Comments Add Comment

भ्रष्टाचार मुद्दा

List Grid
वृद्धभत्तामा अनियमितताको आरोपमा पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

१३ असोज, काठमाडौं । उदयपुरको साविक रामपुर ठोक्सिला गाविसका तत्कालीन सचिव केशवप्रसाद आचार्यसहित पाँच जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । मृत्यु भइसकेका व्यक्तिको दोहोरो नाममा र बनावटी नाममा सामाजिक सुरक्षा भत्ताबापतको रकम निकासा गरी आर्थिक अनियमितता गरेको भन्दै आचार्यसहित तत्कालीन गाविस सचिव लोकेन्द्र कार्की, विशाल सुन्दास, माधवप्रसाद […]

‘स्टिङ अपरेसन’मा घुस लिएका पूर्वडीएसपी दोषी ठहर

२६ साउन, काठमाडौं । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्टिङ अपरेसनमा रंगेहात समातिएका एक प्रहरी अधिकृतलाई भ्रष्टाचार आरोपमा कसूरदार ठहर गरेको छ । सर्वोच्च अदालतले डीएसपी रमेशकुमार तामाङलाई घुस लिएबापत तीन महिना कैद गर्ने विशेष अदालतले गरेको सजायलाई सदर गरेको हो । सर्वोच्च अदालतले गत बैशाख ८ गते अख्तियारबाट नै नगद रकम लगेर रंगेहात […]

कर फर्स्यौट आयोग : २१ अर्बको अनियमिततामा चार अर्बको मुद्दा

काठमाडौं, १३ साउन । महालेखा परीक्षकको कार्यालयले २१ अर्ब रुपैयाँ राजस्व चुहावट भएको भनी औंल्याएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४ अर्ब ३४ करोड रुपैयाँ मात्रै भ्रष्टाचार भएको भनी अनुसन्धान टुंग्याएको छ । २०७१ सालमा गठित कर फर्स्यौट आयोगको कामकारबाहीबारे अख्तियारले केही सीमित फाइलमाथि मात्रै अनुसन्धान गरेर यसरी मुद्दा दायर गरेको हो । महालेखा परीक्षकको […]

हिरासतबाट छुटाउन घुस लिएको आरोपमा हवल्दारसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

३१ असार, काठमाडौं । महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरमा कार्यरत प्रहरी हवल्दार ताराकुमारी श्रेष्ठसहित तीनजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मद्दा दायर गरेको छ। हिरासतमा रहेको व्यक्तिलाई धरौटीमा छुटाइ दिन्छु भनी ६० हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका उनीहरुलाई भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियाराक प्रवक्ता नारायण रिसालले जानकारी दिए । पक्राउ परेका प्रहरी हवल्दार ताराकुमारी […]

विद्यालयका अध्यक्ष र प्रधानाध्यापकविरुद्ध ३ लाख ९३ हजारको भ्रष्टाचार मुद्दा

२३ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको भिल्मीस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका तत्कालीन दुई जना अध्यक्षविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । नेपाल सरकारबाट दिइएको विभिन्न शीर्षकको अनुदान रकमलाई आफूखुशी खर्च गरेको अभियोगमा विद्यालयका प्रधानाध्यापक दिनेशकुमार विश्वकर्मा, विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्षहरु शकिल मियाँ र  नरेन्द्र कुर्मीविरुद्ध […]

सप्तरीको खेल मैदान निर्माणमा संलग्न ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२२ मंसिर, सप्तरी । खेलकुद मैदान निर्माणका लागि सप्तरीमा आएको बजेटमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्माण कार्यमा संलग्न ४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । जिल्लाको शम्भुनाथ नगरपालिका-१ स्थित खाँडो खोलास्थित खेलकुद मैदान मर्मत-सम्भारका लागि खेलकुद मन्त्रालयबाट आएको बजेटमा २ लाख ७५ हजार ६२३ थप गरी उपभोक्ता समिति र प्राविधिक […]

इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा

१७ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा नुवाकोटको बेलकोटगढी नगरपालिकामा कार्यरत इन्जिनियर (करार) पर्वत पौडेलविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । अदुवाबारी खानेपानी योजनाको अन्तिम बजेट निकासा र निर्माण सम्पन्न घरको घर निर्माण स्थायी इजाजत पत्र दिएबापत ७५ हजार रुपैयाँ घुस लिएको आरोपमा उनीविरुद्ध अख्तियारले बुधबार मुद्दा दायर गरेको […]

घुस लिएको आरोपमा सई र प्रहरी हवल्दारविरुद्ध भ्रष्टाचार मुद्दा

१५ मंसिर, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा बाँकेको खुर्दस्थित इलाका प्रहरी कार्यालय खजुरामा कार्यरत प्रहरी नायव निरीक्षक (सई) लुद्रबहादुर केसी र प्रहरी हवल्दार राजेशबहादुर द्वालविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । सई केसी र प्रहरी हवल्दार राजेशले चिरान मिल र ईंट्टा भट्टामा आँप प्रजातिको काठ लैजान सहजीकरण गरिदिने भन्दै […]

विद्युत प्राधिकरण हेटौंडाका प्रमुख जैसवालविरुद्ध भ्रष्टाचार मुद्दा

१२ मंसिर, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण, हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजना हेटौंडाका कार्यालय प्रमुख इन्जिनियर इश्वरीप्रसाद जैसवालविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । सेवाग्राहीसँग १० लाख रूपैयाँ घुस लिएको आरोपमा अख्तियारले जैसवालविरुद्ध शुक्रबार मुद्दा दायर गरेको हो । अनुसन्धानको क्रममा जैसवालले निर्माणाधिन सो प्रसारण लाइन भित्रपर्ने रुखहरु […]

घुस लिएको आरोपमा वाणिज्य आपूर्ति विभाग काठमाडौंका नायब सुब्बाविरुद्ध भ्रष्टाचार मुद्दा

४ मंसिर, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, बबरमहल काठमाडौंका नायब सुब्बा शिव शंकर महतोविरुद्ध विशेष अदालत काठमाडौंमा बिहीबार मुद्दा दायर गरेको छ । फर्म दर्ता प्रमाणपत्रसँग सम्बन्धित कामका लागि सेवाग्राहीसँग १० हजार रूपैयाँ घुस लिएको आरोपमा अख्तियारले उनीविरुद्ध मुद्दा दायर गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट […]

ढोरपाटन नगरपालिकाका इन्जिनियरविरुद्ध भ्रष्टाचारको मुद्दा

२५ साउन, काठमाडौं । बाग्लुङको ढोरपाटन नगरपालिकामा कार्यरत इन्जिनियर मिलन अधिकारीविरुद्ध विशेष अदालत काठमाडौंमा आइतबार मुद्दा दायर भएको छ । सडक निर्माण सम्बन्धी योजनामा उपभोक्ता समितिलाई भुक्तानी दिएबापत एक लाख रुपैयाँ घुस लिएको दाबीसहित उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो । अनुसन्धानको क्रममा इन्जिनियर अधिकारीले सेवाग्राहीसँग गुजा–सिलगुम–ओखरधारा–खोलेसिबाङ सडक निर्माण योजनाको अन्तिम मूल्याङ्कन […]

भ्रष्टाचार मुद्दा लागेका न्यायाधीश पनि स्वतः निलम्बित, पेसी तोकिए पनि इजलासमा बसेनन्

२३ माघ, काठमाडौं । बालुवाटारको ललितानिवासस्थित सरकारी जग्गा व्यक्तिका नाममा गर्न भूमिका खेलेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेका न्यायाधीश विनोदकुमार गौतमको इजलासमा बिहीबार पनि तीनवटा मुद्दा तोकिएको छ । चितवनका न्यायाधीश गौतमको इजलासमा लागूऔषध, सम्बन्ध विच्छेद र लेनदेनका गरी तीनवटा मुद्दा पेसीमा राखिएकोमा गौतम इजलासमा नबसेपछि स्थगित भएका छन् । भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार […]

डीएफओसहित १३ जनाविरुद्ध डेढ करोड भ्रष्टाचारको मुद्दा

२७ पुस, काठमाडौं । सेतीदेवी वनका हरिया साल र अस्ना जातका रुखहरु काटेर विक्री गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन डीएफओसहित १३ जनाविरुद्ध डेढ करोड भ्रष्टाचारको मुद्दा दायर गरेको छ । जिल्ला वन कार्यालय मकवानपुरका तत्कालीन वन अधिकृत (डीएफओ) राजेन्द्र न्यौपाने, सहायक वन अधिकृतहरु रामवावु यादज, राजेन्द्रमान राज भण्डारी, विशाल भट्टराई, सोनालाल जयसवाल र […]

सुडान घोटाला प्रकरण फेरि बल्झियो

१० असोज, काठमाडौं ।  संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत सुडानको डाफरमा खटिएका नेपाल प्रहरीको आर्म पर्सनल क्यारिएर (एपीसी) खरिदमा भएको भ्रष्टाचार प्रकरणमा सर्वोच्च अदालतले सुनुवाई थालेको छ । तीन पूर्वप्रहरी महानिरीक्षकसहित ३४ प्रहरी अधिकारी र दुई ठेकेदारविरुद्ध परेको भ्रष्टाचार मुद्दामा विशेष अदालतको फैसलामाथि सर्वोच्च अदालतले पाँच वर्षपछि सुनुवाई सुरु गर्ने निर्णय गरेको हो । सर्वोच्च अदालतका […]