+
Home Sports Cricket Indian Premier League, 2025 रोयल च्यालेन्जर्स बैंग्लुर VS कोलकत्ता नाइट राइडर्स

Royal Challengers Bengaluru vs Kolkata Knight Riders Indian Premier League, 2025 - 58th Match

२०८२ जेठ ३, शनिबार
07:45 pm
रोयल च्यालेन्जर्स बैंग्लुर
VS
कोलकत्ता नाइट राइडर्स
Match abandoned
M. Chinnaswamy Stadium Indian Premier League, 2025 KN Ananthapadmanabhan, Nitin Menon
भोलि दुई खेल हुँदै छन् । अपडेट लिएर फेरि उपस्थित हुनेछौं । अहिलेका लागि बिदा माग्दछौं । शुभ रात्रि !
खेल वर्षाका कारण रद्द भएको छ । योसँगै डिफेन्डिङ च्याम्पियन कोलकाता प्लेअफको होडबाट बाहिरिएको छ ।
वर्षा अझै पनि जारी छ । ५-५ ओभरको खेल सुरु हुन सक्ने समय अझै पनि बाँकी छ ।
ओह ! वर्षा फेरि केही ठुलो रूप लिन थालेको छ । मैदान सुकाउने काम फेरि प्रभावित ।
बेंगलुरुमा हाल वर्षा रोकिँदै गएको छ र यही बीचमा सुपर सपरहरूको मद्दतमा मैदान सुकाउने काम सुरु गरिएको छ। ओभर पनि घट्न सुरु भइसकेको छ ।
बेंगलुरुमा वर्षा भइरहेको छ । निर्धारित समय (७:१५ नेपाली) मा टस नहुने पक्का भएको छ ।
बेंगलुरुको ड्रेनेज सिस्टम उत्कृष्ट भएकाले धेरै वर्षा नभएमा केही ओभर घटेर भएपनि खेल सम्भव नै हुनेछ । खेल रद्द भएको अवस्थामा कोलकाता प्लेअफ होडबाट बाहिरिने छ।
आईपीएल पुन: सुरु हुने सुखद कुराको बीच एउटा ब्याड न्यूज पनि छ । बेंगलुरुमा आज वर्षाको सम्भावना छ जसले खेलमा असर गर्न सक्ने देखिएको छ । हामी टस लगायत अन्य अपडेट दिँदै जानेछौं ।
नमस्कार । यस खेलको बल बाइ बल अपडेट लिएर अनलाइनखबर टिमसहित म प्रतिक भट्ट उपस्थित भइसकेको छु । आज शनिबार अनि दुई परिचित प्रतिद्वन्द्वीबीचको खेल यसै पनि रोचक । त्यसमाथि पनि रोकिएर फेरि सुरु भएको आईपीएल । आशा छ आईपीएलको रोमाञ्चकता फेरि पनि सुरु हुनेछ ।
एक साता स्थगित भएको आईपीएल क्रिकेट आजदेखि फेरि सुरु हुँदैछ जहाँ बेंगलुरु र कोलकाता प्रतिस्पर्धा गर्दै छन् ।
रोयल च्यालेन्जर्स बैंग्लुर कोलकत्ता नाइट राइडर्स

खेल तालिका र परिणाम