Comments Add Comment

निर्वाचन 2074

List Grid
जुम्ला प्रदेश’क’मा मुख्यमन्त्रीका दावेदार माओवादीका नरेश भण्डारी विजयी

२२ मंसिर, काठमाडौं । जुम्लाको प्रदेशसभा ‘क’मा वाम गठबन्धनबाट माओवादी केन्द्रका नरेश भण्डारी विजयी भएका छन् । भण्डारीले कांग्रेसका राजुसिंह कठायतलाई चार हजार ३७ मतको फराकिलो अन्तरले पराजित गर्दै विजयी भएका हुन् । भण्डारीले १२ हजार ५७४ मत प्राप्त गरे भने कांग्रेसका कठायतले ८ हजार ५३७ मत ल्याएका छन् । विजयी भएका भण्डारी प्रदेश ६ […]

धादिङमा माओवादीले प्रदेशसभाबाट खाता खोल्यो, जगत सिंखडा विजयी

२२ मंसिर, धादिङ । धादिङमा माओवादी केन्द्रले प्रदेशसभाबाट जितको खाता खोलेको छ । प्रदेशसभातर्फ क्षेत्र नं. २ -क) माओवादी केन्द्रका उम्मेदवार जगत सिंखडा विजयी भएका हुन् । वाम गठबन्धनका साझा उम्मेदवार सिंखडा १७ हजार ६ सय ५ मतसहित विजयी भएका छन् । उनले कांग्रेसको समर्थन पाएका राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार डम्बरबहादुर तामाङलाई १ हजार ८३१ […]

चितवनमा प्रचण्डले लिए अग्रता

२२ मंसिर, चितवन । चितवन क्षेत्रनम्बर तीनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पुनः अग्रता लिएका छन् । यसअघि उनी राप्रपा प्रजातान्त्रिकका उम्मेदवार विक्रम पाण्डेभन्दा पछि थिए । ताजा मत परिणामअनुसार प्रचण्ड पाण्डेभन्दा २३ मतले अघि छन् । प्रचण्डले १ हजार ३ मत ल्याएका छन् भने लोकतान्त्रिक गठवन्धनबाट उठेका राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष विक्रम पाण्डेले ९८० मत ल्याएका […]

हुम्ला प्रदेशसभा ‘ख’ मा कांग्रेसका जीवन शाही विजयी

२२ मंसिर, हुम्ला । हुम्ला प्रदेशसभा(ख) मा कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री जीवनबहादुर शाही विजयी भएका छन् । कांग्रेसका शाहीले माओवादी केन्द्रका विजय भण्डारीलाई पराजित गरेका हुन् । यो कांग्रेसको प्रदेश ६ को पहिलो जित हो । शाहीले चार हजार ५१९ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी माओवादीका भण्डारीले ३९ सय ९३ […]

झापाका ५ वटै क्षेत्रमा वाम गठबन्धन अगाडि (अपडेट)

२२ मंसिर, झापा । झापाका ५ वटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनले अग्रता कायम गरेको छ । एमालेले झापा क्षेत्र नं. २, ४ र ५ मा अग्रता कायम गरेको छ भने क्षेत्र नं. १ मा माओवादी केन्द्र र क्षेत्र नं. ३ मा राप्रपाका उम्मेदवारले अग्रता कायम गरेका छन् । झापाको क्षेत्र नं. ३ मा वाम गठबन्धनले […]

बाजुराका दुवै प्रदेशसभामा एमालेका बलदेव र प्रकाश शाह बिजयी

२२ मंसिर, बाजुरा । बाजुराको प्रदेशसभा क्षेत्र नम्बर १ बाट नेकपा एमालेका बलदेव रेग्मी बिजयी भएका छन् । रेग्मीले ९ हजार ८४० मत प्राप्त गरी बिजयी भएको निर्वाचन कार्यालयले जनाएको छ । उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका जनकराज गिरीले ८ हजार ३११ मत प्राप्त गरेका छन् । रेग्मी पहिलो पटक चुनावी मैदानमा उत्रिएका थिए भने […]

दाङ अपडेटः प्रदेश र प्रतिनिधिसभाका सबै क्षेत्रमा वाम उम्मेदवारको अग्रता

२२ मंसिर, दाङ । दाङका प्रतिनिधिसभा र प्रदेशसभाका सबै निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारहरु अगाडि छन् । क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा तर्फ एक हजार ४ सय २० मत गणना हुँदा वाम गठबन्धनका मेटमणि चौधरी १ हजार ६११ मतसहित अग्रस्थानमा छन् । उनलाई नेपाली कांग्रेसकी सुशिला चौधरीले १ हजार २१८ मतसहित पछ्याइरहेकी छन् । यसैगरी […]

भक्तपुर २ मा एमालेका महेश बस्नेतको सुरुवाती अग्रता

२२ मंसिर, भक्तपुर । भक्तपुर क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ । विवादका कारण दिनभर मतगणना सुरु हुन नसकेको सो क्षेत्रमा नेकपा एमालेका महेश बस्नेतले सुरुवाती अग्रता लिएका छन् । पछिल्लो गणना अनुसार एमालेका महेश बस्नेत ६६५ मतका साथ अग्रस्थानमा छन् भने नेपाली कांग्रेसका दमननाथ ढुंगानाले ३२७ मतका साथ उनलाई पछ्याइरहेका छन् । […]

काठमाडौं क्षेत्र नम्बर ५ को मतगणना अझै सुरु भएन

२२ मंसिर, काठमाडौ । मुचुल्काभन्दा बढी मत खसेपछि रोकिएको काठमाडौं क्षेत्र नं. ५ को मतगणना अझै सुरु हुन सकेको छैन । मुचुल्काभन्दा १२ मत बढी भेटिएपछि दिउँसो करिब साढे ३ बजेदेखि मतगणना रोकिएको थियो । मुचुल्का अनुसार क्षेत्र नम्बर ५, बुढानिलकण्ठस्थित विष्णुपादुका (क) र बुढानिलकण्ठ सतल (क) को १ हजार १ सय ८५ मत मुचुल्का […]

काठमाडौंका ८ वटा क्षेत्रमा वाम गठबन्धन अगाडि, २ वटामा कांग्रेस (यस्तो छ पछिल्लो अपडेट)

२२ मंसिर, काठमाडौं । काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमध्ये ८ वटामा वाम गठबन्धन र २ वटामा नेपाली कांग्रेसले अग्रता कायम गरेको छ । कांग्रेसले काठमाडौं क्षेत्र नं. १ र १० मा अग्रता कायम गरेको छ भने वाम गठबन्धनका लागि नेकपा एमालेले काठमाडौं क्षेत्र नं. २, ३, ४, ५, ७, ८ र ९ र माओवादी केन्द्रले […]

मोरङमा मोदीको अग्रता कायमै, २ हजार मतअन्तरले पछि परे महेश

२२ मंसिर, विराटनगर । मोरङ क्षेत्रनम्बर ४ मा माओवादी केन्द्रका अमनलाल मोदीले अग्रता फराकिलो बनाउँदै लगेका छन् । मोदीले कांग्रेस नेता महेश आचार्यलाई २ हजार भन्दा बढी मत अन्तरले पछि पारेका छन् । वाम गठबन्धनका साझा उम्मेदवार मोदीले ७ हजार ८४ मत पाएका छन् भने कांग्रेस नेता आचार्यले ५ हजार ४२ मत पाएका छन् । […]

मुगुमा प्रतिनिधिसभामा एमालेका गोपाल बम विजयी

२२ मंसिर, काठमाडौं । एउटा मात्रै क्षेत्र रहेको मुगुमा वाम गठबन्धनका उम्मेदवार एमाले जिल्ला अध्यक्ष गोपालबहादुर बम विजयी भएका छन् । बमले कांग्रेसका हस्तबहादुर मल्ललाई पराजित गर्दै विजयी भएका हुन् । बमले १३ हजार ३४ मत ल्याए भने कांग्रेसका मल्लले ९ हजार ८६१ मत प्राप्त गरेका छन् । कांग्रेसले मुगुलाई प्रदेश नं. ६ को सबैभन्दा […]

पश्चिम नवलपरासीमा हृदयसको झिनो अग्रता

२२ मंसिर, काठमाडौं । पश्चिम नवलपरासीको प्रतिनिधिसभा १मा हृदयस त्रिपाठीले अग्रता लिएका छन् । राजपा छाडेका त्रिपाठी यसपटक स्वतनत्र समूहबाट सूर्य चिन्ह लिएर चुनाव लडेका छन् । २४ सय मत गणना हुँदा त्रिपाठीले ११ सय ५ मत ल्याएका छन् । कांग्रेसका देवकरण कलवर १ हजार ५४ मतसहित त्रिपाठीलाई कडा टक्कर दिँदैछन् ।

जुम्ला प्रदेशसभा ‘ख’ मा एमालेका रोकाय दोब्बर मतले विजयी

२२ मंसिर, काठमाडौं । जुम्ला प्रदेशसभाको ‘ख’ मा वाम गठबन्धनका उम्मेदवार एमालेका पदमबहादुर रोकाय विजयी भएका छन् । रोकायले कांग्रेसका भिमनिधि हमाललाई करिब दोब्बर मतले पछि पार्दै विजयी भएका हुन् । रोकायले १० हजार ४५८ मत ल्याए भने कांग्रेसका हमालले पाँच हजार २८० मत ल्याएका छन् । जुम्लामा प्रतिनिधिसभा र प्रदेश ‘क’ मा पनि वाम […]

हुम्लाको प्रदेशसभा ‘क’ मा एमाले उम्मेदवार रावल विजयी

२२ मंसिर, हुम्ला । हुम्लाको प्रदेशसभा ‘क’ तर्फ एमाले उम्मेदवार दल रावल विजयी भएका छन् । उनी ७ हजार १ सय ५८ मत ल्याउँदै विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्दी ठानबहादुर रोकायाले १ हजार ८ सय ११ मत ल्याएका छन् ।

झापा १ मा राम कार्की अगाडि, विश्वप्रकाश पछ्याउँदै

२२ मंसिर, झापा । झापा क्षेत्र नं. १ को प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । मतगणना स्थलबाट पत्रकार रमेश तिवारीले दिएको जानकारी अनुसार झापा १ मा बाम गठबन्धनका लागि माओवादी केन्द्रका उम्मेदवार सुरेन्द्रकुमार कार्कीले अग्रता कायम गरेका छन् । कार्कीले ५५० मत ल्याएका छन् भने कांग्रेस उम्मेदवार शर्माले ४ सय २७ मत ल्याएका छन् ।

झापा ३ मा राप्रपाका लिङ्देनलाई अग्रता, सिटौला पछ्याउँदै

२२ मंसिर, झापा । झापा क्षेत्र नं. ३ मा बाम गठबन्धनबाट राप्रपाका उम्मेदवार राजेन्द्र लिङ्देनले प्रारम्भिक अग्रता कायम गरेका छन् । उनले ६ सय ५७ मत ल्याएका छन् भने कांग्रेस उम्मेदवार कृष्णप्रसाद सिटौलाले ३ सय २३ मत ल्याएका छन् ।

काठमाडौं क्षेत्र नम्बर १०मा कांग्रेसका राजन केसीको अग्रता

२२ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १०मा नेपाली कांग्रेसले अग्रता लिएको छ । कांग्रेसका उम्मेदवार राजन केसीले बाम गठबन्धनकातर्फबाट माओवादी केन्द्रका उम्मेदवार हितमान शाक्यलाई पछि पार्दै अग्रता लिएका हुन् । मतगणनामा राजन केसी १४५९ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी हितमान शाक्यले ७९३ मत पाएका छन् । मालेका मालेको कृष्णकुमार श्रेष्ठले ७५ र बिबेकशील साझाका प्रदीप […]

चितवन-३ मा प्रचण्डलाई अग्रता

२२ मंसिर,चितवन ।  चितवन-३ को प्रारम्भिक चरणको मतपरिणाम सार्वजनिक भएको छ । मतपरिणाम अनुसार वाम गठबन्धनका माओवादी केन्द्रका प्रचण्डले अग्रता लिएका छन् । प्रचण्डले ८१ मत ल्याएका छन् भने लोकतान्त्रिक गठबन्धनका विक्रम पाण्डेले १९ मत मात्रै पाएका छन् । यस्तै चितवन क्षेत्र नः २ को १०० मतगणना हुँदा एमालेका कृष्णभक्त पोखरेलले ६८ र कांग्रेसका शेषनाथ अधिकारीले […]

काठमाडौं ५ को मतगणना स्थगित

२२ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नं. ५ को मतगणना स्थगित भएको छ । खसेको मतभन्दा १२ मत बढी भेटिएपछि मतगणना स्थगित भएको हो । बुढानिलकण्ठ नगरपालिकाको विष्णुपादुका ‘क’ र नारायणथान सतल ‘क’ बुथको मत संख्या मुचुल्चा गरिएको भन्दा १२ मत बढी भेटिएपछि विवाद भएको जनाइएको छ ।

हुम्लामा स्वतन्त्र उम्मेदवार लामा विजयी, को हुन् छक्कबहादुर ?

२२ मंसिर, हुम्ला । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको हुम्ला जिल्लामा वाम गठबन्धनका वागी उम्मेदवार छक्कबहादुर लामा विजयी भएका छन् । लामा ४७ मतले कांग्रेसलार्इ पछि पार्दै विजयी भएका हुन् । कलम चिन्हमा चुनाव लडेका लामा विजयी भएको हुम्लाका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद वास्कोटाले पुष्टि गरेका हुन् । लामाले ८४९१ मत ल्याएका छन् । उनका […]