Comments Add Comment

मन्त्रिपरिषद् बैठक

List Grid
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

२३ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषद् बैठक बोलाएका छन् । साँझ पाँच बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दैछ । नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । स्थायी कमिटी बैठक लगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति निवास शितलनिवास पुगेका थिए ।

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

१४ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् । ओलीले पाँच बजे मन्त्रिपरिषद बैठक बोलाएको उनको सचिवालयले जनाएको छ । बैठकबाट प्रतिनिधिसभाको बैठक आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने तयारी छ । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद बैठक आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा […]

क्याबिनेटमा ४ मन्त्रीको प्रतिवाद : यो सामूहिक आत्महत्या हो

५ पुस, काठमाडौं । आइतबार बिहान नौ बज्दा नबज्दै मन्त्रीहरूलाई एसएमएस आयो, बिहान पौने १० बजे मन्त्रिपरिषद् बैठक । दिउँसो बालुवाटारमै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक बोलाइएको थियो । त्यसैले कतिपय मन्त्रीले अनुमान गरे, पार्टी स्थायी कमिटीको निर्णयअनुसार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गर्न मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको होला । कतिपय […]

एक घण्टा पछि सारियो मन्त्रिपरिषद् बैठक

३ मंसिर, काठमाडौं । आज दिउँसो एक बजे बोलाइएको मन्त्रिपरिषद् बैठक एक घण्टा स्थगित गरिएको छ । सचिवालय बैठक बस्ने समय नै पारेर मन्त्रिपरिषद् बैठक बोलाइएको थियो । तर, केही समय अगाडि मन्त्रीहरुलाई बैठक एक घण्टा सरेको जानकारी गराइएको छ । शुक्रबार शुरु भएको सचिवालय बैठकले आज एक बजे बैठक बस्ने समय तय गरेको थियो […]

मन्त्रिपरिषद् बैठक स्थगित

३ कात्तिक, काठमाडौं । सोमबार (आज) दिउँसो चार बजे बस्ने भनिएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । बैठक मंगलबार दिउँसो चार बजेसम्मका लागि स्थगित भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । बैठक गएको बिहीबारदेखि बस्न सकेको छैन । आइतबारको नियमित बैठक सोमबार बस्ने तय भएको थियो । तर, अन्तिम समयमा आएर […]

आज मन्त्रिपरिषद् बैठक, अध्यादेशबारे छलफल हुने

१२ वैशाख, काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ। बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि चैत ११ देखि जारी लकडाउन, सरकारले हालै ल्याएका दुई अध्यादेशलगायतका विषयमा बैठकमा छलफल हुने बताइएको छ । सरकारले यही वैशाख ८ गते राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेको […]

उद्योगमन्त्री यादव मन्त्रिपरिषद् बैठकको बीचमै बाहिरिए

२४ असार, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव मन्त्रिपरिषदको बैठकको बीचमै बाहिरिएका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बैठक बसिरहेको बेला मन्त्री यादव बैठक नसकिँदै बाहिरिएका हुन् । उनले अनलाइनखबरसँग भने, ‘म गएको त थिएँ, तर अर्कै काम परेर निस्किएँ ।’ उनले त्यो के काम हो भन्नेबारे खुलाएनन् । तर, उनका छोरा रविकिरण […]

मन्त्रिपरिषद् बैठकमा पेश गर्न १५ औं योजनाको आधारपत्र स्वीकृत

१५ वैशाख, काठमाडौं । राष्ट्रिय योजना आयोगले तयार पारेको आगामी पाँच आर्थिक वर्षको अवधि समेट्ने पन्ध्रौं योजनाको आधारपत्र मन्त्रिपरिषद् बैठकमा पेश गनै स्वीकृत भएको छ । आइतबार बसेको आयोगको पूर्ण बैठकले आगामी मन्त्रिपरिषद्को बैठकमा पेश गर्ने गरी आधारपत्र स्वीकृत गरेको हो । आयोगका अध्यक्षसमेत रहेको प्रधानमन्त्री के.पी.शर्मा ओलीको अध्यक्षतामा आइबार बसेको पूर्ण बै७कले स्वीकृत प्रदान […]

चार वटा आयोजनालाई बन क्षेत्र प्रयोग गर्न दिने सरकारको निर्णय

५ बैशाख, काठमाडौं । सरकारले विद्युत र उद्योगसम्बन्धी पाँच वटा आयोजनालाई राष्ट्रिय बन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ ।  बैशाख २ गतेको मन्त्रिपरिषद् बैठकले तीन वटा विद्युत र दुई वटा सिमेन्ट उद्योग सम्बन्धी आयोजनालाई बन क्षेत्र उपभोग गर्न दिने निर्णय गरेको हो । बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटाले बझाङको बुंगल […]