Comments Add Comment

महेश बस्नेत

List Grid
३ वर्षमा भक्तपुरले विकासमा फड्को मार्‍यो : महेश बस्नेत

२३ असोज, भक्तपुर । नेकपा (एमाले)का केन्द्रीय सदस्य एवं युवा इन्चार्ज महेश बस्नेतले तीन वर्षमा भक्तपुरमा राम्रो विकास भएको दाबी गरेका छन् । राष्ट्रिय युवा सङ्घ नेपाल भक्तपुरले शनिबार सल्लाघारीमा आयोजना गरेको पछिल्लो तीन वर्ष भक्तपुरको विकासका लागि स्वर्णयुग बनेको बताए । ‘भक्तपुरले कयौँ वर्ष विकास पाएन, अहिले तीन वर्ष भक्तपुरको लागि स्वर्ण युग सावित […]

मानपदवी एमाले र अध्‍यक्ष ओलीविरुद्ध केन्द्रित : महेश बस्नेत

३ असोज, जनकपुरधाम । नेकपा एमालेका युवा नेता महेश बस्नेतले सरकारले दिएको मानपदवी एमाले र अध्यक्ष केपी ओलीबिरुद्ध केन्द्रित रहेको बताएका छन् । एमाले र अध्यक्ष ओलीबिरुद्व लागेका, एमाले फुटाउन सहयोग गर्नेलाई सरकारले मानपदवी दिएको बस्नेतको भनाई छ । आइतबार एमाले निकट राष्ट्रिय युवा संघको जनकपुरधाममा कार्यालय उद्घाटन गर्दै बस्नेतले संसद पुर्नस्थापन गर्ने बेलामा संवैधानिक […]

एमाले सांसदलाई सभामुखले कारबाही नगर्नु संसदकै उपहास : महेश बस्नेत

१४ भदौ, भक्तपुर । नेकपा एमालेका नेता महेश बस्नेतले आफ्नो पार्टीले सिफारिस गरेका १४ सांसदलाई कारबाही नगरेर सभामुखले संसदको उपहास गरेको टिप्पणी गरेका छन् । रफत सञ्चार क्लबले सोमबार भक्तपुरमा गरेकाो साक्षात्कारमा उनले राष्ट्रिय अन्तर्राष्ट्रिय जगतको केही पक्ष नेपालको राजनीतिलाई अस्थितरतातर्फ धकेल्ने प्रयासमा लागेको भन्दै सभामुखले निर्णयले उनीहरुको पक्षपोषण भएको बताए । नेता बस्नेतले सभामुख […]

माधव नेपालले सांसदहरुलाई देउवाको पाउमा चढाउँदैछन् : महेश बस्नेत

१२ भदौ, काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले माधवकुमार नेपालले मन्त्री पदका लागि सांसदलाई शेरबहादुर देउवाको पाउमा चढाउन खोजेको टिप्पणी गरेका छन् । शनिबार युथ फोर्सले ललितपुरको लुभुमा गरेको कार्यक्रममा उनले नेता नेपालको कडा आलोचना गर्दै मन्त्री पदका लागि सांसदहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाको पाउमा चढाउन लागेको बताए । ‘सुन्दैछु, ६ जनाले मन्त्री खाँदै छन् […]

अदालतको विकृतिबारे संसदमा छलफल गर्न एमालेको माग

३२ साउन, काठमाडौं । नेकपा एमालेले अदालतमा हुनसक्ने विकृति, विसंगति र भ्रष्टाचारबारे संसदमा छलफल गर्नुपर्ने बताएको छ । सोमबार प्रतिनिधिसभाको विशेष समयमा नेकपा एमालेका सांसद महेश बस्नेतले न्यायपालिकामा हुन सक्ने विकृति, विसंगति, अनियमितता वा भ्रष्टाचारबारे हालै सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले तयार पारेको प्रतिवेदनमाथि संसदमा छलफल गर्नुपर्ने बताएका हुन् । ‘…यो प्रतिवेदनलाई हिम्मतका […]

एमाले विभाजन गर्ने अध्यादेश ल्याउन लागेको भन्दै सांसद बस्नेतको आपत्ति

३२ साउन, काठमाडौं । नेकपा एमालेका सांसद महेश बस्नेतले सरकारले संसद अधिवेशन अन्त्य गरेर एमाले विभाजन गर्ने अध्यादेश ल्याउनलागेको भन्दै विरोध जनाएका छन् । सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद बस्नेतले संसद अधिवेशन गरेर अध्यादेश ल्याए आजको दिन संसदीय इतिहासमा कालो दिनको रुपमा अंकित हुने बताए । ‘… सरकारले आज एउटा गज्जबको निर्णय गर्दैछ भन्ने […]

माडीका ५ हजार सुकुम्बासीलाई जग्गा बाँड्न लागेपछि प्रचण्ड आत्तिए : महेश बस्नेत

२२ साउन, काठमाडौं । नेकपा एमालेका नेता बहेश बस्नेतले चितवन माडीका ५ हजार सुकुम्बासीलाई जग्गा बाँड्न लागिएका कारण नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्तिएर सुकुम्बासी आयोग खारेज गर्न लगाएको टिप्पणी गरेका छन् । शुक्रबार राष्ट्रिय युवा संघको कार्यक्रममा बोल्दै उनले एमालेकै वरिष्ठ नेता माधव नेपालले पनि मनोहरा बस्तीमा रहेका सुकुम्बासीहरुलाई जग्गा बाँड्न लागिएपछि […]

खगेन्द्र संग्रौलाले भने- ज्ञानेन्द्रको बन्दुकसँग डराइनँ, महेश बस्नेतको धम्कीले के हुन्छ ?

११ साउन, काठमाडौं । लेखक खगेन्द्र संग्रौलाले एमाले नेता महेश बस्नेतको धम्कीले आफू रत्तिभर विचलित नभएको बताएका छन् । राजा ज्ञानेन्द्रको शासनकालमा समेत नागरिक अधिकारको लागि सडकमा आएको स्मरण गर्दै संग्रौलाले गणतन्त्रकालमा कुनै एक व्यक्तिको धम्कीले आफू प्रभावित नहुने बताए । सोमबार अनलाइनखबरसँग कुरा गर्दै संग्रौलाले भने, ‘महेश बस्नेतहरूको अभिव्यक्ति सत्ताबाट बाहिरिँदाको विक्षिप्त अवस्थाको आक्रोश […]

एमाले फुटाउन अध्यादेश ल्याए आगो बाल्छौं : महेश बस्नेत

९ साउन, काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले अघिल्लो सरकारले गरेको राजनीतिक नियुक्ति खारेज गर्ने र एमाले फुटाउने अध्यादेश ल्याए देशभर आगो बाल्ने चेतावनी दिएका छन् । शनिबार युथ फोर्सको भ्याली कमान्ड गठन गर्दै नेता बस्नेतले एमाले सरकारले गरेको राजनीतिक नियुक्ति खारेज गर्ने षड्यन्त्र भएको र एमाले फुटाउन अध्यादेश ल्याउने षड्यन्त्र भइरहेको बताए । […]

देउवालाई भोट दिएका किसान श्रेष्ठ : अब म माधव समूहको भएँ, महेश बस्नेतहरु नआई सुख छैन

४ साउन, पोखरा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पराजित गर्दै तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा विजयी भएपछि नेकपा एमाले सांसद कृष्णकुमार श्रेष्ठ ‘किसान’ राष्ट्रिय राजनीतिमा आए । व्यापारिक पृष्ठभूमिबाट राजनीतिमा आएका श्रेष्ठ एमाले अध्यक्ष केपी शर्मा ओलीको कट्टर समर्थकका रुपमा चिनिए । १० वैशाख २०७७ मा जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र […]

प्रधानन्यायाधीशलाई महेश बस्नेतको चुनौती : एमालेलाई हराउने भए कांग्रेस प्रवेश गरेर आउनुहोस्

२८ असार, काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई राजनीतिको मैदानमा आउन चुनौती दिएका छन् । संसद पुनस्र्थापना गर्ने र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिने सर्वोच्चको फैसलाविरुद्ध राष्ट्रिय युवा संघले माइतीघर मण्डलामा गरेको विरोध सभामा बस्नेतले जबराले कार्यपालिका, व्यवस्थापिका र अन्य संवैधानिक निकायको अधिकार उपयोग गर्न खोजेको आरोप लगाए । […]

सर्वोच्चको परमादेश कार्यान्वयन असम्भवः महेश बस्नेत

२८ असार, काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले सर्वोच्च अदालतले दिएको परमादेशको कार्यान्वयन असम्भव रहेको टिप्पणी गरेका छन् । अदालतको आदेशले देश राजनीतिक द्वन्द्वमा प्रवेश गरेको बताउँदै उनले आदेश कार्यान्वयन असम्भव रहेको भनेका हुन् । सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै बस्नेतले कार्यकर्तालाई माइतीघर मण्डलामा भेला भएर फैसलाको विरोध जनाउन पनि आह्वान गरेका छन् । […]

प्रधानमन्त्रीले भनेरै संघीयता र धर्मनिरपेक्षताबारे समीक्षा गर्ने प्रस्ताव राखेको हो ?

२३ असार, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा प्रवेश पाएको संघीयता र धर्मनिरपेक्षताबारे समीक्षा गरिनुपर्ने प्रस्तावलाई राष्ट्रिय राजनीतिमा चासोका साथ हेरिएको पाइन्छ । अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली निकट नेता महेश बस्नेतले यस्तो प्रस्ताव ल्याएकाले पनि चासोका साथ हेरिएको हो । कतिपयले त प्रधानमन्त्रीकै प्रस्तावका रूपमा समेत व्याख्या गरिरहेका छन् । तर बस्नेत […]

एमाले बैठकमा महेश बस्नेतको प्रस्ताव : संघीयता र धर्म निरपेक्षताको समीक्षा गरौं

१९ असार, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी वैठकमा संघीयता र धर्म निरपेक्षताको समीक्षा गर्नुपर्ने आवाज उठेको छ । शनिबार बालुवाटारमा बसेको बैठकमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वास पात्र मानिएका केन्द्रीय सदस्य महेश बस्नेतले संघीयताबारे समीक्षा गर्नुपर्ने बताएका हुन् । एक नेताका अनुसार उनले भनेका छन्, ‘मुलुकको विशिष्ट पहिचान घोषणा गरौं, धर्म […]

चुनावसम्म ओलीलाई जान नदिन हत्याको षड्यन्त्र भयो : महेश बस्नेत

२९ जेठ, भक्तपुर । नेकपा एमालेका नेता महेश बस्नेतले नेपाली कांग्रेसका वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई कारवाही गर्न माग गरेका छन् । शनिबार सञ्चारकर्मीसँग भएको भर्चुअल सम्वादमा बस्नेतले प्रदेशसभाको शुक्रबारको बैठकमा वैद्यले दिएको अभिव्यक्ति संसदीय मर्यादाविपरीतको भएको बताए । नेपाली कांग्रेसकै मिलीभगतमा महात्मा गान्धिलाई जस्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्ने षड्यन्त्र कतै कुनै कुनामा बनिरहेको […]

मन्त्रिपरिषद् विस्तारको गृहकार्य, गृहमा खगराज र महेशको दाबी

२५ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षलाई सरकारमा सहभागी गराएका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदलाई पूर्णता दिन गृहकार्य अगाडि बढाएका छन् । बालुवाटार स्रोतका अनुसार बुधबार वा बिहीबारभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने सम्भावना छ । शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन हुँदा एमालेकै अर्का समूह (माधवकुमार नेपाल) लाई समेट्न भन्दै प्रधानमन्त्री ओलीले सात […]

महेश बस्नेतको दाबी : कांग्रेस र माओवादी दुवै फुटाउन सक्छौं

१७ जेठ, काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले आफूहरुले चाहे नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र दुवै दल फुटाउन सक्ने दाबी गरेका छन् । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली निकट मानिएका बस्नेतले कांग्रेसका २३ सांसद पार्टी विभाजनको पक्षमा रहेको दाबी गरे । माओवादी केन्द्रका पनि २५/२६ सांसद प्रचण्डबाट पार लाग्दैन भन्ने निष्कर्षमा […]

गगन थापालाई महेश बस्नेतको जवाफ : कांग्रेसले प्रधानमन्त्रीलाई च्यालेन्ज गर्न सुहाउँदैन

७ चैत, काठमाडौं । संसदमा बहस गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिएका कांग्रेस सांसद गगन थापालाई सत्तारुढ नेकपा एमाले सांसद महेश बस्नेतले सांसदको संख्या कति हो भन्ने सम्झाएका छन् । बिहीबार प्रतिनिधिसभाको विशेष समयमा प्रमुख विपक्षी कांग्रेसका सांसद थापाले ओलीको नेतृत्वमा सरकार बनेपछिका तीन वर्षमा के के भए त्यसमाथि सदनमै बहस गर्न चुनौती दिएका […]

रेशम चौधरीलाई भेट्न डिल्लीबजार कारागार पुगे महेश बस्नेत

१३ चैत, काठमाडौं । नेकपा एमालेका सांसद महेश बस्नेतले डिल्लीबजार कारागार पुगेर निलम्बित सांसद रेशम चौधरीलाई भेटेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा)को समर्थन जुटाउने प्रयास गरिरहेका बेला बस्नेतले जसपा पार्टीका निलम्बित सांसद चौधरीलाई भेटेका हुन् । ज्यान मुद्दामा सजाय भोगिरहेका चौधरीलाई बस्नेतले रिहाइका लागि सरकार सकारात्मक रहेको सन्देश दिएको स्रोतको […]

प्रमुख निर्वाचन आयुक्तलाई ओली समूहका नेता बस्नेतले भेटे

२० फागुन, काठमाडौं । नेकपाको केपी ओली समूहका नेता महेश बस्नेतले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग भेट गरेका छन् । नेकपाको आधिकारिकता विवादमा आयुक्तहरु छलफलमा जुटेका बेला बुधबार नेता बस्नेत आयोग कार्यलय पुगेका हुन् । प्रमुख आयुक्त थपलियालाई भेटेको बस्नेतले बताए । पार्टी एकताबद्ध बनाउने अभियान चलेको र संसदीय दल तथा केन्द्रीय कमिटीका बहुमत सदस्य […]

राजनीतिक भविष्य जोगाउन प्रचण्डले सूर्य चिन्हमा आँखा गाडे : महेश बस्नेत

१९ फागुन, चितवन । नेकपा ओली समूहका नेता एवं पूर्वमन्त्री महेश बस्नेतले आफ्नो राजनीतिक भविष्य जोगाउन पुष्पकमल दाहाल प्रचण्डले सूर्य चिन्हमा आँखा गाडेको बताएका छन् । भरतपुरमा बुधबार आयोजित ओली पक्षीय राष्ट्रिय युवा संघ नेपाल चितवनको जिल्ला कमिटी घोषणा, सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रममा बोल्दै नेता बस्नेतले पहिचान गुमाएका प्रचण्डले अब सूर्य चिन्हभन्दा बाहेकबाट निर्वाचन […]