+
Home Sports Cricket VS

Chennai Super Kings vs Royal Challengers Bengaluru -

२०८१ चैत १५, शुक्रबार
07:45 pm
VS

रोयल च्यालेन्जर्स बेंगलुरु (प्लेइङ ११): विराट कोहली, फिलिप साल्ट, देवदत्त पडीक्कल, रजत पाटीदार (कप्तान), लियाम लिभिङस्टोन, जितेश शर्मा (विकेटकिपर), टिम डेविड, क्रुणाल पाण्ड्या, भुवनेश्वर कुमार, जोश हेजलवुड, यश दयाल।

चेन्नई सुपर किंग्स (प्लेइङ ११): राचिन रविन्द्र, रुतुराज गायकवाड (कप्तान), राहुल त्रिपाठी, दिपक हूडा, सैम करन, रवीन्द्र जडेजा, एम.एस. धोनी (विकेटकिपर), रविचन्द्रन अश्विन, नूर अहमद, मथीशा पथिराना, खलील अहमद।

चेन्नई सुपर किङ्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।
STAT : चेन्नईको घरेलु मैदानमा बेंगलुरुले सन् २००८ पछि जित निकाल्न सकेको छैन । हालसम्म भएका ३२ भेटमा चेन्नईले २१ खेलमा जित निकाल्दा बेंगलुरुले ११ खेल मात्र जित्न सकेको छ ।

पहिलो खेलमा स्पिनरहरूले धेरै ओभर बलिङ गरेका थिए, तर पिचमा ब्याट र बलबीच राम्रो सन्तुलन देखिएको छ। पछिल्ला १० मध्ये ७ खेलहरू दोस्रो ब्याटिङ गर्ने टोलीले जितेका छन्, त्यसैले टस जित्ने टोलीले बलिङ रोज्ने सम्भावना छ ।

बलिङतर्फ, बेंगलुरुको स्पिन आक्रमण त्यति अनुभवी छैन। क्रुणाल पाण्ड्या राम्रा छन्, तर चेन्नईको चारजना बायाँ हाते ब्याटरहरूविरुद्ध उनलाई धेरै मेहनत गर्नुपर्नेछ। चेन्नईले पहिलो खेलमा मुम्बईविरुद्ध ब्याटिङमा केही संघर्ष गरेको थियो, त्यसैले बेंगलुरु लाई यो प्रारम्भिक चरणमै चेन्नई खेल्न आउनु केही फाइदाजनक भने हुन सक्छ।

बेंगलुरुको टिममा रहेका शीर्ष ब्याटरहरूमध्ये कप्तान रजत पाटीदार मात्रै स्पिन बलिङ विरुद्ध राम्रो स्ट्राइक-रेट राख्छन्। चेन्नईका अश्विन, जडेजा र नूर अहमद जस्ता उत्कृष्ट स्पिनरहरूसँग उनीहरूको परीक्षा हुनेछ।

कोलकाताको इडेन गार्डेन्सको पिच तुलनात्मक रूपमा सहज भए पनि चेन्नईको ढिलो र स्पिन-अनुकूल ट्र्याकले बेंगलुरुका ब्याटरहरूलाई थप चुनौती दिने सम्भावना छ। इतिहास हेर्दा पनि बेंगलुरुले चेन्नईको मैदानमा जम्मा एक पटकमात्र जितेको छ।

आईपीएल २०२५ को सुरुवातमै रोयल च्यालेन्जर्स बेंगलुरुले लगातार दुई कठिन अवे खेल पाएको छ जसमध्ये एक पहिलो खेलमा कोलकातालाई हराइसकेको छ भने दोस्रो आज चेन्नई सुपर किंग्सविरुद्ध खेल्दै छ त्यो पनि चेन्नईकै मैदानमा ।

खेल तालिका र परिणाम