Comments Add Comment

वर्षमान पुन

List Grid
प्रधानमन्त्री असंवैधानिक बाटोतिर जान खोज्नुभएको छ : वर्षमान पुन

२३ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने नाममा असंवैधानिक बाटोतिर जान खोजेको दावी गरेका छन् । बिहीबार संसद भवन नयाँवानेश्वर परिसरमा पत्रकारसँग कुरा गर्दै नेता पुनले प्रधानमन्त्रीले विश्वासको मत नपाउने पनि जिकिर गरे । प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि वैशाख २७ गते संसदको […]

आफैं भिड जम्मा गर्ने सरकारले उपचार गर्न सक्दिन भन्नु लज्जास्पद : नेता पुन

१८ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले सरकारको अभिव्यक्तिले नागरिकमा त्रास फैलाएको बताएका छन् । कोरोना रोकथाम तथा न्यूनीकरणमा सरकार नलागी गम्भीर लापरबाही गरेको उनको भनाइ छ । शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वऊर्जामन्त्री समेत रहेका नेता पुनले सरकारले नै लापरबाही गरेर भिड जम्मा गर्ने र पछि उपचार गर्न सक्दिन भनेर हात उठाउनु […]

चैत ५ को जसपा बैठकले सत्ता समीकरण टुंगो लगाउँछ : वर्षमान पुन

३ चैत, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले जनता समाजवादी पार्टीको चैत ५ मा बस्ने बैठकपछि सत्ता समीकरणले मूर्त रुप पाउने बताएका छन् । मंगलबार माओवादी केन्द्रको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता पुनले चैत ५ गते बस्ने जनता समाजवादी पार्टीको बैठकपछि नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाबीचको सत्ता समीकरणले मूर्त […]

‘माओवादी केन्द्रमा फर्किनुस्, नभए राजीनामा दिनुस्’

२६ फागुन, काठमाडौं । अलग अलग पार्टीमा विभाजित भएपछि नेकपा एमाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार बचाउने प्रयासमा जुटेको छ भने माओवादी केन्द्र कांग्रेस र जनता समाजवादी पार्टीसँग गठबन्धन गर्ने प्रयासमा छ । माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ भने प्रधानमन्त्री ओलीले बहुमत जुटाउने कोशिस गर्नु राजनीतिक नैतिकताका हिसाबले गलत भएको मान्छन् । ओलीले संसद विघटन गरेर […]

ओलीको निषेधकारी रवैयाले पार्टीमा संकट : अनन्त

२१ फागुन, काठमाडौं । नेकपाका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री वर्षमान पुन (अनन्त)ले प्रधानमन्त्री केपी शर्मा ओलीमा अरुलाई निषेध गर्ने भष्मासुर प्रवृत्ति देखिएको आरोप लगाएका छन् । पुनले ओलीको निषेधकारी रवैयाकै कारण मुलुक र पार्टीमा संकट आएको बताएका छन् । सुखानी स्मृति दिवसको सन्दर्भमा अनेरास्ववियूले काठमाडौं उपत्यकामा आयोजना गरेको सहिद स्मृति कप प्रतियोगिता उदघाटन गर्दै […]

सर्वोच्चको फैसला ऐतिहासिक र जनभावना अनुसार : वर्षमान पुन

११ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड माधव समूहका नेता वर्षमान पुनले संसद विघटन बदर गर्ने सर्वोच्च अदालतले ऐतिहासिक फैसला सुनाएको बताएका छन् । उनले अदालतले जनभावना अनुसार फैसला सुनाएर लोकतन्त्रको रक्षा गरेको अनलाइनखबरलाई प्रतिक्रिया दिए ।

ओलीलाई जनताले प्रधानमन्त्री होइन, सांसद बनाएका हुन् : वर्षमान पुन

२५ माघ, स्याङ्जा । नेकपाको प्रचण्ड–नेपाल समूहका स्थायी समिति सदस्य वर्षमान पुनले प्रधानमन्त्री केपी ओलीलाई जनताले नभई पार्टीले प्रधानमन्त्री बनाएको बताएका छन् । ओलीले आफू जनताबाट प्रधानमन्त्री चुनिएको र विशेषाधिकार रहेको झुठो दाबी गरेको भन्दै पुनले ओली जनताबाट नभई संसदबाट प्रधानमन्त्री चुनिएको बताए । ‘ओलीजी प्रधानमन्त्रीको उम्मेदवार भएर देशभरका जनताले भोट हालेको होइन’, पार्टी सम्वद्ध […]

ओलीले अदालतमा सेटिङ मिलाएको छु भनेका छन् : वर्षमान

९ माघ, रोल्पा ।  नेकपा प्रचण्ड–माधव समूहका नेता वर्षमान पुनले संसद विघटनविरुद्ध विचाराधीन मुद्दाको फैसला गर्ने क्रममा सर्वोच्च अदालतमा केपी ओलीको दबाव, प्रलोभन र धम्कीको प्रभाव पर्न नहुने बताएका छन् । प्रधानमन्त्री ओली र उनको समूहका नेताहरुले सर्वोच्चमा सेटिङ मिलाएकाले प्रतिनिधिसभा विघटन सदर हुने हल्ला चलाउँदै हिँडेको पुनले बताए । ‘हामीलाई विश्सास छ, संविधानको अक्षर […]

निरंकुश सत्ता चलाउने ओलीको प्रयास सफल हुँदैन : पुन

१७ पुस, बुटवल । नेपालको सम्पूर्ण अर्थ व्यवस्था सीमित मानिसको मुठ्ठीमा पार्ने गरी प्रधानमन्त्री केपी शर्मा ओली अगाडि बढेको आरोप नेकपा स्थायी समिति सदस्य वर्षमान पुन ‘अनन्त’ले लगाएका छन् । नेकपा प्रचण्ड–माधव नेपाल पक्षको लुम्बिनी प्रदेश कमिटी बैठकलाई बुटवलमा सम्बोधन गर्दै पुनले सो आरोप लगाएका हुन् । संविधानमा स्पष्ट रुपमा नेपाललाई समाजवाद उन्मुख मुलुक भनिए […]

जनताको फोन–ट्याप गर्ने कानुन बनाउँदा समर्थन, आफ्नो फोन–ट्याप हुँदा विरोध

१५ पुस, काठमाडौं । रोल्पामा मंगलबार आयोजित कार्यक्रममा निवर्तमान मन्त्री एवं नेकपा प्रचण्ड–माधव समूहका नेता वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले नेताहरूको कल–ट्यापिङ गरेको आरोप लगाए । संसद विघटनको विरोधमा नेकपा प्रचण्ड–माधव पक्षद्वारा आयोजित कार्यक्रममा नेता पुनले भने, ‘सबै नेताहरूको टेलिफोन ट्यापिङ भइरहेको छ, नेताहरूले फोनमा गोप्य कुरा गर्न मिल्दैन, सञ्चारका साधनहरूमा कुरा गर्न नमिल्ने […]

वैशाखमा चुनाव हुँदैन, ओली पनि प्रधानमन्त्री रहँदैनन् : वर्षमान पुन

१५ पुस, रोल्पा । नेकपा प्रचण्ड–माधव समूहका नेता वर्षमान पुन (अनन्त)ले वैशाखमा चुनाव पनि नहुने र केपी शर्मा ओली प्रधानमन्त्री पनि नरहने दाबी गरेका छन् । गृहजिल्ला रोल्पाको लिवाङमा बुधबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै अनन्तले प्रधानमन्त्री ओलीको नियत नै चुनाव गराउने नभएको बताए । आफ्नै नेतृत्वमा झण्डै दुई तिहाइको सरकार चलाइरहेका ओलीले असंवैधानिक रुपमा संसद विघटन […]

प्रधानमन्त्रीले नेताहरुको फोन ट्यापिङ गरिरहेका छन् : वर्षमान पुन

१४ पुस, रोल्पा । निवर्तमान मन्त्री एवं नेकपा प्रचण्ड–माधव समूहका नेता वर्षमान पुनले प्रधानमन्त्री केपी ओलीमाथि गैरकानूनीरुपमा राजनीतिक दलका नेताहरुको टेलिफोन ट्यापिङ गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध मंगलबार रोल्पाको लिवाङमा आयोजित सभामा बोल्दै पुनले नेताहरुलाई तर्साउन प्रधानमन्त्रीले त्यस्तो गरेको आरोप लगाए । ‘सबै नेताहरुको टेलिफोन ट्यापिङ भइरहेको छ, नेताहरुले फोनमा गोप्य कुरा गर्न […]

संसद पुनर्स्थापना हुन्छ, मध्यावधि चुनाव खारेज हुन्छ : वर्षमान पुन

६ पुस, काठमाडौं । आइतबार राजीनामा दिएर मन्त्रिनिवास पुल्चोकबाट राति नै डेरा सरिसकेका निवर्तमान ऊर्जामन्त्री वर्षमान पुनले अब संसदको पुनर्स्थापना हुने र मध्यावधि चुनाव खारेज हुने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसद सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्तावलाई अब सभामुखले अघि बढाउनुपर्ने  निवर्तमान मन्त्री पुनले बताएका छन् । अनलाइनखबरसँग कुराकानी गर्दै नेकपा स्थायी कमिटी […]

वर्षमानले मध्यरातमै छाडे मन्त्री क्वार्टर

५ पुस, काठमाडौं । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीबाट राजीनामा दिएका वर्षमान पुनले आइतबार राति पुल्चोकस्थित मन्त्री क्वाटर छाडेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनप्रति असन्तुष्टि जनाउँदै पुनसहितका ७ मन्त्रीले दिउँसो राजीनामा दिएका थिए । क्वाटर छाडेपछि मन्त्री पुनले अनलाइनखबरसँग भनेका छन्, ‘मैले शान्ति मन्त्री हुँदा पनि राजीनामा दिनासाथ मन्त्रिनिवास र गाडी […]

सरकारको पहिलो जलस्रोत नीति : ११ रणनीति, ११५ कार्यनीति

२ पुस, काठमाडौं । ऊर्जामन्त्री वर्षमान पुनले बिहीबार मन्त्रालयमा एक कार्यक्रम गरी ‘राष्ट्रिय जलस्रोत नीति–२०७७’ सार्वजनिक गरेका छन् । यो नै नेपालको पहिलो जलस्रोत नीति हो । मन्त्री पुनले जलस्रोतको बहुआयामिक, समन्यायिक एवम् दिगो विकास तथा बहुउपयोगबाट आर्थिक समृद्धि ल्याउने दीर्घकालीन सोचका साथ नीति ल्याएको बताए । संघीयता कार्यान्वयनसँगै तीन तहका सरकारसँग जलस्रोत उपयोग अधिकार […]

अनन्तले भने– युवाहरु सरकार र पार्टीको नेतृत्व लिन तयार छन्, दुवै अध्यक्षले निर्णय गरुन्

१५ मंसिर, रोल्पा । ऊर्जामन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य वर्षमान पुन (अनन्त)ले युवाहरु सरकार र पार्टीको नेतृत्व लिन तयार रहेको बताएका छन् । तर, नेकपाका दुवै अध्यक्षले सहमतिमा यो कुराको निर्णय गर्नुपर्ने उनले बताए । रोल्पा नगरपालिका–३ लाँकुरीमा ३३/११ केभी सबस्टेशनको उदघाटन कार्यक्रमलाई सोमबार बिहान सम्बोधन गर्दै मन्त्री पुनले भने, ‘दुवै […]

लाइन धेरै जान थालेपछि बैठक, ऊर्जामन्त्रीले भने-नियोजित गुनासोलाई कामबाटै जवाफ दिऔं

८ असोज, काठमाडौं । पछिल्ला दिनमा लाइन जाने क्रम बढेपछि ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयमा यसबारे छलफल भएको  छ । नेपाल विद्युत प्राधिरकणबाट कुलमान घिसिङको बर्हिगमनापछि उपभोक्ताले लाइन जाने क्रम बढेको भन्दै सरकारको तीव्र आलोचना गरिरहेका छन् । कन्ट्याक्ट ट्रेसिङमा परेपछि ६ दिन होम आइसोलेसनमा बसेर मन्त्रालय फर्किएलगत्तै ऊर्जामन्त्री वर्षमान पुन अनन्तले पछिल्लो केही दिनयता […]

कन्ट्याक्ट ट्रेसिङमा परेका ऊर्जामन्त्रीको कोरोना रिपोर्ट नेगेटिभ

८ असोज, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । सुरक्षामा खटिएका नेपाली सेनाका जमदारलाई कोरोना पोजेटिभ देखिएपछि पुन शुक्रबारदेखि होम आइसोलेसनमा थिए । मन्त्री पुनले बुधबार स्वाब दिएका थिए । तर, बिहीबार विहान रिपोर्ट नेगेटिभ आएपछि पुन नियमित काममा फर्किएको उनको निजी सचिवालयले जनाएको छ । उनको सुरक्षागार्डको […]

अंगरक्षकमा कोरोना देखिएपछि ऊर्जामन्त्री वर्षमान पुन होम आइसोलेसनमा

२ असोज, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुन शुक्रबारदेखि होम आइसोलेसनमा बसेका छन् । मन्त्री पुनसहित सचिवालयका ३० जनाको पीसीआर परीक्षण गर्दा मन्त्रीका अंगरक्षक, नेपाली सेनाका जमदारमा कोरोना पोजेटिभ देखिएपछि मन्त्री होम आइसोलेसनमा बसेका हुन् । पूर्वसभामुख ओनसरी घर्तीसहित परिवारका ३० जना सदस्यको पीसीआर जाँच गर्दा एकजनामा कोरोना पोजेटिभ देखिएको मन्त्रीका प्रेस […]

विद्युतीय सवारीको कर पुनरावलोकन हुन्छ, प्राधिकरणप्रति गर्व छ : ऊर्जामन्त्री

१ भदौ काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले विद्युतीय सवारीमा लगाइएको कर पुनरावलोकन हुनसक्ने बताएका छन् । विद्युत खपत प्रवर्द्धन गर्ने भनिएको वर्ष सरकारले बजेटमार्फत यसपाला विद्युतीय सवारीमा ठूलो मात्रामा कर बढाएको थियो । मन्त्री पुनले यसबारे अर्थमन्त्री डा. युवराज खतिवडासँग कुरा भएको र विद्युतीय सवारीको करमा पुनरावलोकन हुनसक्ने अवस्था रहेको बताए । […]

घरायसी ग्राहककोमा विद्युतको स्मार्ट मिटर जडान सुरु

२५ साउन, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले घरायसी ग्राहकको घरमा रहेका सिंगल फेज मिटरलाई हटाई स्मार्ट मिटर जडान गर्न सुरु गरेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले आइतबार काठमाडौंको बूढानिलकण्ठ नगरपालिका-९को वडा कार्यालय मंडिखाटारमा रहेको सिंगल फेज मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गरी जडान कार्यको सुरुआत गरे । मुलकभर हाल करिब ५० लाख सिंगल […]