Comments Add Comment

खाना

List Grid
यी चार फलफूल खाली पेटमा खानु हुँदैन

फलफूल सेवन गर्नु स्वास्थ्यका लागि लाभदायक हुन्छ । तर कतिपय फलफूल यस्ता हुन्छन्, जसलाई खाली पेटमा खानु उचित हुँदैन । त्यसैगरी यस्ता थुप्रै खानेकुरा हुन्छन्, जसलाई खाली पेटमा सेवन गर्दा त्यो हानिकारक हुन्छ । १. आँप अहिले आँपको सिजन छ । मौसमी फलफूल स्वास्थ्यका लागि राम्रो मानिन्छ । आँपलाई फलको राजासमेत भनिन्छ । यो स्वादिलो […]

आयुर्वेद अनुसार साउनमा के खाने, के नखाने ?

आयुर्वेदमा शरीरलाई स्वस्थ राख्नका लागि खानापान सम्बन्धि केही नियम बनाइएको छ । यस नियम अन्र्तगत बर्षभरको हरेक महिनामा के खाने वा के नखाने भन्ने निर्देशन दिइएको छ । जसरी हरेक हाम्रो हावापानी एवं माटोमा समय अनुसार फरक फरक उत्पादन हुन्छ, त्यसैगरी हामीले आफ्नो खानपानमा पनि परिवर्तन गर्नुपर्छ । आयुर्वेदमा अनुसार साउनको महिनामा पनि के खाने […]

खानपानसँग जोडिएका यी उखान कति उपयोगी ?

‘धेरै खाए मल, थोरै खाए बल ।’ हाम्रा समाजमा प्रचलित यस्ता थुप्रै उखान छन्, जसले खानपानको उचित शैली र मात्राबारे अवगत गराउँछ । आज पोषणविद्हरुले जुन कुरामा जोड दिन्छन्, त्यही कुरा उखानको माध्यामबाट हाम्रा पूर्खाहरुले सदियौंदेखि भन्दै आए । अन्त्यानुप्रास मिलेको, सुन्दा घतलाग्दो र झट्ट स्मरण गर्न सकिने यी उखान–टुक्काहरुमा गहिरो अर्थ र जीवनोपयोगी सन्देश […]

त्यही खाना खाऔं, जो हाम्रा पूर्खाले सदियौंदेखि खाँदै आए

अहिले हाम्रो भान्सामा थरीथरीका व्यञ्जन पाक्न थालेको छ । युट्युबलगायतका माध्यममा उपलब्ध हुने रेसेपी हेर्दै हामी नयाँनयाँ परिकार बनाउने अभ्यास गरिरहेका छौं । हिन्दी धारावाहिक टेलिश्रृङ्खला हेरेर गृहिणीहरू त्यहाँ देखाइने खानपानको सिको गरिरहेका छन् । कार्टुनमा देखेकोजस्तो परिकारमा बालबालिका लोभिँदैछन् । रेस्ट‍ुरेन्ट संस्कृति बढेसँगै किशोर पुस्ताको स्वाद पिज्जा, बर्गर, फ्रेन्च फ्राइ आदिमा भिज्दैछ । अर्कोतिर […]

जब हाम्रो भान्साको खानेकुरा विषाक्त बन्छ

मानौं अहिले हामीले कुनै खानेकुरा पकाएर खायौं । उक्त खानेकुरा स्वादिलो, स्वस्थ्यकर र पोषिलो छ । अर्थात यो खानेकुराबाट हामीले स्वास्थ्य–लाभ लिन्छौं । पेटमा कुनै गडबडी हुँदैन । न अपच हुन्छ, न पेट दुख्छ । त्यही खानेकुरा १२ घण्टापछि खाने हो भने के होला ? त्यसको असली स्वाद हराइसकेको हुन्छ । बास्नाको गन्ध आउन थाल्छ […]

के सलह जस्तै किरा–फट्यांग्रालाई मान्छेले आफ्नो भोजन बनाउनेछ ?

कुनैदिन विश्वले चरम खाद्य संकट झेल्नेछ र भोकमरीको स्थिति आउनेछ । चामल, गहुँ, मकै जस्ता मूख्य खाद्यन्न सर्वत्र अभाव हुनेछ । त्यसपछि पेट भर्न वा बाँच्नका लागि मान्छेले किरा–फट्यांग्रालाई आफनो भोजन बनाउनेछ । के हामी आज यस्तो दिनको कल्पना गर्न सक्छौं ? जुन कुरा हेर्दै दिगमिग लाग्छ, त्यसलाई कसरी भोजनको रुपमा ग्रहण गर्न सक्नेछौं ? […]

राती अबेर खाना खाँदा स्वास्थ्यमा कस्तो हानी गर्छ ? 

राती खाना खानु स्वास्थ्यका हिसाबले त्यती अनुकुल मानिदैन । जब हामी राती अबेर खाना खान्छौं, खानेकुरा पच्न पाउँदैन । किनभने रातको समयमा विश्राम गरिन्छ । यतिबेला शरीरलाई अतिरिक्त उर्जा आवश्यक हुँदैन । त्यसैले हामीले खाएको खानेकुरा पचाउनै गाह्रो हुन्छ । अपच हुने त छँदैछ, शरीरमा आवश्यक्ताभन्दा बढी क्यालोरी जम्मा हुन्छ । वोसो लाग्ने, मोटोपन बढ्ने […]

सात्विक भोजन : दीघार्यु र निरोगी जीवनका लागि

आयुर्वेद अनुसार खानालाई तीन भागमा वर्गिकरण गरिएको छ– सात्विक, राजशी र तामासिक । सात्विक भोजन सबैभन्दा श्रेष्ठ मानिन्छ । सात्विक भोजन एक योगिक आहार संरचना हो, जसमा सबै पौष्टिक आहार सामेल हुन्छ । यो पौष्टिक हुनका साथै सुपाच्य हुन्छ । ताजा, स्वादिलो, सुपाच्य र सन्तुलित हुन्छ । यस किसिमको खानाले शरीरलाई स्वस्थ्य राख्छ, मनलाई पनि […]

खाना पकाउन र खान कस्तो भाँडावर्तन स्वस्थ्यकर ?

खानेकुरामा विभिन्न पोषक तत्व हुन्छन् । तर खानेकुरा पकाउने र खाने क्रममा ती सबै पोषक तत्व हामीले प्राप्त गर्न सक्दैनौं । खानेकुरा पकाउने क्रममा कतिपय पोषक तत्व नष्ट हुन्छ । त्यति मात्र कहाँ हो र ? हामीले प्रयोग गर्ने कति भाँडा त यस्तो हुन्छ जसले पोषक तत्व नष्ट गर्ने मात्र होइन हानिकारक रसायन समेत पैदा […]

 यी खानेकुरा जसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ     

तपाईं आफ्नो दैनिक खानामा दही समावेश गर्नुहुन्छ ? लसुन नि ? यसमा पक्कै पनि तपाईंको जवाफ सकारात्मक आउनेछ। लसुन त हाम्रो खानाको अभिन्न हिस्सा नै भयो । तरकारीमा लसुन नभई हुन्न । त्यसैले त यो भान्सामा अनिवार्य हुनेगर्छ । तपाईंलाई हेक्का हुनुपर्छ, दही स्वादिलो मात्र होइन अत्यन्तै लाभदायक पनि हुन्छ। खासगरी पेटको लागि दही सेवन […]

हाम्रो खाना यसरी बन्छ विषाक्त

खाना केका लागि ? प्राथमिकताको आधारमा यसको जवाफ हुन्छ, स्वस्थ्य र तन्दुरुस्तीका लागि । तर, त्यही खानाले स्वास्थ्य खराब गर्छ भने ? हो, शरीरलाई स्वस्थ्य राख्न खानाको भूमिका हुन्छ । यद्यपि कतिपय अवस्थामा भने सोही खानाले स्वास्थ्यमा गडबड गर्छ । यो त्यही अवस्थामा हुन्छ, जब हामी यसको पोषणलाई भुलेर स्वादको चक्करमा लाग्र्छौं । स्वादिलो बनाउने […]

करेलाको गुणै–गुण, तर कसरी पकाउने ?

अहिलेको मौसमी तरकारी करले । तीतो–टर्रो करेला अधिकांशलाई मीठो लाग्छ । मीठो मात्र हो र ? करेला आफैमा पोषक तत्वले भरिपूर्ण तरकारी पनि हो । यसमा प्रोटिन, क्याल्सियम, कार्बोहाइड्रेट, फस्फोरस, भिटामिन आदि तत्व पाइन्छ । मधुमेह, उच्च रक्तचाप जस्तो दीर्घ रोगमा पनि उत्तिकै लाभदायक हुन्छ करेला । त्यसो त करेलालाई थरीथरीको स्वादमा बनाएर खान सकिन्छ […]

खानपानको नियम : भोक लागेपछि खानुहुन्छ कि समय तालिका अनुसार ?   

शारीरिक स्वास्थ्यको सोझो सम्बन्ध छ खानपानसँग । त्यसैले त भनिन्छ, जस्तो खान्छौं, हामी त्यस्तै हुन्छौं । हामीले ग्रहण गर्ने भोजनबाट नै शरीर निर्माण हुने पनि हो । अतः खाना कस्तो खाने भन्ने कुरा जति महत्वपूर्ण त्यती नै महत्व छ, कुन समयमा खाने भन्ने । धेरैजसो भन्ने गर्छन्, खाना खाने निश्चित समय तालिका हुनुपर्छ । जस्तो […]

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई स्वागत गर्न होस् वा कुनै पट्यारलाग्दो दिन कटाउन, चियाको साथ खोजिन्छ । तर, हामीले दुध, चिनीसहित तयार गर्ने चिया कति स्वस्थ्यकर होला ? चिया हाम्रै घर–आँगनको उत्पादन हो । हामीकहाँ थरीथरीका चिया उत्पादन […]

यी खानेकुरा, जसले मेटाबोलिज्म धिमा बनाइदिन्छ

मेटाबोलिज्म शरीरको यस्तो प्रणाली हो, जसले शरीरमा उर्जा बनाउँछ र त्यसको प्रयोग गर्छ । यसबाट सजिलैसँग के थाहा पाउन सकिन्छ भने मेटाबोलिज्म धिमा भएपछि शरीरमा उर्जाको कमी हुन्छ । यसले गर्दा हरेक समय थकान महसुष हुन्छ । शरीर आलस्य हुन्छ । शरीरले उर्जालाई सही ढंगले प्रयोग गर्न पाउँदैन । यसले गर्दा क्यालोरी फ्याटको रुपमा शरीरमा […]

भोजनमा बोसो पदार्थ कति आवश्यक

चिकित्सकहरु भन्छन् धेरै चिल्लो पदार्थ स्वास्थ्यका लागि हानिकारक हुन्छ । यहीअनुसार धेरै आफ्नो खानपानबाट चिल्लो पदार्थ कटौती गर्छन् । खासगरी तरकारीमा कम मात्रामा तेलको प्रयोग गर्छन् । यससँगै कतिले दूधजन्य उत्पादन समेत सेवन गर्दैन, शरीरमा बोसो पदार्थ बढ्छ भन्ने भयले । जबकि हाम्रो शरीरलाई अन्य पोषक तत्व जस्तै बोसो पदार्थ पनि आवश्यक हुन्छ । यद्यपि […]

माछामासु चट्टै छाड्दा के हुन्छ ?

अहिले लकडाउनका कारण धेरैको भोजनमा पनि परिवर्तन भएको छ । खासगरी बजारका खानेकुराहरू यतिबेला सहजै उपलब्ध छैन । खासगरी नियमित माछामासु खानेहरूले जिब्रोको स्वाद फेर्न पाइरहेका छैनन्। त्यसो त कोरोनाको सम्भावित संक्रमणबाट बच्नका लागि माछामासु नखाएकै उचित भन्ने तर्कपनि गरिँदैछ। एकथरीले भन्ने गरेका छन्, ‘कोरोनाको संक्रमणबाट बच्नका लागि शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउनुपर्छ । यसका […]

पेटको समस्यामा यस्ता खानेकुरा हानिकारक

अहिले कुनै पनि स्वास्थ्य समस्याले सताएमा तुरुन्तै अस्पताल जाने वा उपचार गर्ने अनुकूलता छैन । अझ सानोतिनो समस्यामा त अस्पताल जानु भनेको सम्भावित जोखिम निम्त्याउनु हो । त्यसैले यतिबेला स्वास्थ्यप्रति थप सचेत र सजग हुन जरुरी छ। कतिपय अवस्थामा खानपानले हामीलाई बिरामी बनाइरहेको हुन्छ । अहिले गर्मीको समयमा त खानपानमा अरू ध्यान दिनुपर्छ । बासी, […]

कस्तो र कति नुन स्वस्थ्यका लागि उचित ?

हाम्रो खानामा अनिवार्य हुन्छ, नुन । चाहे तरकारी होस्, दाल होस्, अचार होस् या जुनसुकै खानेकुरामा नुन चाहिन्छ । तर, चिकित्सकहरू भन्ने गर्छन्, ‘नुनको मात्रा नियन्त्रण गर्नुपर्छ । नुनको मात्रा धेरै हुँदा स्वास्थ्यमा असर गर्छ ।’ त्यसो भए नुनको उचित मात्रा कति हो ? के नुनले स्वस्थ्यमा हानि गर्छ ? नुन सेवन गर्दा हानिकारक हुन्छ […]

स्वस्थ्यकर पेय सर्वत : यसरी घरमै बनाउन सकिन्छ

लकडाउनले केही त फाइदै भएको छ । खासगरी बालबच्चालाई जंकफुडको लतबाट छुटाएर आफ्नै भान्सामा पाक्ने थरीथरी खानामा अभ्यस्त बनाउन पाइएको छ । यतिबेला उनीहरूलाई चिसो पेयको पनि तलतल लाग्न सक्छ । यसका निम्ति किन घरमै स्वादिलो पेय नबनाउने ? हामीकहाँ परम्परादेखि नै सर्वत खाने चलन छ । सर्वतले अहिलेका बालबच्चालाई पनि लोभ्याउन सक्छ । यसले […]

उमेरअनुसार खानपानको तालमेल : कुन उमेरमा कति र के खाने ?

भोकको माध्यमबाट हाम्रो शरीरले बताउँछ कि कहिले त्यसलाई इन्धन अर्थात् खानाको जरुरत छ । तर, हाम्रो खाने इच्छा केवल भोकसँग मात्र जोडिएको छैन । किनभने भोक नलागेर पनि हामी खान्छौं र यादाकदा भोक लागे पनि केही खाइरहेका हुँदैनौं । खानासँग जोडिएको केही संकेतले हाम्रो खाने इच्छामा असर पारिरहेको छ । हाम्रो खाने इच्छा पनि सधैं […]