिल्ला प्रहरी, कार्यालय रुपन्देहीका प्रमुख हृदय […]

कुपन बेचेर ठगेको आरोपमा भारतीय गिरोह समातियो

२९ भदौ, कैलाली । उपहारको प्रलोभन देखाएर कुपनमार्फत सर्वसाधारणलाई ठगी गरेको आरोपमा प्रहरीले भारतीय नागरिकको एउटा समूहलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उत्तरप्रदेशको बहराइच पचागपुर तहसिलका २५ वर्षीय शैलेश त्रिपाठी, २९ वर्षीय निरञ्जन सिंह, २४ वर्षीय नरपती सिंह, २३ वर्षीय आशिष सिंह, ३० वर्षीय विन्देश्वरी सिंह र ३९ वर्षीय पंकज कुमार सिंह छन् । […]

ज्ञानेन्द्र शाही प्रहरीको ‘सुरक्षा’मा

२९ भदौ, काठमाडौं । नेपालगञ्ज घटनाबारे पत्रकार सम्मेलन गरिरहेका ज्ञानेन्द्र शाहीलाई प्रहरीले सुरक्षा दिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई पर्खिदा नेपालगञ्जबाट काठमाडौं आउनु पर्ने विमान डिले भएपछि शाहीको समूहले विरोध गरेको थियो । त्यसक्रममा मन्त्रीहरुमाथि गालीगलौज समेत भएको थियो । आफ्ना कारण विमान उड्न करिव १५ मिनेट ढिला भएको भन्दै मन्त्रीले […]