Comments Add Comment

मौसम

List Grid
देशभर मौसम बदली, तीन दिन पानी पर्ने सम्भावना

२२ असार, काठमाडौं । मनसुनी वायुको प्रभावले हाल मुलुकका विभिन्न स्थानमा बदली र वर्षा भइरहेको छ । हाल प्रदेश नं २ र वाग्मतीमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा १, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । काठमाडौँ उपत्यकामा बिहानपख मौसम खुले पनि अहिले आंशिक […]

यस्तो छ ३ दिनको मौसम, कहाँ-कहाँ धेरै पानी पर्दैछ ?

११ असार, काठमाडौं । आगामी ३ दिन नेपालका बिभिन्न भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले शुक्रबार विहान ३ दिनको मौसम प्रक्षेपणसम्बन्धी बुलेटिन सार्वजनिक गर्दै सो जानकारी गराएको छ । बुलेटिन अनुसार आज देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । बुलेटिनमा लेखिएको छ, ‘प्रदेश नं १, प्रदेश नं २, बागमती […]

वर्षभरिमा पर्ने पानी पाँच दिनमै पर्‍यो

३ असार, काठमाडौं । वर्षभरिमा पर्ने पानी पाँच दिनमै परेपछि यसवर्ष मनसुनको सुरुमै बाढी र पहिरोले जनधनको अकल्पनीय क्षति पुर्‍याएको छ । मनसुनको सुरुमै भएको अत्यधिक वर्षा र त्यसको कारण आएको बाढीले पुर्‍याएको क्षतिबाट नयाँ चुनौती थपिएको महसुस मौसमविदहरुले गरेका छन् । मनाङमा धेरै क्षति किन ? नेपालमा जेठ २८ गतेदेखि मनसुन सुरु भएको थियो […]

अब नेपाली पात्रोमा रेडियो, मौसमका साथै कुण्डली पनि

काठमाडौं । नेपालकै सर्वाधिक लोकप्रिय एप नेपाली पात्रोले मौसम विवरणको जानकारी, कुण्डली र रेडियो सेवा सुरु गरेको छ । कम्पनीले प्रयोगकर्तालाई अझ सजिलो र सुबिधा दिनकालागि सो सेवा सुरु गरेको हो । अब नेपाली पात्रोका प्रयोगकर्ताले आफ्नो मोबाइलमा नेपालको जुनसुकै स्थानीय तहको स्थान सेट गरी त्यस स्थानको ४८ घण्टे मौसम विवरण एपमार्फत लिन सक्नेछन् । […]

काठमाडौंसहित देशभर मौसम बदली, सामान्य वर्षा हुने

१६ जेठ, काठमाडौं । मौसममा सुधार आएको एक दिनमा नै फेरि बदली सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालको वायुमण्डलमा पश्चिमी वायु, स्थानीय वायु र भारतको उत्तर प्रदेश तथा यसको आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव देखिएर मौसम बदली भएको हो । देशका पहाडी भू-भागका अधिकांश स्थानहरुमा आंशिक र सामान्य बदली रहेको छ भने प्रदेश १, गण्डकी प्रदेश […]

यास चक्रवातको प्रभाव : पाँचवटा प्रदेशका यी स्थानमा भारी वर्षाको सम्भावना

१४ जेठ, काठमाडौं । बंगालको खाडीमा विकसित यास चक्रवातको प्रभावका कारण शुक्रबार सुदूरपश्चिमबाहेकका प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम प्रदेशमा भने केही स्थानमा मात्र मेघगर्जन र चट्याङसहित वर्षा हुने महाशाखाले जनाएको छ । हाल नेपालमा यास चक्रवात पश्चिमउत्तर–पश्चिम सर्ने क्रममा कमजोर भई बनेको […]

नेपालमा मंगलबारदेखि चक्रवातको असर देखिने, हिमाल आरोहणमा सतर्क हुन आग्रह

१० जेठ, काठमाडौँ । बंगालको खाडीमा रहेको न्यून–चापीय क्षेत्रमा  बनेको चक्रवातका कारण मंगलबारदेखि नेपालका विभिन्न भूभागमा हावाहुरी, वर्षा र हिमपातको सम्भावना देखिएको छ । उक्त न्यून–चापीय क्षेत्र चक्रवातमा परिणत भएको र मंगलबारसम्म धेरै शक्तिशाली चक्रवातमा परिणत हुने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले प्रक्षेपण गरेको छ । हाल पूर्वीमध्य बंगालको खाडीमा रहेको न्यून-चापीय […]

अनुकूल मौसम पर्खिंदै १२०० जना सगरमाथा बेस क्याम्पमा

४ जेठ, काठमाडौं । अरब सागरबाट उत्पन्न भएको चक्रवातको प्रभाव नेपालमा समेत परेको छ । यसले उच्च हिमाली भेगमा हिमपात गराउने र अन्य भूभागमा वर्षा गराउने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले मंगलबार जारी गरेको भिडियो बुलेटिन अनुसार ताउ ते नामक आँधीको असर प्रदेश १ र २ सहित देशका विभिन्न भागमा पर्नेछ […]

नेपालमा चक्रवातको प्रभाव शुक्रबारसम्म, सतर्कता अपनाउन आग्रह

३ जेठ, काठमाडौं । अरब सागरमा विकसित चक्रवातको प्रभाव नेपालको पश्चिमी, मध्य र पूर्वी भागमा देखिन थालेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यसको प्रभाव नेपालमा शुक्रबारसम्मै पर्ने पूर्वानुमान मौसमविदले गरेका छन् । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद मिनकुमार अर्यालका अनुसार आज सामान्य र भोलिबाट बढी प्रभाव देखिने छ […]

अरब सागरमा चक्रवात विकसित, नेपाल पनि प्रभावित हुने

२ जेठ, काठमाडौं । अरब सागरमा विकसित चक्रवातबाट नेपाल पनि प्रभावित हुने मौसमविद्ले बताएका छन् । ‘ताउ ते’ नाम दिइएको यो चक्रवातका कारण नेपालमा हावाहुरी, चट्याङसहित वर्षा हुने मौसमविद्को पूर्वानुमान छ । ‘नेपालमा चक्रवातको असर भोलि (सोमबार)देखि नै देखिन थाल्छ । भोलि विशेषगरी पश्चिम भूभागमा बदली हुन्छ’ मौसमविद् मञ्जु वासीले अनलाइनखबरसँग भनिन्, ‘अहिलेसम्मको विश्लेषणअनुसार पर्सि […]

काठमाडौं उपत्यका र पूर्वी नेपालमा वर्षा

२८ वैशाख, काठमाडौं । स्थानीय वायु सक्रिय हुँदा काठमाडौं उपत्यकासहित पूर्वी नेपालका केही जिल्लामा पानी परेको छ । पश्चिमतिर पनि पानी पार्ने बादल सर्दै गएको मौसमविदको भनाइ छ । स्थानीय वायु सक्रिय अवस्थामा रहेको र नेपाल नजिकै निम्न चापीय रेखा बनेकाले त्यसैको प्रभावमा पानी परिरहेको  मौसमविद राजु प्रधानांगले बताए । उनले काठमाडौं उपत्यकाका केही स्थानमा […]

पूर्वी एवं पहाडी भेगमा मंगलबारसम्म वर्षा हुने

१९ वैशाख, काठमाडौं । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण आइतबार बिहानैदेखि काठमाडौं उपत्यका एवं पूर्वी नेपालको १ नं प्रदेशमा मौसम बदली भएको छ । मौसम विज्ञान विभाग मातहतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहार र बंगालमा विकास भएको निम्न चापीय क्षेत्रका कारण प्रदेश नं १ र २ मा मंगलबारसम्म मौसम बदली रही बेलाबेलामा वर्षा […]

उपत्यकासहित अधिकांश पहाडी क्षेत्रमा वर्षा

१६ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकासहित देशका अधिकांश पहाडी क्षेत्रमा बिहीबार वर्षा भएको छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण नेपालको सबै प्रदेशको पहाडी क्षेत्रमा वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी क्षेत्रमा हल्का र मध्यम वर्षा हुने सम्भावना देखिएको मौसमविद मीनकुमार अर्यालले जानकारी दिए । तराई क्षेत्रमा भने सामान्य मौसम […]

काठमाडौंमा छिनमै पानी, छिनमै घाम

३ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबार दिउँसो एक्कासी वर्षा भएको छ । छोटो समय असिनासहित वर्षा हुँदा काम विशेषले यात्रा गर्नेहरु समस्यामा परे । उपत्यकामा कतै पानी परे पनि कतै भने घाम लागिरहेको छ । वर्षा भएको क्षेत्रमा पनि केहीबेर पछि नै घाम लागेको थियो । बिहीबार साँझदेखि मौसम बदली भएकामा शुक्रबार दिउँसो छोटो […]

दुई दिनसम्म हावा हुरी र चट्याङको सम्भावना, प्रदेश १ र ७ बढी प्रभावित हुने अनुमान

३ वैशाख, काठमाडौं । आज र भोलि पनि हावाहुरी र चट्याङसहित पानी पर्ने मौसमविदले बताएका छन् । प्रदेश १ र प्रदेश सातमा यसको बढी प्रभाव पर्ने मौसमविदको भनाइ छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद प्रतिभा मानन्धरले अनलाइनखबरसँग भनिन्, ‘प्रिमनसुन एक्टिभिटी बढेको छ । आज र भोलि पनि एक्टिभ नै हुने देखिन्छ ।’ यसको […]

वायु प्रदूषणको अवस्था र नियन्त्रणको उपाय

केही दिनदेखि नेपालका अधिकांश क्षेत्रमा डढेलो लागेर देशका धेरै स्थानमा वायुको गुणस्तर सूचकांक अत्यन्त खतरनाक अवस्थामा पुगेको छ । छिटफुट वर्षासँगै डढेलो केही मात्रामा नियन्त्रण भई देशभरको वायु गुणस्तरमा सुधार हुँदै आएको छ । सामान्यतया चैत महीनामा नेपालमा धेरै आगलागीका घटना हुने र जंगलमा डढेलो लाग्ने गर्छ । यसले वायुमा प्रदूषणको मात्रा बढ्छ । विभिन्न […]

मौसम खराबीले चार दिनदेखि आन्तरिक उडान प्रभावित

२६ चैत, काठमाडौँ । मौसम प्रतिकूल भएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान चार दिन प्रभावित भएको छ । तुवाँलो र वायु प्रदूषणका कारण भिजिविलिटी कम भएपछि आन्तरिक उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले केही आन्तरिक उडान रद्द भएको बताए । यान्त्रिक पद्धति (आईएफआर) बाट रात्रिकालीन उडानयोग्य विमानस्थलमा […]

मौसम परिवर्तनको असरः भाइरल ज्वरोका बिरामी बढ्न थाले

१७ चैत, बैतडी । पछिल्लो केही दिनयता मौसममा आएको परिवर्तनसँगै बैतडीमा भाइरल ज्वरो र पखालाका बिरामीको सङ्ख्या बढ्न थालेको छ ।जिल्ला अस्पताल तथा अधिकांश स्वास्थ्य संस्थामा भाइरल ज्वरो र पखालाका बिरामीको सङ्ख्या बढ्न थालेका हुन् । पछिल्लो केही दिनयता भाइरल ज्वरो र पखालाका बिरामीको सङ्ख्या बढ्दै गएका जिल्ला अस्पताल बैतडीका प्रमुख चिकित्सक वसन्तराज जोशीले जानकारी […]

आजको मौसम : पहाडी भेगमा पानी पर्ने

१२ चैत, काठमाडौं । आज पनि मौसम बदली भएको छ । स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले मौसममा बदली आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू-भागहरुमा आंशिक बदली भई एक/दुई स्थानमा मेघगर्जन/चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । शनिबारसम्मै मौसम बदली हुने महाशाखाले जनाएको छ । यो अवधिमा देशका […]

मौसम बदली कायमै, शुक्रबारसम्म चट्याङसहित हल्का वर्षा हुने

११ चैत, काठमाडौं । आज पनि मौसम बदली कायमै रहेको छ । स्यानीयसँगै पश्चिमी वायुको प्रभावका कारण अझै केही दिन बदली भइरहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो र राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने महाशाखाको अनुमान छ […]

मौसम बदली कायमै, आइतबारसम्म चट्याङसहित पानी पर्ने

६ चैत, काठमाडौं । देशमा मौसम बदली कायमै रहेको छ । स्थानीयसँगै पश्चिमी वायुको प्रभावका कारण देशका केही भागको मौसममा बदली आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज शुक्रबारदेखि आइतबारसम्म देशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको छ । आज शुक्रबार देशभर आंशिकदेखि समान्य बदली हुनेछ भने थोरै पहाडी […]