Comments Add Comment

दशैं

List Grid
दशैंमा राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाइदिने

१७ असोज, काठमाडौं । दशैंमा राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वसाधारणलाई टीका लगाइदिने भएकी छन् । २१ गते दशमीको दिन १ बजेदेखि २ बजेसम्म मन्त्री, प्रदेश प्रमुख, संवैधानिक निकायका प्रमुख लगायतलाई टीका लगाइदिने छिन् । सर्वसाधारणलाई भने २ः३० बजेबाट एक घण्टा टीका लगाइदिने राष्ट्रपति कार्यालयले जनाएको छ ।

दशैंमा घर फर्किने चटारो (फोटो फिचर)

१६ असोज, काठमाडौं । नेपालीहरुको मुख्य पर्व वडादशैंले छोपिसकेको छ । काम विशेषले विभिन्न ठाउँमा पुगेका परिवारका सदस्यहरु एकठाउँमा भेला हुने, मिठोमसिनो खाने र विजया दशमीको दिन ठूलावडाबाट आर्शिवाद दिने गरिन्छ । परदेशीहरुको घर फिर्तीले आफन्तजनको अनुहार उज्यालिन्छ । त्यसैले यही अवसरमा फर्किन्छन् परदेशी र घरबाट टाढिएका विद्यार्थी, कर्मचारी र सर्वसाधारण खुसी लिएर । यसरी […]

कर्णालीवासी भन्छन्- किन हाम्रा दुःखप्रति सरकार बेखबर छ ?   

१५ असोज, सुर्खेत ।  आम नेपाली एकै समय भेटघाट एवं खुशी साटासाट गर्ने, आशिष लिने र दिने मिलनविन्दु अर्थात सङ्गम हो, दशैं तथा दीपावली । जसका लागि देश विदेशमा रहेका सबै नेपाली खुशी साट्न आफ्नो मातृभूमि फर्कने क्रम चलेको छ । तर विडम्बना, साविकको कर्णाली भने वर्षैपिच्छे दशैं तिहारको खुशी लिन निकै ठूलो सास्ती भोग्नुपर्ने […]

दशैंमा परदेशी घर फर्किँदाको खुसी

१५ असोज, काठमाडौं । दशैंको माहोल छाइसक्यो । बजारदेखि बसपार्कसम्म चहलपहल बढेको छ । एक मात्र अन्तर्राष्ट्रिय विमानस्थललाई दशैं नलाग्ने कुरै भएन । केही दिनयता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट आउने यात्रुहरुको चाप बढेको छ । रोजगारीका लागि विदेश गएका युवाहरु धमाधम दशैं मान्न फर्किन थालेका हुन् । अमेरिका बस्ने छोरा लिन आइपुगेकी नयाँ बसपार्ककी मनमाया […]

संस्कृतिकै पाटो बन्दै दशैँको नयाँ नोट

१४ असोज, पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका-३ घाचोकका दीनानाथ लम्साल प्रत्येक वर्ष दशैँका लागि नेपाल राष्ट्र बैंकको कार्यालय पुगी नयाँ नोट साट्छन् । प्रत्येक वर्ष दशैँ लागेपछि नयाँ नोट साटेर लैजानु उनको वार्षिक कार्यक्रमजस्तै बनेको छ । यस वर्ष पनि दशैँका लागि नोट साट्न बिहानै पाँच बजे घाचोकबाट गाडी चढेर पोखराको राष्ट्र बैंक चोकस्थित बैंकको […]

अझै तातेन दशैं बजार, व्यापारी भन्छन्- चहलपहल आधी

९ असोज, काठमाडौं । नेपालीहरुको महान चाड दशैं संघारमै आइसक्यो । नयाँ लुगा लगाउने, मीठो खाने चाडका रुपमासमेत परिचित दशैं व्यापार-व्यवसाय गर्नेहरुका लागि सबैभन्दा ठूलो सिजन हो । खसी-बोकादेखि लत्ताकपडा, खाद्यान्नदेखि सवारीसाधनसम्मको विक्रीमा बहार आउने गर्छ हरेक दशैंमा । त्यसैले अरु बिदाको मुडमा हुँदा व्यापारीहरु चाहिँ झन् बढी व्यस्त हुनुपर्छ । दशैंको अघिल्लो दिनसम्म पनि […]

मौसमविद् भन्छन्– दशैं घमाइलो नहुने भाे

९ असोज, काठमाडौं । यस वर्षको मनसुन दशैंसम्म नै यथावत रहने भएको छ । मनसुन दशैंसम्म रहने भएपछि मौसमविदहरूले दशैं घमाइलो नहुने अनुमान गरेका छन् । यस वर्षको दशैं असोज १२ देखि सुरु हुँदैछ । घटनास्थापना १२ गते र टीका २१ असोजमा परेको छ । तर, यस वर्षको दशैं गतिविधिलाई मौसमले प्रभाव पार्ने देखिएको छ […]

दशैंको टीकाको उत्तम साइत १० बजेर ३५ मिनेटमा

२३ भदौ, काठमाडौं । दशैंको टीकाको उत्तम साइत बिहान १० बजेर ३५ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । यस वर्षको दशैंको टीका असोज २१ गते मंगलबार परेको छ । नेपाल पञ्चांग निर्णायकसमितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले साइत नै खोजेर दशैंको टीका लगाउनेका लागि विजयादशमीको दिन बिहान १०ः३५ बजेको समय उत्तम रहेको […]

दशैंमा दुई सय नयाँ बस थपिँदै, व्यवसायीमा छैन उत्साह

१९ भदौ, काठमाडौं । यो वर्षको दशैंमा लामो दुरीका लागि करिब २ सय नयाँ बसहरु थपिने भएका छन् । थपिने बसहरुको ‘बडी’ हाल विभिन्न ग्यारेजहरुमा निर्माणाधीन छन् भने कतिपय तयार भएर सरकारसँग रुट इजाजत लिने प्रक्रियामा छन् । हरेक वर्ष दशैंमा लामो दुरीका सवारी साधनमा यात्रुको चाप अत्यधिक बढ्छ । यसैलाई लक्ष्यित गर्दै व्यवसायीले दशैंका […]

दशैंसम्म चिनी आयात रोक्न उद्योगीको आग्रह

१४ साउन, काठमाडौं । चिनी उद्योगीहरुले भारतलगायतका मुलुकबाट हुने चिनी आयात थप दुई महिना रोक्न सरकारलाई आग्रह गरेका छन् । नेपाली उद्योगहरुले उत्पादन गरेको चिनी पर्याप्त मात्रामा भण्डारणमा रहेकाले चिनी आयात तत्काल फुकुवा गर्नु आवश्यक नरहेको नेपाली व्यवसायीहरुको तर्क छ । अझै तीन महिनालाई पुग्ने परिमाणमा चिनी मौज्दात रहेकाले तत्काल चिनीको आयात रोक्न सरकारलाई केही […]

२०७६ सालको दशैं असोज २१ गते, भाइटीका कात्तिक १२ गते

१ चैत, काठमाडौं । २०७६ सालको दशैंको टीका असोज २१ गते परेको छ । तिहारको भाइटीका र गोवर्धन पूजा कात्तिक १२ गते एकैदिन परेको छ । २०७६ सालको तोयनाथ पञ्चाङ्ग पात्रो अनुसार साउन २० गते नागपञ्चमी र ३० गते रक्षा बन्धन अर्थात जनैपूर्णिमा छ । हरितालिका तीज भदौ २६ गते छ । यसैगरी असोज १२ […]

दशैं सकिनासाथ सेलायो फलफूल बजार, तिहारको पर्खाइमा व्यापारी

८ कात्तिक, काठमाडौं । बिहीबार बिहान फलफूल तथा तरकारी बजार कालिमाटी पुग्दा खासै चहलपहल थिएन । खासगरी फलफूल ब्यापारीहरु फुर्सदले हाई काढिरहेका देखिन्थे । दशैं सकिएपछि फलफुल किन्न आउने ग्राहक स्वाट्टै घटेका छन् । अब फलफल व्यापारीलाई तिहारको प्रतिक्षा छ । सामान्यतया दशैंमा भन्दा तिहारमा फलफूलको अत्यधिक व्यापार हुन्छ । विगत ३५ वर्षदेखि कालिमाटी बजारमा […]

दशैंमा नयाँ नोट छाप्दा ७९ करोड खर्च

५ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्ष दशैं अघिसम्म मात्रै ६२ करोड रुपैयाँ भन्दा बढी खर्च गरेर ५, १०, २०, ५० र १०० दरका नयाँ नोट छपाइ गरेको छ । राष्ट्र बैंकले ठूलो रकम खर्च गरेर आर्थिक वर्ष ०७५/७६ को पहिलो त्रैयमासमा ४६ करोड ५५ लाख प्रति नयाँ नोट छपाई गरेको हो । […]

काठमाडौंमा दशैं मानेर फर्किनेको लर्को (९ तस्वीर)

५ कात्तिक, काठमाडौं । हिन्दू नेपालीहरुको ठूलो पर्व दशैं मनाउन आफ्नो घर र आफन्तकोमा पुगेकाहरु धमाधम काठमाडौं फर्किरहेका छन् । दशैंको टीका लगाएर काममा फर्किनेहरुको कारण काठमाडौं भित्रने मुख्य नाका कलंकी, कोटेश्वरमा सर्वसाधारणको ठूलो भीड लागेको छ । बसबाट झोलासहित सामान झार्ने र अर्को गाडी खोजेर गन्तव्यसम्म पुग्नेहरुका कारण कलंकी, कोटेश्वर क्षेत्र दिनभरजसो व्यस्त बनेको […]

सकियो दशैं : फेरि रित्तिन थाले गाउँ, भरिए शहर

५ कात्तिक, पोखरा । विजया दशमीको टीका लगाएसँगै यतिखेर विभिन्न सेवा, पेशा र व्यवसाय सम्हाल्ने व्यक्ति फर्कन थालेपछि शून्य रहेको बजरमा चहलपहल बढेको छ । दशैँको टीका जमरा विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने प्रचलन भए पनि पश्चिम नेपालका कास्की, स्याङ्जा, तनहुँ लगायत जिल्लामा अधिकांशले विजयादशमीका दिन मात्र टीका लगाउने गर्दछन् । विजया दशमीकै दिन टीका लगाउने […]

आईजीपी निवासमा दशैंको रौनक

३ कात्तिक, काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी प्रधान कार्यालयस्थित आफ्नो निवासमा शनिबार प्रहरी अधिकारीहरुलाई टीका लगाइदिएका छन् । विजया दशमीको दोस्रो दिन महानिरीक्षकले प्रहरी कर्मचारीहरुलाई टीका लगाइदिने प्रचलन अनुरुप उनले वरिष्ठ प्रहरी अधिकृतहरु, प्रहरी अधिकृत तथा प्रहरी जवानहरु, पूर्वप्रहरी कर्मचारीहरु एवं प्रहरी परिवारलाई टीका लगाइदिएका हुन् । टीका लगाइदिँदै प्रहरी महानिरीक्षक खनालले सुख, […]

‘फौजीलाई कुन हो दशैं, कुन हो चाड तिहार’

२ कात्तिक, काठमाडौं । पियारीले हरेक महिना चिठ्ठी पठाउँथिन् यसपालिको दशैंमा त घर आउ भन्थिन् लालाबाला हरेक साँझ बाटो हेर्छन् अरे थुम्थुम्याउँछु भन्थिन् उनी, आउँछन् भनी भरे भन्नेलाई भन्दिए भो बिर्स घरबार फौजीलाई कुन हो, दशैं कुन चाड तिहार… जगदिश समालले त्यसै यो गीत गएका होइनन् । दशैं तिहारमा फौजीको दुःख र पीडालाई यो गीतले […]

दशैंको दिन मिटरमा ट्याक्सी नकुदाए कारबाही

१ कात्तिक, काठमाडौँ । विजयादशमीको बिदाको समयमा काठमाडौँ उपत्यकामा ट्याक्सीहरुलाई अनिवार्य रुपमा मिटरमा सञ्चालन गर्न सरकारले निर्देशन दिएको छ । दशैँका बेला मिटरमा ट्याक्सी नचलाउनेलाई कारवाही गर्न सरकारले ट्राफिक प्रहरीलाई निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव केदारबहादुर अधिकारीको अध्यक्षतामा हालै भएको नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, यातायात व्यवस्था विभागलगायत कार्यालयका उच्च […]

फेसबुकमा भ्रमण तालिका नराख्नुस्, बसको छतमा नचढ्नुस्

हामीले दशैंलाई लक्षित अहिले देशभर ३१ हजार ३ सय ७९ जना प्रहरी खटाएका छौं । यो संख्या प्रहरी कार्यालयमा बसेका अधिकारीहरु बाहेक हो । जो सडक भनौं या फिल्डमा खटिन्छन् । सामान्य अवस्थामा भन्दा थप २७ सय १६ जना ट्राफिक प्रहरी मात्रै खटाएका छौं । देशभरका १ सय ५४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेका […]

सशस्त्र प्रहरीले पनि दशैंमा निःशुल्क बस चलाउने

२९ असोज, काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल पनि दशैंको अवसरमा काठमाडौं उपत्यकामा ४ वटा बस निःशुल्क रुपमा सञ्चालन गर्ने भएको छ । दशैंमा सार्वजनिक यातायातका साधनहरु न्यून रुपमा चल्ने भएकोले सर्वसाधारणको आवतजावतमा सुविधा होस् भनेर निःशुल्क बस चलाउन लागिएको हो । काठमाडौं उपत्यकाभित्र सशस्त्र प्रहरी बल नेपालको निःशुल्क बस सेवाको एउटा रुट कलंकीबाट छुटेर […]

दशैंको टीकाका दिन सेनाले काठमाडौंमा ‘निःशुल्क बस सेवा’ दिने, यस्ताे छ रूट

२८ असोज, काठमाडौं । नेपाली सेनाले विजया दशमीका दिन काठमाडौं उपत्यकामा बस चलाउने भएको छ । दशैंको टीकाका दिन काठमाडौं उपत्यका सार्वजनिक सवारी साधन न्यून मात्रामा चल्ने भएकाले यात्रुको सहजताका लागि बस सेवा दिने निर्णय भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । बस सेवाको सैनिक तथा गैह्र सैनिकले लाभ सक्ने नेपाली सेनाद्वारा जारी विज्ञप्तिमा […]