Comments Add Comment

ट्राफिक प्रहरी

List Grid
स्याबास ट्राफिक प्रहरी !

६ माघ, काठमाडौं । ‘सानालाई ऐन, ठूलालाई चैन’ भन्ने नेपाली आहान छ । नेपाल प्रहरीमाथि पनि बेलाबेला यस्तै आरोप लाग्छ । तर ट्राफिक प्रहरीले त्यसलाई गलत सावित गरिदिएको छ । ट्राफिकले सोमबार पार्किङ निषेधित क्षेत्रमा राखिएको नेपाल प्रहरीकै गाडीको ‘ह्विल लक’ गरेको छ । अनामनगरमा ना१झ १४२५ नम्बरको गाडी नो पार्किङ क्षेत्रमा रोकेर राखेको भेटिएपछि […]

काठमाडौंमा पैदलयात्रीलाई बाटो काट्न सिकाउँदै ट्राफिक (फोटो फिचर)

२८ पुस, काठमाडौं । पुरानो बसपार्क क्षेत्रमा सधैंभन्दा धेरै ट्राफिक प्रहरी खटिएका छन् । नियमित जस्तो उनीहरुको हातमा सिट्ठी र रसिद मात्रै छैन । सडकमा खटिएका केही ट्राफिक प्रहरीको हातमा पम्पलेट छ । अधिकृतहरू  ‘हृयाण्ड माइकबाट’ बोलिरहेका छन् । पैदल यात्रु झुम्मिएर सुनिरहेका छन् । यो पैदल यात्रुलाई सचेत गराउँदै गरेको दृश्य हो । पैदलयात्रीले […]

ट्राफिक प्रहरीलाई डीआईजी पोखरेलको निर्देशन – कसैलाई पनि सहुलियत नदिनू

२४ पुस, काठमाडौं । सडक नियम उल्लंघन गर्ने जो कोही भए पनि निर्दयीताका साथ कानूनी कारबाही गर्न महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख विश्वराज पोखरेलले निर्देशन दिएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथको बिहीबार निरीक्षण गर्दै पोखरेलले कसैलाई पनि सहुलियताको सुविधा नदिन निर्देशन दिएका हुन् । सडकमा काम गरिरहेकोश ट्राफिक प्रहरी राष्ट्रिय/अन्तराष्ट्रिय जगतको निगरानीमा रहने […]

चितवन ट्राफिक प्रहरीलाई प्राप्त भयो घर बनाउने जग्गा

२१ पुस, चितवन । वर्षोंदेखि भाडाको अति जीर्ण घरमा बस्दै आएको जिल्ला ट्राफिक प्रहरी चितवनले घर बनाउने जग्गा प्राप्त गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनको परिसरमा ट्राफिक प्रहरीलाई कार्यालय बनाउने जग्गा प्राप्त भएको हो । प्राप्त जमिनमा करिब डेढ करोड खर्चिएर सुविधा सम्पन्न कार्यालय भवन बनाइने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख चन्द्र गिरीले जानकारी […]

गाडी चलाउँदा जुत्ता अनिवार्य लगाउनु पर्ने

२१ पुस, काठमाडौं । अब सवारी चालकले जुत्ता लगाएर मात्र गाडी चलाउने भएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रतिनिधि, मजदुर ट्रेड युनियनका प्रतिनिधि तथा उपत्यकामा सञ्चालित यात्रुबहाक बसका चालकसँग गरेको छलफलमा जुत्ता लगाएर मात्र गाडी चलाउने प्रतिवद्धता व्यक्त गरिएको हो । जुत्ता नलगाइ सवारी चलाउनु पनि दुर्घटनाको एउटा कारण […]

टुटल र पठाओ चालकमाथि प्रहरीले थाल्यो कारबाही

८ मंसिर, काठमाडौं । ट्राफिक प्रहरीले प्रायोजन विपरीत मोटरसाइकल चलाएको आरोपमा टुटल र पठाओका चालकलाई कारबाही थालेको छ । आइतबार बिहान पठाओका चालक विकास तामाङ कारबाहीमा परेका हुन् । महानगरीय ट्राफिक प्रहरी वृत्त, स्वयम्भुका प्रहरी जवान विजय मण्डलले बा ७७ प ८१९९ नम्बरको मोटरसाइकलबाट भाडामा यात्रु ओसारेको आरोपमा जरिवाना लिएको  छ । जरिवानाको चिटमा प्रयोजनविपरीत […]

टुटल र पठाओ चालकमाथि प्रहरीले थाल्यो कारबाही

८ मंसिर, काठमाडौं । ट्राफिक प्रहरीले प्रायोजन विपरीत मोटरसाइकल चलाएको आरोपमा टुटल र पठाओका चालकलाई कारबाही थालेको छ । आइतबार बिहान पठाओका चालक विकास तामाङ कारबाहीमा परेका हुन् । महानगरीय ट्राफिक प्रहरी वृत्त, स्वयम्भुका प्रहरी जवान विजय मण्डलले बा ७७ प ८१९९ नम्बरको मोटरसाइकलबाट भाडामा यात्रु ओसारेको आरोपमा जरिवाना लिएको  छ । जरिवानाको चिटमा प्रयोजनविपरीत […]

‘ड्राइभर पनि भारतबाट मगाउनु पर्ने स्थिति आयो !’

४ मंसिर, काठमाडौं । ‘जम्मा ३० रुपैयाँमा ट्याम्पो चढेको थिएँ, १४ सयको सर्ट च्यातियो सर…।’ महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथका प्रमुख एसएसपी भीमप्रसाद ढकाललाई साताअघि एक प्राध्यापकले फोन गरेर भने । बसपार्कबाट चढेका उनको सर्ट गौशाला आइपुग्दा काँटीमा अल्झिएर च्यातिएको थियो । ढकालले प्राध्यापकको गुनासोलाई टिपेर राखेको केही दिन नवित्दै पुनः उस्तै गुनासो मिश्रित फोन […]

‘सीको भ्रमणका वेला जरूरी भए मात्र सडकमा आउनू’

२४ असोज, काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङको शुक्रबार हुने नेपाल भ्रमणलाई लक्षित गरेर ट्राफिक प्रहरीले चक्रपथभित्र ‘हेभी’ सवारीसाधनलाई प्रवेश निषेध गरेको छ । सीको सवारीका क्रममा सर्वसाधारणका सवारीलाई पनि निषेध गर्ने निर्णय गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले कतै निस्किनु जरुरी भएसकेसम्म लिफ्ट लिएर सडकमा सवारीसाधनको संख्या कम गर्न […]

‘सीको भ्रमणका वेला जरूरी भए मात्र सडकमा आउनू’

२४ असोज, काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङको शनिबार हुने नेपाल भ्रमणलाई लक्षित गरेर ट्राफिक प्रहरीले चक्रपथभित्र ‘हेभी’ सवारीसाधनलाई प्रवेश निषेध गरेको छ । सीको सवारीका क्रममा सर्वसाधारणका सवारीलाई पनि निषेध गर्ने निर्णय गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले कतै निस्किनु जरुरी भएसकेसम्म लिफ्ट लिएर सडकमा सवारीसाधनको संख्या कम गर्न […]

दुई सातामा २४ लाख यात्रु काठमाडौंबाट बाहिरिए

१९ असोज, काठमाडौं । दशैंको समयमा २३ लाख ८४ हजार ९ सय ३१ जना यात्रु राजधानीबाट अन्यत्र गएका छन् । महानगरीय ट्राफिक महाशाखाको रेकर्डले १० लाख ४६ हजार जना उपत्यका भित्रिएको पनि देखाउँछ । महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालका अनुसार यो विवरण ५ असोजदेखि १८ गतेसम्मको हो । उनका अनुसार यो अवधिमा २ लाख ६१ […]

नयाँ ट्राफिक प्रहरी प्रमुखले सार्वजनिक गरे ७ प्राथमिकता

२३ भदौ, काठमाडौं । महानगरीय ट्राफिक महाशाखाका नयाँ प्रमुख भीमप्रसाद ढकालले ७ वटा प्राथमिकताका योजना सार्वजनिक गरेका छन् । महाशाखाको नेतृत्व सम्हालेको तीन दिनपछि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ढकालले पत्रकार सम्मेलन गरेर प्राथमिकताका कार्य सार्वजनिक गरेका हुन् । जसअनुसार ढकालको पहिलो प्राथमकिता स्मार्ट ट्राफिक पुलिस बनाउनेमा हुने जनाइएको छ । ‘विगतभन्दा अहिलेको ट्राफिक प्रहरी धेरै […]

ट्याक्सीमा छुटेको नगद तीन दिनपछि भेटियो

१६ असार,काठमाडौं । अस्पतालबाट घर फर्किदै गर्दा यात्रुले छोडेको नगद र औषधि फिर्ता नगर्ने ट्याक्सी चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । शिक्षण अस्पताल, महाराजगञ्जबाट स्वयम्भु नामगेल चोक जाने क्रममा शुक्रबार यात्रु तोण्डु शेर्पाले ७६ हजार नगद र औषधीसहितको झोला ट्याक्सीमा छाडेका थिए । नम्बर नखुलेको ट्याक्सीमा समान छुटेको भन्दै शेर्पाले महानगरीय ट्राफिक प्रहरी महाशाखाकामा […]

भीआईपीको पेलाइमा ट्राफिक प्रहरी, जागिर खाइदिन्छु भनेर धम्क्याउँछन्

१२ जेठ, काठमाडौं । गत बुधबार सिंहदरबार बाहिर ‘नो पार्किङ’ मा राखिएको गृह मन्त्रालयका उपसचिव कृष्ण शर्मा चढ्ने गाडीमा एक ट्राफिक प्रहरी जवानले ह्विल लक लगाइदिए । केहीबेरको पौठोजोरीपछि मात्रै जवानले पांग्रामा ‘लक’ लगाउन सकेको घटनाले सामाजिक सञ्जालमा चर्चा बटुल्यो । यद्यपि, ट्राफिक प्रहरीका लागि यो नौलो घटना थिएन । विशिष्ट (भीआईपी) तथा अतिविशिष्ट (भीभीआईपी) […]

माइतीघरको विशाल प्रदर्शनले काठमाडौंको ८ स्थानमा सवारी चाप

४ असार, काठमाडौं । गुठी विधयेक खारेजीको माग गर्दै माइती घरमा भएको विशाल जनप्रदर्शनका कारण काठमाडौं उपत्यकाको विभिन्न ठाउँमा सवारी चाप छ । आन्दोलनका कारण त्रिपुरेश्वर, थापागाउँ, पुरानो बसपार्क, पुतली सडक, कमलादी, नयाँ बानेश्वर, कुपन्डोलर र पुल्चोक भएर चल्ने सवारी चापमा रहेको महानगरीय ट्राफिक महाशाखाले जनाएको हो । महाशाखाले ती क्षेत्रमा वैकल्पिक बाटोको प्रयोग गर्न […]

काठमाडौंबाट ८ महिनामा १ हजार ३९८ मोटरसाइकल हराए, ३७६ मात्र भेटिए

१६ वैशाख, काठमाडौं । काठमाडौं–६, बौद्धका होमनाथ खतिवडाको मोटरसाइकल चोरी भयो । मोटरसाइकल चोरी भएपछि उनले ट्राफिक प्रहरी कार्यालयमा उजुरी गरे । खोजी तथा अनुसन्धान गर्दै जाँदा मोटरसाइकल फेला पर्‍यो । ट्राफिक प्रहरीले आवश्यक प्रक्रिया पुर्‍याइ मोटरसाइकल खतिवडालाई बुझायो । दैनिक काम समेत अवरूद्ध भइरहेको अवस्थामा प्रहरीबाट मोटरसाइकल पाएपछि भावुक हुँदै प्रहरीले जनताका लागि गरेको […]

ट्राफिक प्रहरीले सुरु गर्‍यो ‘ठाउँको ठाउँ सुधार’ अभियान, दुर्घटना घटाउने लक्ष्य

१३ वैशाख, बुटवल । बढ्दो सवारी दुर्घटनालाई न्युनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले ‘ठाउँको ठाउँ सुधार’ कार्यक्रम शुरु गरेको छ । प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले एक हप्तासम्म सडक प्रयोगकर्ता र सरोकारवालाहरुसँगको सहकार्यमा ‘ठाउँको ठाउँ सुधार’ कार्यक्रम सुरु गरेको हो । साताव्यापी कार्यक्रमबाट दुर्घटना दर प्रतिमहिना ८७ लाई घटाएर ५० मा ल्याउने, घाइते हुने दर […]

प्रहरीलाई एक हजार घुस दिन खोज्दा पक्राउ

२७ चैत, काठमाडौं . प्रहरीलाई एक हजार रुपैयाँ घुस दिन खोज्ने गाडीचालक पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-१२ त्रिपुरेश्वरमा प्रहरीलाई १ हजार रुपैयाँ दिन खोज्दा धादिङ घर भई सतुंगल बस्ने ३३ वर्षीय एकबहादुर तामाङ मंगलबार दिउँसो पक्राउ परेका हुन् । महानगरीय प्रहरी ट्राफिक प्रभाग थापाथलीको टोलीले उनको बा २ ख ६१८६ नम्बर गाडी जाँच गर्न […]

धेरै धुँवा फ्याल्ने सवारीविरुद्ध ट्राफिकको एक्सन, एकैदिन ४६ कारबाहीमा

२४ चैत, काठमाडौं । ट्राफिक प्रहरीले तीन दिनअघिबाट थालेको ‘उपत्यकाको प्रदुषण नियन्त्रण तथा ट्राफिक व्यवस्थापन सुधार कार्ययोजना’ अन्तरगत एकैदिन बढी धुँवा फ्याल्ने ४६ वटा सवारी साधन कारबाहीमा परेका छन् । आइतबार बबरमहलमा गरिएको प्रदुषण जाँचका क्रममा बढी धुँवा फ्याकेको भेटिएका ती सवारी साधानलाई कारबाही गरिएको हो । महानगरीय ट्राफिक महाशाखाका प्रमुख एसएसपी वसन्त पन्तका अनुसार […]

चोरीका मोटरसाइकल जति छिमेकी जिल्लातिर

२८ माघ, काठमाडौँ । फुटुङमा बस्ने रामकुमार बस्नेतको बा ४९ प २६२० नं को २२० सिसीको मोटरसाइकल २०७२ जेठमा पार्किङ गरेको ठाउँबाटै हरायो । ट्राफिक प्रहरीको चार वर्षको लामो प्रयासपछि उक्त मोटरसाइकल फेला पर्‍यो । मङ्सिर २४ गते पिटर तामाङको प्र ३–०२–००१ प ९९७० नं को मोटरसाइकल सुन्धारामा पार्किङ गरेको ठाउँबाट हरायो । उक्त मोटसाइकल पनि […]

चालकको लापरवाहीले सबैभन्दा बढी दुर्घटना : डीआईजी जोशी

२७ माघ, काठमाडौं । प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयका प्रहरी नायब महानिरीक्षक (डिआईजी) पूर्णचन्द्र जोशीले सवारी दुर्घटना हुनुमा सबैभन्दा बढी सवारी चालक जिम्मेवार रहेको बताएका छन् । आइतबार नागढुङ्गामा ट्राफिक कम्यूनिकेशन एप्लिकेशनको उद्घाटन गर्दै उनले भने, ‘विशेषः अहिले दुर्घटना हुनुपछि ३ वटा कारण देखिन्छन् । पहिलो चालकको लापरबाही, दोस्रो यान्त्रिक गडबडी र […]