Comments Add Comment

परराष्ट्र मन्त्रालय

List Grid
आफ्नै निर्देशिका मिचेर सरकारले गर्‍यो ११ देशमा राजदूत सिफारिस

१ जेठ, वैशाख । सरकारले आफैंले जारी गरेको राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ को प्रावधान कुल्चेर अपारदर्शी ढंगले ११ देशमा राजदूत सिफारिस गरेको छ । सरकारले एक साता अगाडि नै विभिन्न देशमा राजदूत सिफारिस गरेपनि सो निर्णयलाई अहिलेसम्म औपचारिक रुपमा सार्वजनिक गरेको छैन । सरकारले जारी गरेको निर्देशिकामा कम्तीमा ५० प्रतिशत परराष्ट्र सेवा र बाँकी राजनीतिक […]

इजरायल र प्यालेष्टाइनबीच बढ्दो तनाव कम गर्न नेपालको आग्रह

२९ वैशाख, काठमाडौं । नेपालले इजरायल र प्यालेष्टाइनबीच बढ्दो तनावप्रति चासो व्यक्त गरेको छ । केही दिनयता चर्केको द्वन्द्वका कारण दर्जनौं व्यक्तिको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । परराष्ट मन्त्रालयले बुधबार ट्वीटरमार्फत दुवै पक्षलाई अधिकतम संयम अपनाउन र थप मानवीय क्षति र विध्वंश रोक्न आग्रह गरेको छ । मन्त्रालयले समस्याको समाधानको लागि […]

चीनले नेपाललाई झण्डै एक अर्बको स्वास्थ्य सामग्री दिने

१४ वैशाख, काठमाडौं । चीनले नेपाललाई करिब एक अर्ब रुपैयाँ (चिनियाँ मुद्रा ५० लाख) को स्वास्थ्य सामग्री तथा उपकरण सहयोग गर्ने भएको छ । मंगलबार चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल, पाकिस्तान, बंगलादेश, अफगानिस्तान र श्रीलंकाका विदेशमन्त्रीसँगको छलफलमा नेपाललाई कोरोना महामारीविरुद्धको लडाइमा सो सहयोगको घोषणा गरेका हुन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिड–१९ महामारी रोकथाम र आर्थिक […]

नेपाल–फ्रान्स दुईपक्षीय परामर्श संयन्त्रको वैठक सम्पन्न

२६ माघ, काठमाडौं । नेपाल–फ्रान्स दुईपक्षिय परामर्श संयन्त्रको वैठक सोमबार सम्पन्न भएको छ । सो भर्चुअल वैठकमा दुई पक्षीयसम्बन्धी र सहकार्यका वृहत विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सन् २०१९ को जुन महिनामा प्रधानमन्त्री केपी ओलीले फ्रान्सको भ्रमण गरेयताको समग्र सम्बन्धको विषयमा विचार आदान प्रदान भएको मन्त्रालयले जानकारी दिएको छ । दुईपक्षीय व्यापार […]

म्यानमारको सैन्य कू बारे नेपालले भन्यो– सुकीलाई तत्काल रिहा गर

१९ माघ, काठमाडौं । म्यानमारमा सेनाले चालेको कदमको विषयमा नेपाल सरकारले प्रतिक्रिया दिएको छ । नेपालले प्रजातान्त्रिक र संवैधानिक प्रक्रिया छिट्टै नै पुनर्स्थापित हुने विश्वास व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै म्यानमार घटनालाई नजिकबाट नियालिरहेको पनि उल्लेख गरेको छ । नेपालले सेनाले नियन्त्रणमा लिएका राष्ट्रपति र स्टेट काउन्सिलर आङ साङ […]

कतारमाथिको नाकाबन्दी हटेकोमा नेपालद्वारा स्वागत

२२ पुस, काठमाडौं । साउदी अरबले कतारमाथि लगाएको नाकाबन्दी हटाएकोमा नेपालले स्वागत गरेको छ । परराष्ट्र मन्त्रालयले साउदी अरब र कतारले जमिन, हवाई र सामुन्द्रिक सीमा खोल्ने निर्णय गरेकोमा स्वागत गर्दै यसलाई गल्फ कोअपरेसन काउन्सिल (जीसीसी) ले लिएको महत्वपूर्ण कदम भएको प्रतिक्रिया दिएको छ । मन्त्रालयको विज्ञप्तिमा भनिएको छ,‘सो कदमले काउन्सिलका सदस्य मुलुकहरुको बीचमा रहेका […]

एनआरएनएको विशेष अधिवेशन रोक्न माग गर्दै परराष्ट्र मन्त्रालयमा निवेदन

२०, पुस, काठमाडौं । विदेशमा रहेका नेपालीहरुको संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवाद उत्कर्षमा पुगेको छ । संघको आसन्न विशेष अधिवेशन रोक्न माग गर्दै परराष्ट्र मन्त्रालयमा निवेदन दर्ता भएको छ । संघको अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसीसी ) का चारजना सदस्य तथा एक क्षेत्रीय संयोजकले संघको विधान र प्रचलित प्रावधान विपरीत नेतृत्वले विशेष अधिवेशन आहृवान […]

एनआरएनएको विशेष अधिवेशन रोक्न माग गर्दै परराष्ट्र मन्त्रालयमा निवेदन

२० पुस, काठमाडौं । विदेशमा रहेका नेपालीहरुको संस्था गैर आवासीय नेपाली संघ (एनआरएनए) को विवाद उत्कर्षमा पुगेको छ । संघको आसन्न विशेष अधिवेशन रोक्न माग गर्दै परराष्ट्र मन्त्रालयमा निवेदन दर्ता भएको छ । संघको अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसीसी) का चार जना सदस्य तथा एक क्षेत्रीय संयोजकले संघको विधान र प्रचलित प्रावधान विपरीत नेतृत्वले विशेष अधिवेशन […]

नयाँ परराष्ट्र नीति : छिमेकीसँग स्वतन्त्र र सन्तुलित सम्बन्ध, असंलग्न नीतिमा दृढ

२१ मंसिर, काठमाडौं । सरकारले पहिलोपटक एकीकृत परराष्ट्र नीतिको दस्तावेज सार्वजनिक गरेको छ । आइतबार परराष्ट्र मन्त्रालयमा आयोजना गरिएको एक पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले सो नीति सार्वजनिक गरेका हुन् । विभिन्न क्षेत्रमा छरिएका विभिन्न नीतिहरुलाई एकीकृत गर्दै र आन्तरिक र वाह्य परिवेशमा आएको परिवर्तनलाई दृष्टिगत गदै सो नीति सार्वजनिक गरिएको मन्त्रालयले जनाएको छ […]

परराष्ट्रको नयाँ प्रतिवेदन : यस्ता छन् दुई वर्षका प्रमुख उपलब्धि

२१ मंसिर, काठमाडौं । सन् २०१९-२०२० मा कूटनीतिक क्षेत्रमा भएका दुई दर्जन उपलब्धिहरुलाई समेट्दै परराष्ट्र मन्त्रालयले एक प्रतिवेदन तयार पारेको छ । सो प्रतिवेदनमा दुई छिमेकी मुलुक भारत र चीन दुवैसँग सम्बन्ध सुधार भएको उल्लेख गरिएको छ । प्रतिवेदनमा सन् सो अवधि चीनसँगको सम्बन्धमा ऐतिहासिक भएको समेत उल्लेख गरिएको छ । आज अपरान्ह परराष्ट्रमन्त्री प्रदीपकुमार […]

भारतीय विदेश सचिव मंसिर ११ गते नेपाल आउँदै

८ मंसिर, काठमाडौं । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगलाले नोभेम्बर २६ र २७ तारिक अर्थात मंसिर ११ र १२ गते नेपाल भ्रमण गर्ने भएका छन् । पराराष्ट्र मन्त्रालयले सोमबार विज्ञप्ति निकालेर परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणमा उनी दुई दिने औपचारिक भ्रमणमा आउन लागेको जानकारी दिएको छ । मन्त्रालयले भ्रमणलाई दुई देशबीचमा उच्च स्तरमा भइरहेको भ्रमणको […]

नेपाल–वेलायत द्विपक्षीय परामर्शको पाँचौ वैठक सम्पन्न

२७ कात्तिक, काठमाडौं । विभिन्न दुई पक्षीय विषय र पारस्परिक हितका विषयमा छलफल गर्दै नेपाल–वेलायत द्विपक्षीय परामर्शको पाँचौ वैठक सम्पन्न भएको छ । वैठकमा दुईपक्षीय सम्बन्धका विभिन्न क्षेत्रमा भएका प्रगति, विकास सहकार्य, व्रिटिश गोर्खालगायतका विषयमा विस्तृतमा छलफल भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । यसका साथै राजनीतिक घट्नाक्रम, आर्थिक विषय र दुवै देशले कोरोना नियन्त्रणका […]

दिल्लीस्थित नेपाली दूतावासको डीसीएममा सुवेदी नियुक्त

२६ कात्तिक, काठमाडौं । परराष्ट्र मन्त्रालयले नयाँ दिल्लीस्थित नेपाली दूतावासको डेपुटी चिफ मिसन (डीसीएम) मा मन्त्रालयका सहसचिव रामप्रसाद सुवेदीलाई पठाउने निर्णय गरेको छ । सुवेदीले अब एक हप्तामा नै आफ्नो कार्यभार सम्हाल्ने मन्त्रालयका एक अधिकारीले बताए । उस अगाडिका डीसीएम भरत रेग्मी केही समयअघि फर्केपछि सो पद खाली थियो ।

नेपाल–डेनमार्क संयुक्त परामर्श संयन्त्रको वैठक सम्पन्न

२४ कार्तिक, काठमाडौं । नेपाल–डेनमार्क संयुक्त परामर्श संयन्त्रको दोस्रो वैठक सम्पन्न भएको छ । सो वैठकमा दुईपक्षीय सम्बन्ध र अन्य क्षेत्रीय र वहुपक्षीय तहमा सहकार्य गर्ने सम्बन्धमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सो वैठकले दुवै पक्षले आ–आफ्नो देशमा भएका पछिल्ला घट्नाक्रमहरुको बारेमा जानकारी गराएका थिए । दुवै पक्षले उच्च तहको भ्रमण आदान प्रदानमा […]

सरकारले ल्यायो नयाँ परराष्ट्र नीति, आर्थिक कूटनीति उच्च प्राथमिकतामा

६ कात्तिक, काठमाडौं । आर्थिक कूटनीतिलाई उच्च प्राथमिकता दिँदै परराष्ट्र मन्त्रालयले तयार पारेको परराष्ट्र नीति २०७७ लाई मन्त्रिपरिषदले पारित गरेको छ । तर मन्त्रालयले सो नीति सार्वजनिक भने गरेको छैन । विसं २०७२ सालमा नयाँ संविधान जारीसँगैको राजनीतिक परिवर्तन र बदलिँदो भूराजनीतिक अवस्थालाई दृष्टिगत गरेर नयाँ नीति तयार पारिएको हो । संविधान, परम्परा र विभिन्न […]

परराष्ट्र प्रवक्तामा लम्साल

२० असोज, काठमाडौं । परराष्ट्र मन्त्रालयले प्रवक्ताको जिम्मेवारी सिनियर सहसचिव सेवा लम्साललाई दिएको छ । यसअघिका प्रवक्ता भरत पौड्यालले कार्यवाहक परराष्ट्र सचिवको कार्यभार सम्हालेपछि लम्साललाई प्रवक्ताको जिम्मेवारी दिइएको हो । लम्साल भर्खरै पाकिस्तानका लागि नेपाली राजदूतको भूमिका निर्वाह गरेर फर्केकी हुन् ।

परराष्ट्र मन्त्रालयबाट बिदा भए बैरागी, पौड्याल कार्यबाहक परराष्ट्र सचिव

१५ असोज, काठमाडौ । सरकारले मुख्य सचिवमा नियुक्त गरेको केही घन्टामा नै परराष्ट्र सचिव शंकरदास बैरागी परराष्ट्र मन्त्रालयबाट बिदा भएका छन् । मन्त्रालयमा आयोजित एक विशेष समारोहमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उनलाई विदाइ गरेका हुन् । सो कार्यक्रममा मन्त्रालयका अन्य उच्च सरकारी अधिकारीहरुको उपस्थिति थियो । सन् २०१४ देखि २०१५ सम्म कार्यवाहक परराष्ट्र सचिवको जिम्मेवारी सम्हालेका […]

भारतीय मिडियाको उच्छृंखल सामाग्रीविरुद्ध नेपालले पठायो ‘प्रोटेस्ट नोट’

२८ असार, काठमाडौं । भारतीय सञ्चार माध्यममा नेपाल र नेपाली नेतृत्वबारे झुटा र उच्छृंखल समाचार प्रसारण भएकोमा नेपालले ‘प्रोटेस्ट नोट’ पठाएको छ । परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली दूताबासमार्फत पठाएको ध्यानाकर्षण पत्रमा नेपालबारे प्रसारित उच्छृंखल सामग्रीमाथि कदम चाल्न र आगामी दिनमा यस्ता सामग्रीले स्थान नपाउने सुनिश्चित गर्न माग गरिएको छ । भारतीय सञ्चार माध्यम जीन्यूज, विहारले […]

परराष्ट्रप्रति किन पूर्वाग्रह ?

राज्य व्यवस्था समितिबाट हालै पारित भएको संघीय निजामती सेवा ऐनमा परराष्ट्र देशको परराष्ट्र मन्त्रालयलाई कमजोर पार्ने गरी प्रावधानहरु राखिएका छन् । विशिष्टीकृत सेवाको रुपमा रहेको परराष्ट्र सेवा देशको सुरक्षा, अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिलाई परिपक्व ढंगवाट सञ्चालन गर्ने मियो हो । यो आधारस्तम्भलाई केही लोभ, कुत्सित स्वार्थ प्रेरित समूहबाट बारम्बार आक्रमणको प्रयास हुनु र केही बिधायकहरुबाट […]

सरकारले भन्यो : चीनसँग सीमा विवाद छैन

११ असार, काठमाडौं । सरकारले चीनसँग नेपालको सीमा विवाद नरहेको स्पष्टीकरण दिएको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरी सीमा विवादसम्बन्धी समाचार कृषि तथा पशुपन्छी विकास मन्त्रालयको एक रिपोर्टका आधारमा प्रकाशन भएको तर कृषि मन्त्रालयले नै त्यस्तो प्रतिवेदन अस्तित्वमा नै नभएको बताएको परराष्ट्रले उल्लेख गरेको छ । कृषि मन्त्रालयले सीमासम्बन्धी विषय आफ्नो क्षेत्राधिकारमा नपर्ने […]

चिनियाँ र भारतीय सैनिकको झडपबारे बोल्यो नेपाल

६ असार, काठमाडौं । चीन र भारतबीच लद्दाखको गलवान भ्यालीमा भएको झडपबारे नेपालले औपचारिक प्रतिक्रिया दिएको छ । शनिबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै चीन र भारतले वार्तामार्फत विवाद समाधान गर्ने विश्वास व्यक्त गरेको छ । नेपाल क्षेत्रीय र विश्व शान्तिको पक्षमा रहेको र देशहरुको विवाद शान्तिपूर्ण रुपमा सुल्झाउनुपर्ने मत रहेको मन्त्रालयले बताएको छ । गलवान […]