Comments Add Comment

गुगल

List Grid
भुलबस फोनमा रहेका तस्वीर डिलिट भए ? यसरी फिर्ता ल्याउनुहोस्

काठमाडौं । स्मार्टफोन प्रयोगकर्ताबीच अनलाइन फोटो ब्याकअपका लागि गुगल फोटोज सबैभन्दा लोकप्रिय प्लाटफर्म हो । Google Photos एपले निःशुल्क रुपमा अनलाइनमा तस्वीरहरुको ब्याकअपको सुविधा प्रदान गर्दछ । गुगल फोटोजलाई एपमा मात्र होइन वेब संस्करणमा पनि चलाउन सकिन्छ । तर यदि तपाईंले भुलबस गुगल फोटोजमा रहेका तस्वीरहरु डिलिट गर्नुभयो भने के गर्ने ? यसका लागि आत्तिनु […]

जलवायु परिवर्तनबारे गलत जानकारी दिने विज्ञापनमा गुगलको डण्डा

काठमाडौं । इन्टरनेट जाएन्ट गुगलले आफ्नो सर्च इन्जिन तथा भिडियो प्लाटफर्म युट्युबमा जलवायु परिवर्तनका विषयमा गलत जानकारी प्रदान गर्ने विज्ञापनहरुमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ । गुगलको उक्त कदमले गलत जानकारी फैलिनबाट रोकिने अपेक्षा गरिएको छ । गुगलले यसअघि युट्युबमा अपलोड गरिएका कोरोना भाइरसका विषयमा गलत जानकारी दिने लाखौं भिडियोहरु हटाएको थियो । अनलाइनमा पोस्ट […]

अफ्रिकामा १ अर्ब डलर लगानी गर्दै गुगल

२५ असोज, काठमाडौं । दिग्गज सूचना प्रविधि कम्पनी गुगलले अफ्रिकी महादेशमा १ अर्ब डलर लगानी गर्ने योजना बनाएको छ । अफ्रिकी जनतालाई तिव्र गतिको तथा सस्तो इन्टरनेट उपलब्ध गराउन र महादेशको डिजिटल रुपान्तरणका लागि प्रविधि कम्पनीहरुलाई सहयोग गर्नका लागि गुगलले ठूलो धनराशी खर्च गर्ने निर्णय गरेको हो । गुगलको मातृ कम्पनी अल्फाबेट इंकले एक भर्चुअल […]

गुगल स्थापनाको २३ वर्ष पूरा, दुई युवाको साझेदारीले विश्व बदलेको त्यो क्षण

११ असोज, काठमाडौं । २३ वर्षअघि पिएचडीका दुई विद्यार्थीले ‘भिमकाय सर्च इन्जिन’ बनाउने सोचमा काम गर्न थाले । उनीहरूको सो परियोजना विश्वको सबैभन्दा ठूलो सर्च इन्जिन बन्न पुग्यो । अहिले गुगल स्थापना भएको २३औं वर्ष पुगेको छ र सबैभन्दा ठूलो सर्च इन्जिन गुगलले आफ्नो स्थापना दिवस एनिमेटेडे डुडल केकसँगै मनाएको छ । ‘गुगलमा हरेक दिन […]

सेप्टेम्बर २७ बाट यी एन्ड्रोइड फोनमा चल्ने छैन गुगल र युट्युब

यदि तपाईंले पुरानो मोडलको स्मार्टफोन प्रयोग गरिरहनु भएको छ भने यो खबर तपाईंका लागि निकै महत्वपूर्ण रहेको छ । गुगलले अब एन्ड्रोइडको २.३.७ र त्यो भन्दा पुरानो संस्करणको अपरेटिंग सिस्टम रहेका एन्ड्रोइड फोनहरुमा आफ्नो सेवा बन्द गर्दैछ । आगामी सेप्टेम्बर २७ देखि गुगलले त्यसको सुरुआत गर्न लागेको छ । त्यो सँगै उक्त पुरानो भर्सनको एन्ड्रोइड […]

गुगलका नयाँ पिक्सेल फोनमा आफ्नै प्रोसेसर

स्मार्टफोनको दुनियाँमा एप्पल र सामसुङ सदैव चर्चा र लोकप्रियताको शिखरमै रहने गर्दछन् । शाओमी तथा हुवावेलगायतका चिनियाँ कम्पनीहरुले पनि विश्व बजारमा आफ्नो प्रभाव विस्तार गरिरहँदा गुगलका पिक्सेल फोनले भने उपभोक्ताको मन खासै जित्न सकेका छैनन् । यसैबीचमा गुगलले यो वर्षको अन्त्य सम्मका गुगल पिक्सेल ६ र गुगल पिक्सेल ६ प्रो गरी दुईवटा नयाँ स्मार्टफोन लञ्च […]

गुगल सीईओका अनुसार यी हुन् भविष्यमा क्रान्ति ल्याउने दुई चिज

दिग्गज प्रविधि कम्पनी गुगलका प्रमुख सुन्दर पिचाइले विश्वका केही देशमा इन्टरनेट स्वतन्त्रतामाथि हमला भैरहेको चेतावनी दिएका छन् । उनका अनुसार कतिपय देशहरुले सूचनाको प्रवाहलाई अवरुद्ध बनाइरहेका छन् र स्वतन्त्रताको मोडेललाई प्रायः हल्का रुपमा लिने गरेका छन् । बीबीसीलाई दिएको एक अन्तरवार्तामा पिचाइले प्राइभेसी, डाटा तथा करसँग सम्बन्धित विवादहरुका विषयमा पनि आफ्नो अभिमत प्रकट गरेका छन् […]

गुगलमाथि ७१ अर्ब जरिमाना, मिडियालाई पैसा नतिरेको आरोप

दिग्गज प्रविधि कम्पनी गुगलमाथि युरोपेली मुलुक फ्रान्समा भारी जरिमाना भएको छ । फ्रान्सको नियामक निकायले गुगलमाथि झण्डै ६० करोड अमेरिकी डलर अर्थात् करिब ७१ अर्ब रुपैयाँ बराबरको रकम जरिमाना तिराउने निर्णय गरेको हो । साथै फ्रान्सका समाचार एजेन्सीहरुको समाचार प्रकाशन गरेबापत तत्-तत् एजेन्सीहरुलाई रकम भुक्तानी गर्ने प्रस्ताव दुई महिनाभित्र पेश नगरेमा थप सजाय गरिने पनि […]

पुरुषहरूले गुगलमा के–के खोज्छन् ? पत्ता लाग्यो अनौठो तथ्य

काठमाडौं । सूचना प्रविधिको यो युगमा मानिसहरुका लागि गुगल दैनिकी जस्तै बनेको छ । स साना जानकारीहरुका लागि समेत हामीहरु गुगलमा निर्भर भएका छौं । कसैले केही कुरा सोध्यो भने त्यसको जवाफ दिनुअघि हामी गुगलमा सर्च गर्न थाल्दछौं । पुरुषहरुको स्वास्थ्यका विषयमा अनलाइन परामर्श दिने वेबसाइट frommars.com ले गरेको एक अध्ययनमा गुगल सर्चकै माध्यमबाट पुरुषहरुको […]

गुगल र माइक्रोसफ्टबीचको सम्झौता भङ्ग

विश्वमा प्रविधि क्षेत्रका सबैभन्दा ठूला मध्येका दुई कम्पनी हुन् माइक्रोसफ्ट र गुगल । यी दुई कम्पनीहरु विभिन्न क्षेत्रमा प्रतिस्पर्धीको रुपमा रहेका छन् र कहिलेकाहीँ त्यस्तो प्रतिस्पर्धा तिक्त बन्दा एक अर्कामा कानूनी लडाइँसम्म हुने गरेको इतिहास छ । त्यस्तो परिप्रेक्ष्यमा सन् २०१५ मा यी दुई कम्पनीबीच एउटा सम्झौतमा हस्ताक्ष्र भयो । जस अनुसार माइक्रोसफ्ट र गुगलले […]

अन्त्य हुँदै गुगल, फेसबुक, एप्पल र अमेजनको मनोमानी ! अमेरिकी संसदले चाल्यो कडा कदम

अमेरिकी संसदमा डेमोक्रेट र रिपब्लिकन दुवै राजनीतिक दलका सांसदहरुले पाँचवटा विधेयक पेस गरेका छन् । उल्लेखित विधेयकहरु पारित भएमा ठूला प्रविधि कम्पनीहरुको कथित मनोमानीमा रोक लाग्न सक्नेछ । अमेजन, गुगल, एप्पल तथा फेसबुक जस्ता ठूला कम्पनीहरुमाथि १६ महिना लामो अनुसन्धान पश्चात् अमरिकी संसदमा पाँचवाटा विधेयकको मस्यौदा पेस गरिएको हो । यी पाँच विधेयकको उद्धेश्य ती […]

उत्कृष्ट बन्दैछ इन्टरनेट ब्राउजर : एप्पल, गुगल र माइक्रोसफ्टबीच सहकार्य

हार्डवेयर तथा सफ्टवेयरको बजारमा गुगल, माइक्रोसफ्ट तथा एप्पल वास्तवमा सबैभन्दा ठूला प्रतिस्पर्धी हुन् । तर यिनै प्रतिस्पर्धी कम्पनीहरु प्रइोगकर्ताको इन्टरनट प्रयोगको अनुभवलाई उत्कृष्ट बनाउनका लागि सहकार्यमा जुट्दैछन् । इन्टरनेट ब्राउजिङमा सुधार ल्याउने उद्देश्यका साथ एप्पल, गुगल तथा माइक्रोसफ्टलगायतका आफ्नै ब्राउजर भएका कम्पनीहरुले सहकार्य गर्ने भएका हुन् । एक रिपोर्टअनुसार गुगल क्रोम, एप्पल सफारी, माइक्रोसफ्ट एज […]

आफ्ना सामान बेच्न पहिलोपटक पसल खोल्दै गुगल

एप्पलले आफ्ना प्रडक्ट बिक्री गर्नका लागि पहिलोपटक रिटेल स्टोर खोलेको २० वर्ष पुगेको छ । एप्पलको रिटेल स्टोर खुलेको २० वर्षपछि अर्को दिग्गज प्रविधि कम्पनी गुगलले पनि आफ्नो रिटेल स्टोर खोल्ने निर्णय गरेको छ । यहीँ गृष्मयाममा न्युयोर्क सिटीमा आफ्नो पहिलो भौतिक पसलको रुपमा गुगल स्टोर खोल्ने घोषणा गुगलले बिहीबार गरेको छ । चेल्सी इलाकामा […]

गुगलका कर्मचारी हप्तामा ३ दिन अफिस जानुपर्ने

इन्टरनेट जाएन्ट गुगलका कर्मचारीहरु आगामी दिनमा एक हप्तामा ३ दिन अफिस गएर काम गर्नुपर्ने भएको छ । गुगलका सिइओ सुन्दर पिचाईले आफ्ना कर्मचारीहरुलाई एक इमेल पठाउँदै अमेरिकामा लकडाउन खुकुल हुँदै गर्दा कर्मचारीहरुले हप्तामा झण्डै ३ दिन अफिसमा गएर काम गर्न प्रोत्साहित गरेका छन् । गुगलले आफ्नो कार्यालय गत अप्रिलदेखि नै आंशिक रूपमा खोल्न सुरु गरेको थियो […]

एप स्टोरमा एकाधिकार : गुगल र एप्पलमाथि सिनेटमा सोधपुछ

काठमाडौं । एप स्टोरमा एकाधिकार कायम गरेर प्रतिस्पर्धालाई संकुचित पारेको विषयमा अमेरिकी माथिल्लो सदन सिनेटले एप्पल र गुगलका अधिकारीहरुमाथि सोधपुछ गरेको छ । सिनेटमा गठित एक प्यानलले बुधबार दुबै कम्पनीका अधिकारीहरुलाई बोलाएर सोधपुछ गरेको हो । गुगल र एप्पलले आफ्नो शक्तिको दुरुपयोग गरी मोबाइल एप स्टोरमा आधिपत्य र एकाधिकार कायम गरेकोले साना प्रतिस्पर्धी कम्पनीहरुलाई किनारामा […]

गुगलका सेवाहरु संसारभर अवरुद्ध

इन्टरनेट जाएन्ट गुगलका विभिन्न सेवाहरु सोमबार विश्वका विभिन्न भागमा अवरुद्ध बने । गगल डक्ससँगै गुगल ड्राइभ, गुगल शिट्स र गुगल स्लाइड्समा समस्या देखा परेको हो । डाउनडिटेक्टरका अनुसार सोमबार बिहानदेखि गुगलका डक्स तथा ड्राइभ लगायतका सेवाहरु अवरुद्ध बनेका थिए र राति अबेरसम्म समस्याको पूर्ण समाधान भैसकेको थिएन । त्यस विषयमा प्रयोगकर्ताहरुले निरन्तर गुनासो पोखिरहेका थिए […]

महामारीका बीच कार्यालय विस्तार गर्दै गुगल, ७ अर्ब डलर लगानी

विश्वव्यापी महामारीका कारण अधिकांश कर्मचारीहरुले घरबाटै काम गरिरहेको अवस्थाका बाबजुत गुगलले आफ्नो कार्यालयको क्षेत्रफल बढाउने निर्णय गरेको छ । बिहीबार नयाँ योजना सार्वजनिक गर्दै गुगलले अमेरिकास्थित अफिस र डाटा सेन्टरको स्पेस वृद्धिका साथै कम्तिमा १० हजार नयाँ रोजगारी सिर्जनाका लागि ७ अर्ब डलर भन्दा धेरै लगानी गर्ने जनाएको छ । एक ब्लग पोष्टमा गुगलका सीईओ […]

अष्ट्रेलियामा फेसबुक र गुगलले समाचारका लागि रकम तिर्नुपर्ने कानुन पारित

१३ फागुन, काठमाडौं । फेसबुक र गुगलले आफ्नो प्लेटर्फममा समाचार शेयर गरेवाफत् निश्चित रकम तिर्नुपर्ने कानुन अष्ट्रेलिया सरकारले पारित गरेको छ । यस सम्बन्धी कानुन अष्ट्रेलियाको माथिल्लो सदनबाट बिहीबार पारित भएको छ । यो कानुनको अमेरिकी प्रविधि कम्पनीहरुले कडा विरोध जनाएका छन् । गत हप्ता फेसबुकले आफ्नो प्लेटर्फममा अष्ट्रेलियाका प्रयोगकर्तालाई समाचार सेयर गर्न प्रतिबन्ध लगाएको […]

क्लाउड बिजनेसमा गुगललाई घाटा, वार्षिक साढे ५ अर्ब डलर नोक्सान

गुगल कम्पनीले आफ्नो क्लाउड कम्प्युटिङ व्यवसायको वित्तीय अवस्थाबारे गहन विश्लेषण सार्वजनिक गरेको छ । अन्य सबैभन्दा क्षेत्रमा नाफा कमाइरहेको गुगलले क्लाउड बिजनेसमा चाहिँ ठूलो घाटा व्यहोर्नु परिरहेको तथ्यांकले देखाएको छ । सन् २०२० को तेश्रो त्रैमासिकमा मात्रै गुगल क्लाउडको सञ्चालन नोक्सानी १ अर्ब २० करोड डलर रहेको छ । जुन सन् २०१९ को सोही अवधिको […]

गुगल कम्पनीमा दुई कर्मचारी युनियन !

गुगलका कर्मचारीहरुले मातृ कम्पनी अल्फाबेटमा अल्फाबेट श्रमिक युनियन गठन गरेको केही दिनमै गुगलमै अल्फा ग्लोबल नामक अर्को श्रमिक युनियन गठन भएको छ । अल्फाबेट श्रमिक युनियन अमेरिकामा कार्यरत गुगलका कर्मचारीहरु मात्र संलग्न रहेको श्रमिक संगठन हो भने अल्फा ग्लोबल चाहिँ गुगलका श्रमिकहरुको अन्तराष्ट्रिय संगठन भएको बताइएको छ । अल्फा ग्लोबलमा विभिन्न १० वटा देशका १३ […]

के गुगलले अष्ट्रेलिया छाड्न सक्छ ?

समाचार प्रकाशकहरुसँगको सम्बन्धलाई नियमन गर्नेगरी तयार गरिएको नयाँ कानून लागू भएमा अष्ट्रेलियाबाट गुगल बाहिरिने सम्भावना बढेको छ । गुगल स्वयंले यस्तो चेतावनी दिएको छ । गुगल लगायतका प्रविधि कम्पनीहरुका सर्च इन्जिनमा देखापर्ने वा प्लाटर्फमहरुमा शेयर हुने समाचारहरुका लागि ती कम्पनीहरुले सम्बन्धित समाचार एजेन्सीलाई रकम तिर्नुपर्ने विषयमा लामो समयदेखि चलिरहेको विवाद निरुपण गर्नेगरी अष्ट्रेलिया सरकारले नयाँ […]