Comments Add Comment

उपेन्द्र यादव

List Grid
अध्यादेश खारेज गरेपछि मात्र मन्त्रिपरिषद विस्तार हुन्छ : उपेन्द्र यादव

४ असोज, काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दल विभाजनसम्बन्धी अध्यादेश खारेज गरेपछि मात्रै मन्त्रिपरिषद्को विस्तार हुने बताएका छन् । दल विभाजनसम्बन्धी अध्यादेशले दलहरुलाई अस्थिर बनाउने, विभाजन गर्ने तथा विकृति फैलाउने भन्दै यसको खारेजी गर्नुपर्ने उनले बताए । सोमबार संघीय संसद भवन नयाँ वानेश्वरमा पत्रकारको प्रश्नको जवाफ दिँदै उनले भने, ‘…यो दलसम्बन्धी ल्याएको […]

जसपाले संविधान दिवसको कार्यक्रममा भाग नलिने

२ असोज, काठमाडौं । सत्ता गठबन्धनमा रहेको दल जनता समाजवादी पार्टी यसवर्षको संविधान दिवसको कार्यक्रममा सहभागी नहुने भएको छ । अध्यक्ष उपेन्द्र यादवले शनिबार विज्ञप्ति जारी गरी संविधानमा अधुरा र विभेदकारी प्रावधान राखिएको भन्दै आइतबार मनाइने संविधान दिवसको कार्यक्रममा भाग नलिने बताए । ‘संविधानमा संघीयता, समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचानको मान्यता, स्वशासन र स्वायत्तता, समानुपातिक समावेशीकरणलगायतका […]

राष्ट्रिय सहमतिको आधारमा एमसीसीबारे निर्णय गर्नुपर्छ : उपेन्द्र यादव

२५ भदौ, काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय सहमतिको आधारमा एमसीसीबारे निर्णय गर्नुपर्ने बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकपछि नयाँ बानेश्वरस्थित संसद भवन नयाँ वानेश्वर परिसमार पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष यादवले यस्तो बताएका हुन् । ‘एमसीसीलाई राष्ट्रिय सहमतिको आधारमा त्यस विषयमा निर्णय गर्नुपर्छ । र मुलुकको हित अनुकुल अगाडी बढाउनुपर्छ’ उनले भने […]

जसपा अध्यक्ष यादव जनकपुरधाममा

१७ भदौ, जनकपुरधाम । जनप्रतिनिधिलाई आफ्नो दलमा सनाखत गराउन लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरु आएको भोलिपल्ट जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव जनकपुुरधाम आएका छन् । जसपाको आधिकारिकता नपाएपछि छुट्टै लोकतान्त्रिक समाजवादी पार्टी गठन गरेका महन्थ ठाकुर, नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारीसहितका नेताहरु बुधबार जनकपुरधाम आइसकेका छन् । ठाकुरसहितका नेताले आफ्नो पार्टीमा सनाखत गराउन प्रदेश […]

तराई र पहाड मिलाएर प्रदेश बनाउनु गलत भयो : उपेन्द्र यादव

१३ भदौ, बुटवल । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफूलाई मधेशको नेता भन्ने महन्थ ठाकुर प्रतिगमनको मतियार बनेको आरोप लगाएका छन् । महन्थ ठाकुर समूह संसद विघटन गर्ने केपी शर्मा ओलीको मतियार बनेको उनको आरोप छ । जसपाले आइतबार भैरहवामा गरेको प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै यादवले दुई पटक संसद विघटन गरेर ओलीले […]

दलविहीन भइसकेको महन्थ ठाकुर पक्षको उद्धार गरिदियौं : उपेन्द्र यादव

११ भदौ, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले दलविहीन भइसकेको महन्थ ठाकुर पक्षको आफूहरुले उद्धार गरेको बताएका छन् । प्रतिगामीको मतियार बनेर दलदलमा फसेपछि महन्थ ठाकुर पक्षलाई आफूहरुले उद्धार गर्न लगाएको उनको भनाइ छ । जसपाद्वारा शुक्रबार जनकपुरधाममा आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले भने, ‘दलदलमा आफैं फसेपछि उद्धार गर्नेबारे सोच्यौं, […]

केपी ओली राष्ट्रघाती हुन् : उपेन्द्र यादव

९ भदौ, विराटनगर । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रघातीको संज्ञा दिएका छन् । विराटनगरमा आयोजित प्रदेश १ स्तरीय अभिमूखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले केपी शर्मा ओली राष्ट्रघाती भएको बताएका हुन् । नयाँ नक्सा पास गरेको केही दिनपछि ओलीले लम्पसार परेर लौ प्रभु मैले गल्ती गरें मलाई […]

पार्टी एकताको पक्षमा उभिन उपेन्द्र यादवको आह्वान 

२१ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले पार्टी एकताको पक्षमा उभिन नेता कार्यकर्तालाई आह्वान गरेका छन् । अध्यक्ष यादवले बिहीबार विज्ञप्ति जारी गर्दै पार्टीको पक्षमा रहन र एकतालाई मजबुत बनाउन आह्वान गरेका हुन् । उनले महन्थ ठाकुर पक्षमा लागेका नेता कार्यकर्तातर्फ संकेत गर्दै भनेका छन्, ‘आधिकारिकतासम्बन्धी निर्णय हुनुपूर्व कुनै कारणले अलग […]

बालुवाटारमा देउवा, प्रचण्ड र यादवबीच छलफल शुरु

१८ साउन, काठमाडौं । मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका शीर्ष नेताको बैठक शुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच छलफल शुरु भएको हो । छलफलमा मन्त्रिपरिषद विस्तार र […]

जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव

१६ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा उपेन्द्र यादव चयन भएका छन् । पार्टीको आधिकारिकता यादव पक्षले पाएपछि बसेको संसदीय दलको बैठकले अध्यक्ष यादवलाई नै दलको नेता चयन गरेको हो । बैठकमा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अध्यक्ष यादवलाई दलको नेता प्रस्ताव गरेका थिए भने महेन्द्र राय यादवले समर्थन गरेका […]

उपेन्द्र यादवले १८ महिनामा गर्न नसकेको काम १८ दिनमा गर्‍यौं : राजेन्द्र महतो

१४ साउन, जनकपुरधाम । पूर्वमन्त्री राजेन्द्र महतोले उपेन्द्र यादवले १८ महिनामा गर्न नसकेको काम आफूहरुले १८ दिनमा गरेको दाबी गरेका छन् । जसपा विभाजनपछि बिहीबार जनकपुरधाम आएका नेता महतोले १८ दिनभित्रै नागरिकता अध्यादेश ल्याएको, १४० जना उपर रहेको मुद्दा फिर्ता गराएको, संविधान संशोधनका लागि कार्यदल बनाएको बताए । सञ्चारकर्मीसँग कुराकानी गर्दै महतोले नागरिकता अध्यादेश ल्याए […]

उपेन्द्र यादव पक्षको आधिकारिकताविरुद्ध महन्थ ठाकुर पक्ष अदालत जाने

१२ साउन, काठमाडौं । जनता समाजवादी पार्टीको आधिकारिकता गुमाएको महन्थ ठाकुर पक्ष सर्वोच्च अदालत जाने भएको छ । सोमवार निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिता उपेन्द्र यादव पक्षलाई दिएपछि आयोगको सो निर्णयविरुद्ध ठाकुर पक्ष सर्वोच्च अदालत जाने ठाकुर पक्षका नेता लक्ष्मणलाल कर्णले बताए । मंगलवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै ठाकुर पक्षका नेता […]

‘ठूला पार्टीको स्वार्थमा जसपा विभाजन भयो’

थ्रेस होल्डको डर मधेसमा आधारित पार्टी भए पनि मधेसी नाम जनता समाजवादी पार्टी (जसपा)ले छाडिसकेको थियो । यो कुरा जसपा बन्नुभन्दा अगाडि नै भइसकेको थियो । संविधानमा रहेको थ्रेस होल्डको प्रावधानका कारण पछिल्लो निर्वाचनमा उहाँहरूलाई यस्तो निर्णय गर्नुपर्ने अवस्था सिर्जना भएको थियो । मधेस केन्द्रित मात्रै राजनीति गरिरहँदा ढिलो चाँडो थ्रेस होल्डका कारण राष्ट्रिय दलको […]

ठाकुर-महतो समूहको सम्भावित तीन विकल्प  

जसपा विभाजन लगभग यसअघि नै तय थियो । तीन चार महिना अघिदेखि नै खासगरी नेकपा विभाजन भएपछि जसपामा खिचातानी चलिरहेको थियो– केपी ओलीलाई समर्थन गर्ने कि विरोध गर्ने ? यो विभाजनले राष्ट्रिय राजनीतिमा खासै प्रभाव पार्दैन । आयोगबाट आधिकारिकता पाउने पक्ष बलियो हुन्छ । यसले उपेन्द्र यादवको पक्षमा प्रदेश र संघ दुवैतिर सांसदको संख्या बढ्न […]

उपेन्द्र यादव भन्छन्- ठाकुर पक्षले आत्मालोचना गरे विचार गर्छौं

११ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुरले सार्वजनिक रुपमा माफी माग्नुपर्ने बताएका छन् । निर्वाचन आयोगमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष यादवले आत्मालोचना गरेमा ठाकुर पक्षका नेताहरुको विषयमा पार्टीले बिचार गर्ने बताए । उनले भने, ‘उहाँहरुलाई हामीले घोक्राएर पठाएको होइन, आफैं बाटो बिराउँदै बिराउँदै गलत ठाउँमा पुग्नुभयो । […]

विप्लव र उपेन्द्र यादवबीच भेटवार्ता

१० साउन, काठमाडौं । नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्दले आइतबार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग भेट गरेका छन् । यादवको निवासमा विप्लवसँगै उनको पार्टीका नेता खड्गबहादुर विश्वकर्मा पनि पुगेका थिए । अघिल्लो हप्तादेखि विप्लवले विभिन्न दलका नेताहरुलाई भेटिरहेका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, […]

जसपामा ‘हेड काउन्ट’ : उपेन्द्र पक्षमा उत्साह, संकटमा महन्थ पक्ष

७ साउन, काठमाडौं । निर्वाचन आयोगले १२ असार २०७७ मा कायम कार्यकारिणी समितिमा बहुमत पुर्‍याउने पक्षलाई नै जनता समाजवादी पार्टी (जसपा) को आधिकारिता दिने भएको छ । यससँगै उपेन्द्र यादव पक्षले आधिकारिता पाउने सम्भावना बढेको छ भने महन्थ ठाकुर पक्षमाथि संकट गहिरिएको छ । जसपाको आधिकारिकतामा सुनुवाइ गरिरहेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहित ५ आयुक्तको […]

उपेन्द्र यादव पक्षको जसपाद्वारा संसदीय दलको विधान पारित

५ साउन, काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (उपेन्द्र यादव पक्ष) को संसदीय दलको बैठकले पार्टीको संसदीय दलको विधान पारित गरेको छ । मंगलवार बसेको पार्टीको बैठकले संसदीय दलको विधान सुझावसहित पास गरेर पार्टीमा पठाउने निर्णय गरेको हो । बैठकपछि पार्टीका अध्यक्ष उपेन्द्र यादवले संघीय संसदीय दलको विधानलाई छलफल गरी पारित गरेको बताए । ‘सरकारमा […]

प्रचण्ड र उपेन्द्र यादवले माधव नेपाललाई भेटे

५ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसँग नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवले भेटवार्ता गरेका छन् । तीन नेताहरुबीच मंगलबार बिहान नेपाल निवास कोटेश्वरमा भेटवार्ता भएको हो । भेटमा सरकारको साझा नीति तथा कार्यक्रमबारे छलफल भएको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा (जुगल)ले जानकारी दिए । ‘सरकारको साझा […]

जसपा : देउवालाई एकमुष्ट विश्वास, पार्टीभित्र चरम अविश्वास 

४ साउन, काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहकार्य गर्ने कि नगर्ने भन्ने बहसमा विभाजित जनता समाजवादी पार्टी (जसपा)को दुबै पक्षले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दियो । आइतबार संसदमा देउवाले मागेको विश्वासको मतमाथि मतदान हुँदा महन्थ ठाकुर पक्षका १२ सांसद प्रतिपक्षी तथा पाँच दलीय गठबन्धनमा रहेको उपेन्द्र यादव पक्षका २० सांसद सत्तापक्षीय बेञ्चमा […]

जसपा सांसद रेणुका गुरुङ पनि उपेन्द्र यादव पक्षतिर

३ साउन, काठमाडौं । जनता समाजवादी पार्टीका थप एक सांसद उपेन्द्र यादव पक्षतिर लागेका छन् । महन्थ ठाकुर पक्षमा रहेका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री बनेकी रेणुका गुरुङ यादव पक्षको बैठकमा सहभागी भएका हुन् । यसअघि शनिबार बसेको बैठकमा सांसदहरु प्रमोद साह, अमृता अग्रहरी, रानी मण्डल र नरमाया ढकाल सहभागी भएका थिए भने रुही […]